फल नभएको वृक्षलाई चराहरूले छाडिदिन्छन्, बासी फुललाई भमराहरुले छाडिदिन्छन्, डढेलो लागेको वनलाई मृगहरुले छाडिदिन्छन्, धन नभएको पुरुषलाई वेश्याहरुले छाडिदिन्छन् भने शक्ति र ऐश्वर्य नभएका राजालाई मन्त्रीहरूले छाडिदिन्छन् । वास्तवमा को पो कसको प्रिय छ र ?

स्वर्गमा बस्नेहरूका लक्षण

सदा प्रसन्न मुखमिष्टवाणी, सुशीलता च स्वजनेषु सख्यम् ।
सतां प्रसङ्ग कुलहीनहानं चिह्नाति देहे त्रिदिवस्थितानाम् ।।
(सदा प्रसन्न रहनु, मिठो बोल्नु, सुशीलता, आत्मीयजनप्रति प्रेम, सज्जनहरुसँगको सङ्गत र छुद्रहरुको उपेक्षा—यी स्वर्गमा बस्नेहरुका लक्षण हुन् ।)—चाणक्यनीति

विद्याको महिमा

येषां न विद्या न तपो न दानं, ज्ञानं न शीलं न गुणो न धर्मः ।
ते मत्र्यलोके भुविभार भूता, मनुष्यरूपेण मृगाश्चरन्ति ।।
(जोसँग विद्या छैन, न ज्ञान छ, न शील छ, न गुण छ र न धर्म छ, ती यस मृत्युलोकमा पृथ्वीका भार भएर मनुष्यरूपी मृगझैँ यताउता घुमफिर गरिरहन्छन् ।)—भर्तृहरिनीति

शक्तिको शक्ति

वृक्षं क्षीणफलं त्यजन्ति विहगाः शुष्कं सरः सारसाः,
पुष्पं पर्युपषितं त्यजन्ति मधुपा दग्धं वनान्तं मृगाः ।
निद्र्रव्यं पुरुषं त्यजन्ति गणिका भ्रष्टश्रियं मन्त्रिणः
सर्वः कार्यवशाज्जनोऽभिरमते कस्यास्ति को वल्लभः ।।
(फल नभएको वृक्षलाई चराहरूले छाडिदिन्छन्, बासी फुललाई भमराहरुले छाडिदिन्छन्, डढेलो लागेको वनलाई मृगहरुले छाडिदिन्छन्, धन नभएको पुरुषलाई वेश्याहरुले छाडिदिन्छन् भने शक्ति र ऐश्वर्य नभएका राजालाई मन्त्रीहरूले छाडिदिन्छन् । वास्तवमा को पो कसको प्रिय छ र ?) —काव्यसङ्ग्रह

जोसँग विद्या छैन, न ज्ञान छ, न शील छ, न गुण छ र न धर्म छ, ती यस मृत्युलोकमा पृथ्वीका भार भएर मनुष्यरूपी मृगझैँ यताउता घुमफिर गरिरहन्छन् ।—भर्तृहरिनीति