हामीसँग सुगन्ध छ, रस छ, मुस्कुराहट छ, कोमलता छ । यी सबै बाँडेर नै हामी हरेक मानिसको स्नेह, माया र प्रेम प्राप्त गर्दछौँ । यही नै हाम्रो जीवनको अर्को सार्थकता हो ।”

अत्यन्त सुन्दर र रङ्गीबिरङ्गी फूलहरूले भरिभराउ बगैँचामा एउटा सानो चरो आयो र एकछिन बस्यो । एकछिनपछि यताउता फुत्रुकफुत्रुक उफ्रिँदै फुर्किदै सानामसिना अन्नका दाना टिप्न थाल्यो । यसरी एकछिन अन्नका दाना टिपेर पेट भरेपछि बगैँचामा खुसीले फुलिरहेको एउटा फूलसँग चराले सोध्यो “फूल, तिमी साँच्चै मूर्ख छौ । जति रस जम्मा गर्छौ, त्यो सबै मौरी र पुतलीहरूले खाइदिन्छन् । कमसेकम उनीहरूसँग पनि त केही लिने गर ।”

चराको कुरा सुनेपछि पूmल अझ मुस्कुरायो र भन्यो, “हे चरी, केही कसैसँग लिएर दिनु त स्वार्थ हो । केही पाउने आशा नगरिकन दिनु नै सेवा, त्याग र समर्पण हो । यही नै हाम्रो सानो जीवनको उद्देश्य हो ।”

फूलले अझ अगाडि बतायो, “हामीसँग सुगन्ध छ, रस छ, मुस्कुराहट छ, कोमलता छ । यी सबै बाँडेर नै हामी हरेक मानिसको स्नेह, माया र प्रेम प्राप्त गर्दछौँ । यही नै हाम्रो जीवनको अर्को सार्थकता हो ।”

वास्तवमा हरेक मान्छे फूलजस्तै छ । उससँग भएका प्रेम, करूणा दया, सेवा, सहयोग र क्षमताजस्ता जीवनका शाश्वत सौन्दर्य र सुगन्ध बाँडेर उसले पनि आप्mनो जीवनलाई सार्थक बनाउन सक्दछ । के आज फूलको जस्तै कोमल भावना र सुन्दर विचार भएका मानिस छैनन् ? अवश्य छन् ।

हामी पनि हाम्रो जीवनका सौरभ बाँडेर जीवनलाई धन्य बनाऔँँ । प्राप्ति जीवन होइन, जीवन त त्याग हो । त्याग नै अमरताको स्रोत पनि हो । लिन खोज्नेहरूलाई समयले नै समाप्त गरिदिन्छ तर दाताहरू समयलाई नै जितेर कालजयी बन्न सक्दछन् ।

केही कसैसँग लिएर दिनु त स्वार्थ हो । केही पाउने आशा नगरिकन दिनु नै सेवा, त्याग र समर्पण हो । यही नै हाम्रो सानो जीवनको उद्देश्य हो ।”