पुरानो थाल, कचौरा र प्रिफर्म म्याट जुटाएर ५ जना सहयोगापेक्षी सडकआश्रितहरुलाई हेटौँडा ५ अब्बलडाँडास्थित भाडामा लिइएका केही कोठाहरुबाट सेवा शुभारम्भ गरेको मानवसेवा आश्रमले एक दशकमा आफ्नो सेवालाई देशव्यापी बनाएको छ । हाल देशभर सात प्रदेशका १९ जिल्लामा २४ ओटा सेवा केन्द्रहरु सञ्चालन गरी ७७ ओटै जिल्लामा भेटीएका सहयोगापेक्षीहरुको उद्धार भइरहेको छ । आजको दिनमा पनि झण्डै १६०० सय जना यस अवस्थाबाट उद्धार गरिएका आमाबुबा, दाइदिदी र छोराछोरीहरुले आश्रमको गरिमा बढाइरहनुभएको छ ।
मानवसेवा आश्रमले सडकपेटीमा कष्टकर, दुःखदायी एवम् कष्टकर जीवन यापन गरिरहेका बेसहारा तथा असहाय वृद्धवृद्धा, बालबालिका तथा मनोरोगीको सेवा गर्न सुरु गरेको दश वर्ष पूरा भएको छ र यतिबेला एघारौँ वर्षमा प्रवेश गरेको छ । यसबीचमा देशभरिमा मानवसेवा आश्रमका दुई दर्जन शाखाहरू खुलेका छन् भने अबको दुई वर्षभित्र अर्थात् विसं २०८२ सालभित्रमा नेपाललाई सडकमानवमुक्त राष्ट्र घोषणा गर्ने अभियान करिब सफलताको नजिक पुग्दै छ ।
३२ वर्ष नेलभित्र कैद
लमजुङ्गका १८ वर्षीय इमानसिंह भारतीय लाहुरे बन्न चाहन्थे तर परीक्षामा असफल भएपछि उनी मनोरोगी बन्न पुगे । उपचारको साटो उनलाई घरमै कैद गराइयो । उनको दुवै हातमा यसरी साङ्लो बाँधिएको थियो कि आफ्नो शरीरलाई सोझो पारेर उभिन सक्दैनथे । हातमा बाँधिएको नेलले चरी झँै खुला आकाशमा स्वतन्त्र डुल्ने इमानसिंहका सपना चकनाचुर भए । उनलाई साङ्लोले उठ्न दिएन, डुल्न दिएन अनि मनको. बह खोल्न दिएन ।
१८ वर्षदेखि ५० वर्ष हरेक मानिसको लागि केही गर्ने र गर्न सक्ने सबैभन्दा उपयुक्त अनि बलवान समय हो । जुन समय ईमानसिंह दाइले आफ्नै घरमा नेलभित्र बाँधिएर कष्टपूर्ण जीवन बिताउन प¥यो ।
कयौँ मान्छे मार्ने अपराधीले पनि यतिका लामो समय दण्ड भोग्नुपर्ने बाध्यता नभएको देशमा बिहान बेलुका खाने दुई गोली औषधीको अभावमा यस्तो कहालीलाग्दो जीवन बाँच्नुपर्ने यो कस्तो विडम्बना । याद रहोस सिङ्गो लमजुङ जिल्लामा आज सम्म पनि एक जना मानसिक रोग विशेषज्ञ चिकित्सको दरबन्दी छैन ।
तीन दशक बढी समय फलामे नेलभित्र कैद हुँदा इमानसिंहका खुट्टा बेकम्मा भए । वर्षौँदेखि नेलभित्रै कँुजिदा उनका खुट्टा दाउरा झैँ सुके । इमानसिंह चाहेर पनि उठेर जिउ तन्काउन सक्ने अवस्थामा रहेनन् ।
उनका समीपमा रहेको गुणमा परेवाले पटकपटक चल्ला कोरल्थे, केही समयपछि ती बचेरा आमासँगै भुर्र उडान भर्थे । सायद, ती चल्लाहरु फेरि इमानसिंहकै नजिक आाएर फूल पार्थे, ओथारो लिन्थे, चल्ला कोरल्थे अनि स्वतन्त्र भई भुर्र उडी जान्थे । परेवाको यो चक्र जारी रहन्थ्यो तर इमानसिंह नेलभित्रै कुँजो भएर बस्नुपर्ने चक्र उही थियो । परेवाको जीवनचक्र हेरेर इमानसिंहको मनमा के कुराले घर ग¥यो होला ? अथवा स्व–घोषित सर्वोत्कृष्ट प्राणीको यो दुर्दशामा परेवा के सोच्थे होलान् ?
कवि र कथाकारहरुको कल्पनामा समेत अटाउन नसकेको कारुणिक र अमानवीय जीवन बाँचेका इमानसिंह गुरूङ ३२ वर्ष नेलभित्र कैद हुँदा यो मुलुकमा केके मात्र परिवर्तन भएन ? सरकार र त्यसका प्रतिनिधि मात्र फेरिएनन्, राज्य व्यवस्था नै उल्टियो, प्रविधिको के कुरा गरौं, तर उनको जीवन जस्ताको त्यस्तै नेलभित्रै रहिरह्यो ।
गोठमा कैद बनाइएका एक दाइको उद्धार गर्नुप¥यो भन्दै स्थानीय पत्रकारले खबर ल्याएपछि मानवसेवा आश्रम लमजुङ्ग शाखाले ईमानसिंह दाइको उद्धार ग¥योे ।
इमानसिंह नेलमुक्त त भए, तर कुँजिएका ती खुट्टा तङ्ग्रिएर पुरानै अबस्थामा फर्कने आशाको त्यान्द्रो मात्र बाँकी छ । उनको उपचार भइरहेको छ । सुकेका खुट्टा बिस्तारै फुक्दै छ । हाल मानवसेवा आश्रम लमजुङ शाखाको संरक्षणमा रहेका उनी कयौैँ मेहनत र उपचारपश्चात् कम्तिमा वाकरको सहायताले विस्तारै हिँड्न सक्ने भएका छन् । १३ वर्ष आफ्नै घरमा नेलभित्र कैद भएका सप्तरीका उमाकान्त चौधरी मानवसेवा आश्रमको उद्धार, उपचार र सेवा पश्चात् हाल घर सम्हालेर बसेका छन् ।
वीरगन्जका जागेश्वर ठाकुर, कलैयाका हृदय नारायण शाह, जाजरकोटका विष्णु लोहार, उदयपुरका युवराज, हेटौँडाका गोपाल सापकोटा, सर्लाहीका रुद्र कार्की, देशको व्यवस्था परिवर्तनका लागि सर्वहारा वर्गको उन्मुक्तिको लागि सशस्त्र द्वन्दमा होमीएकी पूर्व लडाकु निर्मला र यस्तै पात्रहरुको सेवामा समर्पित हुँदै आइरहेको छ, मानवसेवा आश्रम ।
घरपरिवार र आफन्तविहीन भई समाजको सहारा खोज्दै सडकआश्रित बनेकी मनोरोगी युवती सडकमै पटकपटक बलात्कृत हुन्छिन् र उनी गर्भवती बन्छिन् । त्यसपछि पनि रातको समयमा उनीमाथि पटकपटक सामूहिक बलात्कारको प्रयास हुन्छ र यो खबर प्रशासनसम्म पुग्छ । अन्तमा प्रमुख जिल्ला अधिकारी आफैँले आफ्नो गाडीमा राखेर आश्रम सम्म ल्याइदिनुहुन्छ । आश्रमले जँचाउन लग्दा एक हप्तापछि मात्र सुत्केरी हुने चिकित्सकले बताएपछि आश्रम फिर्ता ल्याइएकी दिदी शौचालय गएको शैलीमा अँधेरी रातमा आश्रम परिसरको एक कुनामा पुगेर छोरीलाई जन्म दिन्छिन् र आफू ओच्छ्यानमै आएर आराम गर्छिन् ।
६ वर्षकी छोरी
बच्चा रोएको आवाजपछि बल्ल थाहा हुन्छ, उनी सुत्केरी भइसकिछिन् । उनी स्वयम्लाई आफूले बच्चा जन्माएको समेत हेक्का रहेन । तत्काल बच्चालाई अस्पतालमा लगेर भर्ना गराएपछि धन्न भगवान्को कृपा र चिकित्सकको मिहिनेतका कारण बच्चाको ज्यान जान पाएन ।
आज उनै छोरी ६ वर्षकी भइन् । गर्ववती अवस्थामा फेला पारी उद्धारपश्चात् सुत्केरी भएका र कतै सडकपेटीमै प्रसव वेदनाले छट्पटिइरहेको अवस्थामा फेला पारी उद्धार गरिएका कयौँ मनोरोगोगी गर्भवती महिलाहरुको मानवसेवा आश्रमले उद्धार गरेको छ ।
महाराजगंज काठमाडौँमा फलामे बाकसमा कैद बनाइएका दुई दाजुभाइ अनिल र सुनिलदेखि, अनामनगर, काठमाडौँमै रक्सी र क्रोधको सम्मिश्रणले मात्तिएर आफ्नै श्रीमान्ले घाँटी रेटेर हत्या गरी जेल चलान भएपछि टूहुरे बनेका नाबालक सम्म मानवसेवा आश्रमले उद्धार ग¥यो । यसैगरी विभिन्न कठिन परिस्थितिमा उद्धार गरिएका र उद्धारपश्चात् आश्रममै जन्म लिएका एक सय पचास बढी बालबालिकाहरुले हाल मानवसेवा आश्रममै आफ्नो भाग्यरेखा कोरिरहेका छन्, उज्ज्वल भविष्यको जग बसाइरहेका छन् ।
यस्ता बालबालिकाहरुको लागि मानवसेवा आश्रमले गोरखामा एक अलगै बालशाखा सञ्चालन गरी उनीहरुको पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गर्दै आइरहेको छ भने विभिन्न मानवसेवा आश्रमका शाखाहरुमा केही बालबालिकाहरुले आश्रमको गरिमा बढाइरहेका छन् ।
बर्दिबास र लालगढको बीचमा घना जंगल, त्यसमा पनि वन्यजन्तु संरक्षणभित्र दिशापिसावले तत्पत्तिएर आफ्नो इच्छाले एक पाइला समेत सार्न नसक्ने अवस्थामा तड्पिरहनुभएकी ७० बर्षिया बृद्धा आमा, कुन बेला कुन जनावरले आफ्नो आहारा बनाउने हो भन्ने भय त छँदै छ, त्यसमा पनि मान्छे नै जंगली बनिदन्छ कहिलेकाँही ।
भोक, प्यास र भयका बीच एक वृद्ध महिला, जो आफ्नै बलमा दुई मिटर समेत घस्रेर सर्न नसक्ने अवस्थामा यसरी भेटिनुलाई के सामान्यरुपमा लिन सकिन्छ ? उद्धारपश्चात् अभियन्ताहरुको न्यानो स्पर्श, पोषिलो खाना र स्वास्थ्य उपचारपश्चात् आमाको अवस्थामा अकल्पनीय सुधार आएको छ । काठमाडौँको तीनकुने चौरमा फ्याँकिएकादेखि चारकोसे झाडीमा मिल्काइएकाहरुको यस अवधिमा उद्धार भएको छ । यी त प्रतिनिधि घटना मात्र हुन् । यस्ता कयौँ कहालीलाग्दा र कारुणिक अवस्थाका आमाहरुको मानवसेवा आश्रमले उद्धार र सेवा गर्दै आइरहेको छ।
चितवनको रामनगर जंगल र लमजुङको यात्री चौतारीमा ढुकढुकी सास मात्र बाँकी रहेको अवस्थामा जीवन र मृत्युको मुखमा संघर्ष गरिरहेका दुई बंगलादेशी नागरिकको उद्धार र झण्डै पाँच बर्षको सेवा र उपचार पश्चात् परिवार सम्पर्कमा आइसकेपछि पारिवारिक पुनर्मिलन गराइएको छ । नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले एक औपचारिक समारोहबीच नेपालका लागि बंगलादेशी राजदुतलाई दुई बंगलादेशी नागरिक हस्तान्तरण गर्नुभएको थियो । छिमेकी मुलुक भारतदेखि तेस्रो मुलुकका नागरिकहरुलाई समेत मानवसेवा आश्रमले उद्धार र सेवापश्चात् परिवार खोजेर परिवारको जिम्मा लगाइरहेको छ ।
दश वर्षको सेवा—अनुभव
हाम्रो दश वर्षको सेवाअनुभवले भन्छ, भगवान्ले असहाय, कमजोर र दिनदुःखीको भेष धारण गरी उनीहरूको सेवामार्फत् मानव हृदयमा मानवता जगाउन यो लीला रचिरहनुभएको छ ।
परोपकार र अहिंसाको संदेश संसारभर छर्ने बुद्धभूमि, ‘परोपकाराय पुण्याय ः पापाय परपीडनम्’को रटान जप्ने देवभूमि धर्तीको स्वर्ग नेपालको सडकपेटी र सार्वजनिक स्थलमा जिउँदा भगवान्को दुरवस्था आखिर कहिले सम्म ?
सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य राखेको मानवसेवा आश्रमले नेपाल सरकारसँगको सहकार्यमा सहयोगापेक्षीहरुको एक महिने राष्ट्रिय उद्धार अभियान मेचीमहाकाली उद्धार यात्रा समेत सञ्चालन ग¥यो । जुन समयमा मेचीदेखि महाकाली सम्मका सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताइरहेका ७५० बढी सहयोगापेक्षीहरुको उद्धार गरिएको थियो । मानवसेवा आश्रम स्थापनको दश वर्ष पूरा भएको छ । यो दश वर्षमा करिब आठ हजार बढी सहयोगापेक्षीहरुको उद्धार भयो ।
पुरानो थाल, कचौरा र प्रिफर्म म्याट जुटाएर ५ जना सहयोगापेक्षी सडकआश्रितहरुलाई हेटौँडा ५ अब्बलडाँडास्थित भाडामा लिइएका केही कोठाहरुबाट सेवा शुभारम्भ गरेको मानवसेवा आश्रमले एक दशकमा आफ्नो सेवालाई देशव्यापी बनाएको छ । हाल देशभर सात प्रदेशका १९ जिल्लामा २४ ओटा सेवा केन्द्रहरु सञ्चालन गरी ७७ ओटै जिल्लामा भेटीएका सहयोगापेक्षीहरुको उद्धार भइरहेको छ । आजको दिनमा पनि झण्डै १६०० सय जना यस अवस्थाबाट उद्धार गरिएका आमाबुबा, दाइदिदी र छोराछोरीहरुले आश्रमको गरिमा बढाइरहनुभएको छ । मानवसेवा आश्रमले दश वर्षअघि २०८२ सालभित्र कोही पनि व्यक्ति सडकपेटी र सार्वजनिक स्थलहरुमा एक गाँस भोजन र एक सरो कपडाको अभावमा कष्टपूर्ण जीवन बिताउन नपर्ने अवस्था निर्माण गर्ने, घोषणाको लागि पहल गर्ने र त्यसको कार्यान्वयनको लागि प्रतिवद्ध रहने लक्ष्य तय गरेको थियो ।
आजको आवश्यकता
यो दश वर्षमा अव्यवस्थित जीवनशैली, फोहोर, दिशापिसाब र विक्षिप्त मानसिक अवस्थाका कारण पुनः सोही स्थानमा आउन नसक्ने गरी एक सहरबाट अर्को सहरमा र जंगलमा लगेर छाडिने प्रवृत्तिको अन्त भएको छ । गएको दशकले उनीहरुप्रति हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन आएको छ । तीनै तहको सरकार, समुदाय र मानवताप्रेमी मनहरुको साथ र संस्थाको सेवामा समर्पित अभियन्ता, अभिभावकज्यूहरुको अथक प्रयासले यो अवस्था सम्भव भएको हो र अब सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लागि काम गर्ने समय जम्माजम्मी दुई वर्ष बाँकी छ । भाडाको घरबाटै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको परिकल्पना असम्भव प्रायः छ । आवश्यक भौतिक संरचनाको निर्माण, नियमित सञ्चालनको लागि दिर्घकालीन प्रकृतिको स्रोत व्यवस्थापन र सहयोगापेक्षीहरुको तत्काल उद्धार हुने अवस्था निर्माणको लागि कल सेन्टर र प्रदेश स्तरीय उद्धार बाहन सहितको द्रुत उद्धार अर्थात् क्वीक रेस्पोन्स टिम तयार गर्नु, प्राकृतिक विपत् र प्रतिकूल परिस्थितिमा पनि सेवा प्रभावित नहुने अवस्था निर्माणको लागि एक आपतकालीन कोष स्थापना गर्नु, वषौँदेखि निःशुल्क र निःसर्त सेवामा समर्पित अभियन्ताहरुको जीवन निर्वाह र पारिवारिक दायित्व बहन गर्न सक्ने अवस्था निर्माणको लागि ठोस कदम चाल्नु आजको आवश्यकता बनेको छ ।
देशभर निर्माण भइरहेका यी भवनहरुलाई पूर्णता दिन झण्डै एक अर्ब रुपैया आवश्यक छ । कल सेन्टर, उद्धार बाहन र आवश्यक जनशक्ति व्यवस्थापनको लागि सुरुआती चरणमा नै झण्डै ३ करोड रुपैयाँ जरुरी देखिन्छ । मानसिक तथा शारिरीकरुपमा कमजोर मानवहरुको गुणस्तरीय सेवाको लागि झण्डै एक जना बराबर कम्तिमा मासिक खर्च १५ हजार रुपैयाँ हुने गर्छ । अर्थात् हालकै अवस्थामा पनि मानवसेवा आश्रमको सेवा व्यवस्थापनको लागि सञ्चालनतर्फ मासिक २ करोड २५ लाख जरुरी हुन्छ । प्रत्येक आश्रितको संख्यासँगै यो रकम बढ्दै जान्छ । आवश्यकताबमोजिम स्रोत व्यवस्थापन हुन नसक्दा सेवा गुणस्तरमा सम्झौता हुन्छ ।
हाल सम्म कुनै पनि वैदेशिक दातृ—निकायहरूको साझेदारी र सहयोगविना नै मात्र नेपाली परोपकारी मनहरूको स्वेच्छिक सहयोग र नेपाल सरकारको आशिंक अनुदानबाट मानवसेवा आश्रमको सेवा सञ्चालन भइरहेको छ । जोखिममा रहेका नागरिकको उद्धारभन्दा ठूलो कुरा राज्यको लागि अरु हुनै सक्दैन । एक गाँस भोजन र एकसरो कपडाको अभावमा रहेका दिनदुखी र बेसहाराको सेवाभन्दा ठूलो धर्म अरु के हुन सक्छ ?
न त यो अभियान अब एक व्यक्ति, समूह, संस्था वा सरकारको प्रयासमा मात्रै सम्भव हुन सक्छ । त्यसैले, अब यो अभियान देशको साझा अभियान बन्न जरुरी छ । दश वर्षमा प्राप्त उपलब्धीलाई संस्थागत गर्दै मानवताको पक्षमा एउटा इतिहास रच्ने बेला आएको छ ।
नेपाल विश्व मानचित्रमा आर्थिक हिसावले अरुभन्दा कमजोर होला, तर मानवताको हिसाबले एक फरक पहिचान भएको मुलुकको रूपमा, मानवता, परोपकार, सामाजिक भावना र ‘सेवा ही परमो धर्म’को मूल आदर्शलाई अनुभूति गर्न सक्ने संसारको साझा गन्तव्यको रूपमा स्थापित गर्न जरुरी छ ।
हाल सम्म कुनै पनि वैदेशिक दातृ—निकायहरूको साझेदारी र सहयोगविना नै मात्र नेपाली परोपकारी मनहरूको स्वेच्छिक सहयोग र नेपाल सरकारको आशिंक अनुदानबाट मानवसेवा आश्रमको सेवा सञ्चालन भइरहेको छ । जोखिममा रहेका नागरिकको उद्धारभन्दा ठूलो कुरा राज्यको लागि अरु हुनै सक्दैन । एक गाँस भोजन र एकसरो कपडाको अभावमा रहेका दिनदुखी र बेसहाराको सेवाभन्दा ठूलो धर्म अरु के हुन सक्छ ?
यस अभियानमा हामी कसरी सहयोगी बन्न सक्छौँ ?
१) रु ५,११,१११ रुपैयाँ योग दान गरी विभिन्न स्थानमा निर्माण हुँदै गरेको भवनको एक कोठा निर्माण दाता बन्न सकिने छ ।
२) मानवसेवा आश्रमको अक्षय कोष स्थापनार्थ १,११,१११ रुपैया योगदान गरी मानवसेवा आश्रमको अन्नदाता (वार्षिक भोजन सेवामा सदस्य) बन्न सकिने छ ।
४) एक आश्रितको सेवा सौजन्यका लागि मासिक रु. ५ हजार रुपैयाँ योगदान गरी बेसहाराको अभिभावक बन्न सकिने छ ।
५) दाताले आफ्नो स्वेच्छा र अनुकूलता बमोजिम रु १ रुपैयाँ देखि एक करोड सम्म र एक किलो चामल देखी महिनाभर लाग्ने खाद्यान्न सम्म योगदान गर्न र समय हुनेले श्रमदान गर्न सकिने छ ।
हुने ले धेरै गरौँ, नहुनेले थोरै गरौँ, तर मानवताका लागि सबैले अवश्य केही न केही गरौँ । ‘सबैको लागि खाना, नाना र छाना हाम्रो चाहना ।’—मानवसेवा आश्रमको सङ्कल्प रहेको छ । जय मानवसेवा ! जय मानवता !
सुमन बर्तौला दीनहीन र परित्यक्त सडक मानवको सेवामा समर्पित मानवसेवा आश्रमका केन्द्रीय सचिव तथा प्रवक्ता हुनुहुन्छ । मानवीय मूल्य र सेवामा समर्पित अत्यन्त ऊर्जाशील व्यक्तित्व बर्तौला आफूलाई सुमन मानवसेवाका नामले चिनाउन रुचाउनुहुन्छ । मानवीय सेवा, सहयोग र उत्प्रेरणाका विभिन्न विषयमा कलम चलाउन मन पराउने बर्तौलाका सम्पूर्ण जीवन तिनै असहायका लागि सहाय बन्ने अभियानमा लगानी भएको छ ।