—डा.गुरुप्रसाद सुवेदी
मनुष्यजीवनमा अरूप्राणीभन्दा फरक विशेषता नै विचार हो । पशुहरू मनुष्यझैँ विचार गर्न सक्दैनन् । उनीहरूको जीवनचर्या निश्चित परिधिभित्र सीमित हुन्छ । मानिसचाहिँ हरेक कुरामा विचार गर्न सक्छ । त्यसैले, मानिस अरू पशुभन्दा विशिष्ट भएको हो । पुराना शब्दशास्त्री यास्काले मनुष्य शब्दको व्युत्पत्ति गर्दै भनेका छन् ः मत्वा कर्माणि षीव्यत्ति इति मनुष्याः । अर्थात् मनुष्य त्यो हो जसले विचारपूर्वक कर्म गर्दछ । विचार नगरी काम गर्ने मानिस मानिसको गणनामा पर्र्दैन ।
सामान्यतया खाने, सुत्ने, डराउने,खुसी हुने, भालेपोथीबीच प्रेम गर्ने र बच्चा पाउने काम मानिस पनि गर्छन् र पशु पनि तर यी सबै कामसँगै मानिसको विशेषता त्यतिबेला देखापर्छ, जब ऊ हरेक काम विचारपूर्वक गर्छ । पशुले हरियो घाँस देखेर घाँटी तन्काउँछ र भेट्यो भने खान्छ पनि । मानिसले चाहिँ मीठो खानेकुरा देखेर पनि कहिले खान्छ, कहिले खाँदैन पनि । मानिस हरेक काममा विचार गर्न थाल्दछ र खान हुने ठहर भएपछि मात्र खान्छ । अन्यथा खाँदैन, ज्यान गए पनि खान्न भन्न थाल्छ । मानिस यही विचार गर्ने क्षमताबाट अरू प्राणीभन्दा भिन्न र विशिष्ट हुन गएको हो ।
विचार गर्ने क्षमताले नै मानिसलाई राम्रो र नराम्रो बनाउने गर्दछ । राम्रो विचार हुने मानिस क्रमशः राम्रो व्यक्ति र नराम्रो विचारले मानिस क्रमशः नराम्रो व्यक्तिको रूपमा परिणत हुन्छ । मानव सभ्यताको प्रारम्भदेखि हालसम्म असंख्य मानिस यस धर्तीमा जन्मे र मरे । तीमध्ये केही व्यक्तिहरू महान् व्यक्तिको रूपमा आज पनि अमर रहे । केही व्यक्तिहरूले नराम्रो कामले आफ्नो व्यक्तित्त्वलाई कलंकित गरेर समाजमा पनि प्रदूषण पैmलाएर समाप्त भए । यी दुई किसिमका व्यक्तिहरूको अलगअलग व्यक्तित्वको मूल कारणचाहिँ उनीहरूको विचार नै हो । विचार यस्तो अमोघ शक्ति हो, जसको प्रयोगले मानिस जे चाह्यो त्यही बन्न सक्छ । अथवा भनौँ मानवजीवन त्यस्तो दोबाटोको बीचमा उभिएको हुन्छ, जहाँबाट उसका दुई गन्तव्यहरू छुट्टिन्छन् ः राम्रो र नराम्रो, असल र खराब । यी दुई मार्गहरूको पहिचान गरी आफ्नो गन्तव्य तय गर्नु मानवको मुख्य दायित्व हो ।
समान्यतया हरेक मानिसहरू आपूm महान् बन्न चाहन्छन् । आपूm कमजोर भएको कसैले पनि सहन गर्न सक्दैन । सपनामा आकाशमा उड्नु, चरा आकाशमा उडेका देख्दा रमाइलो लाग्नु आदि यसैका प्रमाण हुन् । हरेक व्यक्तिलाई आफू सर्वोत्कृष्ट भएको वा हुन चाहेको अनुभव हुन्छ । हामीले अनुभव गरेका छौँ—जसलाई हामी विचारशून्य वा कमजोर मानस ठान्छौँ, ऊ पनि आपूmलाई सबैभन्दा उत्कृष्ट व्यक्ति ठान्छ । उदाहरणका लागि कसैलाई वर्तमान राजनीतिबारे टिप्पणी गर्न लगायो भने उसले सबै राजनीतिक नेताहरूलाई मूर्खजस्तै भएको र आपूm मात्र असल भएको, आपूmले भनेजसरी काम गरे देश उन्नत हुने दाबी गर्न पछि पर्दैनन् । आपूmलाई यसरी ठूलो व्यक्ति भएको ठान्नु आपूmमा पूर्णताको आभास हुनु आफ्नो आत्माको पूर्णताको आभास हो भने आपूm महान् बन्ने इच्छा हुनु पनि यसैको परिणाम हो ।
यसरी हरेक व्यक्ति आपूm महान् बन्न चाहँदाचाहँदै पनि सबै महान् बन्न सक्दैनन् । महान् व्यक्ति वा असल व्यक्तिको सूचि तयार गर्न लाग्यो भने सायद धेरै मानिस भेटिँदैनन् । हरेक कार्यालय, उद्योग वा संस्थानमा असल व्यक्तिको कमी भएको सुनिन्छ । सबै भन्छन्—राम्रा मान्छे नै पाइँदैनन्् । सबैले आपूmलाई राम्रो भएको दाबी गर्छन्, अरूलाई त्यति राम्रो मान्दैनन् तर आपूm राम्रो वा असल छु भन्नेले मलाई अरूले कस्तो ठान्छन् भनेर कहिल्यै पनि सोचेको पाइँदैन । आपूmलाई अरूको नजरबाट कस्तो लाग्छु भनी सोच्नेहरू अरूको विचारको सम्मान गर्ने व्यक्ति हुन सक्छन् तर त्यस्ता व्यक्ति कमै पाइन्छन् ।
यसप्रकार समाजमा असल व्यक्तिको अभाव हुनुको कारण के हो ? यो जटिल प्रश्न छ । यसको समाधानका लागि अनकौँ विचारकहरूले विचार गरेका छन् । दर्शनका सूत्रहरू प्रकट भएका छन् । व्याख्याताहरूले व्याख्या गरेका छन् । विभिन्न दृष्टिकोणबाट तर्क दिइएका छन् । ती तर्कको खण्डनमण्डन पनि भएको छ । जति तर्क र खण्डनमण्डन भए पनि निष्कर्ष एउटौ निस्कन्छ ः त्यो विचारको चमत्कार । कोही पनि असल र खराब हुनुको मूल कारण हो उसको असल वा खराब विचार । त्यसैले भनिन्छ—यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी । जसको जस्तो भावना छ, त्यस्तै सिद्धि प्राप्त हुन्छ । अर्थात् जसको विचार जस्तो छ, त्यो त्यस्तै हुन्छ ।
असल वा महान् व्यक्ति हुनका लागि विचारको तुच्छतालाई त्योगेर महान् विचारलाई आत्मसात् गर्न सक्नुपर्दछ । जसले जति मात्रामा विचारको महत्तालाई अपनाउँछ, त्यति नै ऊ महान् हुन्छ । अथवा भनौँ महनीय विचार नै महत्ताको वीज हो । अनुहार र राम्रो वा नराम्रो भएर व्यक्ति राम्रो वा नराम्रो हुँदैन । विचार राम्रो भए अनुहार, कपडा र परिवेश जस्तो भए पनि ऊ राम्रो हुन्छ । विचार एक अमोघ शक्ति हो । यसको प्रयोगबाट सिद्ध हुन नसक्ने कुरा केही छैन भन्न सकिन्छ । प्राचीन इतिहासदेखि लिएर हालसम्मका विश्वमा भएका परिवर्तनहरू विचारका नै चमत्कार हुन् ।
यी चमत्कारिह शक्ति भएको विचार कहाँबाट र कसरी पैदा हुन्छ, यसको राम्रो, नराम्रोपन, तुच्छता वा महत्ता कसरी हुन्छ भन्ने कुरा विचारणीय छ । यो विचाररूप शक्ति उत्पन्न गर्ने कारखाना अन्यत्र छैन, हामीमै छ । त्यो हो हाम्रो मस्तिष्क । मस्तिष्कबाटै सबै विचार उत्पन्न हुन सक्छन् तर जसरी कुनै कारखानाबाट सामग्री उत्पादन गर्न कच्चा पदार्थको आवश्यकता हुन्छ, जस्तो कच्चा पदार्थको प्रयोग हुन्छ, त्यस्तै सामान उत्पादन हुन्छ । त्यस्तै हाम्रो मस्तिष्कबाट राम्रो वा नराम्रो विचार पैदा हुन मस्तिष्कमा विचार पैदा गर्न सहयोग गर्न हाम्रो आहाविहारको ठूलो भूमिका हुन्छ । हाम्रो आहार कस्तो छ, परिवेश कस्तो छ, हाम्रो प्रवृत्ति कस्तो छ, त्यस्तै विचार पैदा हुन्छ । अतः राम्रा विचार उत्पन्न हुन निम्न ३ विषयमा ध्यान पु¥याउनु उपयुक्त देखिन्छ—भोजन, सङ्गत र चिन्तन ।
आहार :
भोजन जीवनका लागि अनिवार्य वस्तु हो तर भोजनको सम्बन्ध शरीरसँग मात्र छैन । मनसँग पनि उत्तिकै छ । भोजनको स्थूल अंशले शरीर पुष्ट हुन्छ । त्यसको सूक्ष्म अंशले मन बन्छ । त्यसैले स्वस्थ मन र असल विचार बनाउन शुछ र सात्त्विक भोजन खानुपर्दछ । उत्तेजना बढाउने शुद्ध मादक पदार्थहरू खानु हुँदैन ।बढी चर्को, पीरो, अमिलो पदार्थ र हिंसाजन्य पदार्थले शरीर र मन दुबैको स्वास्थ्यमा साथ दिँदैनन् । अतः स्वस्थ विचारका लागि सधैँ सादा सात्त्विक भोजन लिनुपर्दछ । साथै भोजनको समयमा र भोजनभन्दा अगाडिपछाडि प्रसन्न रहनु पनि उत्तिकै आवश्यक छ । प्रसन्नतापूर्वक लिएको भोजनले राम्रा विचार पैदा हुन्छन् ।
सङ्गत:
सङ्गतको पनि विचारमा ठूलो प्रभाव हुन्छ । चोरी, डकैती र दुष्टतामा रमाउने व्यक्तिहरूको निरन्तर सङ्गत ग¥यो भने असल व्यक्ति पनि कालान्तरमा त्यस्तै बन्न थाल्छ । असल व्यक्तिको सङ्गतमा लाग्यो भने खराब व्यक्ति पनि असल बन्छ । हामीले देखेका र सुनेका वा भोगेका कुराहरूलाई हाम्रो मस्तिष्कले संस्कारको रूपमा समेट्ने गर्छ । त्यही संस्कार कालान्तरमा विचारको रूपमा प्रकट हुने गर्दछ । यस विषयमा आजको विज्ञानले समेत धेरै अनुसन्धान गरिसकेको छ । यति सम्मकि बालक जन्मिनुभन्दा पहिले आमाको गर्भमा रहँदा उसले भोगेसुनेका कुराहरूको समेत प्रभाव बालमा पर्छ भन्ने कुरा अध्ययनले पुष्टि गरिसकेको छ । त्यसैले राम्रो विचारका लागि निरन्तर असल व्यक्तिसँग सङ्गत गर्नुपर्दछ ।
चिन्तन :
चिन्तन विचारको उद्गमस्थल हो । जस्तो कुराको आपूmले चिन्तन ग¥यो, त्यस्तै विचारहरू मनमा पैदा हुन थाल्दछन् । अतः राम्रा विचारहरूका लागि राम्रा विषयको चिन्तन गर्ने गर्नुपर्छ । मनमा आइरहने खराब वा असल विचारलाई आफैँले साक्षी भएर हेर्ने गर्नुपर्दछ । आपैmँले छनौट गरी राम्रा विचारलाई प्रश्रय दिने गर्नुपर्छ । नराम्रा विचारलाई स्थान नदिने र क्रमशः निरुत्साहित पार्दै लैजानुपर्दछ । राम्रो चिन्तनलाई बढाउँदै लैजानुपर्दछ । हाम्रा मस्तिष्कमा राम्रा चिन्तनको मात्रा बढ्दै गयो भने अन्य नकारात्मक विचारहरू क्रमशः घट्दै जान्छन् ।
मानिसमा आपूm असल वा खराब बन्ने काम आफ्नै कारणले हुन्छ । वास्तवमा आफ्नो परिवार, समाज, गाउँ, क्षेत्र, राज्य र समग्र राष्ट्रलाई असल बनाउन हाम्रो विचारको भूमिका हुन्छ । अतः अरूलाई खराब छन् भन्नुभन्दा पहिले आपूm असल बन्नुपर्छ । आपूm वा आफ्नो विचार असल भएमा अरू सबै स्वतः असल हुन्छन् र गाउँ,समाज र राष्ट्रको नवनिर्माणमा समेत हाम्रो सकारात्मक भूमिका बन्दछ ।
डा.गुरुप्रसाद सुवेदी नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ । देवघाटधाम, तनहुँस्थित महेश संस्कृत गुरुकुलमा २५ वर्षसम्म प्राचार्य रही सेवा गर्नुभएका उहाँ नेपालमा गुरुकुल शिक्षाको विस्तार र विकासमा समेत सक्रिय हुनुहुन्छ । अध्यात्म चिन्तन तथा वेदान्त दर्शनमा आधारित लेखन तथा प्रवचन उहाँका थप विशेषता हुन् ।