विभिन्न प्रकारका उपवासमध्ये प्रातकालीन उपवास सर्वाधिक लाभप्रद उपवास हो । यसबाहेक अरु उपवास गर्न विशेष मौका, अवसर तथा उचित समय चाहिन्छ, तर यो प्रातकालीन उपवास हरेक दिन गर्न सकिन्छ ।

बिहान नास्ता गर्नैपर्छ र ?

आजको आधुनिक र व्यस्ततापूर्ण जीवनशैलीमा बिहानको ब्रेकफास्ट या नास्ता दिनचर्याको एउटा अनिवार्य अङ्गजस्तो बनेको छ । स्वास्थ्य, पोषण र पाचन सामथ्र्यका दृष्टिले यो कति उपयोगी छ, हरेकले जान्नु पर्ने विषय हो । खानपानको तरिका तथा समयतालिका धेरैजसो सन्दर्भमा समाजको चलनचल्तीमाथि निर्भर हुन्छ । बिहानको खाना चाँडो गरी ९–१० बजेभित्रै खाने हाम्रो समाजको चलिआएको चलन हो । जबकि सहरी जीवनशैलीमा भने ‘लन्च’ भनेर दिउँसो खाने हुँदा बिहान ८–९ बजे ‘ब्रेकफास्ट’ लिने गरेको देखिन्छ । यस्तो दिनचर्यामा चल्नेहरूलाई बिहानको नास्ता के शरीरले मागेकै हुन्छ त ? बिहानको नास्ताको सम्बन्धमा अहिलेसम्मका विज्ञविशेषज्ञहरूले दिएको तर्क–वितर्क माथि विचार गरौँ ।

नास्ता नगर्नु राम्रो

विश्वप्रसिद्ध आहारशास्त्री अर्नाल्ड इहरिटको तर्क यस्तो छ– ‘‘खानपानको विषयमा सबैभन्दा खराब बानी हो– एकाबिहानै आमाशयलाई खाद्यपदार्थले भर्ने प्रवृत्ति । रात्रिको समय सुत्ने कार्यका लागि हो । त्यसअवधिभर करिब १०–१२ घण्टा व्यक्ति केही पनि खाँदैन । उक्त समयमा आमाशयबाट खाद्यपदार्थ रित्तिनुका साथै शरीरले विसर्जनको कार्य गरिरहेको हुन्छ । उक्त प्रक्रियाका कारणले पेटमा मलविकारको दबाब बढ्ने हुँदा धेरैजसो मानिसहरूलाई बिहान चुस्ती–स्फुर्ति महसुस भइरहेको हुँदैन अनि मलको दबाबका कारण जिब्रोमा पनि मैलो जमेको हुन्छ । विश्रामपछिको उठाइले गर्दा वास्तवमा बिहानीपख वास्तविक भोकको अनुभव हुँदैन, तर छद्म भोक (PSUHDU HUNGER)को भ्रममा परेर व्यक्ति नास्ताको नाममा विभिन्न कुराहरू खाइदिन्छ र तृप्तिको अनुभव गर्दछ । बिडम्बना नै भन्नुपर्छ, यस्तो यथार्थ धेरै विशेषज्ञहरूले पनि बुझ्न सकेका हुँदैनन् । आमाशयलाई नास्ताले भर्ने बित्तिकै मल विसर्जन बन्द हुन जान्छ अनि व्यक्ति पेट सफा भएको भ्रममा पर्दछ । खाद्यपदार्थले यसरी आमाशय भरिदिएपछि मल विसर्जनको सङ्केत कम भएर जानुपछाडिको कारण पनि यही हो ।’’

मानवीय पेटको प्रवृत्ति वास्तवमा कस्तो हुँदोरहेछ ? इहरिटकै भनाइमा – ‘शरीर तथा पेटमा जति धेरै मल जम्मा हुन्छ, त्यति नै धेरै खानुुपर्ने हुन्छ । मैले केही त्यस्ता पनि रोगी भेटेको छु, जसलाई निदाउनका लागि राति पटकपटक खाइरहनुपर्ने हुन्थ्यो । यसो किन भयो भन्दा उसको आमाशयमा एकत्र श्लेष्मा (कफ) तथा विषाक्त पदार्थको पाचन रोक्नका लागि पेट भरिरहनु परेको हो । यसको आशय के हो भने पेटमा खाना पुगेन भने शरीरको मलविकार र कफको पच्ने काम सुरु हुन्छ जसले निद्रामा खलल ल्याउँछ । जबकी पेट भरेर सुत्ने हो भने खाना चाहिँ पचिरहन पायो ।’

प्रातकालीन उपवास (MORNING FASTING)

विभिन्न प्रकारका उपवासमध्ये प्रातकालीन उपवास सर्वाधिक लाभप्रद उपवास हो । यसबाहेक अरु उपवास गर्न विशेष मौका, अवसर तथा उचित समय चाहिन्छ, तर यो प्रातकालीन उपवास हरेक दिन गर्न सकिन्छ । वस्तुतः ‘बिहानको नास्ता छोड’ (STOP BREAKFAST) लाई प्रातकालीन उपवास भनिन्छ । यो प्रातकालीन उपवास आध्यात्मिक तथा आत्मिक विकासको मार्गमा अघि बढ्नेहरूले अपनाएर अनुभूत गरेको विषय हो । आधुनिक जीवनशैलीमा हिँड्ने अचेलका भौतिकवादी तरिकाले खानेपिउने, मोज गर्नेहरूले भने यो उपवासको समर्थन कमै गरेको पाइन्छ ।

बिहानको नास्ता छोडेर गरिने प्रातकालीन उपवासका सम्बन्धमा अनेकौँ वैज्ञानिक तथा चिकित्सकीय धारणाहरू पाइन्छन् । अमेरिकी डाक्टर एडवर्ड हुकर डेबी ‘नास्ता छोड’ (STOP BREAKFAST) नामक व्यापक अभियान चलाउने प्रसिद्ध उपवास विशेषज्ञ हुन् । उनको भनाइमा ‘‘ व्यक्ति स्वस्थ होस् या रोगी कसैले पनि लन्चभन्दा पूर्व केही खानुहुँदैन । जुन ऊर्जा तिमीले रातिको निद्रा र आरामद्वारा प्राप्त गर्दछौ, त्यसले काम चलाऊ र दिउँसोसम्म पेटलाई आराम गर्न देऊ । पचाउने काममा शरीरको पूरै शक्ति खर्च हुन्छ, त्यसलाई यथासम्भव बचाएर राख ।’’
डा. डेबीको अनुभवसिद्ध विचारमा शरीरलाई चाहिने सारा शक्ति मस्तिष्क र यसको क्रियापद्धतिबाट स्वयमेव प्राप्त हुन्छ । व्यक्तिले सेवन गरेको खानाको एक–एक अणु पचाउन मस्तिष्कको ऊर्जा चाहिन्छ । तसर्थ, शरीरलाई भोजनभन्दा पनि मस्तिष्कको सुव्यवस्थाको आवश्यकता पर्दछ । खानाबाट मात्र शक्ति मिल्ने हो भने किन थकान तथा कामको बोझ हटाउन सुत्नुप¥यो ? खाए मात्र भइहाल्थ्यो नि । यदि मनुष्य राति नसुत्ने हो भने त्यसको परिपूर्ति संसारको कुनै पनि खानेकुराले गर्न सक्छ ? यस तर्कबाट के बुझ्नु आवश्यक छ भने मस्तिष्कलाई उसको भोजन आफैँ प्राप्त हुन्छ । अतः कम्तिमा बिहानको नास्ता छोड्ने सम्मको उपवास गरेर हेरे हुन्छ ।

बिहानको नास्ता छोडेपछि हासिल गरेको अमूल्य अनुभवलाई प्रस्तुत गर्दै डा. डेबीले प्रातकालीन उपवासको अपरिहार्यता यसरी व्यक्त गर्नुभएको छ– ‘‘उपवासको यथार्थ महत्त्व मलाई बिहानको नास्ता छोडेपछि मात्र ज्ञात भयो । यस विषयमा अरु तथ्यहरू पनि बिस्तारै बुझ्दै गएँ र थाहा पाएँ कि खानाले केवल शरीरलाई वजन मिल्दछ, तर व्यय हुने शक्ति त केवल निद्रा तथा आरामबाट प्राप्त हुँदोरहेछ । म कति मन्दबुद्धिको रहेँछु, नभए त यति सानो कुरा मलाई पहिले नै बोध भइहाल्थ्यो नि ।’’

फाइदा-बेफाइदा हेर्न नसक्ने बानीका कारण जे भेट्यो, त्यही खाइहाल्ने असंयमशीलता एक प्रकारको बौद्धिक कायरता हो ।

‘समझदारीपूर्ण उपवास

यद्यपि, बिहानको नास्तामा बानी परेकाहरूलाई ‘नो ब्रेकफास्ट’ एक प्रकारले निकै गारोे अभ्यास हो । यस्तोमा के गर्ने त ? विख्यात उपवास विशेषज्ञ प्राध्यापक एरनाल्ड इहरिटले ‘RATIONAL FASTING’ अर्थात् ‘समझदारीपूर्ण उपवास’ गर्ने सल्लाह दिएका छन् । समझदारीपूर्ण उपवासको तात्पर्य हो– जिब्रोको दासता, बानीको दासता तथा पेटको वशीकरणमा परेर खाइहाल्ने होइन बरु बुद्धिमत्तापूर्ण सोचले उपयुक्त निस्कर्षमा पुग्ने प्रवृत्ति हो । फाइदा-बेफाइदा हेर्न नसक्ने बानीव्यहोराका कारण जे भेट्यो, त्यही खाइहाल्ने असंयमशीलता एक प्रकारको बौद्धिक कायरता हो । जबसम्म यस्तो प्रवत्ति रहन्छ, तबसम्म कुनै किताब पढेर, अरुबाट सुनेर, उपदेश लिएर कोही पनि व्यक्ति यदि नास्ता छोड्ने बोक्रे प्रयत्न गर्दछ भने त्यो अनुशासन होइन, दबाब मात्र हो किनकि उपवासको पे्ररणा आफ्नै अन्तःकरणबाट सविवेक उद्घाटित हुनुपर्दछ ।

विश्वविख्यात दर्शनशास्त्री तथा उपवासवेत्ता एडवर्ड अर्ल प्युरिङटन उपवास गर्नुपूर्व यो शब्द मनन गर्ने सुझाव दिनुहुन्छ :
‘‘कुनै किताब पढेर या कसैको बाध्यतामा परेर उपवास गर्दै छौ भने उपवास नगर्नु नै राम्रो हो । सर्वप्रथम उपवाससम्बन्धी आफ्नो मान्यतालाई दृढ बनाऊ र त्यसपछि सुरु गर । कोरा जोसले केही काम हुनेवाला छैन ।’’ अर्को एउटा प्रसङ्गमा उहाँ यसो पनि भन्नुहुन्छ– ‘‘उपवास कुनै ठूलो कुरा पनि होइन, तिम्रो ज्ञान ठूलो कुरा हो । जोसँग ज्ञान छ, ऊ आफूलाई डाक्टर सम्झँदैन, न त आफ्नो सीपलाई पैसामा बेच्दछ । यही ज्ञानको सहारामा हिँड ।’’ वास्तवमा उपर्युक्त भनाइलाई मनन गर्नेहरूका लागि नास्ता त के शरीरलाई थिच्ने गरी खाने गरिएका सबै खानेकुराहरू आफैँ घटाउँदै जानु कुनै आश्चर्यको विषय रहँदैन ।