‘जति धेरै हामी अध्ययन गर्दछौँ, त्यति नै धेरै ज्ञान प्राप्त हुन्छ । जति धेरै हामीले तपस्या गर्दछौँ, हामीलाई यो थाहा हुन्छ कि हामी कति अल्पज्ञानी छौँ ।’ —वोल्टेयर

‘ज्ञानी मानिस सुख होइन, चिन्ता र पीडाबाट मुक्ति खोज्दछ ।’ —अरस्तु
‘अल्प ज्ञान एउटा खतरा हो, तर त्यही अल्प ज्ञान पनि लिन नखोज्नु झन् ठुलो खतरा हो ।’ —स्यामुल बट्लर
‘श्रद्धा, मन, इन्द्रिय निग्रह र साधनामा निरन्तर संलग्नता ज्ञान प्राप्त गर्ने विधि हुन् ।’ —भगवद्गीता
‘ज्ञानको अन्त्य कहिल्यै पनि हुँदैन । सिक्नका लागि अलिकति भए पनि कतै न कतै केही बाँकी रहेकै हुन्छ ।’ —गौतम बुद्ध
‘ज्ञान धनभन्दा उत्तम हुन्छ किनभने धनलाई रक्षा गर्नुपर्दछ, ज्ञानले चाहीँ रक्षा गर्दछ ।’ —अलि
‘ज्ञान प्रेमको स्रोत पनि हो ।’ —सिसेरो
‘पानीले आगोलाई शान्त पारेजस्तै ज्ञानले मनलाई शान्त बनाउँछ ।’ —वेदव्यास

‘ज्ञानको अन्त्य कहिल्यै पनि हुँदैन । सिक्नका लागि अलिकति भए पनि कतै न कतै केही बाँकी रहेकै हुन्छ ।’ —बुद्ध

‘पृथ्वीमा ज्ञानभन्दा शुद्ध र पवित्र वस्तो अर्को छैन ।’ —गीता‘ज्ञानको अन्तिम लक्ष्य चरित्र निर्माण हुनुपर्दछ ।’ —महात्मा गान्धी
‘यौवन र सुन्दरतामा प्राय ज्ञानको अभाव हुने गर्दछ ।’ —होमर
‘मूर्खहरूले ज्ञानीबाट भन्दा ज्ञानीहरूले मूर्खहरूबाट धेरै कुरा सिक्न सक्दछन् ।’ —क्योटो
‘ज्ञान सत्यतामा मात्रै प्राप्त गर्न सकिन्छ ।’ —गेटे
‘ज्ञान सबैभन्दा सुन्दर कुरा हो भने अज्ञान सबैभन्दा कुरूप र नराम्रो कुरा हो ।’ —डायोजेनिस
‘ज्ञान त्यो पँखेटा हो, जसको सहयोगमा हामी स्वर्गतिर प्रस्थान गर्न सक्दछौँ ।’ —सेक्सपियर
‘जति धेरै हामी अध्ययन गर्दछौँ, त्यति नै धेरै ज्ञान प्राप्त हुन्छ । जति धेरै हामीले तपस्या गर्दछौँ, हामीलाई यो थाहा हुन्छ कि हामी कति अल्पज्ञानी छौँ ।’ —वोल्टेयर
‘बिर्सिएका कुराहरूको स्मरण नै ज्ञान हो ।’ —अरस्तु