सांसारिक, लोभलालच, लडाइझगढा, छिनाझपटी र अनन्त दौडधुपले आक्रान्त र क्लान्त बनेका गृहस्थहरु पनि शान्ति र आनन्द खोज्दै देवघाट आइपुग्छन् । त्यसरी देवघाट आइपुग्ने आगन्तुकहरु यहाँका मठमन्दिर, सुन्दर र प्राकृतिक परिवेश, आध्यात्मिक सत्सङ्ग र योग—साधनाको सान्निध्यले गर्दा प्रसन्न भएर फर्कन्छन् ।
देवघाट नेपालका प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । त्यसो त नेपालमा देवघाटजस्ता अनेकौँ दिव्यभूमिहरु छन्, तथापि देवघाट आफैँमा अझ महत्त्वपूर्ण तपस्थली मानिन्छ । काठमाडौँबाट करिब एक सय पचास किलोमिटर दक्षिण—पश्चिम दुरीमा पर्ने यो प्रसिद्ध तीर्थस्थल चितवनको सदरमुकाम भरतपुरबाट ७ किलोमिटरको दुरीमा पर्दछ ।
विश्वका कुनाकुनाबाट यस स्थलको भ्रमण गर्न तीर्थालुहरु आउने गर्दछन् । खासगरी नेपाल र भारतका लाखौँ हिन्दु धर्मावलम्बीहरु यहाँ आएर यहाँका मठमन्दिरमा आफ्नो आस्था प्रकट गर्ने गर्दछन्, दर्शन गर्ने गर्दछन् ।
माघ महिनाको एक गते अर्थात् मकर सङ्क्रान्तिका दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । पुस मसान्तको साँझदेखि मकर सङ्क्रान्तिको साँझसम्म मानिसको बाक्लो चहलपहल र भीडभाड हुने गर्दछ । मकर संक्रान्तिका दिन बिहान स्वर्गबाट समेत देवीदेवताहरु देवघाटमा त्रिशुली र काली गण्डकी मिलेर बनेको संगममा स्नान गर्न आउँछन् भन्ने किंवदन्ति पनि रहेको छ । सायद, त्यसै भएर हुन सक्छ, देशको विभिन्न कुनाकाप्चाबाट हजारौँ भक्तजन देवघाट संगममा स्नान गरी आफ्नो रापताप र पापबाट मुक्त हुन आउने गर्दछन् ।
देवघाट केवल धार्मिक र सांस्कृतिक दृष्टिले मात्रै सुन्दर छ भन्न खोजिएको होइन । यो प्राकृतिक दृष्टिले पनि उत्तिकै मनोरम छ । हिमालयको फेदीबाट उत्पन्न भएर बग्ने सेती र काली नदीले बनाएको किनार र वरपरको सुन्दर दृश्यले जोकसैको पनि चित्त आकर्षित गर्दछ । सफा, स्वच्छ र कलकल बग्दै गरेका नदीको शीतल जलमा स्नान गरेपछि पाइने आनन्दको शब्दमा वर्णन गरी साध्य छैन ।
देवघाटमा धेरै वर्ष अघिदेखि नै गलेश्वर बाबाजस्ता तपस्वीहरुले बसेर तपस्या गरेका थिए । सांसारिक, लोभलालच, लडाइझगढा, छिनाझपटी र अनन्त दौडधुपले आक्रान्त र क्लान्त बनेका गृहस्थहरु पनि शान्ति र आनन्द खोज्दै देवघाट आइपुग्छन् । त्यसरी देवघाट आइपुग्ने आगन्तुकहरु यहाँका मठमन्दिर, सुन्दर र प्राकृतिक परिवेश, आध्यात्मिक सत्सङ्ग र योग—साधनाको सान्निध्यले गर्दा प्रसन्न भएर फर्कन्छन् ।
देवघाटमा दुई वटा विशेष नदी, काली गण्डकी र त्रिशुली र यी दुवै मिसिएपछि बनेको नारायणी नदी र वरपरको प्राकृतिक परिवेशको जुन सौन्दर्य छ, त्यसबाहेक यहाँका केही दर्शनीय मठमन्दिर केके हुन् त ? आउनुुस्, जानकारी राखौँ ।
देवघाट जान चितवनको नारायणगढ बजारबाट आँपटारी हुँदै त्यहाँ रहेको देवघाट प्रवेशद्वारबाट प्रवेश गरी ४ किलोमिटर उत्तर, पश्चिमतर्फ प्रस्थान गर्नुपर्ने हुन्छ । यसरी जाँदा बाटोमा बागीश्वरी मन्दिर, योगी नरहरी नाथआश्रमको पनि दर्शन गर्न पाइन्छ ।
देवघाट धाम निकै स्वच्छ, सफा र सुन्दर तपस्थली हो । विश्वमै काली गण्डकी किनारमा मात्रै पाइने दुर्लभ शालीग्राम शिला पनि यहीँ काली गण्डकी किनारमा प्राप्त गर्न सकिन्छ । यसर्थ, यस धामको ठूलो महत्त्व छ ।
त्यसबाहेक मुग्लिङबाट नारायणगढतिर आउँदै गर्दा बाटोमा पर्ने दासढुङ्गामा बनेको पक्कीपुलबाट पनि देवघाट तनहुँ पुग्न सकिन्छ । फरक के छ भने आँपटारीतर्फबाट जाँदा पहिला चितवनपट्टिको देवघाट पुगिन्छ भने दासढुङ्गातिरबाट जाँदा पहिला तनहुँपट्टिको देवघाट पुग्न सकिन्छ ।
देवघाट मुख्यतः तनहुँ र चितवनतर्फ दुवैतिर फैलिएको छ । चितवनतर्फको देवघाटमा दर्शनीय स्थलमा लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, राम मन्दिर, यज्ञशाला, शीशमहल, अखण्ड धर्मशाला, बुद्ध स्तुप, हनुमान मन्दिर, नागकुण्डलगायत रहेका छन् भने तनहुँतर्फ गलेश्वर मन्दिर तथा आश्रम, हरिहर मन्दिर तथा आश्रम, विद्येश्वर मन्दिर तथा महेश सन्न्यास आश्रम, चक्रवर्ती शीला मन्दिर, झोलुङ्गे पुल, सीता गुफा, वशिष्ठ गुफा, चक्रवर्ती पार्कआदि इत्यादि रहेका छन् ।
त्यसबाहेक यहाँ आउने भक्तजन तथा दर्शनार्थीहरुले नारायणी नदीमा डुँगा तथा ¥याफ्टिङमा चढेर सयर गर्ने समेत गर्दछन् । देवघाट आउने तीर्थालुहरुको भोजन तथा वसोवासका लागि स्थानीय मानिसहरुले सञ्चालन गरेका आंशिक आवास गृह तथा भोजनालयहरुको व्यवस्था पनि छ भने गलेश्वर, हरिहर तथा महेश सन्न्यास आश्रममा आगन्तुकका लागि निःशुल्क भोजनको प्रवन्ध गरिएको हुन्छ । कतिपय आश्रममा न्युनतम शुल्कमा वसोवास र भोजन—प्रसादको समेत व्यवस्था गरिएको पाइन्छ ।
देवघाट धाम निकै स्वच्छ, सफा र सुन्दर तपस्थली हो । विश्वमै काली गण्डकी किनारमा मात्रै पाइने दुर्लभ शालीग्राम शिला पनि यहीँ काली गण्डकी किनारमा प्राप्त गर्न सकिन्छ । यसर्थ, यस धामको ठूलो महत्त्व छ ।
नेपाल, भारतलगायत विश्वभरि रहनुभएका तपाईँ सबैलाई एक पटक यति दिव्य, भव्य, प्राकृतिक तथा धार्मिक महत्त्वले भरिएको स्वच्छ, सफा र दर्शनीय देवघाट धामको दर्शन गरी जीवन धन्य बनाउनुहु्न म सबैसबैमा विशेष अनुरोध गर्दछु । हरि ओम् । नमस्कार ।
देवघाट केवल धार्मिक र सांस्कृतिक दृष्टिले मात्रै सुन्दर छ भन्न खोजिएको होइन । यो प्राकृतिक दृष्टिले पनि उत्तिकै मनोरम छ । हिमालयको फेदीबाट उत्पन्न भएर बग्ने सेती र काली नदीले बनाएको किनार र वरपरको सुन्दर दृश्यले जोकसैको पनि चित्त आकर्षित गर्दछ । सफा, स्वच्छ र कलकल बग्दै गरेका नदीको शीतल जलमा स्नान गरेपछि पाइने आनन्दको शब्दमा वर्णन गरी साध्य छैन ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।