—स्वामी रामसुखदास

सुखको उपाय के हो त ? सुखको उपाय हो, चिन्मय परमात्मा प्राप्तिको लक्ष्य र धर्म तथा न्यायको आचरण । यसको अर्थ के भने जब हाम्रो आचरण धर्मयुक्त हुन्छ, हामी जब न्यायपूर्वक प्राप्त आफ्नो हकबाहेक अरु केही ग्रहण गर्ने इच्छा गर्दैनौँ, त्यतिखेर मात्र वास्तविक सुखको प्राप्ति हुन सक्दछ ।

जुन कुरा मन र इन्द्रियका लागि अनुकूल हुन्छ, त्यो सुख र जुन प्रतिकूल हुन्छ, त्यही दुःख हो । यो सामान्य जनमानसद्वारा गरिएको सुख र दुःखको परिभाषा हो । हामी सोच्दछौँ कि हामीलाई रोटी, कपडा, घर, सवारीसाधन, जग्गाजमिन, खेत, न्याय, विद्या र औषधि आदि विषयहरु सस्तो र सुपथ मूल्यमा प्राप्त ग¥यौँ भने हामी सुखी हुने गर्दछौँ । तर, एकछिन विचार गर्नुस् त, जोसित ती पदार्थहरु प्रशस्त मात्रामा छन्, के ती वास्तवमै सुखी छन् त ? कदापि छैनन्, किनभने पदार्थको वृद्धिसँगै लालसा पनि बढेर जान्छ ।

वस्तुहरुप्रतिको लालसा नै सम्पूर्ण दुःखको कारण हो । गीतामा अर्जुनले भगवान्सित जब दुःखको कारणरुप पापहरुको हेतु के हो भनेर प्रश्न गर्दा भगवान्ले काम अर्थात् लालसालाई नै पापाचरणको हेतु बताउनुभएको थियो । दुःखको मुख्य कारण पनि लालसा नै हो । जेलमा, नर्कमा अथवा जहाँ होस्, यदि कोही दुःखी भेटिन्छ भने ती सबैको दुःखको कारण पहिले कहिल्यै लोभवश गरिएको पाप अथवा वर्तमानमा पदार्थप्रतिको लालसा नै हो । लालसा अर्थात् इच्छा गर्नाले पदार्थ भेटिँदैनन पनि । सांसारिक लोभहरुले पनि चाहनेहरुलाई दिँदैनन्, बरु जसले लिन चाहँदैन, उसलाई आग्रहपूर्वक एवम् प्रसन्नतासाथ दिन चाहन्छन् ।

कुनै मानिसलाई यदि संसारका सबै मन परेका वस्तुहरु प्राप्त भए पनि तीबाट उसलाई तृप्ति मिल्न सक्दैन, बरु तीप्रतिको चाहना अझ बढेर जान्छ ।‘जिमी प्रति लाभ लोभ अधिकाई ।’ यो लालसा बढ्नुको अर्थ यो हो कि तपाईँभित्र कुनै कमीको अनुभव हुनु हो । जबसम्म आपूmभित्र कमीको अनुभव हुन्छ, तबसम्म सुख हुन्छ नै कहाँ र ? बरु दुःख नै बढेर जान्छ ।

गम्भीरतासाथ विचार गर्नुभयो भने तपाईँलाई थाहा हुने छ कि पदार्थहरु प्राप्त हुनाले मात्रै सुख हुँदैन, बरु पदार्थ प्राप्त हुनाले दुःखको कारणरुपी इच्छा अभैm बढेर जान्छ । भनिएको पनि छ:

यत् पृथिव्यां व्रीहियवं हिरण्यं पशवः स्त्रियः ।
नालमेकस्य तृप्त्यर्थमिति मत्वा शमं व्रजेत् ।।
न जातु कामः कामानामुपभोगेन शाम्यति ।
हविषा कृष्णवत्र्मेव भूय एवाभिवर्धते ।।

bishesha.jpg

‘पृथ्वीमा जति पनि धानचामल, जौ, गहुँ, सुन, पशु र स्त्रिहरु छन्, ती सबै मिलेर पनि एउटा मनुष्यलाई तृप्त गर्न सक्दैनन्, पर्याप्त हुँदैनन् । यस्तो सोचेर तृष्णालाई शमन गर्नुपर्दछ, किनकि भोग्यपदार्थको उपभोगले कामना कहिल्यै शान्त हुँदैन, बरु जसरी घ्यु आगोमा हाल्दा आगो अभैm जोडले बल्न थाल्छ, त्यसरी नै भोगवासना पनि भोगहरुलाई भोग्नाले प्रबल भएर जान्छ ।’

सबै मानिसले सुख नै चाहन्छन्, तर सुखको सामग्री उनीहरुले यिनै संसारका सामग्रीलाई ठान्दछन् । त्यसोभएर नै ती सामग्रीलाई प्राप्त गर्ने प्रयास गरेको देख्न सकिन्छ ।

सबै मानिसले सुख नै चाहन्छन्, तर सुखको सामग्री उनीहरुले यिनै संसारका सामग्रीलाई ठान्दछन् । त्यसोभएर नै ती सामग्रीलाई प्राप्त गर्ने प्रयास गरेको देख्न सकिन्छ । आज पृथ्वीमा मनुष्यको सङ्ख्या लगभग साढे २ अर्ब पुगेको मानिन्छ, उनीहरु सबैलाई संसारका सारा वस्तु कसरी प्राप्त हुन सक्छन् र ? किनभने वस्तुहरुमाथि सबैको अधिकार छ भने वस्तुहरु सबै प्राप्त भएर पनि सीमित छन्, तर तिनलाई चाहने अति धेरै छन् ।

जब एक जनालाई एउटा मात्र पनि पुरै प्राप्त हुन सक्दैन भने प्रत्येकलाई सबै वस्तु कसरी प्राप्त हुन सक्छन् र ? मानौँ, यदि सबैलाई प्राप्त भई नै हाल्यो भने पनि यी वस्तुहरुबाट सुख हुन गाह्रो छ, किनकि चेतन जीवलाई केवल पूर्ण चिन्मयताका माध्यमबाट मात्रै शान्ति प्राप्त हुन सक्दछ, अपूर्ण र सीमित जडवस्तुहरुबाट होइन । यदि यी नश्वर पदार्थहरुको संयोगले मूर्खतावश जुन सुखको अनुभूति हुन्छ, त्यसलाई नै सुख मान्दा पनि जीव नित्य र अविनाशी हो । अतः यी दुई सधैँ एकै ठाउँमा कहाँ रहन सक्छन् र ?

त्यसोभए सुख कसरी प्राप्त हुन्छ त ? सुखको उपाय के हो त ? सुखको उपाय हो, चिन्मय परमात्मा प्राप्तिको लक्ष्य र धर्म तथा न्यायको आचरण । यसको अर्थ के भने जब हाम्रो आचरण धर्मयुक्त हुन्छ, हामी जब न्यायपूर्वक प्राप्त आफ्नो हकबाहेक अरु केही ग्रहण गर्ने इच्छा गर्दैनौँ, त्यतिखेर मात्र वास्तविक सुखको प्राप्ति हुन सक्दछ । यो त्याग र उदारता आएपछि मात्रै हुन सम्भव छ । जुन वस्तुलाई हामीले सुखको विषय ठान्दछौँ, तिनलाई जब हामी सबै त्याग र उदारताको भावले एकअर्कालाई दिन चाहन्छौँ, लिन चाहन्नौँ, अनि ती वस्तु प्रशस्त हुने छन् र लिन चाहने कम हुन्छन् । त्यतिखेर हाम्रो उदारताका कारण दैवीशक्तिले पनि पुरा काम गर्न सक्छ, जसले गर्दा वस्तुहरुको उत्पादन र रक्षा पनि अधिक हुन्छ । यसप्रकार, सर्वत्र सुखैको साम्राज्य छाउँछ ।

त्याग र उदारताको भावनाले हाम्रो मन जतिजति जडपदार्थबाट हट्दै जान्छ, त्यतित्यति त्यो चेतन परमात्मातिर लाग्दछ । जडबाट दृष्टि हट्नासाथ चेतनतिर स्वतः प्रवृत्त हुन्छ । अनि यी पदार्थहरुमा सुख छ भन्ने जुन धारणा छ, त्यो चेतन परामात्मा बोधस्वरुप र आनन्दस्वरुप छ भन्ने सम्झेर त्यसप्रतिको लक्ष्य दृढ हुन जानाले जीव स्वयम् ज्ञानवान् र आनन्दस्वरुप बन्दछ । त्यस्तो अवस्थामा यस्तो पुरुषको दर्शन, भाषण र स्पर्शले अन्य जीवहरुलाई पनि सुख पुग्न जान्छ, अनि त ऊ स्वयम् महान् सुखी हुन्छ, यसमा के भन्नु छ र ! जसले आफ्नो स्वार्थलाई त्याग गरी जनताको हित चाहन्छ र बदलामा कुनै पनि चिज लिन चाहँदैन, त्यही वास्तवमा सुखी हो ।