—डा. राजु अधिकारी
वास्तवमा यति सानो हाड बिनाको, मात्र सय ग्रामको भनौँ कि चार अङ्गुलको जिब्रोेलाई जतनसाथ स्याहारेर संयमपूर्ण तरिकाले राख्ने हो भने सुख, शान्ति र आरोग्य अन्यत्र खोज्न हिँड्नुपर्दैन । तत्त्वदर्शीहरू भन्छन—यो चोलामा आत्मानुशाासित तथा सयंमित जिब्रोभन्दा अर्को कुनै वरदान छैन । असल मानेमा यो विश्वमा दिग्विजयी त्यो हो, जसले अरुलाई मात्र हैन आफ्नै जिब्रोलाई वशमा राख्न सफल हुन्छ ।
रोगको खास कारण
मानवीय जिब्रोका मुुख्यतः तीन काम छन् — बोल्ने, स्वाद छुट्याउने र हाँस्ने–मुस्कुराउने । त्यसैले यसलाई स्वादेन्द्रिय ,वाकेन्द्रिय र विनोदेन्द्रिय भनिन्छ । मानवीय चेतना र मनका उपकरणहरूमध्ये सर्वाधिक शत्तिशाली यही जिब्रो हो । यसको सदुपयोग र दुरूपयोगमाथि सारा सुख र दुःख अनि उत्थान र पतन टिकेका हुन्छन् ।
हामी सबैलाई थाहा छ—वाणी–वचन व्यक्तित्वको केन्द्रविन्दु हो । मधुर, मृदु , सत्य र प्रिय बोलीले कसैलाई शिरमा राख्ने बनाउँछ । यसको विपरीत जिब्रोको अपप्रयोगले कतिपयलाई उपहास, दूत्कार र शत्रुताको शिकार बन्न बाध्य पार्दछ । जिब्रोको कार्यभारमाथि विचार गर्दा यसलाई वाकेन्द्रिय भन्दा पनि स्वादेन्द्रियको रूपमा अझ गहकिलो स्थान दिनुपर्ने हुन्छ । कारण, केही ग्राम मात्र तौल भएको यो चार अङ्गुलको जीब्रो छ, तर यसको नगण्य र सानो दासत्ववृत्ति स्वीकार्नाले जीवनभरि रोग, शोक, वेदना र पीडाको चपेटामा पु¥याउन सक्छ, जबकि खानपानमा जिब्रोको सामान्य अनुशाशन तथा संयमको प्रतिफलस्वरूप हाम्रो जीवन अखण्ड स्वास्थ्य, सुख, शान्ति र दीर्घायुको कारण बनेका उदाहरण तपाईँ हाम्रा अगाडि अनेकांंै छन् ।
स्वाद छुट्याउने र स्वास्थ्यप्रिय एवम् स्वादयुक्त खानेकुरालाई मात्र उदर प्रवेशको अनुमति दिनु जिह्वाको मौलिक संस्कार हो, तर बिडम्बना, आधुनिक समयका सभ्य मान्छेको अति कृत्रिम, विषयासक्त र स्वादलिप्त बानीबेहोराले हैरान भएपछि जिब्रो पनि के गरोस ! आफ्नो काम कर्तव्य छोडेर जतातिर क्षणिक रस र तृप्ति मिल्छ त्यतै पट्टि ढल्किन्छ । जिब्रोमाथि नियन्त्रण र शासन गर्ने मनस् तत्व हो । तथाकथित स्वामीरूपी मन आपंmँै असंयमित , स्वादलोलुप र संकल्पहीन भएर बिगिँ्रदो छ, आफैमाथि अङ्कुश छैन, इन्द्रियहरूलाई हेरविचार गर्ने फुर्सद कहाँ ! जिब्रो र मनको यो सामूहिक दुर्दशाको कुशल व्यवस्थापन गर्ने चेष्टा नगर्दा आजको मनुष्य समझदार र बुद्धिमान हुँदाहँुदै पनि केवल रोग–तनाव–पतनको दासतामा बाँचिरहेको छ । त्यसको जीवन्त नमूना–पात्र तपाईँहामी स्वयम् हौँ ।
सहरियाहरूको परिचय
कुरोमा कुरो मात्र हैन, रहस्यमयी जिब्राको यस्तो असंयमपूर्ण प्रवृत्तिको विवेचना विश्वका अनेकौँ स्वनामधन्य आहार तथा स्वास्थ्य विशेषज्ञहरूले पनि गरेका छन् । विश्वविख्यात अमेरिकी स्वास्थ्यवेत्ता डाक्टर रोजर विलहेल्म आफ्ना अनेकौँ अनुसन्धानको सारभूत निष्कर्षलाई यसरी व्यक्त गर्नुहुन्छ – “सबै रोगको एकमात्र कारण विभिन्न क्षेत्रमा मान्छेको असंयमित प्रवृत्ति हो । आहार—विहार तथा प्रजननसम्बन्धी असंयमले प्रतिरक्षा प्रणालीको गहिरो क्षति हुन्छ । स्वादलोलुपता र अति मैथुनमाथि नियन्त्रण नगर्ने हो भने त्यसको दुष्प्रभाव तुरुन्तै देखा पर्दछ र अन्ततः दुर्बल हुँदै जाने र आफ्नो मानवीय क्षमतालाई समेत गुमाउन क्षण भर लाग्दैन ।
नेपालीमा एउटा उखानै छ, ‘स्वादे जिब्रो अल्छे तिघ्रो ।’ अचेलका मान्छे, अहिलेका युवायुवती तथा सहरियाहरूको त यो साँच्चैको परिचय नै बनेको छ । मान्छेहरू श्रम, कर्म र पुरुषार्थ गर्नुलाई दुःखी जीवन र जिब्रोले जेजे माग्छ अविलम्ब इच्छापूर्ति गर्नुलाई आधुनिकताको द्योतक मान्छन् । त्यति मात्र होइन जसले केवल स्वादिला व्यञ्जन, परिकार, जंक फुड, फास्ट फुड र प्रशोधित बजारे खानामा खर्च गरेर दुनियाँलाई देखाउन सक्यो ऊ प्रतिष्ठित, खानदानी र ठूलो मान्छे रे ! हे प्रभु, विनाशकाले विपरीत बुद्धि ! जिब्रोको दासता आजको मान्छेलाई प्रतिष्ठाको विषय ९कतबतगक कथmदय०ि अरे । मित्रहरू, एकपटक, विकास र प्रगतिको शिखरमा पुगेका देशहरूलाई हेरौँ त्यहाँका मान्छे कति मष्भत अयलकअष्यगक, जभबतिज अयलकअष्यगक र जथनष्भलभ अयलकअष्यगक छन् । यति विधि स्वाद, मर–मसला, तेल–भुटुन, काँचो—कचिलो, अभक्ष्य माछा–मासु, किरा निक्लिएको जाँडपानी, अप्रमाणित जंक फुड, विषादियुक्त खानेकुरामा पल्केका हामी मात्र हांै ।
वास्तविक कारण यही हो हाम्रो समाजको बढ्दो पतन–पराभव र फस्टाउँदो रोग–बिमारीको तथा स्वास्थ्य महासङ््कट ९जभबतिज भउष्मझष्अ० रूपी जालोकोे । यसरी यो सारा धरतीमा भएको रसमय स्वादको लेखाजोखा राख्ने अधिकार पाएको स्वादेन्द्रिय मात्र नरहेर अब रोगेन्द्रिय भएको छ । यसो हुनु जिब्रोको स्वामित्व र मनको दासत्व वृत्तिको पराकाष्ठा हो । बढ्दो रोग बिमारीको खास जड अनियन्त्रित जिब्रो हो भन्ने वास्तविकतालाई एक अनुभवीले यसरी भनेका छन्– “गएको दश वर्षमा मैले जति पनि बिरामीलाई हेरेँ, तीमध्ये आधाभन्दा बढीको रोगको मूल कारण स्वादका लागि जिब्रोको जथाभावी प्रयोग र त्यसको दुष्परिणाम हो ।”
भनिन्छ, प्रकृति मान्छेलाई स्वभाविक रूपमा अजम्बरी, अमर अर्थात् कहिल्यै नमर्ने रचना बनाउन चाहन्छ । यस सन्दर्भमा एकजना अङ्ग्रेज कवि भन्छन्—मनुष्य कहिल्यै प्रकृतिद्घारा मारिँदैन, बरु ऊ आफैँले आफैँलाई मारिदिने गर्दछ । उसको आफ्नो पेट उसको चिहान हो र उसको जिब्रो त्यो चिहान खन्ने औजार । यो भनाई उहिले–उहिले त कुन्नि, आजको मान्छेको सन्दर्भमा त साँच्चै चरितार्थ भइरहेको छ । रोगले, व्यथाले च्यापेर मृतप्रायः भैसकेको हुन्छ तर पनि जुन कुराले यत्रो बिमारी पैदा ग¥यो, त्यही नभई हुन्न यो जिब्रोेलाई । विषाक्त माछा–मासु, मसालादार र तारेभुटेको व्यञ्जन, चटपटे चाट–समोसा अनि अलि खानदानी पाराको मान्छे भए पिज्जा, डोसा, फलानो रेस्टुरेन्टको फलानो आइटम । यो सब परम लीलामयी जिब्रोेको आधुनिक महात्म्य हो ।
जिभ्रोलाई जित्न सक्दा
वास्तवमा यति सानो हाड बिनाको, मात्र सय ग्रामको भनौँ कि चार अङ्गुलको जिब्रोेलाई जतनसाथ स्याहारेर संयमपूर्ण तरिकाले राख्ने हो भने सुख, शान्ति र आरोग्य अन्यत्र खोज्न हिँड्नुपर्दैन । तत्त्वदर्शीहरू भन्छन—यो चोलामा आत्मानुशाासित तथा सयंमित जिब्रोभन्दा अर्को कुनै वरदान छैन । असल मानेमा यो विश्वमा दिग्विजयी त्यो हो, जसले अरुलाई मात्र हैन आफ्नै जिब्रोलाई वशमा राख्न सफल हुन्छ ।
हाम्रो मनसाय जिब्रोलाई मात्र रोगेन्द्रिय भनेर कलुषित गर्न र केवल छिद्रान्वेष गर्नु होइन । यसको अर्को विशिष्ट नैदानिक पक्ष पनि छ । एउटा कुशल डाक्टरझैँ जिब्रो शरीरभित्रको रोग, मल र कुपित दोषको सङ्केतक ९ष्लमष्अबतयच० पनि हो । स्वस्थ र सन्तुलित पाचनतन्त्र भएको प्रमाण जिब्रो स्वच्छ सफा तथा प्राकृतिक रंगको हुनु हो । प्रसिद्ध आहार चिकित्सा शाास्त्री अर्नाल्ड इहरिटको भनाईमा जिब्रो भनेको जादुको ऐना ९mबनष्अब िmष्चचयच० हो, यो स्वास्थ्यको पहरेदार र हुलाकी पनि हो । जिब्रोमा मैलो बाक्लो काई जम्नु भनेको शरीरमा विकृत मल ९तयहष्अ mबततभच० को उपस्थिति बढेको छ, जसले घुलनशील श्लेष्माको रूपमा कतै रक्त सञ्चारमा अप्ठ्यारो पारिरहेको छ । जिब्रोको समस्या निदान गर्न सक्ने क्षमतालाई इहरिट अझै यसरी भन्नुहुन्छ – “शरीर भित्रको हालचाल ९जभबतिज कतबतगक० जान्नका लागि डाक्टरको महङ्गो एक्सरे या किसिम किसिमका जाँच अनुसन्धानभन्दा पनि जिब्राले दिइरहेको विस्तृत जानकारीे अध्ययन गर्न जान्नु राम्रो हुन्छ ।
जिब्रो हेरेर भित्रको शारिरिक तथा मानसिक दोषहरूलाई सफाइपूर्वक खोजेर निकाल्नुहोस् ।”यसरी जिब्रोको स्वास्थ्यकोे क्षेत्रमा प्रत्यक्ष ऐनाको भन्दा कम मूल्य छैन । जिब्रो हेरेर अझै राम्रोसँग भित्री फौहोर–मैला तथा रोगको जानकारी लिनका लागि केही बेर पिसाब रोकेर राख्ने हो भने जिब्रोमा प्रत्यक्ष र मूत्रमा अप्रत्यक्षरूपमा शरीर भित्र जम्मा भएको दूषित कफ वा श्लेष्माजन्य मल कति छ भने स्पष्ट देखिन्छ । उपवास गरेको बेला जिब्रोले अझ सजिलोसँग शरीरस्थ मल, कफ र दोषको सङ्केत प्रस्तुत गर्दछ । यस दृष्टिले जिब्रो रोगेन्द्रिय तथा वागेन्द्रिय मात्र होइन, स्वास्थ्यको हुलाकी ९उयकतmबल० तथा पहरेदार ९नबतभपभभउभच० पनि हो । एउटा विनम्र अनुनय सबैसँग— आकारले निकै सानो तर प्रभावले अत्यन्त महत्त्वपूर्ण अङ्ग यो जिब्रोको आदेश, सूचना तथा नियमलाई उल्लङ्घन गरेर रोग, शोक, पीडा र अशान्तिको सिकार बन्ने गल्ती गर्ने कुरा हामीजस्ता बुद्धिमान् मनुष्यलाई शोभनीय हुँदैन ।
डा.राजु अधिकारी ‘खाने कसरी, पिउने कसरी ?’, ‘यस्तो होस् जीवनशैली’जस्ता अत्यन्त जीवनोपयोगी तथा प्रेरक पुस्तकका लेखक हुनुहुन्छ भने चर्चित उत्प्रेरक वक्ता तथा प्रशिक्षक पनि हुनुहुन्छ । वाग्मती सफाइ अभियानका एक जना संस्थापक सदस्य डा.अधिकारी जीवनशैली र स्वास्थ्य सचेतनाका विज्ञ मानिनुहुन्छ ।