स्नान गर्नाले शरीर पवित्र, स्वच्छ, स्वस्थ, दुर्गन्धरहित र निर्मल हुन्छ । दिनभरिको थकान मेटिन्छ भने काम गर्दा अपूर्व उत्साह र जाँगर पैदा हुन्छ ।

जन्मँदै गरेको बालक र मरिसकेको मानिस दुवैको स्नान गर्ने गरिन्छ । अर्थात् जन्मदेखि मृत्युपर्यन्त स्नानसँग हाम्रो जीवनपद्धति जोडिएको छ । स्नान गर्नाले शरीर पवित्र, स्वच्छ, स्वस्थ, दुर्गन्धरहित र निर्मल हुन्छ । दिनभरिको थकान मेटिन्छ भने काम गर्दा अपूर्व उत्साह र जाँगर पैदा हुन्छ ।

हानिकारक किटाणु नष्ट हुन्छन् भने भोजन पनि समयमै पच्दछ । यदि प्रातःकालमा स्नान गर्ने हो भने चौबिसै घन्टा शरीरमा स्पूmर्ति पैदा हुन्छ । स्नानको यही लाभ र उपयोगिताका कारण यसलाई धर्मसँग जोडेर प्रस्तुत गरिएको हो । स्वस्थ शरीरमा नै मनको वास हुन्छ । पवित्र र निर्मल शरीरमा बस्दाबस्दै हाम्रो मन पनि पवित्र र निर्मल हुँदै जान्छ । पवित्र मन नै मानिसको सर्वस्व हो । यसैले, पनि स्नानलाई सनातन जीवनपद्धतिमा अनिवार्य गरिएको हो ।

दिनभरि काम गर्नाले शरीरमा पसिना आएको हुन्छ । पसिनाका कारण शरीरका रोमकूपहरु(रौँका प्वाल) बन्द भएका हुन्छन् । प्रतिदिनको स्नानले ती छिद्रहरु खुल्दै जान्छन् र अक्सिजनको सहज आपूर्ति सम्भव हुन पुग्दछ । स्नानका कारण रक्तसञ्चार प्रक्रिया र शरीरको तापमान पनि सामान्य हुन पुग्दछ ।

दैनिक स्नानको अर्को मनोवैज्ञानिक फाइदा भनेको विचार एवम् व्यवहारमा पनि पवित्रता र निर्मलता हो । दिनदिनै नुहाउँदा नुहाउँदै हाम्रो शरीरमात्रै होइन, मन, विचार र व्यवहारमा पनि पवित्रताको विकास भएर जान्छ । हाम्रा नसनाडी सबैतिर पवित्रता सञ्चार गर्न पनि दैनिक स्नान गर्नुपर्ने वैदिक व्यवस्था भएको हो ।