हामीले इमेल इन्टरनेट, अनलाइनमार्फत वा प्रत्यक्ष बैङ्कमा गएर आफ्नो बैङ्क खातामा कति पैसा छ भनेर हेर्न सक्छौँ, तर हामीसँग अब बाँच्नका लागि कति समय छ भनेर हेर्ने कुनै ठाउँ छैन । हामी हाम्रो गोजी छामेर दसबिस रूपैयाँ निकाल्न सक्छौँ,तर त्यसरी गोजी छामेर हामीले कहिल्यै हाम्रो जीवनका कति समय बाँकी छन् भन्न सक्दैनौँ । त्यसैले, हामीले कसरी हाम्रो समय बिताउँछौँ भन्ने कुरा साँच्चै नै महत्त्वपूर्ण छ ।

समय भनेकोे पैसा हो र सबै पैसाजस्तै यो पनि बगिरन्छ, तर समय निश्चितरूपमा अन्य रूपैयाँभन्दा फरक छ । हामीले हाम्रो कामले, पैतृक सम्बन्धले, कुनै लगानीले, कुनै उपहारले वा अतिरिक्त प्राप्तिका माध्यमले पैसाको जोहो गर्ने प्रयास गर्दछौँ । यहाँसम्मकि जुवातास अथवा भनौँ प्रतियोगिताका माध्यमले पनि हामीले पैसाको खोजी गर्दछौँ । तर, समय यी कुनै पनि कुराले होइन, केवल एउटै तरिकाले प्राप्त गर्न सक्दछौँ, त्यो हो : हामी समयसँगै जन्मिएका छौँ । हामी समयसँगै जन्मिएका हौँ, त्यसैले यदि समय सकियो भने यो शरीरमा पनि हामी लामोसमय रहन सक्दैनौँ किनकि हामी समयले बाँधिएका छौँ । त्यसैले, समय निकै महत्त्वपूर्ण छ ।

युरो अमेरिकी डलरभन्दा बलियो हुन सक्छ भने अमेरिकी डलर जापानी येनभन्दा बलियो हुन सक्छ । त्यस्तै, जापानी येन ब्राजिलको रियलभन्दा बलियो पनि हुन सक्ला, तर संसारका कुनै पनि पैसा र रूपैँयाहरू समयभन्दा बलिया छैनन् । समयको मूल्य अतिविशिष्ट छ । हामीले यसको मूल्य निर्धारण गर्न सक्दैनौँ र सुनको स्तरले यसलाई सुरक्षित गर्न पनि सक्दैन ।

यो कुरा थाहा पाउनु अभैm महत्त्वपूर्ण छ कि कोसँग कति समय छ । हामीले इमेल इन्टरनेट, अनलाइनमार्पmत वा प्रत्यक्ष बैङ्कमा गएर आफ्नो बैङ्क खातामा कति पैसा छ भनेर हेर्न सक्छौँ, तर हामीसँग अब बाँच्नका लागि कति समय छ भनेर हेर्ने कुनै ठाउँ छैन । हामी हाम्रो गोजी छामेर दसबिस रूपैयाँ निकाल्न सक्छौँ,तर त्यसरी गोजी छामेर हामीले कहिल्यै हाम्रो जीवनका कति समय बाँकी छन् भन्न सक्दैनौँ । त्यसैले, हामीले कसरी हाम्रो समय बिताउँछौँ भन्ने कुरा साँच्चै नै महत्त्वपूर्ण छ । यदि समय व्यर्थ बिताइयो भने हामीले फेरि यसलाई कमाउन सक्दैनौँ, आर्जन गर्न सक्दैनौँ । र, विनाकाममा बिताएको समयले हामीलाई अन्तमा नपत्याउँदो पश्चात्तापसहितको जीवन छोडेर जान्छ ।

यसले मनमा महत्त्वपूर्ण प्रश्न जन्माउँछ । जीवनमा महत्त्वपूर्ण के छ त ? त्यसोभए हामीले सर्वोत्तमरूपमा कसरी समय व्यतीत गर्न सक्दछौँ ? कस्ता प्रकृतिका कार्यहरूको मूल्य जीवनमा महत्त्वपूर्ण होला ? यी सबै प्रश्नका उत्तर प्राप्त गर्नका लागि सबैभन्दा पहिले जीवनको उद्देश्य के हो भन्ने कुरा थाहा पाउनु अनिवार्य छ ।

‘प्रश्नोत्तर—मालिका’मा एउटा प्रश्न छ ः जसले मनुष्य जीवन पाएको छ, उसले सबैभन्दा धेरै चाहेको वस्तु के हो ? आदि शङ्कराचार्य भन्नुहुन्छ ः सबैभन्दा असल के हो भन्ने थाहा पाउनु र निरन्तर परोपकार एवम् परहितमा लाग्नु । योगमा हामीले अन्तर्मनभित्रै अन्तिम असल नै हाम्रो अनुभूति रहेछ भन्ने थाहा पाउन सक्दछौँ । यस्तो अनुभूतिले हाम्रौ आफ्नै वर्तमान उपस्थिति विकासका लागि र अरुका लागि पनि यही स्तरको बोधका निम्ति विशेष सहयोग प्रदान गर्दछ ।

एकपटक एक जना साधक आफ्नो साधनाको उद्देश्यनजिक पुगेपछि अबको बाँकी जीवनमा के गर्ने भनेर चकित भयो । उसलाई उसका सद्गुरुले भन्नुभयो, ‘सामान्यरूपमा तिमी परोपकारका काममा लाग्यौ भने सबैका लागि त्यो श्रेष्ठ सेवा हुने छ । अन्तिम र सबैभन्दा दिव्य कुरा भनेको आपैmँभित्र यो जीवन सबैको भलाइका लागि हो भनेर बुझ्नु हो ।’ हामै सहयोगका लागि स्वयम्भित्र दिव्यता महसुस गर्न समयको सदुपयोग गर्नुहोस् । आउनुस्, यी छ बँुदामा विशेष ध्यान दिऊँ ।

१. यो ब्रह्माण्ड साक्षात् र विशाल छ । भगवान् हामीदेखि अथवा हाम्रो मानवीयताभन्दा पर अन्त कतै छैनन् । भगवान् एकदम जटिल र अप्रत्यक्ष पनि छैनन् । उनी सधैँ उपस्थित छन् र प्रकृतिका सबै सिर्जनामा व्याप्त छन् । हाम्रो मनको साक्षी भएर हेर्दा हामी प्रत्येकभित्र हाम्रा विचारलाई हेर्नेवालालाई र हामीले निरीक्षण गरेको विश्व अनि विचारलाई भगवान्का रूपमा स्विकार्न सक्दछौँ । यदि परमात्मा सर्वत्र छन् भने हामीले वर्तमानमै आत्माबोध गर्न सक्दछौँ ।

२. एउटा मात्र सत्य छ । चार अनौठा यात्रीहरूले पहाडको यात्रा गर्दै छन् भन्ने सम्झनुस् । उनीहरू चारै जनाले विभिन्न चार ठाउँबाट अन्जानमा हिमाल चढ्दै छन् । एउटाले पूर्वबाट, अर्को पश्चिमबाट, अर्को दक्षिणबाट हिमाल आरोहण गर्दै छ भने उत्तरबाट चौथोले प्रयास गर्दै छ । जब उनीहरू चढ्दै जान्छन्, जतिजति माथि उक्लँदै जान्छन्, त्यतित्यति नै उनीहरू परस्परमा नजिक हुँदै जान्छन् । यात्राको अन्तमा उनीहरू सबै एउटै हिमालमा उक्लन्छन् र त्यहाँको दृश्य हेरेर आनन्दित हुने गर्दछन् । विभिन्न समय, स्थान र देखाइएका धर्मका अलग अलग बाटाहरू पनि ठिक त्यस्तै गरी आरम्भ भएका हुन्छन् । अन्ततः सबै धर्महरूले एउटै सत्यको नेतृत्व गरिरहेका हुन्छन्, जहाँ उनीहरूका अभ्यास र सिद्धान्तका विविधताहरू एउटै दृश्यमा समाहित हुन पुग्दछन् । त्यसैले, विभिन्न धार्मिक मार्गहरूको सत्यसम्बन्धी बोध सङ्ग्रह गर्ने कार्यमा समय खर्चनु नै उचित हुन्छ ।

३. विगतलाई सम्मान गर्ने कुरा अनुचित अवश्य होइन, तर विगतसँगको आसक्ति अहम्जन्य रोग हो । यहाँसम्म कि समय अहिले पनि स्थिर छैन, बगिरहेको छ । यो चलिरहेको छ र प्रत्येकलाई बदलिरहेको छ, जुन कुरा हामी प्रत्यक्ष अनुभव गर्न सक्छौँ । चार वर्षको बच्चो भएर सधैँ बस्न मन कसलाई लाग्छ र ? परम्परा, संस्कृति,कर्मकाण्ड, सामाजिकता र हाम्रा आफ्नै आशाअपेक्षाहरू पनि समयसँगै बदिलिन्छन् । तर, शाश्वत सत्य भने भूतलाई वर्तमानसँग जोड्ने शृङ्खला हो । हामी वर्तमानप्रति सहज हुनुपर्दछ र यसका तरङ्गहरूमाथि उक्लनुपर्दछ । वर्तमानको तरङ्ग समयको सागरमाथि चलायमान भइरहन्छ, जहाँ भूत र भविष्यत् पनि वर्तमान नै हुन पुग्दछन् ।

४. हामीले मनमाथि कवच लगाएर वर्तमानमाथि शासन गर्नुपर्दछ । हामीले हाम्रा विचारमाथि नियन्त्रण कायम गर्नुपर्दछ र वर्तमान क्षणमा हाम्रो मनका शासक हुनुपर्दछ । अन्यथा, हामीले आपूmलाई भूतको आसक्तिमा हल्लँदै अनिश्चित भविष्यको भयपूर्ण पश्चात्तापमा गुमाउने छौँ । ‘मन त नक्कल हो’—निसर्गदत्त महाराजले भन्नुभएको छ,‘एक पटक तिमीले सबै कुरा तिमीभित्रैबाट आइरहेको छ भन्ने महसुस ग¥यौ भने तिमीभित्रको संसारले तिमीभित्र खेल्न पाउँदैन, तर तिमै्र कारणले तिम्रो भय अन्तिममा आउँछ । यो अनुभूति नगरेसम्म तिमीले आपूmलाई शरीर, समाज, राष्ट्र, मनुष्यता, मन, आदि अनेक बाहिरी वस्तुसँग परिचित गरिरहने छौ, तर यी सबै भयदेखि पर हुन्छन् । जब तिमीले तिमी आपूm बसेको सानो संसारप्रतिको जिम्मेवारी पूर्णतः ग्रहण गर्दछौ र यसको सिर्जना, विकास र विनाशको प्रक्रिया नियाल्दछौ, अनि बल्ल तिमी तिम्रा काल्पनिक बन्धनहरूदेखि मुक्त हुन सक्छौ ।

हाम्रो मनको अवस्था र धारणाप्रति ध्यान दिनु अन्यन्त आवश्यक छ । जसरी हामी वर्तमानमा बाँच्छौँ भनेर छनोट गरेका छौँ, यदि हाम्रो वर्तमान मनको अवस्थामा भविष्य नै वर्तमान हो भने, त्यसकै आधारमा भविष्यको रहस्य हामीद्वारा यसअघि नै समाधान भइसक्यो ।

५. विगतका घटनाक्रमहरूप्रतिको अनिच्छा वा भनौँ घृणाले भविष्यको गाँठो फुस्किनेवाला छैन । त्यसका लागि हामीले हाम्रो विगतका दुःखहरूसित पनि परिचित हुनुपर्दछ । हामी हाम्रा अपराधहरूका सिकार भएका पनि हुन सक्दछौँ, दस अथवा पचास वर्षअघि रोग लागेको वा मुटुविच्छेद भएको पनि हुन सक्छ, तर यदि अभैm हामी त्यही विगतले दुःखी छौँ भने हामी हाम्रै मनका सिकार भएका छौँ । ‘मेरो भविष्यले के ल्याउला ?’ यो नै भविष्यको रहस्यको गाँठो हो । र, मात्र यो वर्तमानका प्रवृति, विचार, धारणा, र क्रियाकलापहरूले समाधान हुन सक्दछन् । हाम्रो भविष्य कसरी वर्तमान क्रियाकलाप र हस्तान्तरणका माध्यमले सुरक्षित हुने छ भन्ने कुराप्रति सचेत हुनका लागि ठिकबेठिक छुट्याएर काम गर्नु अनिवार्य छ ।

६. त्यसैले, हाम्रो मनको अवस्था र धारणाप्रति ध्यान दिनु अन्यन्त आवश्यक छ । जसरी हामी वर्तमानमा बाँच्छौँ भनेर छनोट गरेका छौँ, यदि हाम्रो वर्तमान मनको अवस्थामा भविष्य नै वर्तमान हो भने, त्यसकै आधारमा भविष्यको रहस्य हामीद्वारा यसअघि नै समाधान भइसक्यो ।

हामीसँग भएको समय भनेको अहिलेको समय नै हो । हामी पहिलो पटक आपैmँमा सचेत र जागृत भएको त्यो क्षण नै ‘वर्तमान’ समय हो, ‘अहिले’को समय हो । हामीले यी अक्षरहरू पढ्न स्वीकार गरेको क्षण नै ‘वर्तमान’ वा ‘यही’ समय हो । जब हामीले अन्तिम श्वास लिने छौँ, त्यतिखेर त्यो अन्तिम श्वास पनि यही ‘वर्तमान’मै लिएका हुने छौँ । समयका अन्य चरित्र, हाम्रा विगतप्रतिसँगका पश्चात्तापहरू अनि भविष्यप्रतिका हाम्रा विश्वास र भयहरू, यी एउटै मनमा देखा पर्दछन् । आत्मसाक्षात्कारका लागि दोस्रो कुनै पनि विशिष्ट समय थिएन र हुने छैन । साथै, तपाईँ र अरुको जीवनलाई तात्त्विकरूपमा फरक बनाउने पनि कुनै विशिष्ट समय थिएन र कहिल्यै हुने छैन ।
#सद्विचार