कुनै किसिमको ठोस खाना खाएको कम्तिमा ३ घन्टापछि मात्रै यो गर्न सकिन्छ । यदि राति अबेरसम्म जागेको र ढिलो गरी खाइएको छ र बिहानै योगाभ्यास गर्दै हुनुहुन्छ भने प्राणाभ्यास सकेको न्यूनतम ३०–४० मिनेटपछि मात्रै आहार लिनु हितकर हुन्छ ।
१. मनोभूमि :
आस्था र श्रद्धापूर्वक गरेको योग सर्वलाभकारी हुन्छ । अनास्था या मजबुरीमा गर्दै हुनुहुन्छ भने प्रभाव न्यून रहन्छ ।
२. उचित समय :
बिहान, ब्रह्ममूहुर्त अर्थात् झुल्किँदो घामसँगै, खाली पेट, शौचक्रिया सकिएपछिको समय उत्तम मानिन्छ । दिउँसो तथा बेलुका पनि गर्न सकिन्छ तर पेटमा ठोस खाना पुगेको तीन घन्टा व्यतीत भइसकेको हुनुपर्छ ।
३. स्थानः
सफासुग्घर, बाहिरी हावाको प्रत्यक्ष प्रवेश हुने र एकान्त होस् । म्याट, कम्बल, गुन्द्री राडी या अन्य वस्तु ओच्छ्याई योगभ्यास गर्नु राम्रो हुन्छ । सहरबजारमा बस्नेहरूले घरको छत प्रयोग गर्न सक्नुहुन्छ ।
४. पहिरन :
खुकुलो कपडा, सकेसम्म सुतीको कपडा लाउने । कुनै मणिमाला, रुद्राक्षमाला या अन्य घाँटीको सिक्री निकाल्ने । कसिलो घडी या औँठी भए फुकालेर मात्र योगाभ्यास गर्नुपर्दछ ।
५. पानी या चियाकफी :
योगाभ्यास सुरु गर्नु तुरुन्त अगाडि र तुरुन्त पछाडि पानी या चिया–कफी पिउनुहुँदैन । न्यूनतम १५ मिनेट अघिपछि मात्रै पिउने गरौँ ।
६. नुहाउने कुरा :
सामान्य व्यायाम, एरोबिक्स या मार्सल आर्टमा जस्तो खलखली पसिना योगाभ्यासमा आउँदैन । त्यसैले, नुहाएर योग गर्नु राम्रो हुन्छ, किनकि स्नान पछाडि शरीरस्थ रक्तसञ्चार तेज र बहिर्गामी हुन्छ, जसका कारण शरीर तातो हुन थाल्दछ । मन र तन दुवै प्रसन्न हुन्छ । प्रसन्न मुद्रामा गरिएको योग प्रभावकारी हुन्छ । साथै योगको अन्तमा गरिने ध्यान वा प्रार्थनाका लागि कुनै व्यतिक्रम हुँदैन ।
७. श्वासप्रश्वास :
शरीरका अङ्गहरू चलाउने र तोडमोड गर्नाले मात्रै योग हुँदैन । क्रम–उपक्रम अनुसार श्वास–प्रश्वासको चाललाई जोड्नुपर्दछ । सदैव ध्यान राख्नुपर्दछ– छाती, पेट या शरीरको अङ्ग तन्किँदा तथा प्रसारित हँुदा श्वास भर्ने र यसका विपरीत छाती, पेट या शरीरको अङ्ग खुम्चिँदा तथा सङ्कुचित हँुदा श्वास छोड्ने गरी मानसिक समायोजन गर्नुपर्दछ । यसो गर्दा योगाभ्यासको क्रममा शरीरभित्र उत्पन्न सबै रक्तविकार प्रश्वास सँगसँगै बाहिर निस्कन्छ र आवश्यक प्राणवायु तथा अक्सिजनको परिपूर्ति हुन्छ ।
यदि योगाभ्यास गर्दै गर्दा मलमूत्रको वेग बढेको छ भने एकक्षण पनि नरोकौँ । आयुर्वेदले यसलाई अधारणीय वेग मान्दछ । त्यसमाथि शारीरिक उथलपुथलले गर्दा शरीर निचोरिन्छ र शीघ्र हलुका हुन चाहन्छ ।
८. विश्राम तथा समयान्तर :
हरेक २–३ अभ्यासपछि केही क्षण विश्राम लिँदै योगाभ्यास गर्नु स्वस्थकर हुन्छ । अस्तव्यस्त श्वासलाई सामान्य अवस्थामा ल्याउने प्रयास गरिरहनुपर्दछ । विश्राम गर्दा आँखा चिम्ली एकाग्र मनले आन्तरिक अवलोकन गर्नुपर्दछ । ४५ मिनेटभन्दा बढीको योगाभ्यासमा शवासन तथा योगनिद्राको लागि अन्तमा ४–५ मिनेट छुट्याउनु राम्रो हुुन्छ ।
९. स्व–क्षमता :
आफ्नो मनो–शारीरिक क्षमता अनुसारको योगाभ्यास गरौँ । क्षमताभन्दा बढी गर्दा ओजक्षय हुन्छ । त्यसैले, समूहमा योग गर्दा अरूले बढी ग¥यो भन्ने सोच नराखौँ । बरु हरेक भोलिपल्ट क्षमता बढाउँदै र अभ्यास पनि बढाउँदै लैजानु राम्रो हुन्छ ।
१०. सजगता :
सजगता या होसपूर्वक गरेको योगाभ्यास स्थायी र गुणकारी हुन्छ । हरेक क्रम–उपक्रम, हरेक चरण र पद्धतिप्रति सजग रहौँ । मनदेखि नै डुबेर, बडो तन्मयतापूर्वक योग गरौँ । अन्यथा समय मात्रै खेर जान्छ । प्रतिपल मनमाथि नियन्त्रण राखौँ । मनलाई रिक्त बनाउँदै द्रष्टा भाव विकसित गर्ने प्रयास गरौँ । यसरी गरेको योगले शारीरिक मात्र नभएर आध्यात्मिक विकास समेत गराउँछ ।
११. मल मूत्र वेग :
यदि योगाभ्यास गर्दै गर्दा मलमूत्रको वेग बढेको छ भने एकक्षण पनि नरोकौँ । आयुर्वेदले यसलाई अधारणीय वेग मान्दछ । त्यसमाथि शारीरिक उथलपुथलले गर्दा शरीर निचोरिन्छ र शीघ्र हलुका हुन चाहन्छ ।
१२. मोबाइल प्रयोग :
यथासम्भव योगाभ्यासको बिचमा मोबाइल प्रयोग नगरौँ । यसले क्रम ध्यान र सजगतालाई भङ्ग गरिदिन्छ । यदि समूहमा गर्दै छौँ भने अरूलाई व्यवधान पुग्दछ । मोबाइल फोनको विकीरण पनि त्यति स्वास्थोचित मानिँदैन ।
१३. अवधि :
घटीमा ३० मिनेट नगरी योगाभ्यासको प्रभाव स्थिर हुन सक्दैन । शरीर, प्राण, चेतना र नाडीतन्त्रमा सामञ्जस्यता आउन कम्तिमा २५–३० मिनेट लाग्दछ । त्यसैले, एक बसाइमा न्यूनतम ३० मिनेट अवश्य गरौँ ।
१४. रोगावस्था या अशक्तता :
यदि व्यक्ति शरीर उठाउन नसक्ने गरी रोगग्रस्त छ भने केही सुतेरै गर्न मिल्ने आसन प्राणायाम गर्न सकिन्छ । यदि उठेर भुइँमा बस्न नमिल्ने तर सोफा या कुर्सीमा बस्न सकिने छ भने त्यसमा बसेर गर्न सकिन्छ । रोगव्याधिले थला पारेको तथा अत्यन्त अशक्त अवस्था छ भने सामान्य श्वास–गणना, मानसिक ध्यान–जप, प्राणाकर्षण क्रिया सुतेरै पनि गर्न मिल्छ ।
१५. नियमितता र निरन्तरता :
जुन कुरा नियमित हुन्छ, त्यो बहुलाभकारी हुन्छ, जुन नियमित हुँदैन त्यो क्षणिक हुन्छ । नियमित भनेको निर्दिष्ट समयावधि एवम् निर्दिष्ट समयमा गर्ने र निरन्तर भनेको प्र्रत्येक दिन नछुटाइकन गर्ने साधना हो । योगले सधँै नियमित र निरन्तरतारूपी दक्षिणा माग्दछ । बरु थोरै होस्, छोटै होस्, प्रत्येक दिन योग गरौँ ।
१६. खाली पेट :
कुनै किसिमको ठोस खाना खाएको कम्तिमा ३ घन्टापछि मात्रै यो गर्न सकिन्छ । यदि राति अबेरसम्म जागेको र ढिलो गरी खाइएको छ र बिहानै योगाभ्यास गर्दै हुनुहुन्छ भने प्राणाभ्यास सकेको न्यूनतम ३०–४० मिनेटपछि मात्रै आहार लिनु हितकर हुन्छ ।
१७. अति थकावट :
अनिन्द्रा – यदि तपाईँ अति थाकेको, अनिँदो (राति नसुतेको), लामो यात्राले गलेको, अति मैथुनबाट गलेको, मूच्र्छित भएर उठेको, लामो समय भोको बसेको स्थितिमा हुनुहुन्छ भने योग नगरौँ । शरीर र मन स्वाभाविक स्थितिमा आएपछि पुनः सुरु गर्नु राम्रो हुन्छ ।
१८. व्रत या कल्पसाधना :
निराहार या निर्जला व्रत बस्दै हुनुहुन्छ, आयुर्वेदिक कायाकल्प चिकित्सा या साधना गर्दै हुनुहुन्छ भने त्यो दिन कठिन योगाभ्यास गर्नुहुँदैन ।
१९. विज्ञ तथा जानकार सम्पर्क :
आफूलाई द्विविधा भएको अभ्यास, थप जान्नुपर्ने कुरा र चिकित्सकीय पक्षबारे जानकारी लिनुपर्ने भए कुशल योगाचार्य तथा जानकार व्यक्तिसँग सम्पर्क राखौँ । जथाभावी आफ्नो पाराले नगरौँ ।
२०. साइड इफेक्ट:
योग पूर्णतः साइड इफेक्टरहित पद्धति हो । लामो कालसम्म कुनै विपरीत प्रकृतिको अभ्यास गरियो भने केही नगण्य हानि हुन सक्छ, अन्यथा यसमा कुनै दुष्प्रभाव छैन । केही सावधानीहरू भने जान्नुपर्ने हुन्छ, जसको उल्लेख हरेक क्रियाको व्याख्यासँगै प्रस्तुत गरिएको छ ।
बिहान, ब्रह्ममूहुर्त अर्थात् झुल्किँदो घामसँगै, खाली पेट, शौचक्रिया सकिएपछिको समय उत्तम मानिन्छ । दिउँसो तथा बेलुका पनि गर्न सकिन्छ तर पेटमा ठोस खाना पुगेको तीन घन्टा व्यतीत भइसकेको हुनुपर्छ ।
डा.राजु अधिकारी ‘खाने कसरी, पिउने कसरी ?’, ‘यस्तो होस् जीवनशैली’जस्ता अत्यन्त जीवनोपयोगी तथा प्रेरक पुस्तकका लेखक हुनुहुन्छ भने चर्चित उत्प्रेरक वक्ता तथा प्रशिक्षक पनि हुनुहुन्छ । वाग्मती सफाइ अभियानका एक जना संस्थापक सदस्य डा.अधिकारी जीवनशैली र स्वास्थ्य सचेतनाका विज्ञ मानिनुहुन्छ ।