वास्तवमा प्रकृतिका विषयहरू बोल्दैनन्, तर तिनले नबोलेरै पनि हामीलाई उच्च प्रेरणा र ऊर्जा प्रदान गरिरहेका हुन्छन् । खाली तिनलाई हेर्ने र बुझ्ने सकारात्मक दृष्टिकोण चाहिन्छ । आचार्य लक्ष्मण भण्डारीमा प्रकृतिलाई पढ्ने, बुझ्ने , महसुस गर्ने, विश्लेषण गर्ने र तिनबाट छानीछानीकन अमृतरूपी विचार निकालेर अरुलाई समेत बाँड्न सक्ने अभूतपूर्व क्षमता रहेको महसुस हुन्छ । प्रकृतिमाथिको यो अनुसन्धानमा उनले कति समय र मिहेनत खर्च गरे होलान् ? कति घोत्लिएर प्रकृतिको यो दर्शन पत्ता लगाएका होलान ? मलाई भने अचम्म लागेको छ ।

धेरै दिनपिछ नेपाली भाषामा लेखिएको आचार्य लक्ष्मण भण्डारीको आध्यात्मिक जीवन दर्शनको किताब ‘हामी हाँसे संसार हाँस्छ’ पढने सौभाग्य पाएँ । किताबका हरेक अध्यायले मन छोएको अनुभूति भयो । मलाई आफ्ना विचारले पाठकको संवेदनालाई छुनु र उसलाई प्रभावित पार्न सक्नु नै लेखकको वास्तविक सफलता हो जस्तो लाग्छ । म एउटी साधारण पाठक । मलाई लाग्छ, मैले मजस्ता अधिकांश पाठकको प्रतिनिधित्व गरेकी हुन्छु । लक्ष्मण भण्डारीको कृतिमा अभिव्यक्त भएका सकारात्मक सोचहरू, आध्यात्मिक एवम् सारगर्भित भावहरू, जसले पाठकलाई एक किसिमको ऊर्जा प्रदान गरिरहेका छन्, जस्ताको त्यस्तै मेरो मन मस्तिष्कमा उत्रनु भनेको मजस्ता थुप्रै पाठकहरूले यसलाई मनपराउने सङ्केत हो भन्ने मैले ठानेकी छु ।

पुस्तकका कमीकमजोरीहरू लाई औँल्याउने साहस त म गर्दिनँ तर यसको प्रतिक्रियास्वरूप केही लेख्ने चाह्नालाई भने रोक्न सकिनँ । मलाई जहिले पनि दर्शन भनेको अप्ठ्यारो, जटिल, घुमाउरो अभिव्यक्ति आदिआदि हो जस्तो लाग्थ्यो र दार्शनिक भनेको चाहीँ एउटा रहस्यमय व्यक्तित्व, जसले जीवन र जगत्लाई चाहिनेभन्दा बढी बुझेको हुन्छ र आफ्ना तर्कले साधारण पाठकको दिमाग नै खल्बल्याइ दिन्छ भन्ने लाग्ने गथ्र्यो । मेरो यो दृष्टिकोण दर्शनप्रतिको अज्ञानता नै हुनुपदर्छ । लक्ष्मण भण्डारीको ‘हामी हाँसे संसार हाँस्छ’ नामको एउटै पुस्तकले मेरो दृष्टिकोणमा परिवर्तन ल्याएको छ । जटिल हुनु अथवा अप्ठ्यारो हुनु दर्शनको विशेषता होइन, त्यो त लेखकको अभिव्यक्तिमा भरपर्ने रहेछ । दर्शन त जीवनको जटिलतालाई सहज र सरल बनाउने माध्यम पो रहेछजस्तो लागिरहेछ ।

‘हांमी हांसे संसार हांस्छ’ मा जम्मा ३० अध्याय छन् । सुरुका १० अध्यायमा लेखकले प्रकृतिलाई बडो सजीव र सकारात्मक ढङ्गले व्याख्या गरेका छन । जसलाई उनले प्रकृतिदर्शनको संज्ञा दिएका छन । उनले आफ्ना किताबमा प्रकृतिको माध्यमबाट मानिसलाई सकारात्मक जीवन बाच्ने कला सिकाएका छन । उनी प्रकृतिप्रति यति सकारात्मक छन् कि वर्षाकालमा मानिसका बस्तीका बस्ती उजाडिदिने नदीको भयङ्कर स्वरूपलाई देख्दैनन्, बरु वर्षाकालको उर्लँदो भेललाई उनी धर्तीलाई स्वच्छ र निर्मल बनाउने प्रकृतिको सफाइ अभियान हो भन्ने ठान्छन् । जेहोस्, उनको यो सकारात्मक सोच र उनले दिन खोजेको सकारात्मक सन्देशलाई हृदयदेखि नै स्वागत छ ।

उनी आफ्ना कृतिमार्फत मानिस फुलजस्तो प्रतिकूलतामा पनि हाँस्न सक्ने सहिष्णु हुनुपर्छ, पहाडजस्तो धैर्यवान् र स्थिर हुनुपर्छ , नदीजस्तो निरन्तर बग्न सक्ने हुनुपदर््छ, समुद्रजस्तो शान्त, असीम र अनन्त हुनुपर्छ र चराहरूजस्तै निर्भार र बोझमुक्त हुनुपर्दछ भन्ने सन्देश दिन चाहन्छन् । त्यस्तै, माटोमै जन्मेका हामी माटोमै मिल्दछौँ, संसारमा माटोबाहेक अर्को कुनै सत्य छैन । हाम्रो यात्रा माटोदेखि माटोसम्मकै यात्रा हो भनेर मानिसलाई जन्म र मृत्युको यथार्थ पनि बोध गराउन चाहन्छन् । उनी ‘जीवन भन्नु नै स्वीकृति हो । मानिसले एकअर्काको अस्तित्वलाई सहजरूपमा स्वीकार गरेर समाजमा मिलेर बस्न सक्नुपर्दछ भनेर प्रकृतिकै उदाहरण दिएर बुझाउन खोज्छन् । यसरी सुरुका १० अध्यायहरूमा लेखकले प्रकृतिद्वारा नै जीवनदर्शन बुझाउन खोजेका छन भने प्रकृतिबाट केकस्ता प्रेरणा पाउन सकिन्छ, सकेसम्म खोजी गरेर उजागर गर्ने प्रयास गरेका छन् ।

वास्तवमा प्रकृतिका विषयहरू बोल्दैनन्, तर तिनले नबोलेरै पनि हामीलाई उच्च प्रेरणा र ऊर्जा प्रदान गरिरहेका हुन्छन् । खाली तिनलाई हेर्ने र बुझ्ने सकारात्मक दृष्टिकोण चाहिन्छ । लक्ष्मण भण्डारीमा प्रकृतिलाई पढ्ने, बुझ्ने , महसुस गर्ने, विश्लेषण गर्ने र तिनबाट छानीछानीकन अमृतरूपी विचार निकालेर अरुलाई समेत बाँड्न सक्ने अभूतपूर्व क्षमता रहेको महसुस हुन्छ । प्रकृतिमाथिको यो अनुसन्धानमा उनले कति समय र मिहेनत खर्च गरे होलान् ? कति घोत्लिएर प्रकृतिको यो दर्शन पत्ता लगाएका होलान ? मलाई भने अचम्म लागेको छ ।

बाँकी २० अध्यायहरूमा विभिन्न दृष्टान्तहरूको व्याख्या र तिनमा लुकेको दर्शनलाई उजागर गरेर लेखक मानिसहरूका जीवनलाई सकारात्मक बनाउन प्रयासरत देखिन्छन् । उनी आफ्ना सटीक र प्रेरणादायी दृष्टान्तहरूद्वारा जीवनलाई सुन्दर र सुखमय बनाउने विधि सिकाउँछन् र मानिसले आफ्नो योग्यता र प्रज्ञालाई जटिल होइन, सरल जीवनयापनका लागि प्रयोग गर्नुपर्दछ, विद्वताको शोभा अभिमान होइन, नम्रता हो । ज्ञानको अहङ्काररूपी हतियारले अरुमाथि प्रहार गर्नु अपराध हो भन्छन् । घाँसी नभएको भए भानुभक्त आदिकवि हुने थिएनन् भनेर जीवनमा प्रेरकको महत्त्व दर्शाउँदै हाम्रा वरपर सामान्य र नजानिँदोरूपमा रहेका प्रेरकलाई चिनेर उनीहरूबाट प्रेरित भई जीवन सार्थक बनाउने सल्लाह पनि दिन्छन् । परस्परको सहकार्य र एकता नै मानिसको सभ्यता हो भन्दै उनी ‘म सबैका लागि र सबै मेरा लागि’ भन्ने दर्शन लाई आत्मसात् गर्न सबैलाई आग्रह गर्छन् । आफ्ना रचनामार्फत जीवनका चुनौतीहरूमा नै हामी अस्तित्त्वशील बन्न सक्छौँ, चुनौतीहरू मनुष्य जीवनका लागि परमात्माले तय गरेका परीक्षा हुन् । यिनमा हामीले उत्कृष्टतासाथ सफलता हासिल गर्नुपर्दछ भन्ने सन्देश दिन्छन् ।

संसारमा प्रत्येक मान्छे जहाँ छ, अद्भुत छ र सुन्दर सम्भावनाहरूले भरिपूर्ण छ । हरेक व्यक्तिभित्र संसारका मानिसको ध्यान खिच्न सक्ने प्रतिभा एवम् कला छ, हामीले हामीभित्रको कलाकारलाई प्रकट गर्नुपर्दछ र संसारलाई सुखी बनाउनुपद्र्छ भन्ठान्छन् । यमदूतले प्रशंसाको सहायताले लुकेर बसेको मूर्तिकारलाई बाहिर निकालेको रोचक प्रसङ्गका माध्यमबाट प्रशंसाको लोभमा नफँस्न आग्रह गर्छन् र भन्छन् ‘हामी प्रशंसाका कारण उल्लु बनिरहेका हुन्छौँ तर हामीलाई त्यसको हेक्का हुँदैन । आफ्ना वरपर बस्ने स्तुति गान गर्ने, कीर्ति गाउने र प्रशंसाका अनावश्यक शब्दहरू खर्छ गर्ने आसेपासे लिएर बाँच्ने मान्छे अन्ततः त्यही नक्कली प्रशंसाले समाप्त हुन्छ । त्यस्तै ‘हाम्रो कमाइ’ शीर्षकबाट सम्पत्ति सङ्ग्रहका लागि होइन, त्यागका लागि हो, आफ्नो सीमाको आयतन बढाउनका लागि हो, नजन्मिएको मान्छेका लागि होइन, जन्मिएका मानिसको कल्याणका लागि हो भन्छन् ।

समग्रमा भन्नुपर्दा लक्ष्मण भण्डारीको “हामी हांसे संसार हाँस्छ’ कृतिले जीवनलाई सुन्दर र आनन्दमय बनाउन सक्दो प्रयास गरेको छ । यसले मानिसलाई कर्म गर्न सिकाएको छ, आशावादी बन्न प्रेरणा दिएको छ, अहिंसा सिकाएको छ, पवित्रताको मूल्य बताएको छ, ज्ञानको महिमा बताएको छ, शान्ति चिनाएको छ, जीवनमा हार नभएर जित सिकाएको छ, गतिशील हुने तरिका सिकाएको छ, अनि जस्तै अप्ठ्यारा एवम् कठिनाइहरूबिच पनि हाँस्न सक्ने फुल जस्तै हुन सिकाएको छ, साँच्चै, नै सकारात्मक ढङ्गले जीवन जिउन प्रेरित गरेको छ ।

कृति पढ्दा लेखकमा प्रशस्त विद्वता, गहन आध्यात्मिक ज्ञान, गहिरो प्रकृति प्रेम एवम् तिनलाई अभिव्यक्त गर्ने सुन्दर कलात्मकता प्रत्यक्ष महसुस हुन्छ । पढ्दै गर्दा मैले मेरी छोरीले भनेको सम्भेmँ, “मम्मी, हजुर नेपालीमा लेख्नुहुन्छ, मलाई पढ्न कति समय(अप्ठ्यारो) लाग्छ, हजुरको भएर मात्रै पढ्छु ।’ ऊजस्ता अङ्ग्रेजी माध्यममा पढ्ने थुप्रै नेपाली पाठकको प्रतिनिधित्व उसले गर्छे । यसरी, नेपाली पाठकहरूको सङ्ख्या र स्तरमै ह्रास आएको बेलामा यति उत्कृष्ट र जीवनोपयोगी कृति लेख्नु भएका लेखकले यस कृतिलाई अङ्ग्रेजीमा अनुवाद गर्दा कस्तो होला ? किनभने तपाईंका कृतिको आवश्यकता आजका युवा पुस्तालाई छ । अन्तमा, लेखकको लेखकीय जीवनको धेरैधेरै शुभकामना !!

आचार्य लक्ष्मण भण्डारीको “हामी हांसे संसार हाँस्छ’ कृतिले जीवनलाई सुन्दर र आनन्दमय बनाउन सक्दो प्रयास गरेको छ । यसले मानिसलाई कर्म गर्न सिकाएको छ, आशावादी बन्न प्रेरणा दिएको छ, अहिंसा सिकाएको छ, पवित्रताको मूल्य बताएको छ, ज्ञानको महिमा बताएको छ, शान्ति चिनाएको छ, जीवनमा हार नभएर जित सिकाएको छ, गतिशील हुने तरिका सिकाएको छ, अनि जस्तै अप्ठ्यारा एवम् कठिनाइहरूबिच पनि हाँस्न सक्ने फुल जस्तै हुन सिकाएको छ, साँच्चै, नै सकारात्मक ढङ्गले जीवन जिउन प्रेरित गरेको छ ।