मातृत्व र मातृभूमिप्रतिको दायित्वबोध गराउन मानवसेवा आश्रमले आमा सेमिनार गर्दै आएको छ । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम तथा आफूलाई जन्मदिने मातापिता र मातृभूमिप्रतिको महत्त्व बोध गराई प्रेम, सद्भाव र करुणालाई जन–जनमा पुर्याएर संस्कारयुक्त र सभ्य समाज निर्माण गर्नु नै कार्यक्रमको उद्देश्य रहेको छ । समाजमा सकारात्मक सन्देश प्रभाव गर्दै कसैले पनि सडकपेटीमा बेबारिसे जीवन बिताउन पर्ने परिस्थिति सृजना नै नहोस् भन्ने आयोजकको उद्देश्य रहेको छ ।
आँसु एउटै तर भाव फरक । त्यो सेमिनार, जहाँ नरुने र भावुक नहुने कोही थिएन ।
आँसुलाई माध्यम बनाउँदै मनका भावनाहरू पोखिरहेका थिए, उपस्थित सबैले ।
कतिको आँखाबाट बगिरहेको थियो, आत्मग्लानिको आँसु भने कसैको आँखामा सम्मान र ममता भरिएको आँसु बगिरहेको थियो । त्यस्तै, कसैका आखाँमा बग्दै थिए, मातापितासँगका बिछोडका आँसु ।
सबैका आखाँबाट बगेका आँसु एउटै भए पनि आँसुका भावहरू भने फरक—फरक थिए ।
सेमिनारमा प्रस्तुत भएका आमाको माया, ममता, त्याग र पीडासम्बन्धी प्रस्तुतिले कतिपयले आफूले जानेर वा अन्जानमा उहाँहरूप्रति गरेका व्यबहारलाई सम्झिएर पश्चात्तापका आँसु बगाइरहेका थिए भने कतिले मातापितासँगको बिछोड सम्झेर । कतिपय भने मातापिताको त्याग र समर्पण सम्झेर सम्मानले शिर झुकाएर रोइरहेका थिए । कति जना एक—अर्कोलाई अङ्कमाल गर्दै रोइरहेका थिए ।
आफ्नो मातृत्व र मातृभूमिप्रति सद्भाव र सम्मानले भरिएका थिए, उपस्थित सबैका आँखा र मन ।
उक्त माहोल हो, मानवसेवा आश्रमले नेपालगन्जमा बुधबार सम्पन्न गरेको आमा सेमिनारको । नेपालगन्जमा आमा सेमिनार प्रस्तुत हुने हलमा त्यहाँका स्थानीयको बाक्लो उपस्थिति थियो । कुनै धमाकेदार र भड्किलो प्रचारबिना पनि हल पूरै भरिएको थियो । शान्त र व्यवस्थित वातावरणमा भएको बिलकुल फरक कार्यक्रम, जहाँ मानवीय संवेदनाले भरिएका र सामाजिक रूपान्तरणको अभ्यासमा लागेका मनहरूको जमघट भएको थियोे ।
उक्त कार्यक्रममा विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सन्देशमूलक र उत्प्रेरणात्मक कार्यक्रमहरूमा प्रस्तुति दिइसक्नुभएका मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आमा सेमिनारमा विशेष प्रस्तुति प्रदान गर्नुभएको थियो । आमाको महिमा, पीडा र त्यागबारे उहाँको प्रस्तुतिले उपस्थित सबैका आँखा रसाएका थिए ।
आमा सेमिनार किन ?
पछिल्लो समय आधुनिक जिवनशैलीसँगै नेपालको मौलिक संस्कृति र संस्कारमा समेत विकृति हावी हुर्दै गएको छ । आजीवन सन्तानका लागि मरिमेट्ने अभिभावकलाई जीवनको उत्तरार्धमा अपहेलना गरी घरबाट बाहिर छोड्ने कुसंस्कार मौलाउँदै गएको छ । यस्तो विषम परिस्थितिमा मातृत्व र मातृभूमिप्रतिको दायित्वबोध गराउन मानवसेवा आश्रमले आमा सेमिनार गर्दै आएको छ । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम तथा आफूलाई जन्मदिने मातापिता र मातृभूमिप्रतिको महत्त्व बोध गराई प्रेम, सद्भाव र करुणालाई जन–जनमा पु¥याएर संस्कारयुक्त र सभ्य समाज निर्माण गर्नु नै कार्यक्रमको उद्देश्य रहेको छ । समाजमा सकारात्मक सन्देश प्रभाव गर्दै कसैले पनि सडकपेटीमा बेबारिसे जीवन बिताउन पर्ने परिस्थिति सृजना नै नहोस् भन्ने आयोजकको उद्देश्य रहेको छ ।
मानवसेवा आश्रमले २०८२ सालभित्र ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल’ निर्माणको लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरूप मानवसेवा आश्रम २०६९ सालदेखि नै देशव्यापीरूपमा सडकपेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरूपमा अति कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण एवम् पारिवारिक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ । हाल देशभर १९ जिल्लामा २४ ओटा सेवा केन्द्र सञ्चालनमा रहेका आश्रमहरूमार्फत ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको छ ।
विश्वभर आयोजना हुँदै ‘आमा सेमिनार’
मानवसेवा आश्रमले सुरु गरेको आमा सेमिनार अब स्वदेशमा मात्र सीमित रहेन । लामो समयदेखि स्वदेशमा सञ्चालन हुँदै आएको आमा सेमिनार विस्तारै विदेशी भूमिमा रहेका नेपालीहरूमाझ पनि लोकप्रिय बन्दै गइरहेको छ । मानवसेवा आश्रमको बेलायत च्याप्टरले सेष्टेम्बर १७, २४ र २५ तारिखमा बेलायतका विभिन्न स्थानमा सफतलापूर्वक आमा सेमिनार सम्पन्न गरेको थियो भने आश्रमले फेबु्रअरी १३ देखि मार्च १३ सम्म अस्ट्रेलियामा आमा सेमिनार गर्ने भएको छ । यसका साथै मानवसेवा आश्रमले अमेरिकालगायत क्यानडा, बेल्जियम, जर्मनी, फ्रान्स, नेदरल्यान्ड, पोर्चुगल, जापान, हङकङ र कोरियामा आमा सेमिनार प्रस्तुत गर्दै छ ।
भावी योजना र लक्ष्य
घरपरिवार र आफन्तविहीन भई सडकमा आश्रित हुन पुगेका सहयोगापेक्षी मानवहरूको उद्धार, उपचार र पालनपोषण गर्दै आइरहेको मानवसेवा आश्रमले यस्तो अवस्था नै सिर्जना नहोस् भन्ने हेतुले आमा सेमिनारसहित विभिन्न उत्प्रेरणात्मक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ । मानवसेवा आश्रमले २०८२ सालभित्र ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल’ निर्माणको लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरूप मानवसेवा आश्रम २०६९ सालदेखि नै देशव्यापीरूपमा सडकपेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरूपमा अति कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण एवम् पारिवारिक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ । हाल देशभर १९ जिल्लामा २४ ओटा सेवा केन्द्र सञ्चालनमा रहेका आश्रमहरूमार्फत ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको छ ।
पत्रकारिता, सामाजिक कार्य र ग्रामीण विकासकी विद्यार्थी अमृता बजगाईं पुस्तक पठन र लेखनमा विशेष रुचि राख्नुहुन्छ । स्थान विशेष र परिवेशका प्राकृतिक दृश्यलाई लेख तथा सामाचारका माध्यमले प्रस्तुत गर्नुहुने बजगाईं मानवीय जीवनका भोगाइ र वास्तविक कथालाई खोजमूलक शैलीमा शब्दमा उतार्न मन पराउनुहुन्छ । मानवीय मूल्यको संरक्षण र विकासका लागि पत्रकारिता उहाँको आदर्श हो ।