प्रकृतिले व्यक्तिलाई मार्न भनेर जन्माएकै होइन । सँधै अजम्बरी हुने अक्कल र रहस्यमयी शरीर दिएर जन्म दिएको हुन्छ । तर, विडम्बना ! मनुष्य आफ्नै दाँत र जिब्रोको तलतले बानीलाई हतियार बनाउँछ र त्यसको असंयमद्वारा आफ्नै मन्दमन्द हत्या गरिरहन्छ । यसरी हत्या गरिएपछिको चिहान पनि सँगसँगै लिएर हिँड्छ । र, त्यो चिहान हो पेट । यी तीन अवयवहरू दाँत, जिब्रो र पेटको दुरुपयोग नै मूलतः मानिसको अल्पायु मृत्युको कारण हो ।
प्रार्थयामहे भव शतायुः ईश्वर सदा त्वाम् च रक्षतु ।
पुण्य कर्मणा कीर्तिमार्जय जीवनम् तव भवतु सार्थकम् ।
ईश्वरले सदैव रक्षा गरुन्, समाजमा उपयोगी कार्यका लागि सधैं यश प्राप्त होस् । यहाँको जीवन सबैकालागि कल्याणकारी होस्, हामी यहाँका लागि यही प्रार्थना गर्दछौँ ।
स्थायी वासस्थान हाम्रो शरीर
धेरैजसो मानिस ढुङ्गामाटोले बनेको घरलाई आफ्नो बासस्थान भन्छन् । ढुङ्गामाटोले बनेको घर हाम्रो बासस्थान त हो तर अस्थायी मात्र हो । हाम्रो स्थायी बासस्थान हाम्रो शरीर हो ।
हाम्रो प्राण, जीवन र आत्माको निवास शरीरमा हुन्छ । सुस्वास्थ र दीर्घायु घरको सजावट हो । हामीले बनाउने इँटाढुङ्गाको घरमा हामी चैबिसै घण्टा निवास गर्दैनाँै जबकि शरीररूपी घरमा हाम्रो जिन्दगी चौबिसै घण्टा निवास गर्दछ ।
तसर्थ यो अनमोल घर अर्थात् आफ्नो शरीरको सदासर्वदा हेरविचार गर्नुपर्दछ । आवश्यकता पर्नासाथ यसको मर्मत सम्भार गरिहाल्नुपर्छ । शरीरको हेरविचार र मर्मतसम्भार भनेको योग, व्यायाम, कसरत, सन्तुलित आहार र शारीरिक श्रम हो ।
प्रकृति र स्वयं बीचको सुन्दर कडी
जिन्दगी संयोग, आकस्मिकता र दुर्घटनाहरूको मेल मात्र होइन । जिन्दगी प्रकृति र स्वयं बीचको सुन्दर कडी हो । रातोदिनको यो भागदौडमा बाँकी सबैजना र भौतिक सबैथोकलाई सम्झिने तर स्वयंलाई बिर्सने गर्नुभयो भने जिन्दगीले पनि तपाईलाई निष्ठुरतापूर्वक बिर्सन थाल्दछ ।
पशुपन्क्षी तथा जनावरलाई हेर्नुस्, आफ्नो काम बडो पूर्णताले गर्दछन् । प्रकृतिको शरणमा सुत्छन्, उठ्छन्, हिँड्छन्, डुल्छन् । मुखले खोलेर नसके पनि हाउभाउले हाँसिरहेका देखिन्छन् । त्यसैले उनीहरु स्वस्थ छन्, सुखी छन्, निरोगी छन् । सबै कुराले सम्पन्न तपाईंहामी मनुष्य चाहिँ रोगैरोगको क्रिडास्थल बनेका छौं । यसबाट बच्न एउटै उपाय हो जीवनलाई प्रकृतिसँग जोड्ने र हाम्रा पर्वजहरूले आविष्कार गरेका ती वैज्ञानिक जीवन विज्ञानलाई पुनर्अभ्यास गर्ने ।
प्रकृतिको ढर्रा, समय र कालक्रम अनुसार जीवन बाँच्ने रीति फेरि आएर अभ्यासमा ल्याउनु परेको छ । यसका निमित्त योग, आयुर्वेद, आयुर्वेदिक आहारशैली, अध्यात्म तथा जीवनशैली विज्ञानलाई जीवनमा समावेश गर्नु पर्दछ । माथिका विधाहरू मध्ये यस आलेखमा हामी स्वस्थकर तथा आयर्वेद आधारित खानपानशैलीको चर्चा गर्ने छौं ।
आफू नै आफ्नो डाक्टर
होश पुर्याएर जिउन जान्नेहरूको जीवनी शक्ति स्वयं रोगप्रतिरोधात्मक बन्दछ । शरीरभित्रका अङ्गअवयवहरू जिब्रो, दाँत र पेट यी तीन महानतम डाक्टर हुन् । प्राच्य ग्रन्थहरूको उद्घोष पनि यस्तै छ– प्रकृतिले व्यक्तिलाई मार्न भनेर जन्माएकै होइन । सँधै अजम्बरी हुने अक्कल र रहस्मयी शरीर दिएर जन्म दिएको हुन्छ । तर, विडम्बना ! मनुष्य आफ्नै दाँत र जिब्रोको तलतले बानीलाई हतियार बनाउँछ र त्यसको असंयमद्वारा आफ्नै मन्दमन्द हत्या गरिरहन्छ । यसरी हत्या गरिएपछिको चिहान पनि सँगसँगै लिएर हिँड्छ । र, त्यो चिहान हो पेट । यी तीन अवयवहरू दाँत, जिब्रो र पेटको दुरुपयोग नै मूलतः मानिसको अल्पायु मृत्युको कारण हो । जबकी उचित प्रयोग गर्नेका लागि यी तीन सर्वश्रेष्ठ चिकित्सक हुन् ।
महङ्गो दबाई, अत्याधुनिक उपचार, आधुनिक उपकरणहरूको उपयोगले गुमेको स्वास्थ्य पाइने आशामा बाँच्नेहरूको भीड ठूलो छ । तर, त्यो भीडबाट पर हटेर आपूmभित्रको डाक्टरलाई ब्यँुताउने चेष्टा गर्नेहरू मात्र अब साँच्चै रोगविरुद्ध लड्न सक्नेछन् । जसले दुःखको अनुभवलाई जितेर सुखको अनुभवलाई स्थायित्व दिन सक्छ, त्यस्तो व्यक्तिको मनोभाव नै सर्वशक्तिमान डाक्टर हो । यो वास्तविकतालाई अनुभवसिद्ध शब्दमा अभिव्यक्त गर्दै प्रसिद्ध चिकित्सक डा. फ्रेजरले आफ्नो ‘गोल्डेन बो’ नामक ग्रन्थमा लेखेका छन्– अतीतको समाज टुनामुना र झारफुकद्वारा शोषित थियो । आजको समाज त्यसैगरी चिकित्सा विज्ञानद्वारा शोषित छ । यदि भविष्यमा कुनै दिन यो मानव सभ्यता नष्ट भयो भने त्यो केवल घातक औषधिहरूको प्रहारका कारणले हुने छ ।
खानेपिउने कला
प्रसिद्ध अष्ट्रेलियन चिकित्सक डा. हर्नको भनाई निकै घतलाग्दो छ– ‘मान्छे जति खान्छ, त्यसको एक तिहाई पनि पचाउन सक्दैन । पचाउने औषधि खोज्दै खोज्दै मकहाँ आइपुग्छ । एक दिन औषधि लिँदा लिँदा हारदिक हुन्छ र समय अगावै मृत्युको काखमा पुगेर मीठो निद्रामा निदाउन पुग्दछ ।’ मनन गर्दै जाँदा, यो उक्ति साँच्चै शौचालय प्रयोग गर्न नजान्ने तर मोबाइल चलाउन खप्पिस टाइपका हामी नेपालीहरूलाई नै लक्ष्यित गरेर भने जस्तो लाग्छ । वास्तवमै, खाऊ, पिऊ र भोग गरको चार्बाक नीतिको वैश्विक राजधानी आज हाम्रै ठाउँ बनेको जस्तो लागिरहेछ।
जन्मिँदा दुई–अढाई किलोको शिशु शरीर पछि गएर पचास, साठी, सत्तरी हुँदै सय किलोसम्म पुग्दछ । यो सबै आहारको खेल हो । सोच्न र बोल्न नसक्ने वाल्यावस्थालाई बुद्धि र चेतनाको विकाससम्म पु¥याउने पनि हाम्रो खानपिन नै हो । भनिन्छ, हामीले खाने खाना शरीरभित्र पुगेर तीन भागमा बाँडिन्छन् । जस मध्ये बाहिरी अर्थात् स्थूल अङ्ग शरीरमा पचिसकेपछि उत्सर्जनका लागि मलमूत्र बनेर बाहिर निस्कन्छ । दोश्रोे अर्थात् सूक्ष्म भाग शरीर र जीवनलाई जीवन्त राख्ने रगत, पोषण, उर्जामा रूपान्तरित हुन्छ । जबकि सबैभन्दा भित्री अर्थात् अन्तरतम (जसलाई कारण शरीर भनिन्छ) ले मन, बुद्धि, चेतना र संस्कारको निर्माण गर्दछ ।
सुव्यवस्थित जीवनशैली मानव जीवनको महत्त्वपूर्ण योग्यता हो । जीवनशैली भन्नाले सुत्ने, उठ्ने, पढ्ने–लेख्ने, कामकाज गर्ने, खानेपिउने, योगव्यायाम गर्ने, स्वयम्सेवा गर्ने, खेलकुद एवम् मनोरञ्जनजस्ता दैनिक क्रियाकलापहरूको नियमबद्ध प्रक्रियालाई बुझ्नुपर्छ ।
जुनसुकै खानेकुरा पेटमा पुगेपछि या त औषधि बन्दछ या त कुनै रोगमा रूपान्तरित हुन्छ । तपाईको हातमा कुरा हो कि त्यसलाई रोगबिरामीको पोषणमा खर्चिने कि रोगनिराकरणको ओजस यानिकी औषधि बनाउने । आज जङ्क फुड, फास्ट फुड, ब्राण्डेड फुड, बजारे डिब्बाबन्द र बोतलबन्द खाद्यवस्तुहरू र प्रशोधनमाथि प्रशोधन गरिएका खानेकुराहरूलाई प्रतिष्ठासँग जोड्ने संस्कृति फस्टाएको छ ।
यस्तो अन्ध संस्कृतिको सहज विकल्प नखोजेसम्म दिन दुगुणा रात चौगुणाको गतिले फस्टाउँदो रोगव्याधिको व्यवस्थापन गर्न सकिने अर्को कुनै उपाय नै छैन । यदि तपाई आफ्नो जिब्रो, खाना र पेटमाथि अनुशाशनको लगाम लगाउन सक्नु हुन्न भने जस्तासुकै अत्याधुनिक अस्पताल, विदेशको उपचार, देशीविदेशी औषधि र किसिम किसिमका अल्ट्रामोर्डन मेडिकल उपकरणहरूको शरणमा गए पनि ती केवल गहकिला बिल उठाउने माध्यम मात्र हुनेछन् ।
सुव्यवस्थित जीवनशैली
— धेरै मानिस आफ्नो क्षेत्रमा कुशल र सफल हुन्छन् तर जिन्दगी जिउने तरिकामा विफल हुन्छन् । यसको कारण अस्तव्यस्त जीवनशैली हो । अस्त(व्यस्त जिन्दगीलाई स्वस्थ र मस्त जिन्दगीमा बदल्ने कला जीवनको बहुमूल्य कला हो ।
— सुव्यवस्थित तरिकाले जीवन जिउन जान्यो भने शरीरमा निरोगिता, हातमा कुशलता र मस्तिष्कमा प्रतिभा जस्तो अनमोल उपहार प्राप्त
हुन्छ। सुव्यवस्थित जीवनशैलीको अर्को नाम नै जीवन जिउने कला हो ।
— सुव्यवस्थित जीवनशैली मानव जीवनको महत्त्वपूर्ण योग्यता हो । जीवनशैली भन्नाले सुत्ने, उठ्ने, पढ्ने–लेख्ने, कामकाज गर्ने, खानेपिउने,
योगव्यायाम गर्ने, स्वयम्सेवा गर्ने, खेलकुद एवम् मनोरञ्जनजस्ता दैनिक क्रियाकलापहरूको नियमबद्ध प्रक्रियालाई बुझ्नुपर्छ ।
— विज्ञहरू भन्छन्– व्यायाम(कसरत, स्वस्थ खानपान, नियमबद्ध दिनचर्या र सन्तुलित कार्यशैली यी चार क्षेत्रमा कुशल हनु जीवनको बहुमूल्य सफलता हो । सुव्यवस्थित जीवनशैली भनेको नै यी चार क्षेत्रमा अब्बल हुनु हो ।
लयबद्ध र नियमबद्ध हुनुपर्छ
सुव्यवस्थित दिनचर्या अपनायो भने मनको भित्री घडी पनि सुव्यवस्थित हुन्छ । मनकोे भित्री घडीलाई जैविक घडी ९द्यष्ययिनष्अब िअयिअप० भनिन्छ । जैविक घडी त्यस्तो आन्तरिक घडी हो जसले हाम्रा स्वसञ्चालित गतिविधिहरूलाई नियन्त्रण गर्दछ । जुन व्यक्तिको जैविक घडी जति नियमबद्ध हुन्छ उसको आहार–विहार लगायत जीवन जिउने तरिका त्यति नै लयबद्ध हुन्छ ।
उदाहरणको रूपमा म भोलि बिहान पाँच बजे उठ्ने छु, पटकपटक यस्तो विचार गर्दै सुतेको व्यक्ति भोलि विहान ठिक पाँच बजे बिउँझिन्छ । यो कुरा धेरै मानिसले अनुभव गरेका हुन्छन् । सायद तपाईंले पनि अनुभव गर्नुभएको होला । यसरी मन र शरीरलाई आफैँ बिउझन प्रेरित गर्ने काम हाम्रो जैविक घडीले गर्छ ।
जैविक घडीलाई प्रशिक्षित र नियन्त्रित राख्न पनि तपाईँको जीवनशैली सुव्यवस्थित हुनैपर्छ । जथाभावी र ताल–बेतालको जिन्दगी अनि बेटुङ्गाको खानपानले व्यक्तिको जैविक घडी मन्द मन्द बिगँ्रदै जान्छ । जैविक घडीलाई दुरुस्त राख्ने काम सानै उमेरदेखि सुरु गर्नुपर्छ । शिक्षा हासिल गदैगर्र्दा जैविक घडीलाई पनि संस्कारित गर्नेतर्र्फ सचेत रहनुपर्छ ।
जीवनशैली सुव्यवस्थित बनाउने विधि
— लामो निन्द्रा हैन गहिरो निन्द्रा सुत्ने अभ्यास गरौँ । राति छिट्टै सुत्ने र बिहान छिट्टै उठ्ने बानी बसालौँ । यसो गर्नका लागि योगनिन्द्राको प्रयोग गर्नु राम्रो हुन्छ ।
— कफी, चिया, आइसक्रिम, पिज्जा, बर्गर, चिप्स, चाउचाउ, अस्वस्थ मांशहारजस्ता खानेकुराबाट सावधान रहनोस् । यस्ता खानेकुराले तपाईंलाई रोगग्रस्त र थकानग्रस्त बनाउँछ । तपाईंको स्वास्थ्य र निन्द्रा बिगार्छ, साथै तपार्इंको जीवनशैलीलाई गहिरो क्षति पु¥याउँछ ।
— बिहान उठ्ने बित्तिकै दुई ग्लास मनतातो पानी नियमित रूपमा पिउने गर्नुहोस् । यसले शरीरका दोषहरू घटाउँछ साथै क्षार र अम्लको
असन्तुलन कम गर्छ । पेटकका रोगहरू निको पार्न मद्दत गर्छ । दिनभरि ताजगी दिन्छ ।
— बिहान घटीमा ३० मिनेट र सम्भव भएमा एक डेढ घण्टा योगाभ्यास, प्राणायाम, दौड, कसरत अवश्य गर्नुहोस् ।
— बिहानको खानामा स्वस्थकर र सुपाच्य खाद्यपरिकार पेटभरि खानुहोस् । दिउँसोको खाजा हलुका हुनुपर्छ । जबकि बेलुकाको खाना अत्यन्त हलुका र सुपाच्य हुनुपर्छ ।
— आज गर्नुपर्ने काम आजै गर्नुहोस्, भरे या भोलिका लागि नछाड्नुहोस् । आफ्नो जिम्मेवारीलाई तुरुन्त या यथाशीघ्र सम्पन्न गर्ने बानीले तपाईंको जीवन–ऊर्जा खेर जाँदैन ।
— दिउँसो सुत्ने बानी असल होइन । बिदाका दिन तथा अन्य दिनमा पनि दिउँसो नसुत्नुहोस् । थकावट तथा अल्छीपन बढेको खण्डमा केही मिनेटका लागि ‘पावर न्याप’ लिने बानी बसाउनुहोस् ।
— आफ्नो रुचि, रचनात्मक क्रियाकलाप, खेलकुद, सिर्जनात्मक लेखन, व्यक्तित्व विकास आदिका लागि प्रत्येक दिन केही प्रयत्न अवश्य गर्नुहोस् ।
— कम्प्युटर, मोबाइल, इन्टरनेट तथा टेलिभिजनको दुरूपयोगको सम्भावना बढी र सदुपयोग कम हुने गरेको देखिन्छ । यी वस्तु जीवनमा सहायक बन्नुपर्छ, बाधक बन्नु हुँदैन । खबरदार यी कुराको नशा नलागोस् नि ।
— बेलुका सुत्नुभन्दा अगाडि प्रार्थना तथा ध्यान गर्ने बानी बसाउनुहोस् । प्रार्थना गर्दा आफूले आज दिनभरि गरेका क्रियाकलापहरूको पुनस्र्मरण गर्नुहोस् । राम्रा काम र आजको दिनभरिको जीवनका लागि सर्वशक्तिमान् ईश्वरलाई कृतज्ञता दिने गर्नुपर्छ । तत् पश्चात् गहिरो
निन्द्राको याचना गर्दै सुत्नुपर्छ ।
— बेलुका सुत्नुभन्दा अगाडि आफ्नो कोर्सको पाठ्यसामाग्री बाहेक असल ग्रन्थ, महापुरुषहरूको जीवनी, प्रेरणादायी आलेख, सकारात्मक प्रेरणादिने सामाग्रीहरू एकाग्रतापूर्वक अध्ययन गर्नुहोस् । त्यसले तपाईंमा उच्चस्तयरी विचार सञ्चार गर्दछ ।
— बिहान जब तपाई ब्युँझनुहुन्छ, ओछ्यान छाड्नु अगाडि केहीबेर प्रार्थना गर्नुहोस् । यदि तपाईंलाई कुनै मन्त्र या प्रार्थना सम्बन्धी श्लोकहरू
आउँछ भने त्यसको मन्द आवाजमा उच्चारण गर्नुहोस् । मन्त्रोचारण सहितको प्रार्थना गरिसकेपछि कोही समय आज दिनभरिमा तपाईंले
गर्नुपर्ने काम तथा जिम्मेवारीको मानसिक स्मरण गर्नुहोस् । आज मेरो मुखबाट निस्कने सबै शब्द मधुर र शिष्ट हुन् साथै मेरो मनमा आउने विचारहरू असल र सकारात्मक हुन् । मनोभावना सहित प्रार्थना गर्नुहोस् । यसरी तपाईंले गरेको मानसिक प्रोग्रामिङ, दिउँसो सोही क्रमले अभिव्यक्ति अर्थात् प्रोसेसिङ्ग हुने छ ।
— डायरी लेखनः दिनभरिको मनोभावना, अनुभव तथा क्रियाकलापलाई सजगताका साथ समेटेर डायरी लेख्ने बानी महान व्यक्तिको पहिलो लक्षण हो । तपाईं पनि प्रत्येक दिन डायरी लेख्ने बानीलाई दिनचर्याको अभिन्न अङ्ग बनाउनुहोस् ।
— योग, प्राणायाम र ध्यान कहिल्यै नछाडौँ । योग जीवन जिउने कला हो । योगले हामीलाई उठ्ने, खाने, बोल्ने, हिँड्ने, सोच्ने, निदाउने, पढ्ने– लेख्ने, रमाउने, निर्णय गर्ने, सिक्ने–सिकाउने, व्यवहार गर्ने, मित्रता गर्ने, सम्बन्ध स्थापित गर्नेजस्ता कला सिकाउँछ । महान् योगाचार्य बि. के. एस्. आयंगरले भन्नुभएको छ कि योग एउटा त्यस्तो प्रज्वलित ज्योति हो जुन कहिल्यै पनि मन्द हँुदैन । तपाई जति जति योगको अभ्यास गर्दै जानुहुन्छ ज्योति त्यति त्यति चम्किलो हँुदै जान्छ ।
डा.राजु अधिकारी ‘खाने कसरी, पिउने कसरी ?’, ‘यस्तो होस् जीवनशैली’जस्ता अत्यन्त जीवनोपयोगी तथा प्रेरक पुस्तकका लेखक हुनुहुन्छ भने चर्चित उत्प्रेरक वक्ता तथा प्रशिक्षक पनि हुनुहुन्छ । वाग्मती सफाइ अभियानका एक जना संस्थापक सदस्य डा.अधिकारी जीवनशैली र स्वास्थ्य सचेतनाका विज्ञ मानिनुहुन्छ ।