पुराना थाल, भाँडा र कपडा सङ्कलन गरेर सेवा शुभारम्भ गरेको मानवसेवा आश्रमको खातामा मुस्किलले १ लाख रुपैयाँ थियो । त्यसबखत भवन निर्माण सम्पन्न गर्दा ५ करोड चाहिन्छ भन्ने कुराले मन अतालिएको थियो । आश्रमका अभियन्ता र अभिभावकहरूको । आवश्यकता बढ्दै जाँदा अहिले मुख्य भवनसहित १८ ओटा सानाठूला संरचना निर्माण भएका छन् । झण्डै १४ करोड रुपैयाँको लागतमा सोचेभन्दा पनि तीन गुणा ठूलो विशाल मानवीय मन्दिर निर्माण भएको छ । अहिले मानवसेवा आश्रमका अभियन्ता र अभिभावकहरूको गरे के हुनेरहेनछ र भन्ने कुराले मन अचम्मित हुन्छ ।
अमृता बजगाईं/सुमन बर्तौला
मानवसेवा आश्रम मुख्य सेवा केन्द्र मकवानपुरको नवनिर्मित भवनको उद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको छ । उक्त भवनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हेटौंडा उपस्थित हुनुभएको हो । आश्रमका अनुसार आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आश्रमको समुद्घाटन गर्नुभएको हो ।
यसअघि मानवसेवा आश्रमले आयोजना गरेको मेची—महाकाली राष्ट्रिय उद्धार यात्राको सुमुद्घाटन र समापन समेत प्रधामन्त्रीले नै गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्रीले मानवसेवा आश्रमका सातै प्रदेशका लागि उद्धार बाहन नेपाल सरकारले उपलब्ध गराउनेदेखि सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणका लागि कानुन बनाउने सम्मका प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कस्तो छ मानवसेवा आश्रमको मुख्य सेवाकेन्द्र ?
हेर्दै स्वर्गीय आनन्द प्राप्त हुने ठाउँ । मूलद्धार देखि नै फूल, हरियालीले झकिझकाऊ । सुन्दर भवन, सुव्यवस्थित परिसर र हराभरा वातावरण ।
कुनै समय दुव्र्यसनमा रमाउनेहरूको लागि खुला क्षेत्र बनेको यो क्षेत्र अहिले मानवसेवा आश्रम बनेलत्तै सामाजिक पर्यटकीय क्षेत्र बनेको छ । अनि मानवसेवा आश्रम जिउँदा भगवान्को पूजा गर्ने मानवताको मन्दिर ।
विं.स. २०६९ साल भाद्र १३ गते हेटौँडा ५ अब्बलडाँडास्थित परिवार बस्न बनाएको घरको दुई तल्ला भाडामा लिई मानवसेवा आश्रमले सेवा शुभारम्भ गरेको थियो । सेवा शुभारम्भसँगै सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार सङ्ख्या बढ्दै गयो । मानवसेवा आश्रममा आश्रित मानवको सङख्या बढ्दै जाँदा सेवा प्रवाहको लागि संरचना अभाव भएसँगै मानवसेवा आश्रम अब्बलडाँडाबाट हेटौँडा २ वनस्खण्डी र त्यसपछि हेटौँडा ४, कर्रामा भाडाकै घरमा सरेको थियो ।
करिब १० वर्ष भाडाको घरमा बिताएको मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाले सहयोगापेक्षीमैत्री सेवाको प्रवाहका लागि संस्थाका आफ्नै भवन अपरिहार्य भएको निष्कर्षसहित २०७१ माघ ३ हेटौँडा—९ लामसुरे धापमा संस्थाको भवन—निर्माण कार्यको शुभारम्भ ग¥यो ।
पुराना थाल, भाँडा र कपडा सङ्कलन गरेर सेवा शुभारम्भ गरेको मानवसेवा आश्रमको खातामा मुस्किलले १ लाख रुपैयाँ थियो । त्यसबखत भवन निर्माण सम्पन्न गर्दा ५ करोड चाहिन्छ भन्ने कुराले मन अतालिएको थियो । आश्रमका अभियन्ता र अभिभावकहरूको । आवश्यकता बढ्दै जाँदा अहिले मुख्य भवनसहित १८ ओटा सानाठूला संरचना निर्माण भएका छन् । झण्डै १४ करोड रुपैयाँको लागतमा सोचेभन्दा पनि तीन गुणा ठूलो विशाल मानवीय मन्दिर निर्माण भएको छ । अहिले मानवसेवा आश्रमका अभियन्ता र अभिभावकहरूको गरे के हुनेरहेनछ र भन्ने कुराले मन अचम्मित हुन्छ ।
दीर्घकालीन स्वावलम्बनको सिद्धान्तलाई आत्मसात् गर्दै गाई पालन गरिएको छ । अर्गानिक तरकारीका लागि करेसाबारी छ । आश्रम परिसरमै झण्डै एक हजार बढी फलफूलका बिरुवा रोपिएका छन् । फलफूल र दूधमा आत्मनिर्भर बन्दै गइरहेको मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाले २५० जना मान्छे र एक दर्जन बढी गाइवस्तुको मलमूत्रलाई खाना पकाउने इन्धनमा रूपान्तरण गरेको छ ।
विभिन्न समस्या र चुनौतीका बीच मिहिनेत र हौसलालाई जग बनाएर शुभारम्भ भएको यस भवन निर्माणका लागि आ.व. २०७९/०८० को मसान्तसम्म आइपुग्दा १३ करोड ८१ लाख ६६ हजार ५ सय ८० रुपैँया खर्च भएको छ ।आश्रमका अभियन्ता, अभिभावक र आश्रमको सेवालाई तन, मन र धनको माध्यमले योगदान पु¥याइरहेका मानवताप्रेमी मनहरूको निरन्तरको लगनशीलता र मिहिनेतका कारण यो विशाल संरचना निर्माण सम्भव भएको हो ।
पुरणबहादुर जोशीको सबैभन्दा धेरै सहयोग
यस संस्थाको भवननिर्माणका लागि हेटौँडा स्कुल अफ म्यानेजमेन्टमार्फत् मानवसेवा आश्रम मकवानपुरका संरक्षक एवम् अभिभावक पुरणबहादुर जोशीले सबैभन्दा धेरै अर्थात् २३ लाख ४२ हजार पचास रुपैयाँ सहयोग गर्नुभएको छ भने मानवसेवा आश्रमका प्रमुख संस्थापक डा.गोविन्द टण्डनले २० लाख ५० हजार रुपैयाँ योगदान गर्नुभएको छ । राउण्ड टेबल नेपालको तर्फबाट हालसम्म २० लाख रुपैयाँ प्राप्त भएको छ । १७ जना परोपकारी एवम् मनकारी व्यक्तिहरूले विभिन्न अवसर पारी प्रति १ कोठा निर्माणका लागि रु ५,११,१११ रुपैयाँ योगदान गर्नुभएको छ ।
यस भवनको पूर्णताका लागि महजात्रा, श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ र रवीन्द्र मिश्रका कविता वाचन समारोहको आयोजना भएको थियो । अधिकांश सहयोगहरू यिनै कार्यक्रमका समयमा प्राप्त भएका थिए ।
हालसम्म यस भवन निर्माणको लागि विभिन्न सरकारी निकायहरूबाट रु १ करोड १७ लाख त्रिहत्तर हजार ५ सय ७० रुपैयाँ र जनमन सङ्कलनबाट रु ११,९१,२६,९६० प्राप्त भएको छ । जसका लागि झण्डै १५ हजार बढीको योगदान रहेको छ ।
आफ्नो देश बनाउन अरुको मुख ताक्न नहुने सिद्धान्त बोकेको मानवसेवा आश्रमले हालसम्म कुनैपनि विदेशी दातृ निकायको सहयोगको प्रस्ताव स्वीकार गरेको छैन ।आफ्नो देशका सडकपेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य बाआमाका चाउरी परेका अनुहार र कीरा परेका घाउका तस्बिर विदेश पठाएर आफ्ना बाआमा पाल्ने कुरामा मन्जुर छैनन् मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारी ।
भाडाको घरबाट आफ्नै घरमा सरेपछि महिला, पुरुष, बालबालिका, अशक्त र वद्धवृद्धाहरूलाई छुट्टाछुट्टै राखेर सहयोगापेक्षीमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ मानवसेवा आश्रम मुख्य सेवा केन्द्र मकवानपुर हेटौँडा ।
दीर्घकालीन स्वावलम्बनको सिद्धान्तलाई आत्मसात् गर्दै गाई पालन गरिएको छ । अर्गानिक तरकारीका लागि करेसाबारी छ । आश्रम परिसरमै झण्डै एक हजार बढी फलफूलका बिरुवा रोपिएका छन् । फलफूल र दूधमा आत्मनिर्भर बन्दै गइरहेको मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाले २५० जना मान्छे र एक दर्जन बढी गाइवस्तुको मलमूत्रलाई खाना पकाउने इन्धनमा रूपान्तरण गरेको छ ।
निर्माणाधीन पोखरीलाई जेष्ठ नागरिक मनोमञ्जन केन्द्र बनाई दिनभरि हेटौँडाका वृद्धवृद्धा भुल्ने ठाउँ र साँझ सिङ्गो हेटौँडावासीको लागि दिनभरिको थकान मेटाउने आरतीसहितको रिक्रियसन सेन्टरको रूपमा निर्माण गर्ने योजना आश्रमको छ । मानवेश्र कुण्ड रहेको पोखरीसहितको क्षेत्र छिट्टै मानवेश्वर धाम बन्नेमा निश्चित छ ।
मानवसेवा आश्रमले देशैभर १९ जिल्लामा आफ्नै भवननिर्माण कार्यको शुभारम्भ गरिसकेको छ । जसमध्ये चितवन, पोखरा, गोरखा र बागलुङको भवननिर्माण कार्य यसै वर्ष सकिने छ ।
मानवीय मन्दिर निर्माणमा धन दिएर, मन दिएर र समय दिएर योगदान पु¥याउनुहुने सम्पूर्ण परोपकारी मनहरूप्रति हार्दिक आभार, सादर नमन !!
मानवीयताको राष्ट्र नेपाल निर्माणको सपना बोकी सबैका लागि खाना, नाना र छानाको प्रबन्ध गराउँदै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण, घोषणा र कार्यान्वयनको सङ्कल्पसहित जसको केही छैन, जसका कोही छैनन्, उनैको सेवामा समर्पित मानवसेवा आश्रम ।
यस संस्थाको भवननिर्माणका लागि हेटौँडा स्कुल अफ म्यानेजमेन्टमार्फत् मानवसेवा आश्रम मकवानपुरका संरक्षक एवम् अभिभावक पुरणबहादुर जोशीले सबैभन्दा धेरै अर्थात् २३ लाख ४२ हजार पचास रुपैयाँ सहयोग गर्नुभएको छ भने मानवसेवा आश्रमका प्रमुख संस्थापक डा.गोविन्द टण्डनले २० लाख ५० हजार रुपैयाँ योगदान गर्नुभएको छ । राउण्ड टेबल नेपालको तर्फबाट हालसम्म २० लाख रुपैयाँ प्राप्त भएको छ । १७ जना परोपकारी एवम् मनकारी व्यक्तिहरूले विभिन्न अवसर पारी प्रति १ कोठा निर्माणका लागि रु ५,११,१११ रुपैयाँ योगदान गर्नुभएको छ ।
पत्रकारिता, सामाजिक कार्य र ग्रामीण विकासकी विद्यार्थी अमृता बजगाईं पुस्तक पठन र लेखनमा विशेष रुचि राख्नुहुन्छ । स्थान विशेष र परिवेशका प्राकृतिक दृश्यलाई लेख तथा सामाचारका माध्यमले प्रस्तुत गर्नुहुने बजगाईं मानवीय जीवनका भोगाइ र वास्तविक कथालाई खोजमूलक शैलीमा शब्दमा उतार्न मन पराउनुहुन्छ । मानवीय मूल्यको संरक्षण र विकासका लागि पत्रकारिता उहाँको आदर्श हो ।