सम्पत्ति भएर पनि हामी जीवनक्रममा आउने दुःख, अप्ठ्यारा र दुर्घटनाहरूबाट अधीर बन्दछौँ, विचलित बन्दछौँ भने त्यतिखेर त्यो सम्पत्तिको के अर्थ ? सम्पत्ति भनेको त सुखका लागि हो । जुन सम्पत्ति हामीसँग हुँदा दुःखले मुन्टो उठाउन पाउँदैन त्यो पो त सम्पत्ति । सम्पत्ति भएर पनि दुःख, तनाव र पिरचिन्ता कायम रहने भए त्यसलाई कुन अर्थमा सम्पत्ति भन्ने ? भौतिक सम्पत्ति नभएर पनि भित्र दुःख, पिर र अप्ठ्याराहरूलाई सम्झाउन सक्ने र भविष्यप्रति आशावादी बन्नव सक्ने ‘धैर्य’ छ भने त्यो व्यक्ति गरिब हुँदैन । उसँग कुनै पनि रूपैयाँपैसाले किन्न नसक्ने धैर्यरूपी त्यस्तो दिव्य सम्पत्ति छ ।
प्रतीक्षा अनन्त शक्ति
नीतिमा भनिएको छ—‘जस्तोसुकै विपत्तिमा धैर्य छोड्नुहुँदैन ।’ धैर्य भनेको प्रतीक्षा हो अर्थात् कुर्ने बानी, पर्खने बानी शान्त रहने बानी, नहतारिने बानी । यसैलाई धैर्य भनेर भनिन्छ । प्रायः हामी दुःख र विपत्तिका बेलामा विचलित हुने गर्दछौँ, पर्खन सक्दैनौँ, शान्त रहन सक्दैनौँ । अधीर र अशान्त रहन्छौँ । हाम्रो यो अधीरता र अशान्तिले हामीलाई आनन्द दिन सक्दैन ।
अधैर्यको आयु लामो पनि छैन । अन्ततः हाम्रो वास्तविक र शाश्वत स्वभाव भनेको धैर्य नै हो । हामी धैर्यमा स्थिर हुनु त छँदै छ । त्यसो भएका हुनाले चाहे जेजस्ता विपत्तिहरू नै किन नआऊन्, तर हामीले हाम्रो धैर्य गुमाउनुहुँदैन, हाम्रो शान्ति गुमाउनुहुँदैन । प्रतीक्षा गर्न छोड्नुहुँदैन । विद्वान्हरूले प्रतीक्षालाई अनन्त शक्ति मानेका छन् ।
विदुरले आफ्नो नीतिमा भनेका छन्,‘जसले दुर्बलको अपमान गर्दैन, उच्च सावधानीका साथ शत्रुसँग बुद्धिमत्तापूर्ण व्यवहार गर्दछ, बलवान्हरूसँग युद्ध गर्न रुचाउँदैन, तर समय आउँदा पराक्रम देखाउन सक्दछ, त्यही व्यक्ति धीर व्यक्ति हो ।’ धीरहरू छिटो प्रतिक्रिया व्यक्त गर्न रुचाउँदैनन् । कुनै पनि क्रियाको तात्तातो प्रतिक्रिया व्यक्त गर्नु दुर्बल र अधीरहरूको लक्षण हो । धीरहरू शान्त हुन्छन्, त्यसैले सबैका प्रतिक्रियापछि मात्र आफ्नो विचार प्रस्तुत गर्दछन् । आपूmभन्दा कमजोरहरूको अपमान कहिल्यै पनि गर्दैनन् । विदुरले शत्रुहरूसँग सावधानीका साथ व्यवहार गर्नेहरूलाई पनि धीर मानेका छन् । आपूmभन्दा बलियोसँग तत्काल युद्ध नगरी समय आएका बेलामा पछि नहट्ने व्यक्तिलाई पनि धीर मानेका छन् विदुरले ।
धैर्य प्रकृतिको रहस्य
इमर्सनले भनेका छन्,‘प्रकृतिको पाइलामा चल । त्यसको रहस्य हो, धैर्य ।’ इमर्सनको विचारमा प्रकृति नै धैर्यको अर्को नाम हो । प्रकृतिको जुन गति छ, त्यो एकनासको गति नै धैर्यको गति हो । आफ्नै सुर, आफ्नै भाव, आफ्नै ताल, आफ्नै लय । प्रकृतिको यो जुन गति छ, यो आपैmँमा धैर्यको नाम हो । हामीले पनि प्रकृतिको जस्तै एकनासको गति बनाउनुपर्दछ किनभने हामी पनि प्रकृतिबाटै जन्मिएका हौँ भन्ने इमर्सनको विचार हो । हामी पनि प्रकृतिका सिर्जना भएका हुनाले प्रकृतिको गतिशीलतासँगै हामीले आफ्नो गतिलाई अगाडि बढाउनुछ, अत्यन्त धैर्यका साथ, अत्यन्त प्राकृतिक तरिकाका साथ ।
बेन्जामिन प्रैmङ्कलिनले ‘जसको साथमा धैर्य उसले जे इच्छा राख्दछ, त्यसलाई प्राप्त गर्न सक्दछ’ भनेर भनेका छन् । धीर पुरुषहरूले जे चाह्यो त्यही पाउन सक्दछन् । धैर्य नै सबैभन्दा ठुलो बल र शक्ति हो भनेर फ््रयाँङ्कलिनले भन्न खोजेका हुन् । हामी कत्ति पनि आत्तिनुपर्दैन । ‘घुमीफिरी रुम्जाटार’ भनेभैmँ समय आउँछ र हामीले चाहेका सबै कुरा पुरा पनि हुन्छन् ।
आजको मानिस यही अधीरताकै कारण शोकग्रस्त छ, चिन्ताग्रस्त छ । उसलाई लाग्दछ— मैले केही कमाउन सक्दिनँ कि ? समय नपुगी मर्नुपर्दछ कि ? अथवा आपूmले पाउनुपर्ने कुरा बिचमै अरुले खाइदिन्छन् कि ? यस्ता अनेकन अनावश्यक प्रश्नहरूले हामीभित्रको धैर्य कमजोर बनेर जान्छ । जति हामीभित्रको धैर्य कमजोर बन्दछ, त्यति नै हाम्रो भविष्य पनि कमजोर बनेर जान्छ । हामीले कहिल्यै बिर्सन नहुने कुरा भनेकै प्रतीक्षामा ठूलो बल हुन्छ भन्ने हो ।
कसैले मलाई छाडेर अघि जान्छन् कि अथवा म पछि पर्छु कि ? भनेर हतार गर्दा हुने काम पनि नहुने खतरा बढ्न सक्छ । हामी कहिल्यै पनि छुट्दैनौँ । मानिसहरूले छोडे पनि समयले हामीलाई कहिल्यै छोड्दैन । समयले हामीलाई आपूmसँगै लिएर हिँड्दछ । तर, हामी समयलाई भन्दा धेरै मानिसलाई विश्वास गर्छौँ र धोका खान्छौँ । हामी समयसँगै हिँड्न नखोज्दा नै अधीर र अशान्त हुने गर्दछौँ तर सबैभन्दा बलियो र शक्तिशाली समय हो भन्ने सत्य बुझेर शान्त हुन भने कहिल्यै खोज्दैनौँ । हामीले समयलाई आफ्नो साथी बनाउन सक्नुपर्दछ, समयले हामीलाई कहिल्यै नछोडी आफ्नै साथी बनाएजसरी ।
समयका लागि बाँचौँ
ताली एक एक हातले बज्दैन । समय त सदियौँदेखि हाम्रै लागि बाँचेको छ । समयले हामीलाई क्षणप्रतिक्षण नयाँनयाँ कुरा लिएर आएको तथ्यलाई हामीले कहिल्यै ध्यान दिँदैनौँ । हाम्रा लागि बाँचेको समयका लागि हामी बाँच्न कत्तिको सकेका छौँ ? यो चिन्तनीय प्रश्न हो । समयले कसैलाई छोड्दैन । सबैसबै समयको गतिमा स्वभावतः गतिशील हुनुको अर्को कुनै विकल्प छैन । समयले दिएको धैर्य र प्रतीक्षालाई स्वीकारी समयसँगै चल्नेहरूलाई समयले पनि जे चाह्यो त्यही प्रदान गर्दोरहेछ ।
हामीले पर्खनु, धैर्य गर्नु कमजोरी ठान्दछौँ, गरिबी ठान्दछौँ । कहिलेकाहीँ पालो पर्खनुपर्दा पनि हामीलाई चिट्चिट् पसिना आउँछ । यो हामीले जीवनभर कहिल्यै पनि धैर्य नगर्नुको लक्षण हो । धैर्य गरिबी होइन । पालो पर्खन जसले लाज मान्छ, त्यो नकच्चरो हो । उसले जीवनमा अनियमितता बाहेक केही जानेको हुँदैन । हामी त पालो पर्खन छोडेर भनसुन गरी तुरुन्तै अघि पुगेर आफ्नो काम पुरा गर्न चाहन्छौँ । यो धैर्यका गरिबहरूको लक्षण हो । एक दुई घण्टा लाइनमा बस्ने, पालो पर्खने हिम्मत जोसँग छैन, त्यसले जीवनमा के गरीखाला ?
सबैभन्दा गरिब
धैर्य, न कमजोरी हो, न त गरिबी नै । यो चानचुने कुरा होइन । धैर्य त ठुलो कमाइ हो, मिठो सम्पत्ति हो । हतारोभन्दा ठुलो गरिबी अर्को के होला ? हतारोले हामीलाई सधैँ दुःख र तनावबाहेक केही दिँदैन । हतार गरेर, अथवा पालो मिचेर जसले काम गर्दछ, त्यो संसारको सबैभन्दा ठूलो गरिब हो । उसले पालो पर्खने र धीर हुने विज्ञानलाई पुरै अवमूल्यन गरेको हुनाले ऊ जत्तिको दोषी व्यक्ति अर्को कोही पनि हुन सक्दैन ।
समयले दिएका हरेक कुरालाई हाँसीहाँसी स्वीकार्ने शक्ति अत्यन्त थोरै मानिसमा मात्र हुन्छ । ती मानिसहरू भनेका धीर मानिस हुन्, सहनशील मानिस हुन् । तात्तातो प्रतिक्रिया दिनु, सहन नसक्नु र प्रतीक्षा गर्न नसक्नुलाई बहादुरी मान्नु ठूलो मूर्खतासिवाय अर्को केही होइन ।
विलियम सेक्सपियरले भनेका छन्,‘त्यो व्यक्ति निर्धन हो, जोसँग धैर्य छैन ।’ हामी निर्धन छौँ वा धनवान् छौँ, त्यो कुरा हामी कत्तिको धीर छौँ, अर्थात् हामीसँग कति धैर्य छ भन्ने कुराले निर्धारित गर्दछ । त्यसैले, वास्तविक धनसम्पत्ति रूपैयाँपैसा र जग्गाजमिन नभएर धैर्य रहेछ भन्ने कुरा जीवनलाई गहिराइका साथ बुझेका सेक्सपियरजस्ता मनिषिहरूका विचारबाट स्पष्ट हुन्छ ।
सम्पत्ति भएर पनि हामी जीवनक्रममा आउने दुःख, अप्ठ्यारा र दुर्घटनाहरूबाट अधीर बन्दछौँ, विचलित बन्दछौँ भने त्यतिखेर त्यो सम्पत्तिको के अर्थ ? सम्पत्ति भनेको त सुखका लागि हो । जुन सम्पत्ति हामीसँग हुँदा दुःखले मुन्टो उठाउन पाउँदैन त्यो पो त सम्पत्ति । सम्पत्ति भएर पनि दुःख, तनाव र पिरचिन्ता कायम रहने भए त्यसलाई कुन अर्थमा सम्पत्ति भन्ने ? भौतिक सम्पत्ति नभएर पनि भित्र दुःख, पिर र अप्ठ्याराहरूलाई सम्झाउन सक्ने र भविष्यप्रति आशावादी बन्नव सक्ने ‘धैर्य’ छ भने त्यो व्यक्ति गरिब हुँदैन । उसँग कुनै पनि रूपैयाँपैसाले किन्न नसक्ने धैर्यरूपी त्यस्तो दिव्य सम्पत्ति छ ।
धैर्य, न कमजोरी हो, न त गरिबी नै । यो चानचुने कुरा होइन । धैर्य त ठुलो कमाइ हो, मिठो सम्पत्ति हो । हतारोभन्दा ठुलो गरिबी अर्को के होला ? हतारोले हामीलाई सधैँ दुःख र तनावबाहेक केही दिँदैन । हतार गरेर, अथवा पालो मिचेर जसले काम गर्दछ, त्यो संसारको सबैभन्दा ठूलो गरिब हो । उसले पालो पर्खने र धीर हुने विज्ञानलाई पुरै अवमूल्यन गरेको हुनाले ऊ जत्तिको दोषी व्यक्ति अर्को कोही पनि हुन सक्दैन ।
सबै छुटोस्, तर समय नछुटोस्
वास्तविक धनवान्हरू धैर्य गर्दछन्, पालो पर्खन्छन्, दस मिनेट पनि लाइनमा बस्न लाज मानेर वा नसकेर भनसुन र चाकडी गरी सबैभन्दा अघि पुगी आफ्नो काम पट्याउनुलाई जीवनकै अपमान ठान्छन् र भविष्यप्रति अच्चम आशावादी हुन्छन् । उनीहरूमा प्रतीक्षा गर्ने अनन्त शक्ति हुन्छ । समयसँगै हिँड्न पाउँदा उनीहरू असाध्यै प्रसन्न हुन्छन् । जीवनयात्राका क्रममा समयबाहेक सबै कुरा छुटाउन उनीहरू तयार हुन्छन् । बस्, समय नछुटोस्, अरु चाहे जे छुटोस्, त्यसप्रति उनीहरू वास्ता गर्दैनन् ।
‘धैर्य आशा गर्ने कला हो ।’ भनेर गार्गीले भनेका छन् भने ‘आनन्द र शक्ति दुवैको स्रोत धैर्य हो ।’ भनेर जोन रस्किन्ले भनेका छन् । मुहम्मदले धैर्यलाई सन्तोषको पुँजी भनेर भनेका छन् भने रुसोले धैर्यलाई कछुवासँग तुलना गरेका छन् । ‘धैर्य कछुवाजस्तो हुन्छ, तर त्यसको फल मिठो हुन्छ ।’—जाँ ज्याक रुसोको विचार हो यो । प्लाटस नामक विद्वान्ले भनेका छन्,‘सङ्कटका समयमा धैर्य धारण गर्नु नै आधा लडाईँ जित्नु हो ।’ अर्का डिजरायली नाम गरेका विद्वान्का विचारमा धैर्य प्रतिभाको आवश्यक अङ्ग हो । पतञ्जली भन्दछन्,‘जोसँग धैर्यरूपी धन् छ, ऊसँग समस्त संसारको कोष छ ।’
गति होस् त कछुवाको जस्तो
यसप्रकार, विद्वान्हरूले धैर्यलाई आशा गर्ने कला मात्र मानेनन्, आनन्द र शक्तिको स्रोत पनि माने । उनीहरूले यसलाई सन्तोषरूपी पुँजीका रूपमा पनि स्वीकार गरेका छन् । यसको गति कछुवाको जस्तो हुन्छ । अधीर मान्छेले खरायोको गति मन पराउँछन् तर खरायोको गति अन्ततः घातक नै हुन्छ । यदि हामी धैर्य गर्न सक्दछौँ, पर्खन सक्दछौँ भने सङ्कटकालले पनि हामीलाई छुन सक्दोरहेनछ । धीर व्यक्तिहरू नै प्रतिभाशाली पनि हुँदारहेछन् । धैर्यविना हामीभित्रको प्रतिभाले पूर्णस्वरूप प्राप्त गर्न सक्दोरहेनछ । सबैभन्दा ठूलो कुरा त धीरहरू संसारकै धनवान् हुँदारहेछन् ।
अब तपाईँहामीले विचार गरौँ, हामी गरिब कि धनी ? यदि चारपाँच तले घर र अरबौँको भौतिक सम्पत्ति भएर पनि पाँच मिनेट पालो कुर्नुपर्दा खुट्टा कमाउँछौँ, धैर्य गर्नुपर्दा पसिना निकाल्छौँ र स्वाभाविक घटनाहरूलाई सहजरूपमा लिन सक्दैनौँ भने हामी धन भएका गरिब हौँ । तर, गाँस, बास, कपासको समस्या पुरा गर्ने सामान्य अवस्था भएर पनि पर्खन सक्ने, प्रतीक्षा गर्न सक्ने, भविष्यप्रति आशावादी बन्न सक्ने र जीवनयात्राका घटनाप्रतिघटनाहरूलाई सहजरूपमा स्वीकार्ने शक्ति छ भने अरबपति नभए पनि हामी संसारकै धनी हौँ । यसैले, प्रतीक्षा गरौँ, सबै ठीक हुन्छ । सबैतिर आनन्दको घाम लाग्नेछ र सबै अप्ठ्याराहरू हाम्रा आँखाले हेर्दाहेर्दै किनारा लाग्नेछन् ।
सत्सङ्ग प्रतिष्ठानका अध्यक्ष आचार्य लक्ष्मण भण्डारी सुपरिचित लेखक तथा उत्प्रेरक वक्ता हुनुहुन्छ । उहाँको लेखन धर्मदर्शन, अध्यात्म, संस्कार—संस्कृति, सकारात्मक सोच विकास तथा मानवीय मूल्य निर्माणमा केन्द्रित हुने गर्दछ ।