सेतो रङ उज्यालोको प्रतीक मात्र नभएर सरलता र सज्जनताको पनि विम्ब हो । सेतो रङ अध्यात्म र सचेतनताको प्रतीक पनि हो । जसलाई सेतो रङ मन पर्छ, उसको जीवन जटिल हुँदैन । उसका अनेक विकल्प पनि हुँदैनन्, न त कुनै लप्पन वा छप्पन नै उसले जानेको हुन्छ । ऊ घुमाइफिराइ कुरा गर्न मन पराउँदैन । उसका सबै व्यवहार र चरित्र स्पष्ट हुन्छन्, पारदर्शी हुन्छन् ।
हामीले रङहरूको पर्व होली अर्थात् फागुपूर्णिमा मनाउँदै छौँ । यसक्रममा विभिन्न किसिमका रङहरूको प्रयोग गरेर परस्परमा रमाइलो गर्ने काम पनि गरिँदै छ तर, ती रङहरूको अर्थ के हो ? किन हामीले रङको प्रयोग गर्दछौँ ? कुन रङको प्रयोगले के प्रभाव पर्छ र त्यसको मनोविज्ञान के हो ? भन्नेजस्ता गम्भीर प्रश्नहरूमा गहिरिएर विचार गर्ने काम भने कमै गर्ने गरेका छौँ । वास्तवमा कुनकुन रङले केकस्तो अर्थ र सन्देश बोकेका हुन्छन् र तिनको स्वभाव के हो ? आउनुस्, विचार गरौँ ।
रातो :
रातो रङले एकै साथ अनेक मनोविज्ञानलाई प्रकट गर्दछ । एउटा सिक्काका दुई पाटाजस्तै रातो रङ एकातिर प्रेम, सौभाग्य, अत्यधिक शक्ति र सुरुचिको प्रतीक हो भने अर्कोतिर आसक्ति, खतरा, मोह र युद्धको प्रतीक पनि हो । रातो रङ मन पराउने मानिस एकातिर अत्यन्त प्रेमिल र भावनाशील हुन्छ भने अर्कोतिर आक्रोश र तीव्र संवेगले भरिएको पनि हुन सक्छ । महिलाहरूले प्रायः रातो रङ अधिक मन पराउने गर्दछन् । यो उनीहरूको प्रेमको अभिव्यक्ति हो । पूर्वीय जीवनशैलीमा महिलाहरूले सौभाग्यको विम्बका रूपमा पनि रातो रङलाई प्रयोग गरेका हुन्छन्।
रातो रङले शक्ति, क्षमता र आत्मदृढतालाई पनि जनाउँदछ । रातो रङ मन पराउनेहरू प्रायः हक्की हुन्छन्, डराउँदैनन् । उनीहरूमा अरुलाई आफूतिर आकर्षित गर्ने कला पनि हुन्छ । जसरी रातो रङले सबैभन्दा बढी आकर्षित गर्दछ, त्यसैगरी यसलाई मन पराउनेहरूमा पनि त्यस्तै किसिमको आकर्षण शक्तिको विकास भएको हुन्छ ।
रातो रङ अध्यधिक मन पराउने मानिसमा प्रेमको भाव त हुन्छ, तर त्यसले आसक्तिको रूप ग्रहण गर्ने उच्च खतरा रहेको हुन्छ । प्रेम मात्रै त अति राम्रो हो, तर त्यसमा आसक्ति जोडियो भने वा मोह र वासना जोडियो भने त्यो विनाशकारी भएर पनि जान सक्छ । रातो रङले वासनालाई पनि जनाउँदछ, अर्थात् जसलाई गाढा रातो रङ बढी मन पर्दछ, उसको प्रेमले वासनाको रूप लिने सम्भवना हुन्छ ।
रातो रङ विजयको विम्ब पनि हो । कुनै प्रतियोगितामा सफल हुँदा, खेलमा विजयी हुँदा वा अन्य कुनै विशेष प्रतिस्पर्धामा अगाडि आउँदा हामीलाई रातो अबीर लगाएर हौसला बढाउने काम गरिन्छ । यसो गर्नुको अर्थ हामी भित्रको विजेतालाई उत्साहित तुल्याउनु हो र हामीलाई विजेताको स्थान दिनु हो ।
पूजाप्रार्थनाहरूमा रातो रङको प्रयोग गर्नुको अर्थ भने सौभाग्यको सूचक हो । दसैँका बेलामा हामीलाई हाम्रो मान्यजनहरूले टीका लगाइदिँदा ‘आयुः द्रोणसुते…..’ भनी रातो अक्षता निधारभरि लगाइदिएर जीवनका हरेक युद्धहरूमा, अप्ठ्याराहरूमा विजयी हुनका लागि आशिष् दिएका हुन्छन् । त्यो रातो रङको अर्थ पनि जित हो, विजय नै हो ।
जीवनमा सधैँ उत्साही हुनुपर्दछ, उत्प्रेरित हुनुपर्दछ । रातो रङले सधैँ हामीलाई उत्साहित रहन प्रेरित गर्दछ । हामीलाई यदि जोस चाहियो भने वा उत्साह चाहियो भने रातो रङको प्रयोग गर्न सकिन्छ, तर जीवनमा यस्ता क्षण पनि आउँछन्, जतिबेला हामीभित्रको जोश र अनावश्यक संवेगलाई नियन्त्रण गर्नुपर्ने हुन्छ, त्यतिखेर भने रातो रङ काम लाग्दैन ।
रातो रङले पौरुषलाई पनि सङ्केत गर्दछ । महिलाहरूको रातो रङप्रतिको आकर्षण पौरुषशक्तिप्रतिकै आकर्षण हो । यो आन्तरिकभन्दा बाह्य र अझ भन्नुपर्दा शारीरिक शक्ति र सौन्दर्यलाई विम्बित गर्ने रङ हो । यसलाई अधिक मन पराउने मान्छे बहिर्मुखी हुन्छन् भनेर भनिन्छ ।
उनीहरूमा आध्यात्मिकताभन्दा भौतिकता हाबी हुन्छ भनेर विद्वान्हरूले बताएका छन् । यदि व्यक्तिलाई उत्तेजित गर्नुप¥यो भने प्रायः रातो रङको प्रयोग गरिन्छ । यसले मानिसलाई उत्तेजित बनाउनुका साथै अत्यधिक माग गर्ने स्वभावलाई पनि विकास गर्दछ ।
अधिक रातो रङको संसर्गमा रहने व्यक्तिको रक्तचाप पनि उच्च हुने अध्ययनहरूले देखाएका छन् ।
नीलो:
रातो रङले मनोवैज्ञानिकरूपमा शरीरलाई जनाउँदछ भने नीलो रङले विद्वतालाई जनाउँदछ, मष्तिस्कलाई जनाउँदछ । रातो रङले व्यक्तिलाई शारीरिकरूपमा उत्प्रेरित गर्दछ भने नीलो रङले मानसिकरूपमा उत्प्रेरित गर्ने काम गर्दछ । यसले हाम्रो मस्तिष्कको शान्त र सुविधाजनक अवस्थालाई समेत जनाउने काम गर्दछ ।
नीलो रङले आकाश र समुद्र दुवैलाई जनाउँछ । आकाश विस्तार र व्यापकताको प्रतिविम्ब हो भने समुद्र गहिराइ र रहस्यको प्रतिविम्ब हो । स्वतन्त्रता, खुलापन, गहिराइ, कल्पना, विस्तार, उत्प्रेरणा, आत्मचिन्तन र सचेतनालाई सङ्केत गर्ने रङ पनि नीलो हो । विश्वास, भरोसा, स्थिरता र आत्मविश्वास पनि नीलो रङले व्यक्त गर्ने भावहरू हुन् । प्रायः धर्महरूमा नीलो रङलाई शान्तिको रङका रूपमा पनि लिने गरिन्छ । ‘नीलो रङ्ग, शान्तिको रङ्ग’ भनेर हामीले पढ्दै आएका छौँ । मानसिक तनाव र अशान्ति कम गर्न पनि नीलो रङको प्रयोग गरिन्छ ।
पुरुष अलि बढी हृदयले भन्दा मस्तिष्कले चल्ने प्राणी हो । त्यसैले नीलो रङलाई प्रायः पुरुषहरूले धेरै मन पराउँछन् । यस रङका पारखीहरूको हृदयको ढुकढुकी र गति पनि शान्त र सुस्त हुन्छ । कहिलेकाहीँ अधिक नीलो रङको प्रयोगले मानिसलाई निराश र अरुबाट टाढा बनाउन पनि सक्छ । नीलो रङलाई संसारका धेरै मानिसले मन पराउँछन्, तर पनि यसलाई त्यति सारो मैत्रीपूर्ण मानिँदैन ।
नीलो रङ मन पराउने मानिस शान्त प्रकृतिको हुन्छ । उसको रक्त प्रवाह पनि सन्तुलित हुन्छ भने अनावश्यक तनाव र बेचैनीबाट ऊ सधैँ टाढा हुन्छ । मानसिक एकाग्रताका लागि पनि नीलो रङले ठूलो भूमिका खेलेको हुन्छ । विद्यार्थीहरू अध्ययन गर्ने कक्षाकोठाको रङ हलुका नीलो रङको हुँदा उत्तम हुने तथ्य पनि अध्ययनहरूले उल्लेख गरेका छन् । यस्तो रङ छरिएको वातावरण अथवा कोठामा रहँदा मानिसहरू अझ बढी उत्पादनशील हुन सक्ने सम्भावना रहन्छ । नीलो रङ मस्तिष्कलाई प्रतिनिधित्व गर्ने रङ भएका हुँदा मस्तिष्कको सक्रियताका समयमा यस रङलाई उपयोगमा ल्याउन सकिन्छ ।
अत्यधिक नीलो रङलाई भने त्यति राम्रो मानिएको छैन । यसले दुःखी, आत्मकेन्द्री र नकारात्मक बनाउँछ । अधिक नीलो रङले मस्तिष्कलाई अनावश्यकरूपमा उत्तेजित गर्ने हुँदा त्यसका कारण मानसिक थकान उत्पन्न हुने र अन्य मनोसमस्याहरूलाई जन्म दिने खतरा रहन्छ । त्यसैगरी, अत्यन्त पातलो नीलो रङ पनि सुखद मानिएको छैन । यसले सन्देह र उत्साहहीनतालाई अभिव्यक्त गर्दछ ।
पुरुष अलि बढी हृदयले भन्दा मस्तिष्कले चल्ने प्राणी हो । त्यसैले नीलो रङलाई प्रायः पुरुषहरूले धेरै मन पराउँछन् । यस रङका पारखीहरूको हृदयको ढुकढुकी र गति पनि शान्त र सुस्त हुन्छ । कहिलेकाहीँ अधिक नीलो रङको प्रयोगले मानिसलाई निराश र अरुबाट टाढा बनाउन पनि सक्छ । नीलो रङलाई संसारका धेरै मानिसले मन पराउँछन्, तर पनि यसलाई त्यति सारो मैत्रीपूर्ण मानिँदैन ।
पहेँलो :
पहेँलो रङलाई हृदयको अर्थात् भावनाको रङ भनेर भनिन्छ । यसले हाम्रो संवेदना, करुणा, स्नेह, सहयोग, दान, त्यागजस्ता उच्च मानवीय एवम् सार्वभौम भावहरूलाई बोकेको हुन्छ । पहेँलो रङ मन पराउने मान्छे अत्यन्त त्यागी हुन्छन् र सबैको अस्तित्वका लागि चिन्ता गर्दछन् । यो जीवन परोपकारका लागि हो भन्ने उनीहरूको धारणा हुन्छ ।
रातो रङ मन पराउनेहरूले ‘जोड्नुपर्छ, सङ्ग्रह गर्नुपर्छ, जम्मा गर्नुपर्छ’ भन्छन् भने पहेँलो रङ मन पराउनेहरूले ‘कमाउने दिनका लागि हो, पाउने गुमाउनका लागि हो र बाँच्ने बचाउनका लागि हो’ भन्ने धारणाको विकास गरेका हुन्छन् । उनीहरू आध्यात्मिक स्वभावका हुने भएका हुँदा दैवी सत्ता र अस्तित्वप्रति परम आस्थावान् हुनु पहेँलो रङ मन पराउनेहरूको विशेषता हो ।
पहेँलो रङका जति राम्रा पक्ष छन्, त्यति नै संवेदनशील हुनुपर्ने कुराहरू पनि छन् । पहेँलो रङलाई अत्यधिक मन पराउने वा प्रयोग गर्नेहरूमा भय र निराशा बढेर जाने खतरा हुन्छ । उनीहरूको निराशा बढ्दै जाँदा आत्मदाहको अवस्थासम्म पनि पुग्न सक्छ । पहेँलो रङ वैराग्यको प्रतीक त हो, तर त्यही वैराग्य निराशा र उदासीनतामा बदलिनु भने राम्रो पटक्कै होइन । वैराग्य भनेको सांसारिक भोग, वासना र आसक्तिबाट पृथक् रही ईश्वरीय शाश्वत शक्तिसित एकाकार हुने भन्ने हो, तर दुःखी, निराश, हतास र उदास हुनु भनेको चाहिँ होइन ।
रातो रङ मन पराउनेहरूले ‘जोड्नुपर्छ, सङ्ग्रह गर्नुपर्छ, जम्मा गर्नुपर्छ’ भन्छन् भने पहेँलो रङ मन पराउनेहरूले ‘कमाउने दिनका लागि हो, पाउने गुमाउनका लागि हो र बाँच्ने बचाउनका लागि हो’ भन्ने धारणाको विकास गरेका हुन्छन् । उनीहरू आध्यात्मिक स्वभावका हुने भएका हुँदा दैवी सत्ता र अस्तित्वप्रति परम आस्थावान् हुनु पहेँलो रङ मन पराउनेहरूको विशेषता हो ।
पहेँलो रङ आदि र अन्त्य दुवैको सूचक पनि हो । सूर्योदय हुँदा पहेँलो सुन्तला रङ छरिएको हुन्छ, जसले हामी सबैलाई ताजगी दिन्छ, आशा र उत्साह दिन्छ । यद्यपि, सूर्यास्तका समयमा पनि पहेँलो रङ छरिएको हुन्छ, तर त्यही रङ सँगसँगै दिनको अन्त्य हुन्छ । अर्थात्, सूर्योदय र सूर्यास्तको पहेँलो रङको प्रयोगले शुभारम्भ र समाप्तिलाई जनाउँछन् ।
सिर्जनशीलता, मैत्रीभाव, सञ्चार, तर्क र विश्वासजस्ता सकारात्मक भावहरूलाई पनि पहेँलो रङले प्रतिविम्बित गरेको हुन्छ भने गाढा र अनावश्यक पहेँलो रङको प्रयोगले भने भावनात्मक विशृङ्खलता, बेचैनीजस्ता नकारात्मक भावहरूको विकासमा भूमिका निर्वाह गरेको हुन्छ । पहेँलो रङ ध्यानको प्रतीक त हो, तर अत्यधिक पहेँलो रङले भने भएको ध्यान पनि भङ्ग गर्ने खतरा रहन्छ, जसका कारण कामहरू अधुरा रहने स्थिति सिर्जना हुन सक्छ ।
अध्येताहरूले पहेँलो रङले हामीभित्रको मेटाबोलिज्मलाई वृद्धि गर्दछ भनेर बताएका छन् भने धेरै पहेँलो रङ भएको कोठाभित्र केटाकेटीहरू बढी रुने गर्दछन् भनेर भनिएको छ । पहेँलो रङको सन्तुलित प्रयोगले भने हामीलाई करुणा, संवेदना र त्यागको दिशामा सिर्जनशील भएर अघि बढ्न उच्च प्रेरणा दिने कुरामा भने कुनै सन्देह छैन ।
सेतो:
सेतो रङ शुभ्रता र स्वच्छताको प्रतीक हो । यो कौमार्यको प्रतीक पनि हो । जसले सेतो रङ मन पराउँछन्, उनीहरू निष्पाप हुन्छन् र इमानदार पनि हुन्छन् भनिएको छ । सेतो रङले पवित्रतालाई सङ्केत त गर्छ नै, त्यसबाहेक विनय, स्वर्गीयता, अध्यात्म, र सम्भाव्यतालाई समेत प्रतिविम्बित गर्दछ ।
यो उज्यालोको प्रतीक मात्र नभएर सरलता र सज्जनताको पनि विम्ब हो । यद्यपि अधिक सेतो रङको प्रयोगले व्यक्तिभित्र शून्यताको विकास गर्ने र निरस जीवन बाँच्न प्रेरित गर्ने पनि गर्दछ, तापनि निर्मलताको विकासमा सेतो रङलाई कुनै पनि रङले भेट्न सक्दैनन् ।
सेतो रङ अध्यात्म र सचेतनताको प्रतीक पनि हो । जसलाई सेतो रङ मन पर्छ, उसको जीवन जटिल हुँदैन । उसका अनेक विकल्प पनि हुँदैनन्, न त कुनै लप्पन वा छप्पन नै उसले जानेको हुन्छ । ऊ घुमाइफिराइ कुरा गर्न मन पराउँदैन । उसका सबै व्यवहार र चरित्र स्पष्ट हुन्छन्, पारदर्शी हुन्छन् ।
सेतो रङ मन पराउनेहरू कुटनैतिक क्षेत्रमा भन्दा भक्ति, सेवा र कर्तव्यको क्षेत्रमा धेरै प्रभावशाली देखिन सक्छन् । लोभ, लाभ, नाफाघाटाबारे सोच्नभन्दा कसरी स्वतन्त्र हुने, कसरी अनासक्त हुने भन्नेतिर यिनलाई चिन्ता हुन्छ ।
जसले धेरै सेता कपडाको प्रयोग गर्दछ, ऊ मिहिनेती पनि हुन्छ । उसलाई सबै काम समयमै गर्नुपर्दछ, घरआँगन सफा राख्नुपर्दछ भन्ने लाग्दछ । त्यसैले, हरेक पल मुक्त भएर खुल्ला र निस्फिक्री जीवन बाँच्न यस्ता मान्छेहरू लालायित हुन्छन् । सेतो रङ मन पराउनेहरू हृदयका सफा हुन्छन् र तुरुन्तै जवाफ दिन मन पराउँछन् ।
सेतो रङको अधिक प्रयोगले व्यक्ति एक्लोपनको सिकार हुने सम्भावना बढेर जान्छ भने जीवनमा रिक्तताको अनुभव गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।
कालो :
कालो रङलाई धेरैजसो शुभभन्दा अशुभ विम्बको रूपमा लिइएको पाइन्छ । यो शक्ति, डर, अज्ञान, औपचारिकता, मृत्यु, विरोध, विद्रोह, आक्रोश एवम् जटिलताको प्रतीक हो । यदि कुनै विषयप्रतिको विरोध र विमति प्रकट गर्नुप¥यो भने पनि कालो पट्टि बाँध्ने, कालो झन्डा देखाउने गरिन्छ । यसैले, यो एकताको भन्दा अनेकता र सहमतिभन्दा असहमतिको सङ्केत गर्ने रङ हो ।
कालो रङ मन पराउने मानिसहरू चेतनामा भन्दा ज्यादा पदार्थमा विश्वास गर्ने हुन्छन् । निर्माणमा भन्दा विनाशमा रमाउन उनीहरूलाई आनन्द आउँछ । यस्तो रङ मन पराउनेहरू हृदयका सफा हुँदैनन्, उनीहरूलाई बुझ्न निकै गाह्रो हुन्छ ।
सेतो रङले कुनै पनि कुरालाई लिँदैन, फिर्ता पठाइदिन्छ भने कालो रङले कुनै पनि कुरालाई फिर्ता पठाउँदैन, शोषण गर्दछ, ग्रहण गर्दछ । तसर्थ, कालो रङ शोषण र सङ्ग्रहको प्रतीक हो जबकि सेतो रङ त्यागको । सेतो रङ हलुका हुनुको भाव हो भने कालो रङ गह्रौँ हुनुको भाव हो ।
यसप्रकार, विभिन्न रङ र तिनको रहस्यका बारेमा हामीले चर्चा ग¥यौँ । हामी कसैले पनि कुनै एउटा रङलाई अधिक मन पराउनु वा मन नपराउनु भनेको जीवनलाई रङ्गीन बनाउन नसक्नु हो । जीवनमा सबै रङहरू चाहिन्छन्, जसरी बगैँचा हुन सबै रङका पूmलहरू फुलेका हुनुपर्दछ । हाम्रा दुःख, सुख, उत्साह, आशा, प्रेम, करुणा, सम्पन्नता आदि सबै भाव हाम्रो जीवनका सुन्दर रङहरू हुन् । मान्छेले लगभग सबै रङहरू बोकेको हुन्छ र त्यसैअनुसार व्यवहार पनि गरेको हुन्छ, तर पनि कुनै न कुनै एउटा रङको प्रभाव अलि बढी परेको भने अवश्य हुन्छ ।
आखिर जीवन भनेको रङहरूको सन्तुलन रहेछ । जीवनका रङहरूलाई निषेध गरेर होइन, स्वीकार र स्वागत गरेर नै जीवनलाई सुन्दर बनाउन सकिन्छ । त्यसपछि मात्रै जीवन पनि बगैँचाजस्तो बन्छ, अन्यथा जीवन कारखानासिवाय केही हुँदैन, जहाँ निरस जीवन र कृत्रिमता मात्रै भेटिन्छ ।
तसर्थ, हाम्रा पूर्वजहरूले सबै रङ लिएर जीवनको होली खेल र जीवनलाई रङ्गीन बनाऊ भन्ने सन्देश दिएका छन् । रिस जीवनको एउटा रङ हो भने प्रेम अर्को रङ हो । उत्साह अर्को रङ हो भने निराशा अर्को रङ हो । जीवनमा यदि रिस नै रिस वा प्रेम नै प्रेम मात्रै हुने सम्भावना निकै कम हुन्छ । त्यसैले, आँसु र हाँसो, सुख र दुःखजस्ता रङहरू जीवनका अनिवार्यता हुन् । जीवनलाई यिनै रङ र भावहरूको सन्तुलनबाट नै सिँगार्न सकिन्छ । त्यही सन्तुलन नै वास्तविक सम्पत्ति हो, वास्तविक स्वास्थ्य हो र सबैथोक हो भन्ने सत्यलाई कहिल्यै नबिर्सौँ ।
कालो रङ मन पराउने मानिसहरू चेतनामा भन्दा ज्यादा पदार्थमा विश्वास गर्ने हुन्छन् । निर्माणमा भन्दा विनाशमा रमाउन उनीहरूलाई आनन्द आउँछ । यस्तो रङ मन पराउनेहरू हृदयका सफा हुँदैनन्, उनीहरूलाई बुझ्न निकै गाह्रो हुन्छ । सेतो रङले कुनै पनि कुरालाई लिँदैन, फिर्ता पठाइदिन्छ भने कालो रङले कुनै पनि कुरालाई फिर्ता पठाउँदैन, शोषण गर्दछ, ग्रहण गर्दछ । तसर्थ, कालो रङ शोषण र सङ्ग्रहको प्रतीक हो जबकि सेतो रङ त्यागको । सेतो रङ हलुका हुनुको भाव हो भने कालो रङ गह्रौँ हुनुको भाव हो ।
सत्सङ्ग प्रतिष्ठानका अध्यक्ष आचार्य लक्ष्मण भण्डारी सुपरिचित लेखक तथा उत्प्रेरक वक्ता हुनुहुन्छ । उहाँको लेखन धर्मदर्शन, अध्यात्म, संस्कार—संस्कृति, सकारात्मक सोच विकास तथा मानवीय मूल्य निर्माणमा केन्द्रित हुने गर्दछ ।