टाउको दुख्ने समस्या हुनेले राग भैरव, मनोरोगी वा डिप्रेसनको समस्या हुनेले मंधुवती, स्मरण शक्ति कमोर छ भने शिवरञ्जनी, ग्यास्ट्रिकको समस्या छ भने खमाज, हृदयरोग छ भने राग दरवारी र अनिद्रा छ भने भैरवी राग सुनेर विभिन्न शारीरिक र मानसिक समस्यालाई दुर भगाउन सकिन्छ । शास्त्रीय सङ्गीत ध्वनि र चैतन्य ऊर्जाको संयोजनबाट सिर्जित धरोहर हुन् । यिनले मानिसलाई आरोग्य प्रदान गर्दछन् ।

रागहरूमा रोग भगाउने शक्ति

स्वयम्मा स्थित रहनु स्वस्थ्य हुनु हो । स्वयम्को केन्द्रभन्दा पर जानेबित्तिकै मानिसले अस्वस्थताको महसुस गर्न थाल्दछ । सबैभन्दा मधुर, मीठासयुक्त ध्वनिमय सङ्गीत स्वयम्मा निहित छ । बाहिर सिर्जना गरिएका सङ्गीत त त्यसको नक्कल हो । त्यो एक ढिक्का ‘स्व’को केन्द्रमा स्थित भएर सिर्जना गरिएका सङ्गीतहरू सात्त्विक सङ्गीत हुन् । अरु गीत—सङ्गीत मनको तहसम्म पुग्दछन् । मनोरञ्जन गराउने तहसम्म प्रभावकारी हुन्छन् भने राग, धुन, नाम सङ्कीर्तनजस्ता सात्त्विक सङ्गीतहरू भाव र चेतनाको तहसम्म आनन्ददायी ऊर्जा—तरङ्गकोरूपमा भित्र छिरेर हिलिङ्ग गर्दछन् । शरीरको ममर्त संभार गर्दछन् । कोषकोषमा आनन्दको सञ्चार गर्दछन् । हृदयको गहिराइ र चेतनाको उपल्लो तहमा पुगेर सिर्जना गरिएका यस्ता सङ्गीतहरू आनन्ददायक मात्र होइन, आरोग्यर्धकसमेत हुन्छन्् । भोगको क्षेत्रमा रोग र रागको सम्बन्ध हुन्छ । योगको क्षेत्रमा निरोग र सङ्गीतको रागको सम्बन्ध हुन्छ । अति राग अर्थात् कुनै कुरा धेरै मन पराउनु र अति द्वेष अर्थात् कुनै कुरालाई अति घृणा गर्नु रोगको कारण बन्दछ।

कलाको क्षेत्रमा भने सङ्गीतका रागहरूमा रोग भगाउने शक्ति हुन्छ । सङ्गीतका रागले शरीर, मन र भावनाको शुद्धीकरण गर्दछन् । जीवन ऊर्जाको गहिरोसँग अनुभूति गराउँदछन्् । कुनै कुरा लोकप्रिय हुँदैमा लाभदायक हुन्छ भन्ने हुदैन । मृत्युको गीत भनिने ग्लुमी सन्डे भन्ने अंग्रेजी गीत सुनेर धेरैजनाले आत्महत्या गरेका थिए । पछि त्यो गीतलाई बजाउन प्रतिबन्ध लगाईएको थियो । गीत लोकप्रिय भए पनि मानिसलाई चरम निराशामा लगेर मरुँमरूँ बनाउने गीतलाई कसरी राम्रो भन्न सकिएला ? हामीले सुन्दै आएका गीत—सङ्गीत लोकप्रिय त हुन्छन् तर ती सबै हाम्रा लागि लाभदायक नहुन सक्छन् ।

शरीरको तहमा उद्धेलित गराउने, भावनात्मक उत्तेजना जगाउने र मनोरञ्जन दिने खालका गीत सङ्गीत आम मानिसको रोजाइका सङ्गीत हुन्छन् । गीतसङ्गीतबाट मनोरञ्जन लिनु मात्र उद्देश्य होइन । गीत सङ्गीतले आत्मारञ्जन दिनुपर्दछ । गहिरो र विराट् चैतन्यबाट विश्वका उत्कृष्ट सङ्गीत जन्मिएका छन्।

भगवान्को नाममा होस् वा ईश्वर आराधनाका लागि गाईएका भजन सङ्कीर्तनमा चैतन्यताको गहिराइ र आकाशको विराटपन नाप्न सकिन्छ । भजनकीर्तन गर्नेको अनुहारमा बेग्लै चमक हुन्छ । शास्त्रीय सङ्गीतका रागहरू, भगवन्नाम सङ्कीर्तन, प्रभु प्रेममा गाइएका भजन, अल्लाहको नाममा गाइएका सुफी अनि कब्बाली यस्ता सङ्गीत हुन्, यिनले चित्तका वृत्तिलाई निरोध गर्दछन्, एकाग्रता हुँदै समग्रतातर्फ लैजान्छन् । शरीरका रसायनमा सकारात्मक परिवर्तन गर्न सक्ने सामथ्र्य राख्दछन् ।

मन शान्त बनाउन सङ्गीतका राग

शरीरमा रहेको ७० प्रतिशत जलतत्त्वलाई शुद्ध, पवित्र र मीठासयुक्त बनाउँदछन् । प्रकृतिभन्दा माथि उठाउने सामथ्र्य राख्दछन् । शरीरमा प्रेमरस, भक्तिरस र आनन्दरस प्रदान गर्दछन् । स्वर र सङ्गीतको साधनाबाट ईश्वरानुभूतिको अवस्थासम्म पुग्न सकिन्छ । विश्व प्रसिद्ध सितारवादक रविशङ्करले त्यो परम ध्वनिको अनुभूति गराएका थिए । कैयन् भक्तले नामसङ्कीर्तन गर्दैजाँदा ईश्वरानुभूति भएका उदाहरण छन् । मन शान्त बनाउन सङ्गीतका राग सुन्नुपर्दछ । हुन त संसारको तडकभडक र उत्ताउला मनोरञ्जन दिने सङ्गीतमा रमाउने बानी परेका मानिसलाई शरीर नै झङ्कृत गराउने गहिरा सङ्गीतका राग सुन्न त्यति मन नलाग्ला । तर कुनै औषधी मन नपरे पनि लाभ दिन्छ, स्वस्य होइन्छ भने पछि हामी खान्छौँ नि ! जस्तै कोरोना सङ्क्रमण होला कि भनेर हामीले तीता—टर्रा आयुर्वेदिक औषधी कसरी खाएका थियौँ, त्यस्तै शास्त्रीय सङ्गीतका रागहरूले शरीर र मनका रोग निको पार्नेसम्म सामथ्र्य राख्दछन् ।

विश्वका प्रख्यात विश्वविद्यालयहरूमा शास्त्रीय सङ्गीतका राग र मानिसका रोगको उपचारका विषयमा अध्ययन अनुसन्धान भैरहेका छन् । पशुपक्षी र बालीनालीलाई समेत शास्त्रीय सङ्गीतका रागहरू सुनाइन्छ । उहाँ बोटबिरुवा र पशुपक्षीले धुन राग बुझ्न थालिसके । मानिस भने शब्दको हल्लाखल्लामै रम्न लालयित छ । गहिरा र शान्त मानिसले शब्दविहीन सङ्गीत मन पराउँछन् । यस्ता अथक साधनाबाट साधिएका स्वर र सङ्गीतका साधकले सिर्जना गरेका गीतसङ्गीत कति गहिरा होलान् ? कति विराट् होलान् ? कल्पना गर्न पनि सकिन्न । शास्त्रीय सङ्गीतका श्रोता वा पारखीहरू प्रायः विकसित देशका सभ्य र सफल मानिसहरू हुने गर्दछन् । अध्यात्मका साधकहरू हुने गर्दछन् ।

शास्त्रीय सङ्गीतका रागले र ईश्वरका नाममा गाइएका भजनकीर्तनले शरीर शुद्ध, मन शुद्ध र भाव शुद्ध गराउँछन् । स्वयम्प्रतिको प्रेम, परिवारप्रतिको प्रेम, राष्ट्रप्रतिको प्रेम, प्रकृतिप्रति प्रेम, भगवान्प्रतिको प्रेम, विराट् अस्तित्वप्रति प्रेम जगाउँछन् । परमानन्दको अनुभूति गराउने यस्ता सर्जक कत्ति शुद्ध चित्तका होलान्, अनुमानसम्म गर्न सकिन्छ । स्वयम् शुद्ध नभई सात्त्विक रचना हुनै सक्दैन । सात्विक सिर्जना नभई सभ्यता र संस्कृतिको विकास हुँदैन ।

विभिन्न प्रकारका शारीरिक तथा मानसिक समस्याहरूबाट छुट्कारा पाउन शास्त्रीय सङ्गीत सुन्नु लाभदायक मानिन्छ । टाउको दुख्ने समस्या हुनेले राग भैरव, मनोरोगी वा डिप्रेसनको समस्या हुनेले मंधुवती, स्मरण शक्ति कमोर छ भने शिवरञ्जनी, ग्यास्ट्रिकको समस्या छ भने खमाज, हृदयरोग छ भने राग दरवारी र अनिद्रा छ भने भैरवी राग सुनेर विभिन्न शारीरिक र मानसिक समस्यालाई दुर भगाउन सकिन्छ । शास्त्रीय सङ्गीत ध्वनि र चैतन्य ऊर्जाको संयोजनबाट सिर्जित धरोहर हुन् । यिनले मानिसलाई आरोग्य प्रदान गर्दछन् । हामी सबै सङ्गीतप्रेमीलाई शास्त्रीय सङ्गीतका रागहरू सुन्ने प्रेरणा मिलोस् । हरि ॐ तत्सत् ।

मन शान्त बनाउन सङ्गीतका राग सुन्नुपर्दछ । हुन त संसारको तडकभडक र उत्ताउला मनोरञ्जन दिने सङ्गीतमा रमाउने बानी परेका मानिसलाई शरीर नै झङ्कृत गराउने गहिरा सङ्गीतका राग सुन्न त्यति मन नलाग्ला । तर कुनै औषधी मन नपरे पनि लाभ दिन्छ, स्वस्य होइन्छ भने पछि हामी खान्छौँ नि ! जस्तै कोरोना सङ्क्रमण होला कि भनेर हामीले तीता—टर्रा आयुर्वेदिक औषधी कसरी खाएका थियौँ, त्यस्तै शास्त्रीय सङ्गीतका रागहरूले शरीर र मनका रोग निको पार्नेसम्म सामथ्र्य राख्दछन् ।