श्रीश्री रविशङ्कर

” ठूलो सङ्ख्यामा हिन्दुको बसोबास भएको, विश्वको एक मात्र हिन्दु राष्ट्र हुनु नेपालकै लागि गौरवको कुरा हो | “
” संसार यस्तो परिवार होस्, जहाँ एउटाको मुस्कानले अर्कोको अनुहारमा मुस्कान सिर्जना होस् । ”
” मौनमा ठूलो शक्ति हुन्छ । ईश्वरले प्रार्थनाको एउटा भाषा बुझ्छन्, मौनको भाषा।”
हृदयको गहिराइबाट गरिएको प्रार्थना ईश्वरले सुन्छन् । यो प्रार्थना मौनमा मात्र सम्भव छ । ”
” जीवनभरि जसले पाप ग¥यो, उसको मनमा नारायणको चिन्तन कसरी आउँछ ?मृत्यु भनेको जीवनभरिको निष्कर्ष हो ।”

नेपालको सामाजिक एवम् राजनीतिक जीवनमा भारतीय धर्म गुरुहरूको ठूलो प्रभाव भएको मानिन्छ । यस्ता गुरुहरूमध्ये श्री श्री रविशङ्कर पनि एक हुनुहुन्छ । श्री श्री रविशङ्कर अन्तर्राष्ट्रिय आर्ट अफ लिभिङका संस्थापक हुनुहुन्छ । यो संस्थाले १ सय ५६ राष्ट्रका एक अर्बभन्दा बढी व्यक्तिलाई स्वयंसेवक सदस्य बनाइसकेको छ । आर्ट अफ लिभिङको ‘सुदर्शन क्रिया’ सिकेका व्यक्तिलाई यो संस्थाको आधिकारिक सदस्य मान्ने गरिन्छ । यस अर्थमा नेपालमा एक लाख व्यक्ति यसका सदस्य बनिसकेका छन् । यसको केन्द्रीय कार्यालय भारतको बेङ्लोरमा छ ।

नेपालमा रविशङ्कर र उनको सुदर्शन क्रियाको लोकप्रियता बढ्न थालेपछि नेपालबाट ठूलो सङ्ख्यामा भक्तहरू बेङ्लोर आश्रम पुग्ने गरेका छन् । गएको महिना नेपालबाट एक साथ ५ सयभन्दा बढी नेपालीहरू बेङ्लोर आश्रम पुगेका थिए । आश्रमले नेपालीहरूका लागि भिन्दाभिन्दै ध्यान र योगका कार्यक्रम मात्र राखेन, श्रीश्रीसँग सत्संग एवम् अन्तरक्रियाको कार्यक्रम पनि राखेको थियो ।

यही समूहमा अध्यात्मिक विषयमा रुचि राख्ने पत्रकार  अश्विनी कोइराला पनि श्रीश्री रविशङ्करको आश्रम बेङ्लोर पुग्नुभएको थियो । ५ दिनको उक्त कार्यक्रममा प्रत्येक साँझ आधा घन्टा श्रीश्रीसँग प्रश्नोत्तर कार्यक्रम चलेको थियो । प्रत्येक दिन अन्तरक्रियामा विभिन्न नेपालीहरूसँगै कोइरालाले पनि धेरै प्रश्न गर्नुभएको थियो । आधा घन्टाका लागि समय लिएर केही आध्यात्मिक जिज्ञासा पनि थप्नुभएको थियो । यसरी सोधिएका सबै प्रश्नको श्रीश्री रविशङ्करले खुलेर जबाफ दिनुभएको थियो । ती सबै प्रश्नोत्तरलाई सङ्कलन गरेर कोइरालाले तयार पार्नुभएको पूर्ण जबाफ ।

१. नेपालमा आर्ट अफ लिभिङ निकै लोकप्रिय छ र तपाईँलाई धेरैले माया गर्छन् । यसको कारण के हो भन्ने लाग्छ ?

नेपालमा आर्ट अफ लिभिङका कार्यक्रम निकै लोकप्रिय छन् । सुदर्शन क्रियाले नै लोकप्रिय बनाएको हो । मलाई माया गर्नुको विकल्प नै छैन । किनभने, सुदर्शन क्रिया, आर्ट अफ लिभिङको ध्यान एवम्योगको विकल्प छैन । जसले यसको महत्व बुझेका छैनन्, उनीहरूलाई यसको महत्त्व बुझाउनु पर्नेछ । यसले जीवन परिवर्तन गर्छ । तपाईँहरूको जीवन परिवर्तन भयो कि भएन ? (नेपालबाट गएका सबैले हात उठाएपछि श्रीश्री मुस्कुराए । ) हो, सुदर्शन क्रियाको विकल्प छैन ।

२. विश्वभरि आर्ट अफ लिभिङका कार्यक्रम चलिरहेका छन्, नेपाल कुन प्राथमिकतामा पर्छ ?

नेपालप्रति मेरो विशेष लगाव छ । एकपटक हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको विषयमा कुरा गर्दै थिएँ । मैले नेपालप्रति मेरो लगाव उहाँलाई सुनाए । मोदीले हाँस्दै आफ्नो पनि विशेष लगाव भएको सुनाउनुभयो । नेपाल आध्यात्मिकरूपमा समृद्ध मुलुक हो । मलाई नेपालको वातावरण, त्यहाँका जनताप्रति ठूलो आस्था छ । यही कारण मैले आर्ट अफ लिभिङका कार्यक्रमलाई भारतजत्तिकै महत्त्व नेपालमा दिएको हुँ ।

३. के के कार्यक्रम चलिरहेका छन् ?

नेपालका हरेक गाउँका गरिब जनताले सुदर्शन क्रिया सित्तैमा सिक्न पाऊन् भनेर विशेष कार्यक्रम चलाइएको छ । यसका लागि अहिले जति शिक्षकले त्यहाँ कार्यक्रम गरिरहेका छन्, त्यसलाई चार गुना बनाउने योजना छ । यो तुरुन्तै लागु हुन्छ । नेपालीहरू यहाँ आएकै बेला सबैको सुझाव लिएर योजना बनाइनेछ ।
यसबाहेक नेपालका तीन क्षेत्रमा आर्ट अफ लिभिङका प्रमुख सेन्टर खोलिने छ । अहिले काठमाडौँमा भएको सेन्टरलाई विस्तार गर्ने, तराईमा एउटा र पोखरामा अर्को सेन्टर खोलिने छ । काठमाडौँ राजधानी भएकाले प्रमुख सेन्टर हुन्छ । तराईमा धेरै जनसङ्ख्या भएकाले र पोखरा साह«ै सुन्दर सहर भएकाले विदेशीहरूले पनि यसबाट लाभ लिन्छन् । यी तीन सेन्टरमार्फत आर्ट अफ लिभिङका कार्यक्रम द्रूत गतिमा विस्तार गरिनेछ । त्यसबाहेक एउटा सुविधा सम्पन्न आयुर्वेदिक अस्पताल खोल्ने, नेपालका विभिन्न क्षेत्रमा जडिबुटी सङ्कलन गर्ने र गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोच राखिएको छ ।
नेपालका धेरैजसो युवाहरू भारत, खाडी मुलुक तथा अन्य विकसित मुलुकमा रोजगारीका निम्ति जाने गरेको सुनेको छु । कतिपय गाउँमा युवाहरू नै छैनन् रे । यो राम्रो सङ्केत होइन । अढाइ करोड जनतालाई रोजगारी दिनु ठूलो कुरा होइन । यसमा आर्ट अफ लिभिङका कार्यक्रमले ठूलो सहयोग गर्छन् । मोदीजी (भारतीय प्रधानमन्त्री ) ले पनि नेपालको विकासमा ‘हात बढाउन’ अनुरोध गर्नुभएको छ । नेपाल थोरै जनसङ्ख्या र धेरै प्राकृतिक स्रोत भएको मुलुक भएकाले विकास गर्न समय लाग्छ जस्तो मलाई लाग्दैन । राजनीतिक स्थिरता हुने बित्तिकै यो सम्भव छ ।

४. नेपालमा धर्म र जातको राजनीति छिरेकोमा तपाईँ चिन्तित हुनुहुन्छ भन्ने सुनिन्छ, यथार्थ बताइदिनुस् न ।

अहिले आर्ट अफ लिभिङले सिरिया, पाकिस्तान, इराकजस्ता द्वन्द्वग्रस्त मुलुकमा काम गरिरहेको छ । त्यहाँ जात र धर्मको राजनीति छिरेपछि जनताको अवस्था कति दयनीय भयो भन्ने कुरा सबैले थाहापाए । नेपालमा त्यो अवस्था आउनुहुन्न । मेरो विचारमा देशलाई ससाना राज्यमा बाँडेर राम्रो हुँदैन । स–साना टुक्रामा विभाजन किन ? किनभने विकास चाहिएको छ । विकास त समग्रमा गर्नुपर्छ । नेपालका जनजातिलाई उक्साएर देशलाई अस्थिर बनाउनुमा कुनै स्वार्थी समूहले काम गरिरहेको छ । धर्मनिरपेक्ष यसैको उदाहरण हो ।

५. नेपाल हिन्दु राष्ट्र नरहेकोमा तपाईँको आपत्ति हो ?

नेपाल हिन्दु राष्ट्र नै हो । यसमा विवाद हुनु राम्रो कुरा होइन । ठूलो सङ्ख्यामा हिन्दुको बसोबास भएको, विश्वको एक मात्र हिन्दु राष्ट्र हुनु नेपालकै लागि गौरवको कुरा हो । विश्वका हिन्दुहरूका लागि पवित्र मुलुक हो । जहाँसम्म ठूलो सङ्ख्यामा बौद्ध धर्मालम्बीहरू पनि बस्छन् भन्ने कुरा छ, त्यसमा बुझ्नुपर्ने कुरा के छ भने सिद्धार्थ गौतम जीवनभर योगी भए । उनी ठूला साधक भएर धेरैको जीवन परिवर्तन गरे । उनले आफूलाई बौद्ध कहिल्यै भनेनन् । पछि बौद्ध सम्प्रदाय जन्मियो । हामी बुद्धलाई हिन्दु धर्मकै अवतार मान्छौँ । यो यथार्थ सबैले बुझ्नु र्छ । धर्मान्तर गर्नका लागि धर्मनिरपेक्षताको प्रावधान राखिएको हो । धर्मान्तर हुनु राम्रो कुरा होइन । लोभलालचमा जे भइरहेको छ, त्यो राम्रो भैरहेको छैन ।

६. हिन्दू धर्मका केही नकारात्मक क्रियाकलापले पनि अप्ठ्यारो पारेको तर्क छ, के भन्नुहुन्छ ?

हो, रामले सीतालाई अरुको कुरा सुनेर छाडेको कुराले पनि बेलाबखत विवादमा ल्याउँछ । हिन्दु धर्म धेरै पुरानो धर्म हो । यसमा समयसँगै विभिन्न कुरा थपिए । यसभित्र छुवाछुत पनि थपियो । यसले पनि विभिन्न विवाद ल्याउँछ । त्यसैगरी, बलिप्रथा पनि थपियो । नेपालमा बलि प्रथा उत्कर्षमा छ भन्ने सुनिन्छ । मुख्य कुरा के भने वेदमा कतै पनि बलिप्रथाको उल्लेख छैन । पछि कसैले थपिदिएको हो ।

अहिले मलाई खुसी लागेको छ, नेपालमा पहिलेको तुलनामा ६० हो कि ४० प्रतिशत (सङ्ख्या अहिले बिर्सिएँ) बलिप्रथा कम भयो अरे । यो रिपोर्ट पाएपछि म केही उत्साहित भएको छु । यसमा आर्ट अफ लिभिङ र अन्य आध्यात्मिक एवम् सामाजिक संस्थाहरूको ठूलो योगदान छ । यसैगरी, काम गर्दै गए हिन्दु धर्मभित्रका सबै नकारात्मक कुरा हटेर जान्छन् ।

जातिप्रथाभित्रको वैज्ञानिक कुरा हराएर गयो, गलत कुरा मात्रै रह्यो । अहिले पनि कर्म गर्नेहरूलाई शुद्र भन्न सकिन्छ । संसारभरि श्रम सङ्गठन छन्, उनीहरूको ठूलो शक्ति र सङ्ख्या छ । हिन्दु धर्मले श्रम गर्ने समूहलाई शूद्र भनेको हो । यो जन्मको आधारमा होइन, कर्मका आधारमा निर्धारण हुनुपर्छ । जुन आज संसारभरि नै देखिन्छ । राजकाज गर्नेहरू सबै क्षेत्रीय, व्यापार गर्नेहरू वैश्य र शिक्षण–लेखपढ गरेर समाजमा योगदान गर्ने सबै ब्राह्मण हुन् । यो परिभाषालाई गलतरूपमा बुझ्दा जातिप्रथा बदनाम भएको हो । कोही शुद्र वर्गभित्र पर्नेबित्तिकै छुनुहुन्न भन्ने कुरा नै गलत हो । नेपाल तथा भारतमा यो साझा समस्या थियो । अहिले दूरदराज गाउँमा यो प्रथा छ, तर सहरी क्षेत्रमा यो हराएर गएको छ ।

७. आर्ट अफ लिभिङको मुख्य उद्देश्य के हो ?

हिंसामुक्त समाज, तनावमुक्त मन । संसार यस्तो परिवार होस्, जहाँ एउटाको मुस्कानले अर्कोको अनुहारमा मुस्कान सिर्जना होस् । यसको सानो नमूना यो आश्रम (बेङ्लोरमा अवस्थित आर्ट अफ लिभिङको मुख्यालय) मा देख्न सकिन्छ । यसको अर्थ अन्याय सहने होइन, अन्यायको विरोधमा लड्नुपर्छ । अज्ञानको विरुद्ध पनि लड्नुछ । हामी शान्तिको कुरा गर्छौँ, तर सँगै क्रान्ति पनि गर्दै छौँ । योग, आयुर्वेद, सांस्कृतिक अतिक्रमणको विरोध हाम्रो क्रान्तिका नमूना हुन् ।

८. अध्यात्मले क्रान्ति हुन्छ ?

महात्मा गान्धी आध्यात्मिक पुरुष थिए । उनी सत्सङ्ग गर्थे । ‘सबको सङ्गती दे भगवान्’ भन्थे । भारतमा उनले ठूलो क्रान्ति ल्याए । आज पनि धेरै नेता छन्, जसले आध्यात्मिक मार्गबाटै क्रान्ति गरिरहेका छन् ।

मानिसको मन र शरीरभित्र धेरै च्यानल छन् । त्यहाँ कमेडी, हरर, करुणा सबै च्यानल चलिरहेका छन् । म शरीरभित्रका च्यानलहरू हेर्छु ।

९. तपाईँ सधैँ मुस्कुराइ रहनुहुन्छ, के कमेडी च्यानल हेर्नुहुन्छ ?

मानिसको मन र शरीरभित्र धेरै च्यानल छन् । त्यहाँ कमेडी, हरर, करुणा सबै च्यानल चलिरहेका छन् । म शरीरभित्रका च्यानलहरू हेर्छु ।

१०. गुरुको प्रार्थना कुन भाषामा गर्ने ? जस्तो, तपाईँ नेपाली त बुझ्नुहुन्न ?

मौनमा ठूलो शक्ति हुन्छ । ईश्वरले प्रार्थनाको एउटा भाषा बुझ्छन्, मौनको भाषा । हृदयको गहिराइबाट गरिएको प्रार्थना ईश्वरले सुन्छन् , यो प्रार्थना मौनमा मात्र सम्भव छ ।

११. हिन्दु धर्ममा हुने मूर्तिपूजाको विरोध गरिन्छ, किन होला ?

कसले भन्छ हिन्दु धर्ममा मात्र मूर्तिपूजा हुन्छ ? सबै सम्प्रदायमा मूर्तिको पूजा गरिन्छ । इसाई धर्ममा पनि मूर्तिलाई महत्त्व दिइएको छ । चर्चका चारैतिर राखिने क्रस चिन्ह के हो ? मस्जिद भनेको के हो ? मुस्लिम धर्मको एउटा चिन्ह होइन ? मूर्ति भनेको के हो ? ईश्वरको एउटा चिन्ह वा प्रतीक होइन ?
ईश्वर निराकार छन्, उनलाई देखाउन सकिँदैन, उनको विवरण दिन सकिँदैन । उनलाई छुन सकिँदैन । यस्तो बेलामा के गर्ने ? उनलाई छुन, बुझ्न एउटा माध्यम चाहिन्छ, त्यही माध्यम हो मूर्ति । सबै धर्ममा यसका अवशेष छन् । उदाहरणका लागि, कुनै केटाकेटीले मृत्यु भएका हजुरबुवाका बारेमा सोधे भने तपाईँ उनको फोटो देखाउनुहुन्छ, हो कि होइन ? अब त्यो फोटो हजुरबुवा हुन् त ? पक्कै होइनन् । फोटो हजुरबुवाको एउटा प्रतीक मात्र हो ।

१२. त्यसो भए मन्दिरमा पूजा गर्नु ठिक हो ?

जसरी, हजुरबुवाको फोटो हजुरबुवा होइन, तैपनि सम्झना गरेर उनलाई माला लगाइन्छ, त्यस्तै हो मन्दिरमा गरिने पूजा पनि । भारतमा हजारौँमन्दिर, मूर्ति छन्, विभिन्न रूप र रङ्गका । नेपालमा पनि छन् । ती प्रतीक मात्र हुन् । पूजा गर्नु भनेको सम्मान गर्नु हो, तर त्यसले ईश्वर प्राप्त हुन सक्दैन । त्यसैले, मूर्तिमा मात्र अड्किनु राम्रो होइन ।

१३. त्यसोभए कसरी प्राप्त गर्न सकिन्छ ?

तीन तह छन्, पहिलो साधना । जुन यहाँ सिकाइन्छ । अर्को हो सेवा, जुन मानिस हुनुको पहिलो कर्तव्य हो । मानिस कसैबाट लिन आएको होइन, दिन आएको हो । तेस्रो हो सत्सङ्ग । अर्थात् यो जीवन ईश्वरको उपहार हो । उनलाई कृतज्ञता व्यक्त गर्ने माध्यम हो, सत्सङ्ग । साधना, सेवा र सत्सङ्ग ईश्वर प्राप्त गर्ने उपाय हुन् ।
यो संसारमा धेरै समस्याहरू छन्, सबै मान्छे दुःखी देखिन्छन् । हामीजस्ता मान्छेको काम दुःख सुन्ने र त्यसको सामाधानको प्रयास गर्ने मात्र हो ?
यदि तपाईँ त्यसलाई समस्या मान्नुहुन्छ भने त्यो समस्या नै हो । यदि त्यसलाई सृष्टिको सामान्य खेल मान्नुहुन्छ भने त्यो सामान्य प्रक्रिया हो । संसारमा दुःख छ, हामी अरुको दुःख हरण गर्न सक्तैनौँ, यो चलिरहन्छ । तपाईँ अलि बुझ्ने मान्छे हुनुहुन्छ भने उसको दुःख हटाउन केही प्रयास गर्ने हो । त्यसमा उसको दुःख कति हट्छ, त्यो अर्को कुरा हो, तर तपाईँलाई अपूर्व शान्ति मिल्छ ।

कतिपय अवस्थामा हामी हाम्रा समस्याको कूलतमा फँस्छौँ । यस्तो लाग्छ, हामीसँग समस्या भएनन् भने हामीलाई जिन्दगी नै अनौठो र सकस लाग्छ । यही कारण हामी आफ्नो समस्या आफैँ निर्माण गर्छौँ र त्यसमा फँस्छौँ । त्यो समस्याले अरुलाई पनि समस्यामा पार्छौँ । जीवनप्रतिको परम्परागत दृष्टिकोण परिवर्तन गर्नुपर्छ । दुःख के हो भन्नेमा एउटा व्यापक दृष्टिकोण निर्माण गर्नुपर्छ । यो संसार विभिन्नताले भरिएको छ र प्रत्येक व्यक्तिको स्वभाव एकभन्दा भिन्न छ । जबसम्म यो कुरा बुझ्दैनौँ, दुःखको अर्थ पनि बुझ्न सकिँदैन ।

जीवनभरि जसले पाप ग¥यो, उसको मनमा नारायणको चिन्तन कसरी आउँछ ?मृत्यु भनेको जीवनभरिको निष्कर्ष हो । यदि जीवनभरि उसले पाप ग¥यो भने उसको मनमा पश्चात्ताप आउन सक्छ । पश्चात्तापबाट उसको अघिल्लो जीवन सुरु हुन सक्छ ।

१४. सबैजसो आध्यात्मिक गुरुहरू भन्ने गर्नुहुन्छ, ‘मानिसको अन्तिम कार्य जे हुन्छ, त्यो नै जीवनभरको निष्कर्ष हो । यसको अर्थ, जन्मभरि कसैले पाप ग¥यो तर मर्ने बेलामा नारायणको नाम लियो भने उसको जन्मको अर्थ सार्थक हुन्छ ? उसको नयाँ जीवनले राम्रो बाटो पाउँछ ?

यो सही कुरा हो । मान्छेको अन्तिम चिन्तन नै नयाँ जीवनको पहिलो चिन्तन हुन पुग्छ । जसरी राती सुत्नुअघि तपाईँको मनमा के कुरा खेलिरहेको छ, बिहान उठ्दा पहिलो चिन्तन त्यही हुन पुग्छ । पुनर्जन्ममा पनि यो कुरा लागु हुन्छ । जीवनभरि जसले पाप ग¥यो, उसको मनमा नारायणको चिन्तन कसरी आउँछ ?मृत्यु भनेको जीवनभरिको निष्कर्ष हो । यदि जीवनभरि उसले पाप ग¥यो भने उसको मनमा पश्चात्ताप आउन सक्छ । पश्चात्तापबाट उसको अघिल्लो जीवन सुरु हुन सक्छ । यो सम्भव छ । मुख्य कुरा लामो समय मानिसले जे कुराको अभ्यास ग¥यो, जीवनको अन्तिममा त्यही कुरा बाहिर आउँछ । त्यसैले, जीवनभर अरुलाई दुःख दिने मान्छेले अन्तिम समयमा सत्कर्म, सत्चिन्तन गर्ने सम्भावना निकै कम हुन्छ ।

यही कारण हरेक काम अन्तिम सम्झेर सत्कर्म गर्नु भनिएको हो । जे नयाँगर्नुहुन्छ, त्यो नारायणमा समर्पण गरिदिनुहोस् । जुन काम पुरा गर्नुहुन्छ, त्यो पनि उसैलाई जिम्मा लगाइदिनुहोस् । यसो गर्दा जे गरेपछि त्यो भार तपाईँमा पर्दैन, अगाडिको यात्रा सुगम हुन्छ । मृत्युको समयमै मानिसको शरीर र मस्तिष्क अलग हुन्छ । शरीर मर्छ, मनसँगै हुन्छ । जे कर्म गर्नुहुन्छ, त्यसैमा अङ्कित हुन्छ । त्यहीँबाट नयाँ जीवन सुरु हुन्छ ।

१५. जब हामी कसैसँग पहिलो पटक भेट्छौँ, या त निकै प्रभावित हुन्छौँ, किन अप्रभावित हुन्छौँ । केही भेट सामान्य हुन्छन् । सामान्य कुरा त सामान्य भैहाल्यो । कसैसँग साह«ै प्रभावित वा कसैप्रति साह«ै घृणा उत्पन्न हुनुको कारण के होला ?

संसार स्पन्दनबाट चलिरहेको छ । हामी जे गर्छौँ, त्यही स्पन्दनबाट प्रभावित भइरहेका हुन्छौँ । केही व्यक्तिको स्पन्दन रुचिकर हुन्छ, जसबाट हामी प्रभावित हुन्छौँ । कसैको स्पन्दन अरुचिकर हुन्छ, जोसँग हामी रमाउन सक्तैनौँ ।

१६. मानिसको स्पन्दन किन अरुचिकर हुन्छ ?

जब मानिस कसैको द्वेष, रिस, घृणा, केही कुराको लोभ वा अत्यधिक मोहमा हुन्छ, उसबाट अरुचिकर स्पन्दन प्रसारित भइरहेको हुन्छ । जब तपाईँ यस्ता व्यक्तिको अघि पर्नुहुन्छ, तपाईँलाई असहज महसुस हुन्छ । जब तपाईँ यस्तो व्यक्तिको छेउ पुग्नुहुन्छ, जो सहजमा छ अथवा माथि मनिएका कुराबाट घेरिएको छैन, तपाईँलाई ऊ रोमाञ्चक लाग्छ । यसको अर्थ के भयो भने सामान्य नै सत्यको अवस्था हो । यो अवस्थामा रहने मान्छे तपाईँलाई मनपर्छ । द्वेष–चिन्ताजस्ता विकारबाट घेरिएको मानिससँग तपाईँ असहज महसुस गर्नुहुन्छ ।

सत्सङ्गकर्ता/अन्तर्वार्ताकार : (अश्विनी कोइराला)