समग्र सृष्टिको कल्याण गर्ने हेतुले भारी वर्षात् हुने क्रममा निर्वासित हुन पुगेका सर्पहरू यतिबेला पाहुना बनेर हाम्रो घर वरपर वा दायाँबायाँ आउँदा तिनलाई आश्रय दिनु, तीप्रति कृतज्ञता प्रकट गर्नु र पूजन समेत गर्नु हाम्रो कर्तव्य हुन्छ । यसरी वर्षात्का समयमा नागपञ्चमी पर्व मनाएर हाम्रा ऋषिमुनीहरूले ठूलो अर्थ र सन्देश प्रवाह गरिरहेका छन् ।
विशेष संवाददाता
आज नाग पञ्चमी । नागपञ्चमी हिन्दुहरूको प्रमुख चाड हो । हिन्दू क्यालेन्डर अनुसार साउन महिनाको शुक्ल पक्षको पञ्चमी थितिलाई नागपञ्चमीका रूपमा मनाइन्छ । आजको दिन नाग देवता वा नागको पूजा गरी दूधले नुहाइन्छ, तर कतिपय ठाउँमा दूध खुवाउने चलन सुरु भएको छ । कोब्रालाई दूध खुवाउँदा अपच वा एलर्जीका कारण मर्छन् । शास्त्रमा सर्पलाई दूध खुवाउन नभई दूधले नुहाउन भनिएको छ । आज नवनागको पूजा गरिन्छ । आजको शुभ पर्वमा भारतको वाराणसीमा रहेको (काशी)को नागकुवा भन्ने ठाउँमा ठूलो मेला लाग्छ । तक्षक नाग संस्कृत सिक्न गरुडजीको भयका कारण बालकको रूपमा यस ठाउँमा आएका थिए भन्ने किंवदन्ती छ । गरुडजीले यो कुरा थाहा पाएर तक्षकमाथि आक्रमण गरे तर गुरुको प्रभावले गरुडजीले तक्षक नागलाई अभय दान दिए, त्यसबेलादेखि त्यहाँ नागपञ्चमीको दिनदेखि नागको पूजा गरिन्छ । के मान्यता छ भने जो यहाँ नागपञ्चमीको दिन पूजा गरी नागकुण्डको दर्शन गर्दछ, उसको जन्मकुण्डलीमा रहेको सर्प दोष हट्छ । नागपञ्चमीको दिन भरतका कतिपय गाउँ र सहरहरूमा कुस्तीको आयोजना गरिन्छ, जसमा नजिकैका पहलवानहरू सहभागी हुन्छन् । यस दिन गाई, गोरुलगायतका जनावरलाई खोला, पोखरीमा लगेर नुहाउने गरिन्छ ।
संस्कृति
पुरातन सतानन हिन्दू संस्कृतिले पशु–पक्षी, रुख–वनस्पतिसँग आत्मीय सम्बन्ध स्थापित गर्न खोजेको छ । यहाँ गाईको पूजा गरिन्छ । धेरै दिदीबहिनीले कोकिला व्रत गर्छन्। यो कोइली देखेपछि अथवा त्यसको आवाज कानमा पुगेपछि मात्रै खाना खाने व्रत हो । हामीकहाँ वृषोत्सवको दिन गोरुको पूजा गरिन्छ । वट–सावित्री जस्ता व्रतमा वरको पूजा गरिन्छ, तर नागपञ्चमीको दिनमा सर्पको पूजा गर्दा हाम्रो संस्कृतिको विशिष्टता चरम सीमामा पुग्छ ।
गाई, गोरु, कोयल आदिको पूजा गरेर हामी ती पशुचौपायासित आत्मीय सम्बन्ध स्थापित गर्न खोज्छौं किनभने तिनीहरू छन् हाम्रालागि उपयोगी छन् । तर हाम्रालागि सर्पले के काम गर्छ, त ? सर्पले डस्यो भने यो जीवन रहँदैन । हामी सबै सर्पसित डराउँछौँ । सर्पको डरले नै सर्प पूजा सुरु भएको हो भन्ने धेरैको विश्वास छ तर यो मान्यता हाम्रो संस्कृतिसँग मेल खाँदैन । सर्पलाई देवता मान्नुमा आर्यहरूको हृदयको विशालता देखिन्छ। ‘कृणवन्तो विश्वमार्यम्’ को गर्जनसँगै अघि बढ्दै गर्दा आर्यहरूले विभिन्न प्रकारका पूजा गर्ने समूहहरूसँग सम्पर्कमा आउनुपरेको थियो । वेदका प्रभावकारी विचारहरू उनीहरूसम्म पु¥याउन आर्यहरूले धेरै मेहनत गर्नुपरेको थियो तर आर्यहरूको अखण्ड विश्वास थियो । यसलाई सफल बनाउन आर्यहरूले विभिन्न समूहमा घुमे, विभिन्न देवताहरूको पूजा स्वीकार गरे र विभिन्न समूहहरूलाई आत्मसात् गरी उनीहरूलाई आफैंमा विलय गरे । यिनै विभिन्न पूजाहरू ग्रहण गर्दा नै नागपूजनको परम्परा आरम्भ भएको हुनुपर्छ भन्ने लाग्छ ।
हामीकहाँ सर्पपूजन
नेपाल एक कृषि प्रधान देश हो, सर्पले खेतको रक्षा गर्छ, त्यसैले यसलाई क्षेत्रपाल भनिन्छ । सर्पहरूले बालीनालीलाई हानी गर्ने तत्त्वहरू जनावर, मुसा आदिलाई नष्ट गरेर हाम्रो खेतीलाई हरियालीपूर्णं राख्न सघाउँछन् । सर्पले मनुष्यलाई धेरै मौन सन्देश पनि दिन्छन् भनिन्छ । सर्पका गुणहरू हेर्नको लागि शुभ दृष्टि हुनुपर्छ भन्ने मान्यता छ । भगवान् दत्तात्रयको यस्तो शुभ दर्शन थियो, त्यसैले उहाँले हरेक कुराबाट केही न केही सिक्नुभयो ।
सर्पले सामान्यतया कसैलाई अनावश्यक रूपमा टोक्दैन । उसलाई डिस्टर्ब गर्ने वा जिस्काउनेलाई मात्र उसले डस्छ अथवा टोक्छ । सर्प पनि भगवान्को शल्यचिकित्सक हो । यदि सर्पले हामीलाई कुनै पनि हानि गर्दैन र सहयोगी बनेर बाँचिरहन्छ भने हामीलाई मार्ने कुनै अधिकार छैन । जब हामी उसको ज्यान लिन खोज्छौं, तब उसले आफ्नो ज्यान जोगाउन वा आफ्नो जीवन जोगाउन हामीलाई टोक्यो भने उसलाई कसरी दुष्ट भन्न मिल्छ र? के हामीले हाम्रो ज्यान लिनेहरूको ज्यान लिने प्रयास गर्दैनौं ?
सर्पलाई गन्ध धेरै मन पर्छ । कतै चम्पाको बोटलाई अँगालो हालेर बस्दछ भने कहिले चन्दनको रुखमा बस्छ । केतकी फूलको जंगलमा घुमिरहन्छ । उसलाई सुगन्ध मनपर्छ, त्यसैले सर्प सनातन संस्कृतिलाई प्रिय छ ।
हरेक मानिसको जीवनमा सद्गुणको सुगन्ध छ, असल विचारको सुगन्ध छ, त्यो सुगन्ध हामीलाई प्रिय हुनुपर्छ । वर्षौंको मिहिनेतले जम्मा गरेको शक्ति भनेको विष हो, कसैलाई त्यसरी टोकेर खेर फाल्न चाहँदैनन्, सर्पहरू । यदि हामीले जीवनमा केही तपस्या गर्यौं भने त्यसबाट पनि शक्ति मिल्छ । यो शक्ति कसैसँग रिसाएर, कमजोरलाई आश्चर्यमा पार्ने वा कमजोरलाई दुःख दिनमा खेर फाल्न हुँदैन । त्यो शक्ति हाम्रो विकासमा खर्च गर्नुपर्दछ, अक्षमलाई असक्षम बनाउन अथवा कमजोरलाई बलियो बनाउनमा ।
सर्पमणि अथवा नागमणि
केही दिव्य एवम् दैवी सर्पहरूको टाउकोमा मणि हुन्छ । रत्न र मणिहरू अमूल्य छन् । हामीले जीवनमा दिमागलाई अमूल्य चीजहरू (वस्तुहरू) पनि दिनुपर्छ । समाजको मुकुटजस्ता महापुरुषको स्थान हाम्रो मनमा हुनुपर्छ । हामीले उहाँहरूको डोलीलाई प्रेमका साथ उठाउनुपर्छ र उहाँकै विचारअनुसार आफ्नो जीवन निर्माण गर्ने प्रयास गर्नुपर्छ । यदि हाम्रो ज्ञानले आत्म–विकासमा सहयोग गर्दैन भने त्यो ज्ञानलाई कसरी ज्ञान भनिन्छ र ? त्यसैले मुमुक्षु नित्य जनमानस र भीडभाडबाट टाढै रहनुपर्छ । यस सन्दर्भमा सर्पको उदाहरण दिइएको छ ।
देवता र दानवहरूद्वारा समुद्र मन्थनमा हतियार बनेर कोब्रा अनि वासुकी नागहरूले दुष्टहरूलाई पनि ईश्वरीय कार्यमा औजार बन्ने बाटो खोलिदिएका छन् । दुष्ट मानिसले पनि सही मार्गमा लागेमा सांस्कृतिक कार्यमा धेरै योगदान दिन सक्छन् । धेरै दुर्बलता भएका कारण त्यस्ता व्यक्तिले आफूले गरेका असल कर्महरूमा धेरै घमण्ड पनि गर्दैनन् । भगवान्ले तिनलाई ग्रहण गर्नुहुन्छ, जसरी शिवले घाँटीमा सर्प राखेर शरण दिनुभएको छ र विष्णुले शेषनागमाथि शयन गरेर गर्नुभएको छ ।
समग्र सृष्टिको कल्याण गर्ने हेतुले भारी वर्षात् हुने क्रममा निर्वासित हुन पुगेका सर्पहरू यतिबेला पाहुना बनेर हाम्रो घर वरपर वा दायाँबायाँ आउँदा तिनलाई आश्रय दिनु, तीप्रति कृतज्ञता प्रकट गर्नु र पूजन समेत गर्नु हाम्रो कर्तव्य हुन्छ । यसरी वर्षात्का समयमा नागपञ्चमी पर्व मनाएर हाम्रा ऋषिमुनीहरूले ठूलो अर्थ र सन्देश प्रवाह गरिरहेका छन् ।
सर्पले सामान्यतया कसैलाई अनावश्यक रूपमा टोक्दैन । उसलाई डिस्टर्ब गर्ने वा जिस्काउनेलाई मात्र उसले डस्छ अथवा टोक्छ । सर्प पनि भगवान्को शल्यचिकित्सक हो । यदि सर्पले हामीलाई कुनै पनि हानि गर्दैन र सहयोगी बनेर बाँचिरहन्छ भने हामीलाई मार्ने कुनै अधिकार छैन । जब हामी उसको ज्यान लिन खोज्छौं, तब उसले आफ्नो ज्यान जोगाउन वा आफ्नो जीवन जोगाउन हामीलाई टोक्यो भने उसलाई कसरी दुष्ट भन्न मिल्छ र? के हामीले हाम्रो ज्यान लिनेहरूको ज्यान लिने प्रयास गर्दैनौं ?
नागपूजन कसरी गर्ने ?
१. बिहान सबेरै उठेपछि घर सफा गर्नुहोस् र अनावश्यक व्यस्तताबाट निवृत्त हुनुस् ।
२. नुहाई सकेपछि सफा, स्वच्छ र पवित्र लुगा लगाउने ।
३. पुजाका लागि सेवईको अथवा चामलको आदि ताजा भोजन तयार पार्ने । (कतिपय ठाउँमा भने नागपञ्चमीको अघिल्लो दिन खाना बनाएर राखिन्छ भने नागपञ्चमीको दिन बासी खाना खाइन्छ ।)
४. त्यसपछि भित्तामा गेरु रङ्ले चित्र कोरेर पूजा गर्ने ठाउँ बनाइन्छ । त्यसपछि काँचो दुधमा कोइला पिसेर घरको भित्तामा नागको आकार बनाउने गरिन्छ । ढोकाको दुवैतिरको छेउमा पाँच वटा फणा भएका सर्पको पूजा गरिन्छ ।
५. कतिपय ठाउँमा सुन, चाँदी, काठ, माटो, बेसार र चन्दनको मसीले र गोबरले मूल ढोकाको दुवैतिर पाँच वटा फणा भएका नागदेवलाई अङ्कित गरी पूजा गरिन्छ ।
६. सबैभन्दा पहिले एक कचौरा दूध सर्पलाई अर्पण गरिन्छ ।
७. त्यसपछि कुश, दुबो, दही, तिन, जौ, फूल, सुगन्ध, अक्षता, काँचो दूध र चामल आदिले पूजा गरेपछि मीष्ठान्न अर्पण गरिन्छ ।
८. अन्तिममा आरती गरेसकेपछि कथा कथा श्रवण गर्नुपर्दछ । (विकिपिडियामा प्राप्त सूचनाका आधारमा अनुदित तथा सम्पादित)
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।