हामी सबैले विद्वता प्राप्त गर्न या कार्यकुशलता हासिल गर्नमा निकै श्रम गर्छौँ । आफ्नो आचरणलाई शुद्ध बनाउने कुरा भने हाम्रो प्राथमिकतामा पर्दैन । हामीले नयाँ घर बनाउँछौँ, नयाँ लुगा फेर्छौँ, सम्बन्धहरू बदल्छौँ, साथीहरू परिवर्तन गर्छौँ तापनि दुखी रहन्छौँ किनभने हामीले आफूलाई बदल्न बिर्सन्छौँ ।

देव मित्र र बडागुरुज्यू

धेरै पहिला, विद्वान् देव मित्र वाराणसीका राजाका बडागुरुज्यू थिए । विद्वता, कार्यकुशलता र सदाचारका कारण उनको ख्याति फैलिएको थियो । सबैले उनको सम्मान गर्थे । राजा स्वयम्ले पनि अति मान गर्थे । हुन पनि देव मित्र आफ्ना गुणहरूले गर्दा राज्यकै होनाहार व्यक्ति थिए । एक दिन देव मित्रलाई खुल्दुली भयो: खास कुन चाहिँ कारणले सबैेले मलाई यति धेरै सम्मान गर्छन् त ? उनले एउटा प्रयोग गरेर हेर्न चाहे ।

एक दिन दरबारको काम सकेर साँझ घर फर्कने बेलामा देव मित्र राज्यको ढुकुटीमा पसे । राजाका गुरुजी भएका हुँदा उनलाई ढुकुटीमा पहरेदारहरूबाट कुनै रोकटोक भएन । उनी सिधै खजानाको भण्डारभित्र गए र चार वटा स्वर्ण मुद्रा लिएर निस्के । गुरुजीले स्वर्णमुद्रा उठाएको ढुकुटीका रक्षकले देखे तर केही भनेनन् । कुनै विशेष कामका लागि लिएका होलान् र पछि आफैँले बताउलान् भन्ने ठाने ।भोलिपल्ट पनि यस्तै घटना दोहोरियो ।

साँझपख गुरुजी ढुकुटीमा पसे र आठ दश वटा स्वर्णमुद्रा उठाएर हिँडे । रक्षकहरू अलिक सशङ्कित भए तर केही बोल्ने साहस गरेनन् । यति सम्मानित मानिसले यसरी स्वर्णमुद्रा झिक्नुमा निश्चय नै कुनै प्रयोजन होला भन्ने सोचे ।तेस्रो दिन पनि गुरुजी ढुकुटीमा आए । सधैँजस्तै एक मुठी स्वर्णमुद्रा उठाएर गोजीमा हाले र निवासतिर हिँडे । अब रक्षकहरूलाई सैह्य भएन । उनीहरूले राजालाई जानकारी गराए । गुरुजीले तीन पटकसम्म राज्यकोषबाट स्वर्णमुद्रा डकैती गरेको उजुरी परेपछि राजाले राज्यको नियमानुसार उनलाई तीन महिना कारावासको दण्ड दिए ।

साधना कुनै कठिन, दुर्वोध वा अनौठो वस्तु होइन । यो त केवल निर्द्वन्द , सरल र सहज हुनु हो । जहिलेसम्म ज्ञान एकातिर र व्यवहार अर्कोतिर भइरहन्छ, तबसम्म न द्वन्द्वमुक्त हुन सकिन्छ, न जीवनमा सहजता आउँछ तर हाम्रो समस्या यही छ, जानेको कुरा जीवनमा उपयोग नगर्ने, बरु अझै जान्नका लागि भौँतारिइरहने ।

कारावासका अधिकारीले पक्रन अघि बढे । यतिन्जेल गुरुजीलाई खुल्दुलीको जवाफ मिलिसकेको थियो । उनले राजालाई विनम्रतापूर्वक भने ः राजन्, म चोर होइन । खासमा मलाई तपाइँ र राज्यका सबै बासिन्दाले के कारणले यति विधि सम्मान गर्नुहुन्छ भन्ने खुल्दुली लागेको थियो । मेरो विद्वता, कार्यकुशलता या सदाचार कुन कारणले मेरो सम्मान भएको हो भन्ने म जान्न चाहन्थेँ । मलाई मेरो जिज्ञासाको जवाफ मिल्यो ।

सदाचारका कारणले मेरो सम्मान भएको रहेछ किनकि मेरो विद्वता र कार्यकुशलता त उत्तिकै छन् । आज सबैले बुझ्यौँ, सदाचार छोड्नासाथ म असम्मानित भएँ र मैले दण्डित समेत हुनुप¥यो ।राजाले भने, पण्डितजी, मैले तपाईँको प्रयोग बुझें तर आम मानिसका अगाडि तपार्इँ दण्डित हुन आवश्यक छ, तबमात्र सबैले सिक्ने मौका पाउँछन्: सदाचार त्याग्दा जोसुकै पनि सजायँको भागीदार हुनुपर्छ ।

हामी सबैले विद्वता प्राप्त गर्न या कार्यकुशलता हासिल गर्नमा निकै श्रम गर्छौँ । आफ्नो आचरणलाई शुद्ध बनाउने कुरा भने हाम्रो प्राथमिकतामा पर्दैन । हामीले नयाँ घर बनाउँछौँ, नयाँ लुगा फेर्छौँ, सम्बन्धहरू बदल्छौँ, साथीहरू परिवर्तन गर्छौँ तापनि दुखी रहन्छौँ किनभने हामीले आफूलाई बदल्न बिर्सन्छौँ ।

ज्ञानको कमीले, आदर्शको खडेरीले हामी दुखी भएका हौइनौँ । तिनलाई कर्ममा नउतार्दा, जीवनमा उपयोग नगर्दा दुखी भएका हौँ । जति धेरै ज्ञानको सञ्चय हुन्छ, उति दुविधा, द्वन्द्व, विरोध, प्रतिक्रिया अर्थात् रियाक्सन, असुरक्षाको भय पनि बढ्दै जान्छ । सायद यही कारणले शास्त्रले सङ्ग्रहात्मा विनश्यति भनेको हो । पाएसम्म सम्पत्ति वा ज्ञान सञ्चय गर्ने स्वभावले नै हो ऊर्जा क्षय गर्ने र तनाब बढाउने । एक क्षण, एक पल हर प्रकारको आसक्तिबाट मुक्त भएर, प्रकृतिसँग लीन हुने हो भने अनुभूति हुन्छ आहा ! कति शान्ति, कति आनन्द, कति मस्ती, कस्तो उन्मुक्ति ! मनुस्मृतिले भनेकै छ: सर्वम् परवशं दुखम् सर्वमात्मवशं सुखम् ।

साधना कुनै कठिन, दुर्वोध वा अनौठो वस्तु होइन । यो त केवल निर्द्वन्द , सरल र सहज हुनु हो । जहिलेसम्म ज्ञान एकातिर र व्यवहार अर्कोतिर भइरहन्छ, तबसम्म न द्वन्द्वमुक्त हुन सकिन्छ, न जीवनमा सहजता आउँछ तर हाम्रो समस्या यही छ, जानेको कुरा जीवनमा उपयोग नगर्ने, बरु अझै जान्नका लागि भौँतारिइरहने ।

सन्त कबीरको प्रवचन

सन्त कबीरले एक पटक एउटा विशेष प्रवचन दिँदै थिए । एउटा उर्दी जारी गरिएको थियो: प्रवचनमा यस्तो उपाय बताइने छ, जसको प्रयोग गर्दा खाने बेला थालमा झिँगा बस्ने छैन । कबीरले यो प्रवचन सुन्न आउनेले रु. पचासको टिकट काट्नुपर्ने बन्दोबस्त गरेका थिए । मानिसहरू अचम्म मान्दै थिए । प्रवचन सधैँ निशुल्क हुन्थ्यो । यसपालि उनीहरूलाई टिकट किन्न भनिएको थियो । गर्मीको बेला जति सरसफाइ गरे पनि थालमा झिँगा बसेर हैरान पाथ्र्यो । पक्कै कबीरले कुनै अनौठो उपाय बताउँछन् होला भन्ठानेर सबैले टिकट किने । प्रवचन शुरु भयो । कबीरले सधैँजस्तै साम्प्रदायिकता होइन, सेवा नै धर्म हो भन्ने विषयमा बोले र प्रवचन टुङ्ग्याए ।

मानिसहरू कतिखेर कबीरले थालमा झिँगा नबस्ने उपाय बताउलान् भनेर पर्खिरहेका थिए । होहल्ला हुन थाल्यो । कबीरले सबैलाई शान्त रहन आग्रह गरे र भने, ‘उपाय अत्यन्त सजिलो छ, खाने बेलामा देब्र्रे हातले झिँगा धपाउनुहोला । थालमा झिँगा बस्नै पाउँदैन ।’ ‘अरे, त्यो त कुनै नयाँ कुरा भएन, धपाएपछि थालमा झिँगा बस्दैन भन्ने त हामीलाई पनि थाहा छ नि, यत्ति भन्नलाई पचास रुपैयाँको टिकट भिडाउनु सुहाउने कुरा होइन’—मानिसहरू कराउन थाले । ‘कबीरले भने, ‘तपाईंहरूलाई यो उपाय थाहा छ भन्ने मैले पनि बुझेको छु तर तपाईंहरूले त्यति सजिलो उपाय गरिराख्नुभएको छैन । टिकट किनाएको केवल तपाईंहरू आफूले जानेको कुरा गर्नुहोस् भन्नलाई हो । सेवा नै धर्म हो भन्ने तपाईंहरूले जान्नुभएको छ, यही कुरा प्रवचनमा सुन्न आउन आवश्यक छैन । यथाशक्य सेवाको भावनाले काम गर्न थाल्नुहोला । मैले भन्न खोजेको यत्ति हो ।’
अन्त्यमा : आचार प्रभवो धर्मः ।। आचरणबाट नै धर्मको, साधनाको आरम्भ हुन्छ ।