आचार्य लक्ष्मण भण्डारी
संसार त अत्यन्त सुन्दर छ, यही सुन्दर संसारले हामीलाई सुन्दर जीवन दिएको छ । अपार वैभवका हामी केन्द्र हौँ । हामीसँग अपार सम्पदा छ । जता हे¥यो उतै वैभव, जता हे¥यो उतै सम्पदा ! तपाईँले हेर्ने हरेक दृश्यमा वैभव छ, तपाईँले छुने हरेक वस्तुमा सम्पदा छ । चाहे तपाईँ जुनसुकै वस्तुको सम्पर्कमा रहनुभएको होस्, तपाईँ अपार सम्पत्तिको स्रोतमाथि हुनुहुन्छ ।
वरपर बोटबिरुवाहरु कतै फुलिरहेका छन्, कतै फलिरहेका छन् । आकाश करोडौँ ताराहरुलाई समेटेर ब्रह्माण्डको यो कुनादेखि त्यो कुनासम्म फैलिएको छ । सूर्य र चन्द्रमाको निरन्तरको प्रकाशमा ब्रह्माण्डका रचनाहरुले उज्यालोको अनूभूति गरिरहेका छन् । हावाको यो सर्सराहट जीवनको पहिलो आवश्यकता बनेर हाम्रो उपयोगमा आएको छ । नदी, झरना, छाँगा र छहरामा पोखिने चिसो पानी पनि हाम्रो जिन्दगानी बनेर रहेको छ ।
धर्तीले हामीलाई आफ्नै काखमा वर्षौँदेखि बोकिरहेको छ । चराचुरुङ्गी, वनस्पति, जीवजनावरले पनि हामीलाई आआफ्ना स्थानबाट निरन्तर सघाइरहेका छन् । बगैँचाका फूलहरुमा मस्तीका साथ विचरण गर्ने पुतलीको दौडधुप हाम्रो आनन्दको स्रोत बनिरहेको छ ।
हाम्रो आफ्नै देश छ, समाज र घरपरिवार छ । धेरै आफन्तहरुका साथमा विचार र भावनाका अनेक रङहरु साट्दै हामी बाँचिरहेका छौँ । पशुपक्षीजस्तै अस्थायी वासस्थानको चिन्ता हामीले गर्नु परेको छैन । आकाशलाई छानो र हावालाई पर्खाल बनाएर खुला चौरमा रमाउने जीवजनावर र किरा फट्याङ्ग्राका बदला हामीसँग हाम्रो घर छ, लगाउने कपडा छन् । जाडो र गर्मीमा फरकफरक ओढ्ने र ओछ्याउने सिरक र डसनाहरुमा हामी रात्रीकालीन विश्राम गर्दछौँ ।
हामीसँग सुन्दर शरीर छ । आँखाहरु छन् संसार नियाल्ने अनि भाकाहरु छन् जीवनका गीत गुनगुनाउने । कर्मयोगमा सहभागीभएर समृद्धिका मालिक बन्ने अवसर हामी मानिससँगै छ । हाम्रा खुट्टाले जीवन सफलताको सगरमाथा आरोहण गर्न सक्छन् । हाम्रो चेतनाको त झन् वर्णन गरी साध्य छैन । यही चेतना हाम्रो विशिष्टता हो । यही चेतना र विवेकको बलमा हामी मनुष्य हुन सफल भएका छौँ । यसैले हामीलाई यो ब्रह्माण्डको संरक्षकत्वको विशाल उत्तरदायित्व प्राप्त भएको छ ।
सानासाना बोटबिरुवा, पशुपक्षी, किटपतङ्ग र वनस्पतिसमेतका सूक्ष्म संवेदनालाई महसुस गर्ने हृदय हामीलाई परमात्माले दिएर पठाएको छ । मष्तिस्क र हृदयको संयुक्त प्रयासबाटै हामी देवत्वको सुन्दर गन्तव्यतर्फ अभिमुख हुन सक्दछौँ । पशुपक्षी जन्मेदेखि मृत्युपर्यन्त नग्न नै रहन्छन् । हिउँद वा वर्षा, जाडो वा गर्मी चाहे जुनसुकै समय र मौसम होस्, उनीहरुको शरीरले एक सरो कपडा पनि लगाउन पाउँदैन । जन्मनासाथ हाम्रो सम्पर्क कपडासँग हुन्छ । पशु र मनुष्यमा यहीँनेर फरक छ । हामी जन्मनासाथ नग्नता छोप्ने गर्दछौँ । हाम्री आमाको पहिलो प्रयास नै हामीलाई कपडा लगाइदिएर पशुत्वबाट मनुष्यत्वतिर लैजानका निमित्त हुन्छ ।
जन्मनासाथ हामी हाम्रा लागि धेरै चिन्ता गर्ने अभिभावकका साथ हुन्छौँ । सानातिना दुःख र पीडामा पनि हाम्री आमाले हाम्रा लागि लिएको चिन्ताको हिसाब गरेर कहिल्यै सकिँदैन । उनी हाम्रा लागि रातदिन चिन्तित बन्दछिन् तर हामी बदलामा उनकै काखमा दिसापिसाब गरेर उनको योगदानको कदर गर्दछौँ ।
हामी बिस्तारै हुर्कँदै जान्छौँ, बढ्दै जान्छौँ, पढ्दै जान्छौँ । हाम्रा धेरै साथीहरु हाम्रै छेउ मित्रताको हात पैmलाउन आइ पुग्दछन् । समयको निश्चित कालखण्डले हामीलाई उत्पादनको जिम्मेवारी प्रदान गरिदिन्छ । त्यसपछि हामी विवाहबन्धनमा बाँधिएर सांसारिक भोगको आनन्दलाई अनुभव गर्दछौँ । यौनको आनन्दसँगै आनन्दको गन्तव्यतिर प्रस्थान गर्ने नयाँ यात्री हामीमार्फत नै पैदा हुन्छ । जागिर खाने, पैसा कमाउने, घर बनाउने, विभिन्न कलाकृतिको रचना गर्ने, भगवान्लाई प्राप्त गर्नेलगायतका अनेक अवसरहरुका बीचमा हामी जीवनको उत्सव मनाउन सक्दछौँ ।
प्रकृतिको यो विशाल गर्भमा लुकेर बसेका अनेक रहस्यको गाँठो फुकाउने जिम्मेवारी पनि हामीले नै पाएका छौँ । विभिन्न आविष्कार र निर्माण गरेर यो सुन्दर संसारलाई अझ सुन्दर पार्ने काम पनि हाम्रै पहलमा सम्भव भएका छन् । भोजनका अनेक परिकार हामीलाई उपलब्ध छन् । हामीले चाहेबमोजिमका परिकारको स्वाद लिने संसारमा हामी मनुष्यबाहेक सायद अर्को कुनै प्राणी छैन ।
जीवनको अर्थबोध गर्ने राम्राराम्रा पुस्तकहरुको अध्ययन केवल हामी नै गर्न सक्दछौँ । यो धर्ती सबैको साझा हो । तापनि यसलाई कित्ताकाट गरी हामीले नै आआफ्ना नाममा उपभोग गर्ने मौका पाएका छौँ । वनजङ्गलका वनस्पति हामीलाई सेवा पु¥याइरहेका छन् । बगैँचाका फूलहरु हाम्रा लागि फुलिरहेका छन् । फाँटभरि धानका बाला हाम्रा लागि झुलिरहेका छन् ।
आकाशमा देखा पर्ने बादलका लहरहरु पनि हामीभित्रको कवि, चित्रकार, सङ्गीतकार र दार्शनिकका लागि पैदा भएका छन् झैँ लाग्दछ । यो पूरा ब्रह्माण्ड नै केवल हाम्रा लागि क्रियाशील छ । यो सुन्दर जीवन हामीलाई प्रदान गरेर परमात्माले सम्पूर्ण ब्रह्माण्डको सौन्दर्य, आनन्द र शक्तिलाई भोग गर्ने अवसर दिएको छ ।
हामीसँग यति सुन्दर लोक छ । यहाँ के छैन ? सबथोक छ । हाम्रा वरपरका सारा वस्तु, दृश्य, परिवेश र अवसरहरु केवल हाम्रो ध्यान आकृष्ट गर्न चाहन्छन् । यो विशाल ब्रह्माण्डमा अस्तित्वशील साराले हामीलाई केन्द्र मानेका छन् । त्यसैले, हामी सम्पूर्ण मनुष्य ब्रह्माण्डका केन्द्र्रीय प्रतिनिधि हौँ ।
नदी निरन्तर बगिरहन्छ । नदीको सम्पर्कमा अनेक ढुङ्गाहरु आउँछन् । अनेक पहरा र भिरहरु आउँछन् । तिनलाई समातेर नदी कहिल्यै बस्दैन । नदीले भेटेका हरेक ठाउँहरुलाई छोड्न नसक्ने हो भने उसको यात्रा पनि अघि बढ्न सक्दैन । हरेक ढुङ्गा र पहराहरुमा लागेको नदीको पानी सुक्न धेरै समय पनि लाग्दैन ।
जीवनका हरेक मोडहरु आनन्दले युक्त छन् । हाम्रो जीवनका प्रतिपल हाम्रा लागि अनमोल सम्पत्ति लिएर आइरहेका हुन्छन् । हामीले केवल तिनलाई पहिचान गर्नुछ ।‘जीवनको एक क्षण पनि करोडौँ स्वर्णमुद्रा दिएर किन्न पाइँदैन ।’ भनेर चाणक्यले बताएका छन् । हाम्रो जीवन यति सुन्दर, महत्त्वपूर्ण र महङ्गो छ ।
जीवनका चारैतिर यति राम्रा कुरा भएर पनि आज हामी किन दुःखी छौँ ? किन हामी जीवनका यी सम्पूर्ण अवसरहरुलाई उत्सव बनाएर प्रसन्न हुन सकेका छैनौँ ? हामीले प्रसन्नताका अवरोधहरु तयार पारिरहका छौँ । हामी जीवनप्रति सहज हुन सक्नुपर्दछ । नदी निरन्तर बगिरहन्छ । नदीको सम्पर्कमा अनेक ढुङ्गाहरु आउँछन् । अनेक पहरा र भिरहरु आउँछन् । तिनलाई समातेर नदी कहिल्यै बस्दैन । नदीले भेटेका हरेक ठाउँहरुलाई छोड्न नसक्ने हो भने उसको यात्रा पनि अघि बढ्न सक्दैन । हरेक ढुङ्गा र पहराहरुमा लागेको नदीको पानी सुक्न धेरै समय पनि लाग्दैन ।
नदी समुद्रतिर निरन्तर बगिरहेको हुन्छ । बगेको नदी त्यही ठाउँमा फर्केर फेरि कहिल्यै आउँदैन । हरेक ठाउँहरु उसका प्रथम र अन्तिम हुन् । उसले छोएका हरेक ढुङ्गा र पहराहरु प्रथम र अन्तिम हुन् । भेट्दा भेट्दै उसले सबैसँगको सम्बन्ध मेटिदिन्छ । भेट्दै मेट्दै, भेट्दै मेट्दै नदी सागरको गहिराइ स्पर्श गर्न सफल बन्दछ ।
जीवनको नदी पनि यस्तै सहज बग्न सक्नुपर्दछ, तर हामी असहज बनिदिन्छौँ । हामी एक पटक भेटेको मान्छे, ठाउँ वा परिवेश बारम्बार भेट्न चाहन्छौँ । यो जीवनको गतिशीलतामा अवरोध पनि बन्न सक्दछ । जीवनको यात्रामा योभन्दा ठूलो अवरोध अर्को हुन सक्दैन । हामी पोखरी बन्न चाहन्छौँ । पोखरी उही ठाउँ, उही परिवेश र उही माछा र भ्यागुता सँगालेर जम्न चाहन्छ । एउटै ढुङ्गो, एउटै टुङ्गो पोखरीको पहिचान हो । यही माछा, भ्यागुता, किरा, फट्याङ्ग्राहरुको आसक्ति र मोहका कारण पोखरीले सागरको स्पर्श गर्न सक्दैन ।
पोखरी र नदी दुबैको जन्मको स्रोत एउटै हो । मूल नै पानीको पहिलो स्रोत हो । पोखरी र नदी दुबै एउटै वंशवृक्षका भए पनि वा एउटै स्रोतबाट पैदा भए पनि सागरको गहिराइ प्राप्त गर्ने सन्दर्भमा उनीहरुको क्रियाशीलता प्रमुख बनेर देखा परको हुन्छ । नदी गतिशीलतामा विश्वास गर्दछ भने पोखरी गतिहीनतामा ।
हाम्रा समस्त दुःखको कारण नै हामीभित्रको गतिहीनता हो । गतिहीनता नै कुरुपताको पनि जन्मभूमि हो । स्वच्छता र पवित्रताले नै हामीभित्र आनन्दको आलोक पैदा हुन्छ । हामीभित्र पैदा हुने त्यही आलोक नै हाम्रो जीवनको प्राप्ति हो । घरमा हरेक दिन फोहोर पैदा हुन्छ, तर हरेक दिन त्यसलाई सफा गरेर फालेपछि स्वच्छता र पवित्रता पैदा हुन्छ । अनि त्यही स्वच्छ र पवित्र घरको अवस्था देखेर हामी पनि आनन्दित हुने गर्दछौँ ।
गतिशीलताको सिद्धान्तमा विश्वास गर्नेहरु कहिल्यै दुःखी हुनुपर्दैन । हामीसँग निराशाको अर्को कुनै कारण छैन । हामीभित्रको पोखरी बन्ने प्रवृत्ति हाम्रो निराशाको कारण हो । संसार त अत्यन्त सुन्दर छ । यही सुन्दर संसारले हामीलाई सुन्दर जीवन दिएको छ । अपार वैभवका हामी केन्द्र हौँ । हामीसँग अपार सम्पदा छ । जता हे¥यो उतै वैभव, जता हे¥यो उतै सम्पदा ! तपाईँले हेर्ने हरेक दृश्यमा वैभव छ, तपाईँले छुने हरेक वस्तुमा सम्पदा छ । चाहे तपाईँ जुनसुकै वस्तुको सम्पर्कमा रहनुभएको होस्, तपाईँ अपार सम्पत्तिको स्रोतमाथि हुनुहुन्छ ।
यति धेरै सम्पदाको बीचमा रहेर पनि दरिद्र हुनुका पछाडि केवल हामी कारक छौँ । जीवनका कुनै पनि कुराले निराश हुनुपर्ने देखिँदैन । यदी जीवनमा दुःख र पीडाहरु आए भने बँगैचाका पूmलहरुलाई हेरे पुग्छ । घनघोर वर्षा र चर्का घाममा पनि निरन्तर मुस्कुराउने पूmलहरुले आशावादी बन्न सिकाइरका हुन्छन् । चाहे आँधी आओस्, चाहे हुरी आओस्, जीवनको मुस्कान गुमाउनु हुँदैन । पूmलको यही सन्देश मनन् गरे पुग्छ ।
हामीले केही गुमाएका छैनौँ । केही नभए पनि हामी कमसे कम नाङ्गो छैनौँ । जन्मँदा नाङ्गै जन्मेका थियौँ । अहिले केही नभए पनि शरीरमा कपडा त छ नि ! शरीर जन्मँदा सानो थियो । अहिले ठूलो भएको त छ नि ! शरीर नै गुम्यो भने त्यतिखेर दुःखी हुन सकिएला । तर शरीर भएर पनि निराश हुनु जीवनको अपमान हो ।
हामीलाई कसैले दुःख दिन सक्दैनन् । सुख पनि हामीले आफैँले पाउने हो । हामीले भन्ने गरेका तमाम सुख र दुःखका नियन्ता केवल हामी हौँ । यति सुन्दर जीवन धर्तीका कुनै पनि प्राणीको छैन । प्राप्ति र अप्राप्तिको नाममा, आफ्नो र अर्काको नाममा, असल र खराबको नाममा आपसमा लडेर दुःखी भएर हामीले आयु छोट्याउनेबाहेक अर्को कुनै उपलब्धि गर्दैनौँ ।
संसारमा कमाउने र गुमाउने कुरा नयाँ केही छैनन् । केही कमाएको नाममा प्रसन्न हुने र गुमाएको नाममा खिन्न हुने कुरा मनुष्यको स्वभाव होइन । पशुहरुमा पनि बरु समता छ । हामीले पनि समताको अभ्यास गर्नुछ । सबैतिर सुख नै सुख छ भन्ने बोध बारम्बार गरौँ । कुनै पनि सांसारिक घटना हाम्रो आन्तरिक शान्तिको अवरोधक बन्नु हुँदैन ।
यहाँ कोही हाम्रा शत्रु छैनन् । सबै वातावरण हाम्रै अनुकूल छ । हामीले गरेर नपाउने कुरा पनि केही छैन । सबै मान्छे यही शरीरको उपयोग गरी सम्पन्न भएका छन् भने हामी मात्र विपन्न हुने कुरा हुन सक्दैन । प्रकृतिको नियम सबैका लागि एउटै हो । मिहिनेत गर्नेहरुबाट सिकौँ । मौरीको एकता हाम्रा लागि अनुकरणीय हुन सक्छ । छिमेकीको उन्नति र प्रगतिमा सन्तोष व्यक्त गरौँ । हामी जुन ठाउँमा छौँ, ठीक ठाउँमा छौँ । हामीले जे ग¥यौँ, त्यसैले हामीलाई आजको हैसियत प्रदान गरेको छ । आफ्नो हैसियतमा कहिल्यै अप्रसन्न हुनुहुँदैन ।
संसारमा भएका कुनै पनि कुरा हाम्रो जीवनभन्दा प्रिय छैनन् । हाम्रो जीवन परमात्माको प्रसाद हो । जीवनबाट भागेर आत्महत्या गर्न तम्सनेभन्दा कायर अर्को कुनै हुँदैन । जीवनका सानासाना कुराबाट पनि मान्छे विचलित भएको देखिन्छ । हामी जीवनका अगुवा हौँ, भगुवा होइनौँ । चारैतिर यो विशाल वैभव र सौन्दर्य हुँदाहुँदै हामी जीवनबाट हार मानेर भाग्नु हुँदैन ।
सबै प्रतिकूलतालाई अनुकूल बनाउने शक्तिका हामी अजस्र स्रोत हौँ । हामीसँग अकल्पनीय क्षमता छ । त्यसलाई आशा, विश्वास र गतिशीलताका बलमा परिणाममा अनुवाद गर्नुछ । जीवन जत्तिको सुन्दर संसारमा केही छैन । आज मान्छे यति सुन्दर जीवनलाई पनि कुरुप बनाएर बाँचेको छ । हेर्दा छाला राम्रो छ, गाला राम्रो छ तर भित्रभित्रै डढेलोले लागेर बाँकी रहेको ठूटोजस्तै कालो भएर आजको मान्छे बाँचेको छ ।
संसारमा भएका कुनै पनि कुरा हाम्रो जीवनभन्दा प्रिय छैनन् । हाम्रो जीवन परमात्माको प्रसाद हो । जीवनबाट भागेर आत्महत्या गर्न तम्सनेभन्दा कायर अर्को कुनै हुँदैन । जीवनका सानासाना कुराबाट पनि मान्छे विचलित भएको देखिन्छ । हामी जीवनका अगुवा हौँ, भगुवा होइनौँ । चारैतिर यो विशाल वैभव र सौन्दर्य हुँदाहुँदै हामी जीवनबाट हार मानेर भाग्नु हुँदैन ।
मनुष्यभन्दा शक्तिशाली यो संसारमा अर्को छैन । यति वीर र शक्तिशाली मान्छे हुँदाहुँदै पनि हामी ससाना असन्तुष्टिबाट विचलित भएर निराश जीवन बाँच्न नखोजौँ । आशा नै जीवन हो । महात्मा गान्धीले भनेका छन्, ‘आशा अमर छ, उसको आराधना कहिल्यै निष्फल हुँदैन ।’ जीवनमा जताततै भएको सौन्दर्य नदेख्ने आँखाहरु वास्तविक आँखा होइनन् । मनुष्यजीवनको चमक अमर छ । जीवन सारै सुन्दर छ ।
अब दृष्टि बदलौँ र जीवनको अपार सौन्दर्यको दर्शन गरौँ । यो प्रकृति, आफन्त, वरपरको वातावरण, विवेक, लौकिक वैभव, सबैसबै सुन्दर छन् । माटोढुङ््गोदेखि मनुष्यसम्म सबै केवल हाम्रो सहयोगका लागि तयार भएर बसेका छन् । यसैले, जीवनलाई सबैथोक मानौँ । जीवनमै सबैथोक छन् । यही जीवनले हामीलाई बुद्ध बनाउँछ । सबैथोक पाइने यो जीवनभन्दा धन्य अर्को केही छैन । जीवनमा आशावादी बनेर अघि बढौँ । अहा ! जीवन कति सुन्दर छ !
सत्सङ्ग प्रतिष्ठानका अध्यक्ष आचार्य लक्ष्मण भण्डारी सुपरिचित लेखक तथा उत्प्रेरक वक्ता हुनुहुन्छ । उहाँको लेखन धर्मदर्शन, अध्यात्म, संस्कार—संस्कृति, सकारात्मक सोच विकास तथा मानवीय मूल्य निर्माणमा केन्द्रित हुने गर्दछ ।