“म विश्वविजय गर्ने यात्रामा लागेर के पाएँ ? दुनियाको हत्या गरेर मैले कमाएको राज्य र वैभवले खै त मलाई मर्ने बेलामा पनि आमासँग भेट्ने इच्छा पूरा गराउन सकेनन् त ! सारा प्राप्तिहरू निरर्थक रहेछन् ! मैले जम्मा गरेका राज्य र वैभवले मलाई नै बचाउन सकेनन् । बचाउन मात्रै होइन, मेरी आमासित भेटाउनसम्म सकेनन् । धिक्कार छ, मेरो सम्मान र सम्पत्तिलाई !

सम्राट सिकन्दर विजय—यात्रामा निस्कनुपूर्व उनकी वृद्धा आमाले करूण स्वरमा भनेकी थिइन्, ‘बाबु तिमी अब मलाई छाडेर कतै नजाऊ । मर्ने बेलामा कतै तिमी नै भएनौ भने के होला ?!’

सिकन्दरले भनेका थिए, “आमा मलाई केही हुँदैन । कसैले मेरो केही बिगार्न सक्दैन, ढुक्क हुनुस्, म तपाईँसँगै हुन्छु, जसरी पनि आउँछु ।”
समय सधैँ उस्तै कहाँ हुन्छ र ! समय बित्दै गयो । यसैबीच सिकन्दर बिरामी परे । सम्पूर्ण औषधी विज्ञानका ज्ञाता आयुर्वेदज्ञ र वैद्यहरूले उपचारको प्रयत्न गरे तर पनि रोग घटेन, बढेर गयो । रोगले थलिएर बसेका बेला अचानक उनलाई आमाले भनेको कुरा याद आयो । उनले राज्य नै फिर्ता गर्नु परे पनि पछि नहटी आप्mनो उपचार गर्नु भनी कडा निर्देशन दिए तर राजवैद्य र चिकित्सकहरूले कुनै विकल्प नभएको बताए ।

राजाले अन्तमा भने, “त्यसो भए कमसे कम मलाई घर पुर्याउने र आमासँग भेट गराउने उपाय सोच । मैले आमालाई जसरी पनि भेट्नैपर्छ ।”
चिकित्सकहरूको परामर्श भने यस्तो थियो, “महाराज सबैभन्दा छिटो चल्ने जहाजबाट जाँदा पनि कमसे कम २० देखि २५ घण्टा लाग्छ, तर तपाईँ ५, ६ घण्टाभन्दा ज्यादा जीवित रहन सक्नुहुन्न, हामी क्षमा चाहन्छौँ ।”

सबैको परामर्श सुनेपछि उनले अनेक सोचे—“म विश्वविजय गर्ने यात्रामा लागेर के पाएँ ? दुनियाको हत्या गरेर मैले कमाएको राज्य र वैभवले खै त मलाई मर्ने बेलामा पनि आमासँग भेट्ने इच्छा पूरा गराउन सकेनन् त ! सारा प्राप्तिहरू निरर्थक रहेछन् ! मैले जम्मा गरेका राज्य र वैभवले मलाई नै बचाउन सकेनन् । बचाउन मात्रै होइन, मेरी आमासित भेटाउनसम्म सकेनन् । धिक्कार छ, मेरो सम्मान र सम्पत्तिलाई !”

धेरै विचार गरेपछि आप्mना इष्टमित्र र सैनिकहरूलाई बोलाएर सिकन्दरले सम्झाए—“हेर, म मरेपछि मेरो शव लैजाँदा मेरो दुवै हात बाहिर देखाएर र मुठी खोलेर लैजानू । मानिसहरूले देखून् कि सिकन्दर नै भए पनि वा जति नै ठूलो र वैभवशाली व्यक्ति भएता पनि मर्ने बेलामा केही साथमा जाँदो रहेनछ । मर्ने बेलामा भएको पनि यहीँ छोडेर र मुठी खोलेर मर्नुपर्ने रहेछ ।”

हरेकको नियति हो यो दुष्टान्त । हामी सबैभित्र कुनै न कुनै किसिमको सिकन्दरले डेरा जमाएको छ । हामीभित्रको सिकन्दर पनि सारा हडपेर दुनियामाथि शासन गर्ने दुष्प्रयास गर्दछ तर बिचराले कहिल्यै सम्झन चाँहदैन, मर्ने बेलामा मुठी खोलेर जानुपर्छ भन्ने अनिवार्यता ।