राइट दाजुभाइले सुरुमा बनाएको ग्लाइडरद्वारा निर्मित विमान वायुले जता पनि लान सक्ने नियन्त्रणरहित थियो तर आजभन्दा ३९ लाख वर्ष पूर्व नै ऋषि कर्दमले बनाएको कामग नामको विमान इच्छानुसार घट्नबढ्न सक्ने, मनको गतिमा चल्न सक्ने सर्वविधसुविधासम्पन्न इन्धनरहित फोल्डिङ गर्न सकिने अलौकिक विमान थियो ।
धर्मको खास अर्थ
धृञ् धारणे धातुमा मन् प्रत्यय लगाउँदा धर्म शब्द बन्छ, जसको अर्थ हुन्छ धारण गर्नेवाला । यो विश्वब्रह्माण्ड जुन नियमकानुनद्वारा परिचालित छ, जसले सम्पूर्ण प्राणीजगत्लाई धारण गरिरहेको छ, त्यसैको नाम धर्म हो भने यो नियमको उत्पत्ति, स्थिति र संहार गर्ने चेतन शक्ति नै ईश्वर हो । धमै साक्षात् ईश्वर प्रणीत हो, मानवकृत होइन—धर्मं तु साक्षात् भगवत्प्रणीतं ।
मानव स्वयम् नै धर्मानुकूल बन्ने हो, धार्मिक बन्ने हो । धर्मलाई आफ्नो अनुकूल बनाउने होइन । त्यस्तै यस ब्रह्माण्डीय नियमलाई हातको औँलाभैmँ अनुभव गरेका विशिष्ट शक्तिले युक्त त्रिकालज्ञ ईश्वरानुगृहित एवम् सर्वभूतसुहृत् आप्त पुरुषलाई ऋषि भनिन्छ । यसप्रकार दिव्य अनुभव तथा ती अनुभवहरुका आधारमा भगवदीय प्रेरणाद्वारा मानवसमाजको अैहित आमुष्मिक सर्वविद् कल्याणका लागि रचिएका सनातन नियमहरु जुन ग्रन्थमा सङ्गृहित गरिएका छन्, त्यसैको नाम हो धर्मशास्त्र । यहाँ धर्मशास्त्र भन्नाले वेद र वेदसम्मत स्मृति, पुराण र इतिहासलाई सम्झनुपर्छ । धर्मशास्त्रमा निर्णीत सिद्धान्तहरु सर्वथा निर्दाेष, त्रिकालसत्य, भ्रान्तिशून्य एवम् मन र बुद्धिद्वारा पर रहेर पनि अनुभवगम्य एवम् स्वसंवेद्य छन् ।
हाम्रा धर्मशास्त्रहरु परिपूर्ण ज्ञान र विज्ञानका अक्षय भण्डार हुन् । अपौरुषेय वेद, भ्रम, प्रमाद, विप्रलिप्सा तथा करणापाटवजस्ता सहज मानवीय दोषहरुदेखि सर्वथा रहित छन् । आज जगत्मा फैलिएको ज्ञान शास्त्रकै उच्छिष्ट प्रसाद हो । वर्तमान विज्ञानले आज जेजति आविष्कार गरेको छ, त्यसको मूल प्रेरणास्रोत हाम्रा शास्त्र नै हुन् ।
विशिष्ट अनुभवयुक्त ज्ञान नै विज्ञान हो । एष आत्मा विज्ञानमयः तथा ज्ञानविज्ञानतृप्तात्मा । यहाँ विज्ञान अनुभवावार्थक हो । आधुनिक भौतिक विज्ञान पनि अध्यात्मविज्ञानको एक अंश हो ।
शास्त्रीय सिद्धान्तको वैज्ञानिक पुष्टि
Modern Science हाम्रा Sensory organ (इन्द्रिय)हरुद्वारा प्रत्यक्ष देख्न जान्न सकिने व्यावहारिक तर्क{Logic) तथ्य(Fact) र प्रमाण(Evidence) को उपलब्धि हो । हवाइजहाज बनाउने राइट दाजुभाइ विल्भर र ओर्भिल राइटले वेद पढेर विमान बनाउन प्रेरित भएको कुरा खुल्न आएको छ भने वर्तमान विज्ञानका पिता मानिने सापेक्षताको सिद्धान्त फोटो इलेक्ट्रिक इफेक्ट प्रकाशको गति र ब्रह्माण्डको रहस्य पत्ता लगाउने अल्बर्ट आइन्स्टाइनले आफ्नो सफलताको सूत्र ऋषि पतञ्जलीकृत योगसूत्रलाई उद्घाटित गरेका छन् । स्मरणीय के छ भने उनी महात्मा गान्धीदेखि प्रभावित थिए । प्रतिदिन गीता पाठ गर्ने गर्दथे र पूर्णतः शाकाहारी पनि थिए । उनको E=Mc2 सूत्र विश्वविख्यात छ, जसको आध्यात्मिक अर्थ इनर्जी अर्थात् शिक्तरुप ईश्वर नै जगद्रुपमा परिणत भएको भन्ने हुन्छ । यसबाट पहि ‘हरिरेव जगज्जगदेव हरिः’ यो शास्त्रसिद्धान्त वैज्ञानिकरुपले सिद्ध हुन्छ ।
वर्तमान विज्ञान हाम्रो ज्योतिष विज्ञानको पनि अत्यन्त ऋणि छ किनकि सूर्यचन्द्रग्रहणको विज्ञान वैज्ञानिकहरुले यही पावनभूमिमा आएर सिके अनि अनि जर्मनी, बेलायत हुँदै अमिरीकासम्म पु¥याए तर दुःखको कुरा त्यसलाई उनीहरुले आफ्नै खोज भनी प्रचार गरे । विज्ञानले कुनै पनि कुराको निर्माण गरेको छैन, केवल खोज मात्र गरेको छ । निर्माण नयाँ वस्तुको र खोज पहिल्यैदेखि विद्यमानको नै हुने गर्दछ । सृष्टिमा ईश्वरले बनाएका अनेकौँ कुराहरुको खोज विज्ञानले नै गरिरहेको छ तथा पहिल्यैदेखि विद्यमान तत्त्वहरुलाई सम्मिश्रित गरेर नयाँजस्तै वस्तु बनाएर स्वयम् आविष्कारक भनी चिनिए पनि संसारका प्रत्येक वस्तुका आविष्कारक जगत्सँग ईश्वर नै हो । मुखमा टाइलिन इन्जाइम पहिल्यै देखि नै थियो । विज्ञानले खोज गरी नामकरण मात्र गरेको हो ।
हाम्रा शास्त्रहरु ज्ञान र विज्ञानका खानी भएकाले नै आज विदेशीहरु हाम्रा शास्त्रहरुप्रति हामीभन्दा बढी आकर्षित छन् । आज वेदमा पि.एच्.डी गर्नुपरे जर्मनी जानुपर्ने अवस्था छ किनकि वेदका अधिकांश शाखा जर्मनीमा नै प्राप्त छन् । चिनको विश्वविद्यालयमा पनि संस्कृतको पढाइ हुन्छ । म्याक्समुलर आदिले वेदलाई अङ्ग्रेजीलगायत भाषामा अनुदित गरेका छन् । केवल प्रभुपादजीले अङ्ग्रेजीमा लेखेको भगवद्गीता संसारमा सबैभन्दा बढी बिक्री भएको ग्रन्थ हो । विश्वमा डेढसयभन्दा बढी भाषामा अनुदित भएर एक्काइस करोडभन्दा बढी बिक्री भइसकेको छ भने गीता प्रेसद्वारा दसौँ करोड वितरित भइसकेको छ ।
आफ्नो खोजमा तल्लीन रहिरहनाले अक्सर आफ्नो नामसमेत भुल्न पुग्ने वैज्ञानिक थोमस अल्वा एडिसनले इलेक्ट्रक बल्ब अर्थात् विद्युत चिम बनाएर सारा संसार नै उज्यालो बनाइदिएकाले उनलाई हामी वैज्ञानिकका पनि वैज्ञानिक भनेर सम्बोधन गर्दछौँ । उनले गरेका १०९३ आविष्कारहरु मानवहितका लागि गरेका हुन् तर दिव्य ज्योतिर्मय रथद्वारा पूरा पृथ्वीलाई नै प्रकाशित गर्ने आणविक ऊर्जाका आदिम खोजकर्ता राजा प्रियव्रत तथा विश्वब्रह्माण्डलाई नै एकै साथ प्रकाशित गर्न सक्ने इन्धन निरपेक्ष स्वतः प्रकाशवान् सूर्य बनाउने जगत्स्रष्टा ईश्वरलाई के नामले सम्बोधित गर्ने ?
टेस्टटुयुब बेबीलाई भौतिक विज्ञानको अत्युत्तम उपलब्धि मान्छौँ भने द्रोण(बाल्टी)मा द्रोणाचार्य, घडामा वशिष्ठ र अगस्त्य जन्माउने प्राचीन अध्यात्म विज्ञानलाई के उपाधि दिने ? अझै हाम्रा शास्त्रमा अयोनिज र अमैथुनिक द्रौपदी, धृष्टद्युम्न र नरदादि पनि छन् । त्यस्तै अमैथुनिक धृतराष्ट्र, विदुरादि पनि छन् । यो अद्भूत विज्ञानलाई के संज्ञा दिने ?
राइट दाजुभाइभन्दा पहिले कर्दम ऋषि
राइट दाजुभाइले सुरुमा बनाएको ग्लाइडरद्वारा निर्मित विमान वायुले जता पनि लान सक्ने नियन्त्रणरहित थियो तर आजभन्दा ३९ लाख वर्ष पूर्व नै ऋषि कर्दमले बनाएको कामग नामको विमान इच्छानुसार घट्नबढ्न सक्ने, मनको गतिमा चल्न सक्ने सर्वविधसुविधासम्पन्न इन्धनरहित फोल्डिङ गर्न सकिने अलौकिक विमान थियो ।
एक सय नौ वर्ष पूर्व सन् १९०३ मा विमान उडाउने राइट दाजुभाइलाई विमान आविष्कारक भन्छौँ भने उनन्चालिस लाख वर्ष पूर्व दिव्य विमान उडाउने कर्दमलाई के उपाधि दिने ?
प्लास्टिक सर्जरीद्वारा केही हदसम्म अनुहारलाई चाउरीरहित बनाउने विज्ञानको वर्तमान प्रयासलाई हामी साह्रै ठूलो कुरा भन्दछौँ भने लाखौँ वर्षपूर्व जडीबुटी मिश्रित सरोवरमा डुबाएर वृद्ध च्यवनलाई युवा बनाइदिने अश्विनीकुमारलाई के उपाधि दिने ? तिनै च्यवनले चाटेको जडीबुटीको भण्डार च्यवनप्राश जगत्मा विख्यात छ ।
अप्रेसनद्वारा शरीररका सानातिना अङ्ग जोड्नुलाई ठूलो उपलब्धि मान्ने हो भने दुई अलगअलग त्यस्तै टुक्रामा जन्मिएको शरीरलाई जोडेर जरासन्धलाई पुनर्जीवन दिने जरालाई, बोकाको शिर जोडिदिएर दक्षलाई नयाँ जीवनदिने वीरभद्रलाई तथा हात्तीको शिर जोडेर गणेशलाई नवजीवन दिने भगवान् शिवलाई कुन सर्जनको उपाधि दिने ?
टेस्टटुयुब बेबीलाई भौतिक विज्ञानको अत्युत्तम उपलब्धि मान्छौँ भने द्रोण(बाल्टी)मा द्रोणाचार्य, घडामा वशिष्ठ र अगस्त्य जन्माउने प्राचीन अध्यात्म विज्ञानलाई के उपाधि दिने ? अझै हाम्रा शास्त्रमा अयोनिज र अमैथुनिक द्रौपदी, धृष्टद्युम्न र नरदादि पनि छन् । त्यस्तै अमैथुनिक धृतराष्ट्र, विदुरादि पनि छन् । यो अद्भूत विज्ञानलाई के संज्ञा दिने ? जेहोस्, टेस्टट्युब बेबी केवल अहिलेको विज्ञानको खोज होइन, प्राचीन विज्ञानको देन हो । द्रोणाचार्य, अगस्त्य र वशिष्ठ पनि टेस्टट्युव बेबी नै हुन् ।
डाइनामाइटभन्दा शक्तिशाली हाम्रा ब्रह्मास्त्र
अल्फ्रेड नोबलको डाइनामाइट तथा जुलियस रोबर्ट अटो हेइमरको एटम बमभन्दा कयौँ गुना शक्तिशाली छन् हाम्रा ब्रह्मास्त्रादि अस्त्रहरु । वशिष्ठको प्रार्थनाले शिवले सुद्युम्नलाई स्त्रीलाई पुरुष बनाइदिएको कुराबाट प्रजननाङ््ग परिवर्तन गर्नु आधुनिक विज्ञानको देन होइन, यो प्राचीन विज्ञानको देन हो भन्ने कुरा प्रमाणित हुन्छ ।
मार्कोनीको रेडियो, ग्राहमबेलको टेलिफोन र जे.एल बेअर्डको टेलिभिजनलाई अद्भूत आविष्कार मान्ने हो भने हस्तिनापुरमै बसेर कुरुक्षेत्रका सबै गतिविधि देख्ने शक्ति पाएका सञ्जय र शक्ति प्रदाता व्यासलाई के उपाधि दिने ?
वाण हानेर अमृततुल्य जल भीष्मलाई पिलाउने अर्जुनलाई के ट्युबबेल बोरिङका आविष्कारक भन्न मिल्दैन ? लियानार्दोदा भिन्चीले मुख हेरेरै बनाएको मोनालिसाको चित्रलाई यति धेरै महत्त्व दिन्छौँ भने एकै स्थानमा बसेर नहेरीकनै विश्वका सबै मानव, वस्तु र लोकको दुरुस्त चित्राङ्कन गर्न सफल चित्रलेखालाई के उपाधि दिने ?
आधुनिक विज्ञानका सबै आविष्कारहरु जगत्को भलाइका लागि नै गरिएका हुन्, विनाशका लागि कदाचित् होइन । एउटा एटम बमबाट बीस हजार मेघावाट बिजुली उत्पन्न गरी लाखौँको भलो गर्न सकिन्छ तर विष्फोट गरे लाखौँ जनधनको विनाश । विज्ञानलाई धर्मले नियन्त्रण गर्नुपर्दछ । यसलाई स्वतन्त्र छाड्दा या सैतानी प्रयोग गर्दा जगत् नै सङ्कटमा पर्न सक्छ । त्यसैले, विज्ञान धर्म नियन्त्रित हुनुपर्छ तर धर्म पनि विज्ञानसम्मत हुनु अत्यन्त आवश्यक छ । आजको विज्ञान र प्रविधि अनि क्वान्टम फिजिक्सको युगमा अन्धविश्वासपूर्ण अविवेकी र रुढीवादी कुुपरम्परालाई विज्ञानको कसौटीमा हटाउनै पर्छ । निरीह निरपराध पशुको बली होइन, उचनीचता, शोषण, दमन, भ्रष्ट्राचार र अन्धविश्वास र कुरीतिको बलि दिनुपर्छ ।
धर्मशास्त्रमा वर्णित सबै नियम र विधिनिषेधहरु पूर्णरुपले वैज्ञानिक छन् तर प्रत्येकको वैज्ञानिकता खोज गरी प्रस्तुत गर्नुपर्दछ । आजसम्म पनि अनेकौँ विषयमा खोज भइसकेको छ र धर्मका नियम आचारहरु वैज्ञानिक कसौटीमा उपयोगी सिद्ध भइसकेका छन् । जनै किन लाउने ? शिखाको वैज्ञानिक आधार के हो ? पीपलको पूजा किन गरिन्छ ? भोजनपूर्व आचमन किन आवश्यक छ ? त्यस्तै हजारौँ प्रश्नहरुका अनुसन्धान गरी वैज्ञानिकरुपले मानवहितकारी सिद्ध गर्नु र यसभित्रको विज्ञानलाई उजागर गर्नु आजको आवश्यकता हो । प्रत्येक धर्मप्रेमी सज्जनले आपूmले आचरण गरेका हरेक कार्यको वैज्ञानिकता जानून् र अन्यलाई पनि बुझाउन सकून् । आपूm जागेर अरुलाई पनि जगाउन सकून्, यो समयको माग हो । योग र आयुर्वेदको क्षेत्रमा गौमाताको सम्बन्धमा जसरी दु्रत गतिमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन्, त्यसैगरी धर्मशास्त्रका सबै सूक्ष्म विषयहरुको वैज्ञानिकहरुद्वारा अनुसन्धान गराएर तिनका लाभ सबै जगत्मा विस्तार गर्न सके हाम्रो संस्कृति बच्न सक्छ कि ?!
धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ, संस्कृति मेटिए हामी सम्पूर्ण मानवहरु पनि मेटिन्छौँ, हाम्रो देश नेपाल मेटिन सक्छ । त्यसैले, हामी विकृतिका नभई संस्कृतिका उपासक बनौँ ।
योगसूत्रदेखि वास्तुशास्त्रसम्म
हाम्रा आर्षग्रन्थहरु यति व्यापक र पूर्ण छन् कि यिनमा जीवनका सबै दृष्टिले पूर्ण चिन्तन, मार्गदर्शन र समाधान निहित छ । साम वेदबाट उत्पन्न भएको सङ्गीत वेणुधर कृष्ण र डमरुधर भगवान् शिवमा मात्र सीमित नभएर सम्पूर्ण विश्वमा व्याप्त छ । यहाँ अर्थोपार्जन गर्ने विद्या अर्थशास्त्र छ, विश्वका सबै ग्रहउपग्रहका गति, यति वर्णन गर्ने सम्पूर्ण भूगोल, खगोलको ज्ञान ज्योतिषमा छ । सबै रोगहरुको निवारण गर्ने आयु बढाउने चरकसंहितादि आयुर्वेद ग्रन्थहरु छन्, योग क्षेत्रमा योग सूत्र, हठयोग प्रदीपिका छन् । षड्दर्शन, वेदवेदान्त, उपनिषद, विश्वकै इतिहास महाभारत, रामायण छन् । भवननिर्माण गर्ने विद्या वास्तुशास्त्र, स्थापत्य वेद छन्, व्यक्तिलाई चिन्न सामुद्रिक शास्त्र छन् ।
खनिज विद्या, रत्न विद्या, वायु विद्या, अश्व विद्या, लौह विद्या, गान्धर्व विद्या, अग्नि विद्या, प्रशासन विद्या, शासनकला विद्या, स्वप्नलक्षण विद्या, गद्यपद्य साहित्य, राग विद्या, धनुर्वेदलगायत अनेकौँ ग्रन्थरत्नहरु छन् । जसमा एकांशको पनि बोध हुँदा लाखौँ रामदेवहरु जन्माउने शक्ति विद्यमान छ । अन्त्यमा धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ, संस्कृति मेटिए हामी सम्पूर्ण मानवहरु पनि मेटिन्छौँ, हाम्रो देश नेपाल मेटिन सक्छ । त्यसैले, हामी विकृतिका नभई संस्कृतिका उपासक बनौँ । धर्म नाश गरे धर्मले पनि ्हाम्रो नाश गर्ने छ , त्यसैले धार्मिक बनौँ । मित्रभावले सम्पूर्ण विश्वलाई नै हेर्ने विश्वामित्र बनौँ । कसैको ईश्र्या(असूया) नर्गे अनसूया बनौँ । अरुलाई यश दिएर यशोदा बनौँ । कीर्ति दिएर कीर्तिदा बनौँ । अरुलाइै होइन, आपूmलाई सुधारौँ । हामी बदलिए संसार बदलिन्छ, हामी सुध्रिँदा युग नै सुध्रिन्छ । अतः स्वयम् कर्म गरौँ, आचरमा उतारौँ, उदाहरण दिने होइन, उदाहरण बनौँ ।
Don’t give Example, be example. Don’t say but do. People may doubt what you say, but they will believe what you do. Don’t treat others as you not like to be treated.
आपूmलाई नराम्रो लाग्ने व्यवहार अरुप्रति पनि नगरौँ, यही धर्म हो । यसको रक्षा या विनाश के गर्ने, चुनाव हाम्रै हातमा छ । यदि हामी साँच्चै देशका सपुत हौँ भने अब जागौँ, उठौँ, उन्नति पथमा लागौँ ।
सपूत हौ यदि देशका तिमी भने माटो लिई मुट्ठीमा
आऊ धर्म बनाउने सपथ लिई हाम्रो अभियानमा
चैतन्यकृष्ण सुप्रसिद्ध युवा आध्यात्मिक व्यक्तित्व, भागवत् प्रवक्ता, चिन्तक एवम् प्रेरक व्यक्तित्व हुनुहुन्छ । ज्ञानविज्ञान प्रतिष्ठान, मालुङ्गा, स्याङ्जाका उहाँ संरक्षक समेत हुनुहुन्छ । अध्यात्म र विज्ञानको सन्तुलित र समन्वयकारी व्याख्या उहाँका विशेषता हुन् ।