—धीरेन्द्रप्रसाद साह
राजविराज ।
समयको परिवर्तनअनुसार शाकाहारी शाकाहारीहरुको सङ्ख्या कम हुँदै गइरहेको अवस्थामा सप्तरीको एक गाविसका केही गाउँमा एक जना पनि मांसाहारी छैनन् । सप्तरीको इटहरि विष्णुपुर गाविसको वडा १,२ र ३मा पूरै शाकाहारी परिवार एवम् व्यक्तिहरुको बसोबास छ । अमात जातिको घना बस्ती रहेको इटहरि विष्णुपुर टोलमा शाकाहारी व्यक्तिहरु बढी रहेको स्थानीय शिक्षक फलेश्वर मण्डलले बताउनुभयो ।
उहाँका अनुसार गाउँका आठ वटा पोखरी पनि माछापालनका लागि ठेक्कापट््टामा मात्रै दिने गरेका छन् । पूरै टोल शाकाहारी भएकाले उनीहरु चाडपर्व एवं देवीदेवताका लागि भाकल गर्दा समेत लड्डु मात्रै चढाउने गरेका छन् । राजविराज नगरदेखि ४ किलोमिटर दक्षिणमा पर्ने विष्णुपुर टोल पुर्खौँदेखि शाकाहारी रहेको स्थानीय दुःखी मण्डलले बताउनुभयो ।
उहाँका अनुसार परापूर्वकालमा स्थानीय बासिन्दाले पोखरीको बीचमा रहेको खम्बा(जाइठ)मा कण्ठी बाँधेका थिए । पहिला पोखरीको पानी खाने गरेकाले स्थानीयले माछापालन समेत नर्गे गरेको जानकारी दिँदै मण्डलले मांसाहारी भोजन आक्रामक हुने भएकाले आपूmहरुले खाने नगरेको बताउनुभयो ।
उक्त टोलमा करिब तीन सय घर परिवारको बस्ती छ । ९८ प्रतिशत अमात जातिको बसोबास छ भने दुई प्रतिशत मात्रै अन्य जातिको बसोबास छ । करिब एक हजार जनसङ््ख्या रहेको विष्णुपुर टोलमा शाकाहारी भोजन खाने गरेकाले आपूmहरु सन्तुष्ट रहेको स्थानीय भुपेन्द्र मण्डल बताउनुहुन्छ ।
उहाँका अनुसार मांसाहारी भोजन गर्ने पाहुनालाई समेत आपूmहरुले घरमा मांसाहारी भोजन गराउने नगरेको जानकारी दिँदै त्यस्ता व्यक्तिलाई आँगनमा वा दलानमा मात्रै खुवाउने गरिन्छ । चाडपर्वमा मिठाई चढाउने गरेको बताउँदै बलिदिनु ईश्वरको भाकल नभएर जिब्रोको स्वादका लागि हुने गरेको उहाँको टिप्पणी रहेको छ ।
उक्त टोलमा राम र शर्मा जातिका व्यक्तिहरु समेत छन् । टोलभरि शाकाहारी रहेकाले आसपासका हाटबजारमा समेत माछा, मासु, बिक्रिवितरण हुने नगरेको स्थानीय दिपु मण्डलले बताउनुभयो ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।