मुटुरोगले टाइप “ए” व्यक्तित्व भएकाहरुलाई धेरै मन पराउँछ । टाइप ए व्यक्तित्व भएका व्यक्तिहरु अधीर, सधैँ तनावमा रहने, इख राख्ने, वैरभाव लिने, आफ्नो हठ र अडानहरु छाड्न नसक्ने प्रवृत्तिका हुन्छन् । यसका अतिरिक्त यी व्यक्तिहरु सधैँ हतारमा रहने, समयको अक्षरशः पालना गर्ने, पूर्वाग्रही, आलोचक, अभद्र व्यवहार गर्ने, ईश्र्यालु, अरुलाई दबाएर राख्ने, प्रतिस्पर्धी अहङ्कारी र प्रतिक्रियावादी हुन्छन् । यस्तो व्यक्तित्त्वले हृदय तथा रक्तनली कमजोर बनाउँछ । फलतः मुटु चाँडै रोगी हुन्छ ।
—डा. हेमराज कोइराला
हृदयघात र मस्तिष्कघात एकैचोटी भएर एमाओवादीका उपाध्यक्ष श्री पोष्ट बहादुर बोगटीको केहिदिन पहिले निधन भयो । लामो समयदेखि मुटु र रक्तनलीका रोगहरुले ग्रसित श्री बोगटीको असामयिक निधनमा ओसिएका आँखा ओबाना हुन नपाउदै पूर्वराजा श्री ज्ञानेन्द्रलाई पनि हृदयघात भयो । हृदयघात र मस्तिष्कघात जस्ता सुषुप्त रोगहरुले भि.भि.आइ.पी. हरुलाई एकाएक आक्रमण गर्न थालेपछि नेपालीहरुको मगजमा यो रोगको डरले डेरा जमाउन थालेको छ ।
अप्रत्यासितरुपमा अपर्झट हुने, तत्काल आपतकालीन व्यवस्थापन हुन नसके ज्यानै समेत जानसक्ने र बाँची हालेपनि स्वस्थ्य र स्तरीय जीवनको महसुस गर्न नदिने वा जीवन भर परावलम्बी र पराश्रित हुनुपर्ने तर जोखिम र कारकहरुलाई निदान गरी हटाउन सके उल्ट्याउन पनि सकिने यो रोगकै कारणले संसारभर १ करोड ७५ लाख मानिसहरु प्रत्येक वर्ष मर्दछन् ।
मर्नेहरु मध्ये ७४ लाख मानिसहरु केवल हार्ट एट्याक (हृदयघात) र ६७ लाख मानिसहरु ब्रेन एट्याक (मस्तिष्कघात) का कारणले मर्दछन् । सन् १९२० देखि अमेरिकामा, सन् १९३० देखि बेलायतमा १९८० देखि नेपाल, भारत, मलेसिया, मोरिसस र श्रीलङ्काजस्ता देशमा महामारीको रुपमा देखा परेको यो रोग विश्वभर प्रतिवर्ष मर्नेहरुको मृत्युको प्रमुख कारण हुनुका साथै अस्पतालमा इमरजेन्सी र सघन उपचार कक्ष प्रवेशको मुख्य कारण पनि हो । यसरी, धेरै मानिसहरु मरेर संसारक्रै सर्वश्रेष्ठ हत्यारा कहलिएको यो रोग विशेषतः मुटुलाई रक्त आपूर्ति गराउने कोरोनरी धमनीको रोग हो । यी धमनी वा धमनीका शाखाभित्रै अकस्मात रगत जम्न जाँदा, जमेको रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भागभन्दा अगाडिका हृदयपेशीहरु अक्सिजन र पोषण तत्त्वहरुको अभावमा मर्न गई देखा परेको आपतकालीन समस्या हो ।
यो रोग अकस्मात घटित भएतापनि यसको पछाडि धमनीहरुमा कोलेस्टेरोल जम्न गई धमनी साँघु¥याउने आर्थरोस्क्लेरोसिस् भन्ने रोगको सिलसिला वषौँवर्षदेखि जोडिएको हुन्छ । धमनीहरुमा कोलस्टोरोल जमाउन एउटा नभएर सयौँ कारणहरु जिम्मेवार छन् । यो धेरै कारणहरुले हुने भएको हुँदा यसलाई बहुकारूणिक रोग (ःगतिष् ँबअतयचष्ब ि म्ष्कभबकभ०पनि भनिन्छ । १९८१ मा सर विलियम्सले मुटुरोगका २४६ कारणहरुको खोजी गरेका थिए, जसमध्ये ५४ वटा आनीबानीसँग, १६ वटा शरीर तथा जैविकतासँग, ४४ वटा रगत र रगतको रोगसँग, ४५ वटा अन्य रोगहरुसँग, ४४ वटा भोजन तथा पोषणसँग, १६ वटा शरीर रचनासँग १६ वटा वंशानुगत हुन् भने ५ वातावरण र ६ दबाइ तथा औषधोपचारसँग सम्बन्धित छन् ।
यीे कारणहरुलाई उल्टाउन सकिने र नसकिने गरी २ समूहमा विभाजन गरिएको छ । ४५ वर्षपछिको उमेर, पुरुष लैङ्गिकता र हृदय रोगको पारिवारिक इतिहासजस्ता कारणहरु उल्ट्याउन नसकिने कारणहरु हुन् । रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डि.एल कोलेस्टेरोल, उच्च नन् एच.डि.एल वा भि.एल.डि.एल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, श्रम र व्यायाम सम्मिलित नभएको जीवनशैली, मोटोपन, रेशा र चोकर नभएको मिठो खानेकुराको दीर्घकालीन सेवन, भिटामिन र एन्टी अक्सिडेन्ट नभएको खानेकुराको सेवन, आफ्ना अडान र निर्णयहरुप्रति अडिग रहने टाइप “ए” व्यक्तित्व मदिरापान र मानसिक तनावजस्ता कारणहरु पर्दछन् । यसका अतिरिक्त विशेष रोगावस्था र केही औषधिहरुको सेवन पनि यसका कारण हुन् ।
यी जोखिम कारक तत्त्वलाई चिनेर समयमै जीवनशैली परिवर्तन गरेर अमेरिका, क्यानडा, फ्रान्स र अस्ट्रेलियाका रोगीहरुले विगत २५ वर्षमा यो रोगको महामारीलाई ५० प्रतिशतले कम गरेका छन् भने फिनल्यान्ड र जापानीहरुले ६० प्रतिशतले घटाएका छन् तर रोगका कारकतत्त्वहरुसँग अनभिज्ञ दक्षिण एसियाका सहरी जनसमुदायले भने यो रोगलाई ४०० प्रतिशतका दरले बढाएका छन् ।
उल्ट्याउन नसकिने कारणहरुः
मुटु रोगका यस्ता कारणहरु पनि छन्, जसलाई उल्ट्याउन वा हटाउन सकिँदैन । तर, यस्ता कारणहरुको जोखिम भएका व्यक्तिहरुले बेलैमा सचेत हुनुपर्ने हुन्छ, रोगलाई धेरै बिगार गर्ने अवस्थासम्म पुग्न दिनुहुँदैन । ती कारणहरु हुन्ः
१) उमेरः सामान्यतया हृदयघात हुने खतरा ४० वर्ष उमेर पार गरेकाहरुलाई हुन्छ । तर, आजकल २५ वर्ष उमेरमा हृदयघात भएका तथ्य पनि देख्न र सुन्न थालिएको छ । उमेर बढ्दै गएपछि धमनीहरुमा साँघु¥याउने समस्या स्वस्थ्य व्यक्तिमा पनि सुरु हुन्छ । यदि ४० वर्ष भन्दा पारीको उमेरसँगै व्यक्तिमा अन्य जोखिमहरु पनि भए हार्ट एट्याक्याक चाँडै हुन सक्छ ।
२) पुरुष लैङ्गिकताः हृदयघातका ९० प्रतिशत घटना पुरुषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्दछन् । महिलाहरुलाई आस्टो«जन नामक सेक्स हार्मोनले हृदयघातबाट बचाउने वैज्ञानिक दाबी छ । महिनावारी सुकेका पाठेघर तथा डिम्वाशयका अपरेसन गराएका गर्भ निरोधक चक्की खाने र धेरै चोटी गर्भपात गराएका महिलाहरुलाई पुरुष बराबर नै हृदयघात हुने जोखिम रहन्छ । यसबाहेक महिलाहरुमा कम तनाव वा सहज व्यक्तित्व, कम सुर्ती सेवन तथा धुमपानजस्ता अन्य जोखिम कम हुने हुनाले हृदयघात कम हुने मानिन्छ तर यी जोखिमबाट बच्न नसक्ने महिलालाई पुरुष बराबर नै हृदयघातको जोखिम रहन्छ ।
३) पारिवारिक इतिहासः
हृदयघात आनुवंशिक रोग पनि हो, जुन आमाबुबाहरुबाट सन्तानलाई जन्मजात सर्दछ । हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुब्ला पातला भएपनि उनीहरुको कलेजोले प्राकृतिकरुपमै धेरै कोलेस्टेरोल बनाउँछ फलतः ह्दय रुग्ण भई हृदयघात हुन सक्छ । यस्ता व्यक्तिहरुले जीवनशैली परिवर्तनका साथसाथै कोलेस्टेरोल कम गर्ने औषधि नियमित सेवन गर्नुपर्ने हुन्छ ।
उल्ट्याउन सकिने कारणहरुः
जीवनशैली परिवर्तन वा औषधिसेवन गरेर न्यूनिकरण गर्न वा हटाउन सकिने कारणहरुलाई उल्ट्याउन सकिने कारण भनिन्छ ।
१) उच्च रक्त संयुक्त कोलेस्टेरोलः
कोलेस्टेरोल रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । यो तत्त्वको उपयोग शरीरका कोषहरुको भित्ता, नशाहरुलाई ढाक्ने झिल्ली, भिटामिन डी, स्टेरोइड हार्माेनहरु र मस्तिष्कका कोषहरु बनाउन गर्ने गरिन्छ। तसर्थ, यो शरीरलाई चाहिने तत्त्व हो । तर, यो तत्त्वको रक्त मात्र सामान्य(२०० mनरम)ि भन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, आँखा, गोडाका धमनीहरुमा जम्नगई हृदयघात, मस्तिष्कघात, दृष्टिघात, डिप भेन थ्रम्बोसिस्जस्ता समस्या गराउँदछ । माछा, मासु, अण्डा, दुध, दही, क्रिम, मख्खन, चिज, बटर, नौनीजस्ता प्राणीजन्य चिल्लोमा मात्र कोलेस्टेरोल पाइन्छ, वनस्पतिजन्य चिल्लोमा पाइँदैन । यसरी, प्राणीजन्य चिल्लोबाट प्राप्त कोलेस्टेरोललाई कलेजोबाट अन्य तन्तुमा पु¥याउनुपर्ने हुन्छ । कलेजोमा बनेको कोलेस्टेरोललाई रगत भएर ट्रान्सपोट गर्न केही ट्रान्सपोर्टर प्रोटिनहरु चाहिन्छ ।
ती प्रोटिनहरुलाई काइलोमाइक्रोन,एलडिएल, भिएलडिएल र एचडिएल प्रोटिन भनिन्छ । यी प्रोटिनहरु ट्राइग्लिसेराइड र कोलेस्ट्रोलसँग जोडिएपछि यसलाई काइलोमाइक्रोन,एलडिएल, भिएलडिएल र एचडिएल कोलेस्टेरोल भनिन्छ । यी प्रोटिनयुक्त वा फ्रि कोलेस्टेरोल रगतमा घुम्दा चिपचिप भई रक्त नलीका भित्ताहरुमा टाँसिन पुग्छ । फलतः रक्तनलीका भित्तामा प्लाक नामक चिल्लोको डल्लो बनाई हृदयघात वा मस्तिष्कघात गराउँदछ ।
२) उच्च रक्त एलडीएल कोलेस्टेरोलः
यसलाई खराब कोलिस्ट्रोल पनि भनिन्छ । यो लिपोप्रोटिनले कोलेस्ट्रोललाई कलेजोबाट अन्य तन्तुहरुसम्म लैजान वाहन तथा कोलेस्ट्रोलले बोक्ने मुख्य साधन हो । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ, त्यतिनै एलडिएलको मात्रा ज्यादा हुन्छ । ज्यादा भएको एलडीएल उपापचयी फ्री रेडिकलहरुसँग मिलेर रगतका नसाहरुलाई घात गर्न सक्ने विषाक्त तत्त्वमा परिवर्तित हुन पुगी रक्तनलीहरुमा सूक्ष्म घाउहरु बनाउँदछ । यो घाउ भएपछि उक्त ठाउँमा प्रदाहात्मक क्रिया सुरु हन्छ र घाउ भएको स्थानमा कोलेस्ट्रोल क्याल्सियम र मृत कोषहरुले बनेको प्लाक नामक डल्लो बन्छ । यो डल्लोले नशा साँघु¥याएर उक्त अङ्गहरुको रक्त सञ्चारलाई प्रभावित पार्दछ । रगतमा उच्च एलडीएल भएमा यसले रक्त नलीलाई रिल्याक्स गराउने इन्डोथेलियम डिराइभ रिल्याक्सिङ फ्याक्टरको उत्पादन कम गराउँछ र उक्त नलीहरुलाई टाइट राखिरहन्छ ।
३) उच्च भि एलडीएल कोलेस्ट्रोल :
यो कोलेस्ट्रोललाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आए पछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भएर नशाका भित्ताहरुमा जम्न पुग्दछ र मुटु तथा रक्त नलीका रोग लगाउँदछ ।
४) उच्च रक्त ट्राइग्लिसिराइडः
तेललाई धेरै तताउँदा वा अन्य तत्त्वसँग मिसाउँदा, उमाल्दा वा ब्याक्टेरियल फरमन्टेसन भएर तेल टुटी ट्रान्स फ्याटी एसिड बन्दछ । स्याचुरेटेड र ट्रान्स फ्याटी एसिडको सेवनले रगतमा एलडीएल कोलिस्ट्रोल र भिएलडीएल कोलेस्ट्रोलको स्तर बढ्ने र एचडीएल कोलेस्ट्रोलको स्तर घट्ने गर्दछ । फलतः तेलको ज्यादा वा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारक बन्न पुग्दछ ।
ट्राइग्लिसिराइडलाई बोलचालको भाषामा खानेतेल भनिन्छ । तोरी, सूर्यमुखी, भटमासजस्ता वनस्पतीय चिल्लो पदार्थ सबै ट्राइग्लिसिराइडहरु हुन । पाचन पश्चात ट्राइग्लिसिराइड फ्याटीे एसीड र ग्लिसरालमा परिवर्तित हुन्छन् । यी फ्याटी एसीड अनस्याचुरेटेड, स्याचुरेटेड र ट्रान्स फ्याटी एसीडका रुपमा शरीरमा अवशोषित हुन्छन् । हृदय स्वास्थ्यका लागि पोली अनस्याचुरेटेड फ्याटलाई अलि राम्रो भने पनि स्याचुरेटेड र ट्रान्स फ्याटीे एसिड मुटुका लागि अत्यन्त हानिकारक मानिन्छन् । सबै वनस्पति घ्यु (डाल्डा ) र रिफाइन्ड घ्यु, तेल, स्याचुरेटेड फ्याट हुन् । तेललाई धेरै तताउँदा वा अन्य तत्त्वसँग मिसाउँदा, उमाल्दा वा ब्याक्टेरियल फरमन्टेसन भएर तेल टुटी ट्रान्स फ्याटी एसिड बन्दछ । स्याचुरेटेड र ट्रान्स फ्याटी एसिडको सेवनले रगतमा एलडीएल कोलिस्ट्रोल र भिएलडीएल कोलेस्ट्रोलको स्तर बढ्ने र एचडीएल कोलेस्ट्रोलको स्तर घट्ने गर्दछ । फलतः तेलको ज्यादा वा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारक बन्न पुग्दछ ।
५) निम्न रक्त एचडीएल कोलेस्ट्रोलः
यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्रि कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मदत गर्दछ । यदि रगतमा एचडीएल कोलेस्ट्रोलको स्तर कम भएमा धेरै भएको कोलेस्ट्रोलखाई कलेजोमा ल्याएर विसर्जन गर्ने क्रिया अवरोध हुने हुँदा रगतमा अन्य कोलेस्ट्रोल बढ्न गई मुटु तथा रक्त नलीका रोगहरु लाग्दछन् ।
६) उच्च टोटल कोलेस्ट्रोल र एचडीएल अनुपातः
यो अनुपात मुटुरोगको महत्त्वपूर्ण सूचकाङ्क हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।
७) उच्च रक्तचापः
१५∞ मुटुरोग उच्च रक्तचापका कारण लाग्ने गर्दछ । यो रक्तनलीमा रगत बग्दा रगतले रक्त धमनीहरुमा दिएको अतिरिक्त दवाब हो । यसरी लामो समयसम्म रगतले रक्त नलीको भित्तामा दवाब दिँदा धमलीहरुको भित्री पत्र इन्डोथेलियम लेयर क्षतिग्रस्त हुन पुग्दछ । फलतः उक्त भागमा कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया दू्रत गतिमा हुन पुग्छ र हृदयरोग लाग्दछ ।
८) मधुमेहः
रगतमा ग्लुकोजको मात्रा खाली पेटमा ११० मि.ग्रा. प्रति १०० मिलि लिटर र खाना खाएको दुई घण्टा पश्चात १४० मि.ग्रा. प्रति १०० मिलि लिटर भन्दा ज्यादा भएको अवस्थालाई मधुमेह भनिन्छ । मधुमेह हुँदा बढेको ग्लुकोजले ससाना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता हुने हुँ दा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मदत गर्दछ । यसो हुँदा रक्तनलीहरुमा चाँडै बोसो जमी हृदयरोग लाग्दछ ।
९) मोटोपनः
भोजनमै भएको वा शरीरमा आपैmँ बनेको चिल्लो पदार्थ ऊर्जामा परिवर्तित हुन नसकी बोसे तन्तुमा जमेर बडीमास सूचकाङ्क, ३० के.जी प्रति वर्ग मिटरभन्दा धेरै भए त्यस्तो अवस्थालाई मोटोपन भनिन्छ । मोटोपन भएका व्यक्तिहरुलाई धेरै किसिमका रोगहरु लाग्ने खतरा हुन्छ । मोटोपन भएकाहरुको बोसो तन्तुले र लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ, जसलाई मुटुरोगको पनि कारक मानिन्छ । यसकासाथै, मोटोपनले मुटुरोगका अन्य जोखिमहरुलाई बढी जन्माउँदछ । फलतः मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्दछ ।
१०) निष्क्रिय जीवन:
मुटुरोगले श्रम र व्यायाम नगरी निष्क्रिय जीवन जिउनेहरुलाई ज्यादा मन पराउँदछ । निष्क्रिय जीवन जिउँदा मुटु तथा रक्तनलीलाई व्यायाम हुन सक्दैन । व्यायाम र श्रमबाट भाग्दा कोलेस्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शारीरिक तौल घटाउन सकिँदैन । फलतः मुटुरोग चाँडै लाग्ने सम्भावना रहन्छ ।
धुम्रपान नगर्नेभन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । सुर्तीमा रहेका विषहरुले रगतको कोलेस्ट्रोललाई अक्सिडाइज गरी झन् विषाक्त बनाउन मदत गर्दछ, जसले धमनीहरुलाई क्षतिग्रस्त पार्दछ ।
११) धुम्रपान तथा सुर्तीसेवन:
धुम्रपान नगर्नेभन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । सुर्तीमा रहेका विषहरुले रगतको कोलेस्ट्रोललाई अक्सिडाइज गरी झन् विषाक्त बनाउन मदत गर्दछ, जसले धमनीहरुलाई क्षतिग्रस्त पार्दछ । विषाक्त कोलेस्ट्रोल झन् चिपचिपे भई नशाहरुमा प्लाक बनाउन मद्दत गर्दछ । धुम्रपानले पु¥याउने क्षति व्यक्तिले लिएको चुरोटको सङ्ख्यासँग सीधै निर्भर रहन्छ, जसलाई सिगरेट स्कोर भनिन्छ । जर्दा, सुर्ती, पान मसला, खैनी, नस, गुल, बज्जर, हुक्का, कक्कडजस्ता सुर्तीजन्य पदार्थहरु पनि हदृयरोगका उत्तिकै कारक हुन् ।
१२.मानसिकतनावः
वैचारिक उहापोहले उत्पन्न भएको मानसिक तथा शारीरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गति कोलेस्ट्रोल, बोसो लाग्ने क्रिया, खुनजन्य क्रियालाई बढाउँछ । यसरी, सबै कुरा बढ्दै जाँदा हृदयरोग लाग्छ।
१३. चोकर र रेसाको कमीः
रेसा र चोक्कर नभएको मसिनो मिठो खाना खाने बानीले मुटुलाई राम्रो गर्दैन । चोकर भएको खानाले विषाक्त तत्त्वहरुलाई अवशोषण गरी नशामा बोसो जम्न दिँदैन । मसिनो मिठो खानाले तौल पनि चाँडै बढाउँछ । फलतः मुटु रोग लाग्दछ ।
१४.भिटामिन र एन्टीअक्सीडेन्टको कमीः
भिटामिन, खनिज, एन्टीअक्सीडेन्ट र अन्य सूक्ष्म पोषक तत्त्वहरुले हृदयरोगबाट बचाउँछन् । भिटामिन, त्यसमा पनि भिटामिन ए, भिटामिन सि र भिटामिन इ नशाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछन् । भिटामिनले रगत जम्ने क्रियालाई पनि नियन्त्रण गर्दछ । मुटुलाई चाहिने अन्य पोषकहरुमा केही धातु र खनिज तत्त्वहरु पर्दछनन् । यसका अलावा एन्टीअक्सीडेन्टको पनि उत्तिकै महत्त्व छ । एन्टीअक्सीडेन्टले अक्सीडेन्टिव प्रतिक्रिया हुन नदिएर नशालाई क्षति ग्रस्त हुनबाट बचाउँदछ ।
१५. टाइप “ए” व्यक्तित्व
मुटुरोगले टाइप “ए” व्यक्तित्व भएकाहरुलाई धेरै मन पराउँछ । टाइप ए व्यक्तित्व भएका व्यक्तिहरु अधीर, सधैँ तनावमा रहने, इख राख्ने, वैरभाव लिने, आफ्नो हठ र अडानहरु छाड्न नसक्ने प्रवृत्तिका हुन्छन् । यसका अतिरिक्त यी व्यक्तिहरु सधैँ हतारमा रहने, समयको अक्षरशः पालना गर्ने, पूर्वाग्रही, आलोचक, अभद्र व्यवहार गर्ने, ईश्र्यालु, अरुलाई दबाएर राख्ने, प्रतिस्पर्धी अहङ्कारी र प्रतिक्रियावादी हुन्छन् । यस्तो व्यक्तित्त्वले हृदय तथा रक्तनली कमजोर बनाउँछ । फलतः मुटु चाँडै रोगी हुन्छ ।
१६. मदिरापान:
मदिरापान र मुटुको स्वास्थ्य विषयलाई लिएर ठुलो विवाद छ । रक्सी खानेहरुले रक्सीलाई मुटु मैत्री माने पनि तथ्य यसको ठिक विपरीत छ किनकि रक्सीमा भएको एल्डीहाइडले बोसो लाग्न मद्दत गर्छ, जो मुटुमैत्री होइन । रक्सीले खाली क्यालोरी पनि दिन्छ । थोरै मात्रामा रक्सी पिउनु व्यक्तिका लागि हानिकारक नभएपनि रक्सी पिउनेले थोरैमात्रा पिउँदैनन् । फेरी, रक्सीले कलेजो आन्द्रा, भुँडी तथा मस्तिष्क तथा अन्य कोमल अङ्गहरुलाई पनि क्षति पु¥याउने हुँदा त्यसको भार पनि मुटुले ब्यहोनुपर्छ, फलतः मुटु रुग्ण हुन्छ ।
डा.हेमराज कोइराला चर्चित योग तथा प्राकृतिक चिकित्सक हुनुहुन्छ । आफ्नो नियमति चिकित्सा—अभ्यासका अनुभव र अध्ययनलाई नियमितरूपमा लेखेर जनसमक्ष प्रस्तुत गर्नु उहाँको विशेषता हो । उहाँका योग, प्राकृतिक चिकित्सा, आहारविहार र आरोग्यसम्बन्धी लेखरचनाहरू नियमित प्रकाशित भइरहन्छन् । योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, वागीश्वरी चितवनका उहाँ मेडिकल डाइरेक्टर पनि हुनुहुन्छ ।