मानिसको जीवनमा खानपानको अत्यधिक महत्त्व छ । सात्त्विक प्रकारको खाना खायौँ भने मन, वचन, कर्म पनि त्यस्तै किसिमले सात्त्विक बन्छ । राजसिक खाना जहाँ अमिलो, पीरो, नूनिलो, चिल्लो, अर्काको प्राण हरेर बनाइएको खाना खाइयो भने जीवन पनि त्यस्तै किसिमले जान्छ । खाऔँ, पिऔँ, मोज गरौँ भन्ने प्रकारले ढालिदै जान्छ । अन्ततोगत्वा त्यस्तो चीजविना भान्छामा पस्न पनि मन नलाग्ने हुन्छ ।

घातक रोगहरूलाई निको पार्न सकिने

खानपानको माध्यमबाट मानिसमा लाग्ने विभिन्न किसिमका घातक रोगहरूलाई निको पार्न सकिने कुरालाई विज्ञानले समेत मानिसकेको छ । मेटाबोलिक सिन्ड्रोम, मधुमेह, मोटोपन, क्यान्सर र मुटुसम्बन्धी अनेक समस्याहरूलाई न्यूनीकरण गर्नुका साथै निराकरण समेत गर्न सक्ने क्षमता खानपानमा छ ।

फलफूलमा पाइने पौष्टिक पदार्थहरू – प्रोसायनिदिन, एन्थोसायनिन तथा फिलोनिक एसिडहरूले पशुप्राणीमा हुने रोगलाई निदान गर्न मद्दत गर्छ । फलफूल तथा तरकारीले शरीरलाई अत्यावश्यक पौष्टिक पदार्थहरू, जस्तैः – खनिज, लवण भिटामिन उपलब्ध गराउनुका अतिरिक्त फलफूलमा पाइने पोलिफिनेल भन्ने तत्त्वका कारण दीर्घ रोगबाट बच्न सकिन्छ । यसकारण सकिन्छ भने दैनिक रूपमा केही न केही फलफूल सेवन गरिरहनुको अर्थ हुन्छ, रोगबाट सुरक्षित हुनु । मोटोपनले दुःख पाएकाहरूका लागि त फलफूल ठूलो औषधि नै हो । एउटा कुराचाहिँ ख्याल राख्नुपर्छ कि फलफूलमा रोगबाट बचाउन तथा पकाउनका लागि कुनै विषादि नहालेको हुनुपर्छ । त्यसो भएन भने उल्टो रोग लाग्ने डर सदा भइरहन्छ । आजकाल फलफूललाई कीरा–रोगबाट बचाउनको लागि मनपरी ढङ्गले कीटनाशक औषधि हाल्ने चलन छ, त्यो स्वास्थ्यको लागि अति हानिकारक छ । फेरि, हिजोआज असमयमा टिपेको फलफूलमा कार्बोनेटजस्ता स्वास्थ्यका लागि हानिकारक हुने रासायनिक पदार्थ हालेर पकाउने र लोभलाग्दो तुल्याउने गरिएको पाइन्छ । खासगरी यस्तो चलन कमजोर र फितलो सरकार भएका मुलुकहरूमा छन्, जहाँ ऐन–कानुनको परिपालन न व्यापारीले गर्छन्, न सरकारले परिपालन गराउन सकेको हुन्छ ।

विभिन्न प्रकारका मसलाहरू

तरकारीमा हाल्ने विभिन्न प्रकारका मसलाहरू – दालचिनी, अदुवा, सूठो, ल्वाङ, बेसार, मरिच, जिरा, धनिया, पिप्ला, अलैँची आदिमा स्वास्थ्यका लागि हितकारी तत्वहरू– प्रोसायनिदिन, एन्थोसायनिन तथा फिनोलिक एसिड पर्याप्त मात्रामा पाइन्छ । यी मसलाहरू स्वास्थ्यका लागि उपयोगी छन्, तापनि ठीक मात्रामा तिनको प्रयोग उपयोगी हुन्छ, अन्यथा ग्यास्टिक गराउने, अमिलो पानी आउने, डकार आउने जस्ता लक्षण देखिन सक्छ ।

ऐँसेलु, भुइँकटहर, भुइँकाफल, अङगुर, केरा, मेवा, आँप, जुनार, मौसम, सुन्तला, मुन्तला, नासपाती, स्याउ, किवी, आलुबखडा, अनार आदि फलफूलहरूमा मानिसको शरीरका लागि उपयोगी हुने तत्त्वहरू प्रशस्त पाइन्छन् । यसैले, यी मानिसका लागि गुणकारी एवम् हितकारी फलफूल हुन् ।

मानिस मांसाहारी प्राणी होइन

मानिसका लागि तैलीय पदार्थहरूको पनि जरुरी हुन्छ । ती वस्तुहरू दूध, दही, नौनी, घ्यु–तेल तथा ड्राइफ्रुटहरूबाट पाउन सकिन्छ । मांसाहारीहरूले मासुबाट पनि केही मात्रामा प्राप्त गर्न सक्छन् । स्वास्थ्यको दृष्टिकोणले मासुकै कारण संसारमा अनेक किसिमका रोगहरू फैलिरहेकाले मासु खानुबाट बँच्नुपर्छ । त्यसको विकल्पमा अनेक खाद्यवस्तुहरू भएकाले अप्राकृतिक मासु खानुभन्दा सन्तुलित रूपमा प्राकृतिक खाद्यान्न, दूग्धपदार्थ, फलफूल, सागसव्जीहरू स्वास्थ्यको लागि उपयोगी हुने कुरा शास्त्र एवं विज्ञानसम्मत छ। मानिसको लागि मासु अप्राकृतिक खानेकुरा हो। किनभने प्राकृतिक रूपले मानिस मांसाहारी प्राणी होइन । उसको बनोट, पाचनक्रिया, नङ, स्वभाव आदि गुणहरू मांसाहारी जीवसँग पटक्कै मिल्दैनन् । मानिसको स्वास्थ्यलाई तन्दुरुस्त पारिराख्नका लागि तैलीय पदार्थको साथै कन्जुगेटेड लिनोलेइनिक एसिड तथा ओमेगा–३ को पनि जरुरी पर्छ । माथि नै भनिसकियो कि तैलीय पदार्थहरू उग्राउने जातका पशुहरूबाट प्राप्त हुने दूध र दूग्धजन्य पदार्थबाट प्राप्त हुन्छ । दोस्रो प्रकारको चाहिँ दाँते ओखर, हाडे ओखर, कागजी ओखर, आलसको तेल, काजु, पेस्ता, कागजी बदाम आदिबाट प्राप्त हुन सक्छ । दूध र दूग्धजन्य पदार्थहरूमा पनि चरिचरनमा गएर घाँस खाने, राम्ररी हिँडडुल गर्न पाएका, गोठमा कैद नभएका गाईभैँसीका दूध बढी पौष्टिक हुन्छन् । दूधमा गाईको दूधको तुलना आमाको दूधबाहेक अरु प्राणीको दूधसँग गर्न सकिन्न ।

कन्जुगेटेड लिनोलेइक एसिड बढाउन गाईवस्तुलाई खुला चरिचरनमा चराउनु उपयोगी हुन्छ । बाँधेर बन्द गोठमा वा चर्न नपाउने वा नसक्ने गरी पालिएको छ भने दूध त आउँछ तर त्यो मात्र ‘व्हाइटनर’ हो । चिया–कफीलाई रङ्गाउन त काम लाग्ला तर स्वास्थ्यको लागि आवश्यक पर्ने तत्त्व त्यसबाट प्राप्त गर्न सकिँदैन । व्यावसायिक रूपले हुलका हुल पालिएका गाईवस्तुमा एक त स्याहार भनेजस्तो नपुग्ने, प्राकृतिक रूपमा घाँसपात, सागसव्जी दिन नसकिने अवस्था हुने हुन्छ । व्यावसायिकरूपले पालिएका गाईवस्तुका दूधमा पौष्टिकताको अभाव हुने कारण पनि यही हो । आजकाल गाईवस्तुलाई खुवाइने दानामा हाड एवम् सिद्राहरू हालिने तथा ती कस्ता प्राणीका कुन अवस्थाका हुन् भन्ने थाहा नहुने एवम् गाईवस्तु शाकाहारी प्राणी भएकाले हाड तथा सिद्राराहरू तिनका लागि अप्राकृतिक आहार हो । अप्राकृतिक खानाको असर शरीरमा नराम्रोसँग परिरहेको हुन्छ भन्ने कुरालाई विभिन्न वैज्ञानिक अध्ययनहरूले देखाएका छन् ।

नौनी झिकेको दूध उपयुक्त

दूध बढी आओस् भन्नाका लागि अनेक प्रकारका एन्टिवायोटिक लगाइने एवं अप्राकृतिक हर्मोनहरू दिइने प्रचलनले गर्दा दूधमा चाहिने पौष्टिकताको ह्रास भइसकेको हुन्छ । कन्जुगेटेड लिनोलेइक एसिड एक प्रकारको चिल्लो पदार्थ भएको हुनाले दूधबाट सिधै नौनी निकाल्दा सो पनि नौनीसँगै जाने हुनाले नौनी निकालेको दूधमा त्यसको अभाव स्वत ः सिध्द छ । स्वास्थ्यको लागि दूध पिउने हो भने नौनी ननिकालेको दूध स्वास्थ्य बर्धक हुन्छ भने कसैलाई प्रोटिनको मात्रा कम गर्नुपर्ने अवस्थामा चाहिँ नौनी झिकेको दूध उपयुक्त हुन्छ ।

दूधकै कुरा गर्दा विचार गर्नुपर्ने कुरा के छ भने प्रथमतः गाईवस्तुको दूधको पहिलो अधिकारी उसका सन्तान बाच्छा–वाच्छी हुन् । बाच्छा–वाच्छी वा पाडा–पाडी वा पाठा–पाठीलाई प्राकृतिक रूपले आमाको कल्चौँडोमा कमेकम दुई थुन दिइसकेर बचेको दूध दुहुनलाई मात्र मानिसलाई अधिकार छ । बाच्छा–बाच्छीले पगारेर, कुनै हर्मोनको प्रयोग नगरी प्राप्त दूधमात्र मानिसको लागि उपयुक्त आहार हुन सक्छ अन्यथा त्यो स्वास्थ्यको लागि प्रतिकूल हुन सक्छ ।

यस दृष्टिकोणले आजसम्म वैज्ञानिकहरूको ध्यान पुग्न सकेको छैन तर यो अनुसन्धानको विषय बन्नु जरुरी छ । पिटेर, खुट्टा बाँधेर, हार्मोन वा अनेक किसिमका एन्टिबायोटिक दिएर निकालिएको दूध खानुबाट बँच्नु राम्रो हुन्छ । युरोप, अमेरिका लगायतका पश्चिमी मुलुकहरूमा बाच्छा–बाच्छीलाई माउको कल्चौडोमा मुखै पर्न नदिईकन सम्पूणर््ँ दूध मेसिनबाट निथार–पथार पार्ने र कतिपय अवस्थामा रगतैसमेत कल्चाँैडोबाट आउने हुन्छ । बाच्छा–बाच्छीलाई पछि बाल्टिनमा दूध पिलाउने चलन भएकोले बेलायतको भ्रमणमा गएताका ती सबै अप्राकृतिक कुरा थाहा पाएका माहात्मा गान्धीले त्यहाँ दूधग्रहण गरेनन् । विश्वव्यापीरूपमा ‘भेगन अभियान’ (शाकाहारी अभियान) मा लाग्नेहरूले पनि दूधको निहुँमा दूध दिने प्राण्ँीलाई अनेक प्रकारको सास्ती दिने वा व्यापारको लागि जे पनि गर्न सक्ने हुनाले पशुप्राणीहरूमा क्रुरता नबढोस् भनेर दूध र दूग्धजन्य कुनै प्रकारको पदार्थ पनि खाँदैनन्, ग्रहण गर्दैनन् ।

नेपाल–भारतलगायत केही अन्य मुलुकहरूका कहीँकहीँ गाउँघरमा बाच्छी वा पाडी पायो भने त्यसलाई राम्ररी हुर्कन दिने नत्र आम्दानी घट्छ भनेर नुन बढी खुवाएर हुन्छ कि मुखमा झुम्रो कोचिदिएर हुन्छ, गोरु वा पाडोलाई अकालमा क्रूरतापूर्वक मृत्युवरण गर्न बाध्य पार्छन् । यसो गर्नु पापकर्मलाई जानाजानी निम्त्याउनु हो । यो मानवताको लागि सुहाउने कुरा कदापि होइन । यसरी प्राप्त गरिएको दूध पनि प्राकृतिक दूध होइन । यसले शरीरलाई फाइदा गर्दैन । नेपालका हिन्दुधर्मावलम्बीहरूमा बाच्छा–बाच्छीविहीन गाईको दूध धार्मिक कार्यहरूमा चढाउन शास्त्रले निषेध गरेको छ । यसको उदेश्य हो, गाईवस्तुले मायास्नेह पाऊन् उनीहरूप्रतिको त्रूmरता नबढोस् भन्ने हो ।

पानी मानिसको लागि सर्वौषधि भनिदिए हुन्छ । जसले पानी बिहानदेखि बेलुकासम्म समय–समयमा सजग भई पिउँछ, त्यस्तो व्यक्तिसँग रोग पनि डराउँछ । जसले पानी दिनको ४–५ लिटर पिउँछ, त्यस्तो व्यक्तिलाई चुरोट, रक्सी, खैनी, पानपरागको लत लाग्दैन । यदि छ भने पनि पानीको मात्रा बढाएर त्यस्ता कुलतबाट बँच्न सकिन्छ ।

पानी मानिसको लागि सर्वौषधि

पानी मानिसको लागि सर्वौषधि भनिदिए हुन्छ । जसले पानी बिहानदेखि बेलुकासम्म समय–समयमा सजग भई पिउँछ, त्यस्तो व्यक्तिसँग रोग पनि डराउँछ । जसले पानी दिनको ४–५ लिटर पिउँछ, त्यस्तो व्यक्तिलाई चुरोट, रक्सी, खैनी, पानपरागको लत लाग्दैन । यदि छ भने पनि पानीको मात्रा बढाएर त्यस्ता कुलतबाट बँच्न सकिन्छ । मानिसको शरीरमा करिब पानीको मात्रा ७०–८० प्रतिशत छ । पानी पिएमा नै पिशावको निकास राम्ररी हुने, कब्जियत नहुने, रक्त प्रवाह राम्ररी हुन गई अङग–प्रत्यङग आ–आफ्नो काममा व्यस्त रहन गई किड्नी, मुटु आदिलाई चाहिने तरल पदार्थको मात्रा सन्तुलित हुन पुग्छ । शरीरलाई अनावश्यक वाहिरी वस्तुहरू पसिना, पिशाव र दिशाको माध्यमबाट बाहिर निष्काशित हुने हुन । पानीले तिनलाई निष्काशित गर्न सघाउ पु–याउँछ । यसैले पानी मानिसको लागि मात्रै नभई हरेक प्राणीको लागि जीवनदायिनी आवश्यकता हो । सफा, सुग्घर, रासायनिक पदार्थ, फलाम, आर्सेनिक नमिसिएको स्वच्छ पानी स्वास्थ्यको लागि उपयोगी हुन्छ ।

मानिसको जीवनमा खानपानको अत्यधिक महत्त्व छ । सात्त्विक प्रकारको खाना खायौँ भने मन, वचन, कर्म पनि त्यस्तै किसिमले सात्त्विक बन्छ । राजसिक खाना जहाँ अमिलो, पीरो, नूनिलो, चिल्लो, अर्काको प्राण हरेर बनाइएको खाना खाइयो भने जीवन पनि त्यस्तै किसिमले जान्छ । खाऔँ, पिऔँ, मोज गरौँ भन्ने प्रकारले ढालिदै जान्छ । अन्ततोगत्वा त्यस्तो चीजविना भान्छामा पस्न पनि मन नलाग्ने हुन्छ । तामसी आहार– रक्सी, बियर आदिको के कुरा गर्नु ! यसले छँदाखाँदाको, सज्जन देखिने, एकछिन अघिसम्म भलादमी, सध्दे देखिएको मानिसलाई बौलाहा र बेकम्मा तुल्याइदिन्छ । घरमा कचिङगल, साथीभाइ, नातागोता, इष्टमित्रबीच फाटो र झगडा गराउने मात्र होइन, अनेकौँ रोगका कारणतत्व भएको मद्यपानले हिजोआज संसारलाई नै ग्रस्त तुल्याइसक्यो । यसका उत्पादकहरू आँखा चिम्लेर यसको प्रचार–प्रसारमा व्यस्त छन् भने संसारभरका सरकारहरूको राजस्व सङ्कलनको सजिलो उपाय भएकोले यसको नकारात्मक पक्षले स्थान पाउन सकेको छैन । उल्टो विश्वका राष्ट «प्रमुख हुन् कि सरकारप्रमुख वा अन्तराष्ट्रि भोजभतेर जहाँ पनि यसको प्रवेश निषेध नभएकोले यसबाट हुने खराव पक्षलाई सुन्न कोही तयार नभएजस्तो लाग्छ । अरुले भन्नुभन्दा पनि आफूलाई कुन बाटोमा धकेलिरहेको रहेको छ, त्यसलाई हेरेर यसको लतबाट बच्नु बुद्धिमानी हुन्छ ।

अमूल्य मानिसको जीवन 

यसका पिछलग्गुहरू अनेक प्रकारका रोग–व्याधीबाट ग्रस्त छन् । यसको नकारात्मक पक्षलाई सम्झिने हो र आफूले पिउने पानीको मात्रा बढाउने हो भने यसको कुलतबाट निक्लिन सकिन्छ । मनमा दृढशक्ति ल्याएर आजको दिनदेखि म पिउँदिन भन्ने हो र त्यसलाई कार्यरूपमा व्यवहारमा ल्याउने हो भने आफूले बसाएको बानीलाई छोड्न गाह्रो पर्दैन । सुरुमा गाह्रो जरुर हुन्छ, तर सजिलो पनि त्यत्तिकै छ, दृढनिश्चयी व्यक्तिहरूका लागि ।

मानिसको जीवन अमूल्य छ । जन्मेको सफल तुल्याउने हो भने के खान हुन्छ, के खान हुन्न, के गर्न हुन्छ के गर्न हुन्न, कहाँ जानु हुन्छ, कहाँ जानुहुन्न आदि विषयलाई गम्भीरतापूर्वक लिएर राम्रो, सफल मात्र होइन कि असल बन्ने, उदाहरण स्थापित गर्ने र आदर्श व्यक्ति बन्ने अवस्थालाई गुमाउनुहुन्न । हरेक मानिसमा दैवी गुण र आसुरी गुण छ । अहिले जताततै आसुरी गुणहरूको बढोत्तरी हुँदै छ । प्रत्येक व्यक्तिमा भएको दैवी गुणलाई उजागर गर्ने हो, सात्त्विक स्वभावलाई अँगाल्ने हो र असल जीवनयापन गर्ने मार्गमा प्रवृत्त हुने हो भने जीवनमा शान्ति, समृद्धि, समुन्नति यसरी बसिन्र्छ कि त्यसको अनुभव स्वयम् यस मार्गमा लागेपछि स्वत ः देख्न र प्राप्त गर्न सकिन्छ ।