डा. देवी ओझा

उहाँको नेपाल प्रवासको अवधि पचास वर्ष जतिको थियो । उहाँ हिन्दु धर्म, योग, अध्यात्म, दर्शन र साधनाका महान् ज्ञाता हुनुहुन्थ्यो । उहाँको उमेर सामान्यभन्दा बढी थियो भन्नेजस्ता कुराहरूलाई मतैक्यको प्रमुख उदाहरण मान्न सकिन्छ । भनिन्छ, खप्तड बाबाको जन्म जनक शर्मा र गौरी शर्माका सुपुुत्रका रूपमा सन् १८८३ तिर जम्मु कास्मिरमा भएको थियो । उहाँको जन्मको नाम शिवनाथ थियो । कलकत्तामा इन्टरमिडियटको शिक्षा प्राप्त गरेपछि उहाँले डाक्टरी पढ्न बेलायतमा ९ वर्ष बिताउनुभएको थियो ।

शान्तानन्द सरस्वतीबाट सन्न्यासको दीक्षा

‘शरीर नाश भए पनि विचारहरू नाश हुँदैनन्’ भनी विचारहरूको सार्वभौम र सर्वव्यापी महत्तालाई ज्ञान र कर्मयोगको माध्यमबाट उजागर गरी ब्रह्मलीन हुनुभएका पज्ूयपाद स्वर्गीय खप्तड स्वामीले आफ्नो तपस्वी जीवनको सम्पूर्ण अनुभव, आस्था र उपलब्धिलाई ‘नहि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।’ भन्ने गीताको उदात्त सन्देशलाई महान् कार्यमा प्रयोग गर्नुभएको पाइन्छ । दिव्य ज्ञानले परिपूर्ण उहाँका विचार र दृष्टिकोणहरूलाई समेटेर तयार पारिएका ग्रन्थहरू २०३४ सालदेखि हालसम्म पनि अविच्छिन्नरूपले प्रकाशित भइरहेका छन् । हिन्दु आदर्शका महान् पथप्रदर्शक बाबा खप्तड स्वामीले दक्षिण भारतका आदि जगद्गुरु शङ्कराचार्यको गद्दी रहेको श्रङ्गेरी मठका गुरु शान्तानन्द सरस्वतीबाट सन्न्यासको दीक्षा लिनभुएको थियो ।

स्वर्गीय खप्तड स्वामीको सन्न्यासी नाम सच्च्दिानन्द सरस्वती थियो । बाह्र वर्षसम्म वेदवेदान्त, उपनिषद् र योगको गहन अध्ययन गरी पचास वर्ष जति देवभूमि खप्तडमा बसेर गरिएको साधना र ध्यानद्वारा दिव्य ज्ञान प्राप्त गरिसकपेछि उहाँ श्री १००८ परमहंस स्वामी सच्चिदानन्द सरस्वतीका नामबाट परिचित हनुभएको पाइन्छ । दिव्य ज्ञानद्वारा पूर्ण रहको भनी सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूद्वारा स्वीकार गरिएको उहाँको साहित्यमा अध्यात्म, धर्म, स्वास्थ्य, योगसाधना तथा मानिसको कर्तव्यजस्ता अनेक विषयहरूको वैज्ञानिक दृष्टिकोणमा एकरूपता रहेकोले गहन ज्ञानको विषयवस्तु झल्किने गरेको पाइन्छ । सङ्क्षेपमा भन्नुपर्दा खप्तड बाबाको सम्पूर्ण साहित्यमा उल्लेखित विषयवस्तुहरूका पछाडि आधुनिक विज्ञानले विश्वास गरेका तर्कपूर्ण पद्धतिका अभिव्यक्तिहरूले प्रमुख भूमिका खेलेका छन् भन्नु नै बढी उपयुक्त हुन आउँछ ।

खप्तड स्वामीको सम्पूर्ण जीवनयात्रामध्ये साधुसन्न्यासीका रूपमा बिताइएको जीवनको एक ठूलो अंश नेपालमा नै बितेको हुनाले उहाद्वारा रचित सबै साहित्यको प्रकाशन नेपाली भाषामा नै भएकोले यसबाट नेपाली साहित्यको भण्डारमा श्रीवृिद्ध भएको अनुभूत हुन आउँछ । खप्तड स्वामीको सम्पूर्ण जीवनीको विषयमा प्रकाश पार्ने कुनै एउटा पुस्तक पनि प्रकाशित नभएकाले उहाँको जीवनीका सबै पक्षहरूलाई जान्न सकिएको छैन, यद्यपि उहाँको जीवनसम्बन्धी विषयवस्तु र आध्यात्मिक तथा योगका विषयवस्तहुरूलाई उहाँका शिष्य, अनुयायी एवम् प्रशंसकहरूले आआफ्नै ढङ्गले लेखेर प्रकाशित गरिएको भने पाइन्छ । तर, यी सबै प्रकाशित सामग्रीहरूको अध्ययन गर्दै उहाँको उमरेको विषयमा फरकफरक तथ्यहरू कतै सामान्य र कतै अतिरञ्जित किसिमले भनिने गरेका कुुरालाई सहज ढङ्गले स्वीकार गर्न पनि सोच्नुपर्ने स्थिति आउने गरेको छ । यी सबै फरकफरक तथ्यहरू हुँदाहुँदै पनि उहाँको जीवनीका केही तथ्यहरूमा एकरूपता दखिने गरेको तथ्यलाई भने स्विकार्नै पर्छ ।

नेपालको पूर्वी भागदेखि प्रारम्भ गरिएको यस यात्राक्रममा स्व.खप्तड स्वामीले पाथीभरामा दस वर्ष, कालिन्चोकमा ११ वर्ष, जुम्लामा १ वर्ष, दुल्लु धुलेश्वरमा ६ महिना बिताएपछि उहाँ दुई हजार पाँच सालतिर बझाङमा पगुी बझाङका राजा स्व.रामजङ्गबहादुर सिंहको सहयोगमा देवभूमि खप्तडलाई नै आफ्नो अध्यात्म, योग र साधनाको थलो बनाएर खप्तड बाबाको नामले प्रसिद्ध हुनुभएको थियो ।

जनक शर्मा र गौरी शर्माका सुपुुत्र

भारतको कास्मिरमा जन्मिनु भएका स्वर्गीय खप्तड स्वामीले डाक्टरी पढ्नुभएको हो । उहाँको नेपाल प्रवासको अवधि पचास वर्ष जतिको थियो । उहाँ हिन्दु धर्म, योग, अध्यात्म, दर्शन र साधनाका महान् ज्ञाता हुनुहुन्थ्यो । उहाँको उमेर सामान्यभन्दा बढी थियो भन्नेजस्ता कुराहरूलाई मतैक्यको प्रमुख उदाहरण मान्न सकिन्छ । भनिन्छ, खप्तड बाबाको जन्म जनक शर्मा र गौरी शर्माका सुपुुत्रका रूपमा सन् १८८३ तिर जम्मु कास्मिरमा भएको थियो । उहाँको जन्मको नाम शिवनाथ थियो । कलकत्तामा इन्टरमिडियटको शिक्षा प्राप्त गरेपछि उहाँले डाक्टरी पढ्न बेलायतमा ९ वर्ष बिताउनुभएको थियो । डाक्टरी पढेर भारतमा आएपछि दस वर्षसम्म जम्मुमा नै उहाँले आफ्नो क्लिनिक चलाउनुभएको कुरा उहाँको जीवनीको विषयमा प्रकाश पार्ने डाक्टर स्वामी प्रपन्नाचार्यको कथन रहेको छ ।

कालान्तरमा सांसारिक मोहमायाबाट विरक्तिएरै दक्षिण भारतको श्रङ्गेरी मठमा सन्न्यासीको दीक्षा लिएपछि बनारसको क्विन्स कलेजमा बा¥ह वर्षसम्म संस्कृत अध्ययन गरी उपनिषद्, वेद, पुराण तथा अन्य हिन्दु, धर्मग्रन्थको अध्ययन गर्न समय व्यतीत गर्नुभएको पाइन्छ । यस शिक्षाले खप्तड बाबालाई एक महान्, अध्ययनशील र ज्ञानी तपस्वीको रूपमा स्थापित हुन ठुलो मदत मिलेको देखिन आउँछ ।

स्व. खप्तड स्वामीले एक अन्वेषक, तपस्वी एवम् साधन, धर्म र ज्ञान प्रचारक योगीको रूपमा केही समय गढवालको बद्रीकेदार तथा कुमाउको गढमुक्तेश्वर मठमा पनि बिताउनभुएको पाइन्छ । अलमाडे मठमा समेत केही समय बिताएका यी दसबीस वर्षहरूमा उहाँले आफ्नो आध्यात्मिक ज्ञानको सीमा बिस्तार गर्ने अवसर पाउनुभउका हुँदा पछिल्ला दिनहरूमा उहाँका वैचारिक तथ्य र निष्कषर्हरू साहित्यका रूपमा समावेश हुने आधार तयार भएको देखिन्छ । सबैभन्दा मुख्य कुरा हिमालयसँग उहाँको अगाध श्रद्धा र लगाव वृद्धि हुँदै गएकाले नेपालको ताप्लेजुङको पाथीभरा देवीस्थानबाट नेपालमा प्रवेश गरेपछि सदाका लागि देवभूमि नेपालमा नै बस्नुभएको कुरा उल्लेख छ ।

नेपालको पूर्वी भागदेखि प्रारम्भ गरिएको यस यात्राक्रममा स्व.खप्तड स्वामीले पाथीभरामा दस वर्ष, कालिन्चोकमा ११ वर्ष, जुम्लामा १ वर्ष, दुल्लु धुलेश्वरमा ६ महिना बिताएपछि उहाँ दुई हजार पाँच सालतिर बझाङमा पगुी बझाङका राजा स्व.रामजङ्गबहादुर सिंहको सहयोगमा देवभूमि खप्तडलाई नै आफ्नो अध्यात्म, योग र साधनाको थलो बनाएर खप्तड बाबाको नामले प्रसिद्ध हुनुभएको थियो । स्वामीजीको साहित्यमा देखिने अनुपम, विलक्षण र चामत्कारिक विचारहरूलाई खप्तडको दैवी चेतनायुक्त वातावरण तथा सौन्दर्यानुभूतिको जागरणले पे्ररित गर्दै रहेको कुरा सिद्ध हुन आउँछ ।

२०५३ साल वैशाख २७ गते खप्तडमा बह्मलीन

नेपालसँग आध्यात्मिकरूपले एकाकार नै भएको जस्तो देखिने उहाँको सम्पूर्ण जीवनगाथाका प्रेरक उपलब्धिहरू अत्यधिक वन्दनीय छन् । यी सबै तथ्यहरूमाथि विचार गर्दा मोटमोटीरूपले उहाँको उमेर कम्तिमा एक सय सत्र वर्ष हुनुपर्ने प्रमाणित हुन आउँछ । विसं २०५३ साल वैशाख २७ गते खप्तडमा नै बह्मलीन हुनका लागि आखिरी सास फेरेको यस महान् आत्माको सम्पूर्ण जीवनमध्ये विभिन्न आवधिक चरणहरूको गणना गर्दा उहाँले सन्न्यास ग्रहण गरी धर्म, संस्कृति, अध्यात्मयोग, दर्शन र विचारहरूको चिन्तन मनन्मा समर्पित गरेको सत्सठ्ठी वर्षको समयावधिलाई मानवकल्याणका निमित्त अत्यधिक उपयोगी अनेक धार्मिक ग्रन्थहरूको रचना गर्नमै बिताउनुभएको देखिन्छ ।

अजेय र अमर आत्माको प्रतिमूर्मिका रूपमा पुिजने महान् धार्मिक व्यक्तित्वका धनी स्व.खप्तड स्वामीको ज्ञानधारालाई प्रवाहित गर्न सफल भएका यस्ता ग्रन्थहरूका धेरै संस्करणहरू नेपाली र हिन्दी भाषामा प्रकाशित भइसकेका छन् । यी ग्रन्थहरूमा उहाँको आफ्नो विषयगत दृष्टिकोण, मन्तव्य, अभिमत तथा वैचारिक निष्ठा पनि प्रतिबिम्वित भएका हुँदा यी ग्रन्थहरूले खप्तड बाबालाई धार्मिक आध्यात्मिक क्षेत्रको विशिष्ट स्थानमा राख्ने गरेका छन् । उहाँका विचार र उपदशेहरूलाई सङ्कलन र प्रकाशन गर्ने उद्देश्यले गठित खप्तड आश्रम प्रकाशन समिति बुढानीलकण्ठ, काठमाडौँले प्रचार गर्न बाँकी वा अध्ययन गर्न छुटेका वा विगतमा प्रकाशित भई पुनः प्रकाशित गर्न आवश्यक सम्झिने सामग्रीहरूलाई प्रकाशित पनि गरिरहेको छ । यसरी, हालसम्म प्रकाशित स्व. खप्तड बाबाको साहित्यलाई उहाँको तपस्या, साधना र अध्ययनबाट प्राप्त ज्ञानले आर्जन गरेका गहन विचारहरू यसमा समावेश भएको विषयलाई हिन्दु धर्म साहित्यमा अद्वितीय मान्नुपर्ने हुन आउँछ । हिन्दु धर्म, संस्कृति र अध्यात्मवादको संरक्षण तथा श्रीवृिद्धमा उहाँद्वारा रचित सबै पुस्तकहरू युगान्तकारी हुने करुामा दुईमत छैन ।