सद्गुरुमा मनलाई शान्त बनाउने र भावलाई सन्तुलित बनाउने सक्षमता हुन्छ तर आफ्ना समस्याहरूलाई केन्द्रमा राखेर हमेसा सद्गुरुको ध्यानाकर्षण गर्न खोज्ने भक्तले मनको तहको कृपा खोजेको हुन्छ । जतिबेला पनि आफ्नै शरीर र मनका विकारको चर्चा—परिचर्चा गरिरहँदा सद्गुरुले गर्ने विराट् कल्याणको कार्यमा बाधा आउन सक्ने कुरालाई ख्याल गर्नुपर्ने हुन्छ । भावनात्मक तहको गुरुकृपा गुरुप्रतिको श्रद्धा, प्रेम र भक्तिबाट जन्मिन्छ । भावको तहमा गुरु कृपा प्राप्त गर्न भौतिक उपस्थिति जरुरी पर्दैन । बस्, मेरा कारणले मेरा परमप्रिय सद्गुरुलाई कत्ति पनि कुनै बाधा—अबरोध नहोस् ।

ऊर्जाबमोजिमको सङ्गत

श्रीमद्भगवत् गीतामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ—‘हे भक्त, तिमी मलाई जुनरूपमा भज्दछौ, म त्यहीरूपमा उपलब्ध हुन्छु । यस धरतीमा जन्म लिएका महान् आत्मामध्ये सबैभन्दा बढी चेतना खुलेका भगवान् श्रीकृष्ण जगत्गुरु हुनुहुन्छ । योगका ईश्वर योगेश्वर श्रीकृष्णले भन्नुभएका कुरा पत्याउनु नै प¥योः ‘तिमीले मलाई परमपिता, पुत्र, सखा, प्रेमी, गुरु, मालिक, स्वामी, प्रभु, जेरूपमा भज्दछौ, म त्यहीरूपमा उपस्थित हुन्छु ।’

गोपिनीका प्रिय भगवान् श्रीकृष्ण वासुदेव र यशोदाका पुत्र, सुदामाका सखा, राधाका प्रेमी, अर्जुनका मार्गदर्शक त युधिष्ठिरका राजनीतिक सल्लाहकार हुनुुहुन्थ्यो । सांसारिक जगत्का अनुभव र आध्यात्मिक जगत्का अनुभूतिलाई सम्मिश्रण गरेर भन्नुपर्दा यो संसारमा जे खोज्यो, त्यही पाइन्छ । भित्री मनले जेजे चाहेको छ, त्यहीत्यही विषय, वस्तु र मान्छेमा लगेर जोडिदिन्छ अस्तित्वले । त्यही विषय र वासनाले आकर्षित गर्दछ । महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन भन्नुहुन्छः ‘मानिसले जस्तो ऊर्जा बोकेर हिँडेको हुन्छ, त्यस्तै ऊर्जा भएको व्यक्तिको सङ्गतमा पर्दछ ।

सत्सङ्गका लागेको मान्छेको सत्सङ्गीसँग भेट हुन्छ । कुसङ्गमा लागेको मान्छे त्यस्तै कुलतमा फँसेको वा फँसाउन खोज्ने मानिससँग भेट हुन्छ । माहुरीले फूलको सुगन्ध पछ्याउदै सुगन्धित रसयुक्त फूलसम्म पुग्दछ, त झिँगा दुर्गन्ध पछ्याउँदै फोहोर कसिङ्गरमा पुग्दछ, अर्थात् जे खोज्यो, त्यही पाइन्छ ।

गुरुतत्त्वको अलौकिक भूमिका

भर्खरै जन्मिएको बच्चालाई रुन कसले सिकायो ? दूध चुस्न कसले सिकायो ? के सास फेर्न तालिम दिइरहनुपर्दछ ? मानिस आफ्नो स्वरूपमा स्थित भयो भने स्वयम्भित्रको गुरु आफैँ जागृत हुन्छ । आत्मबोध भनेको यही त हो ।

आध्यात्मिक आयामका अनुसार मानिसको शरीर चारपत्रे संरचनाबाट बनेको छ । स्थुलरूपमा शरीर र सूक्ष्मरूपबाट मन, भावना र सूक्ष्मातिसूक्ष्म रूपमा चेतनाको पत्रैपत्रबाट बनेको मनुष्यलाई जीवन जीउन सिकाउने र जीवन ऊर्जाको अनुभूति गराउने गुरुतत्त्वको अलौकिक भूमिका हुन्छ । आफ्नै चैतन्यता विकसित भई आफैँभित्रको अन्तःप्रेरणाबाट स्वय् गुरुको रूपमा होस् या बाह्य जगत्को कुनै सन्त, महात्मा, सद्गुरु, जगत् गुरुको रूपमा होस् या परम—चैतन्यतासँगको लयका कारणले वा त्यो परम गुरुसँगको साक्षात्कारका कारणले होस्, मनुष्यको जीवनमा गुरुतत्त्वको भूमिका अपरिहार्य छ । स्वयम् गुरु जागृत गर्ने, सद्गुरु भेट्ने वा परमगुरुसँग साक्षात्कार गर्ने कुरामा प्रयास मात्र मानिसको हातमा छ तर प्रसाद भने छैन । ‘कर्मण्ये वाधिकारस्ते मा फलेषु कदाचन’ त्यत्तिकै भनिएको हैन ।

मानिसभित्र स्वयम् गुरु छ कि छैन त जाँच गरौँ । भर्खरै जन्मिएको बच्चालाई रुन कसले सिकायो ? दूध चुस्न कसले सिकायो ? के सास फेर्न तालिम दिइरहनुपर्दछ ? मानिस आफ्नो स्वरूपमा स्थित भयो भने स्वयम्भित्रको गुरु आफैँ जागृत हुन्छ । आत्मबोध भनेको यही त हो ।

हरेक मानिसभित्र आत्मबोध गर्ने क्षमता हुन्छ । सलाइको काँटीले घर जलाउन सक्छ । सलाई छ भन्दैमा सबैले आफ्नो वा अरुको घरमा आगो लगाउँदैनन्, तर कोही—कोहीले लगाएको पाइन्छ । आफ्नो आत्म—स्वरूपको बोध नहुनाले, स्वरूप विस्मृतिको कारणले वा स्वयम्—गुरुको वेवास्ता गर्नाले मानिस आफ्नो र अरुको लागिसमेत घातक बन्दछ ।

पात्रताअनुसार गुरुकृपा

अब जगत् कल्याणको लागि परमगुरुद्धारा दिव्य कल्याणकारी ज्ञान दिएर पठाइएका जगत्का गुरुहरू, जसलाई सदगुरु भन्न सकिन्छ । यस्ता सद्गुरुको सत्सङ्गमा पुग्न परम सौभाग्य लिएर जन्मिनुपर्दछ । सय वटा राम्रा भाग्यमध्ये एक हो, सद्गुरु सानिध्य । मानिसको वर्तमान जीवन केन्द्रमा हुन्छ । जन्मदेखि मृत्युसम्मको यात्रामा यो जीवनलाई कसरी सुखदायी वा आनन्ददायी बनाउने ? कसरी आन्तरिक शान्ति र बाहिरी सफलता हासिल गर्ने ? कसरी आफ्ना सम्भावनाहरू प्रस्फुटन गर्ने ? भन्ने जस्ता कुरामा शिक्षा र दीक्षामार्फत् सदगुरुले हामीलाई ज्ञान र विधि प्रदान गर्नुहुन्छ । यस्ता श्रोत्रीय ब्रह्मनिष्ठ सच्चिदानन्द स्वरूपमा रहेका गुरुलाई हामी कुन रूपमा आह्वान गर्दछौँ ? कुन रूपमा, कस्तो कृपा प्राप्त गर्न चाहन्छौँ ? भक्तको पात्रताअनुरूप गुरुको कृपा प्राप्त हुन्छ ।

मनुष्य शरीरको चार तह भनेजस्तै गुरुकृपा पनि चार तहमै प्राप्त गर्न सकिन्छ । गुरुलाई आफ्ना शारीरिक समस्याको समाधान गर्ने माध्यम बनाउनु, सांसारिक जगत्का अनुष्ठान, विवाह, व्रतबन्ध, जन्मोत्सव, सफलता उत्सव, मृत्युसंस्कारजस्ता क्रियाकलापमा गुरुको भौतिक उपस्थिति खोज्नु, गुरुको हात हमेसा आफ्नो शिरमा परिरहोस् भन्ने चाहनुलाई शरीर तहको कृपा वा भनौँ भौतिक तहको कृपा मान्न सकिन्छ । आफ्ना र अरुका मानसिक समस्याहरूको समाधान गर्ने, मनका बह पोख्ने पात्रको रूपमा गुरुलाई चिनेमा त्यो फगत् मनको तहको गुरुकृपा प्राप्त गर्न खोजेको जस्तो मात्र हुन्छ ।

सद्गुरुमा मनलाई शान्त बनाउने र भावलाई सन्तुलित बनाउने सक्षमता हुन्छ तर आफ्ना समस्याहरूलाई केन्द्रमा राखेर हमेसा सद्गुरुको ध्यानाकर्षण गर्न खोज्ने भक्तले मनको तहको कृपा खोजेको हुन्छ । जतिबेला पनि आफ्नै शरीर र मनका विकारको चर्चा—परिचर्चा गरिरहँदा सद्गुरुले गर्ने विराट् कल्याणको कार्यमा बाधा आउन सक्ने कुरालाई ख्याल गर्नुपर्ने हुन्छ । भावनात्मक तहको गुरुकृपा गुरुप्रतिको श्रद्धा, प्रेम र भक्तिबाट जन्मिन्छ । भावको तहमा गुरु कृपा प्राप्त गर्न भौतिक उपस्थिति जरुरी पर्दैन । बस्, मेरा कारणले मेरा परमप्रिय सद्गुरुलाई कत्ति पनि कुनै बाधा—अबरोध नहोस् ।

जसरी आफ्नो भर्खर जन्मेको शिशु निदाएको बेलामा कुनै अशान्ति नहोस् भनेर ममता र करुणाले भरिएर एउटी आमाले हल्लाखल्ला नहुने बस्दोबस्त गर्छिन् नि, हो त्यस्तै ! जस्तो भाव ग¥यो, त्यस्तै भावमा गुरुको उपस्थिति अनुभव गर्न सकिन्छ । गुरुप्रतिको सबैभन्दा गहिरो र दिव्य प्रेम, श्रद्धा र भक्तिका माध्यमले आत्मिक तहमा गुरुसँग जोडिन सकिन्छ । सद्गुरु स्मरणले मात्र पनि अन्तस्—प्रेरणा प्राप्त हुन्छ । सद्गुरुको चैतन्य ऊर्जासँग शिष्यको चेतना निरन्तर जोडिइरहेको हुन्छ । आत्मिक तहको कृपाप्रसाद भन्नु नै सायद यही हुनुपर्छ ।

binda_acharya2000@yahoo.com