आचार्य लक्ष्मण भण्डारी
हामी सहायक विषयमा पनि कहिलेकाहीँ रमाउन सक्दछौँ, तर हाम्रो मूल कर्म क्षेत्र भने एउटै हुनुपर्दछ । हाम्रो रुचि क्षेत्र एउटै भयो भने सम्पूर्ण ऊर्जा, समय, स्रोत र शक्ति सबै त्यहीँ लगानी गर्न पाइन्छ । त्यही लगानीले नै हामीले खोजेको तृप्ति सम्भव पारिदिन्छ ।
कतै एक जना नौजवान युवक थियो । ऊ प्रशस्त सम्भावनाले भरिएको अत्यन्त उत्साही र ऊर्जाशील देखिन्थ्यो । लगभग उसको पढाइ पनि सकिएको थियो । अब एउटा निश्चित बाटो समात्नु थियो उसले जीवन सञ्चालनका सन्दर्भमा । उसका अगाडि अनेक विकल्पहरू थिए । समाजमा सबैभन्दा इज्जत र प्रतिष्ठा जसको छ, जो अत्यन्त प्रसन्न छ, त्यस्तै बन्नुपर्ला भन्ने उसको मोटामोटी धारणा निर्माण भयो । उसले एकजना धनी छिमेकी मानिसलाई सम्झियो । त्यो छिमेकीसँग प्रशस्त रूपैयाँपैसा थियो । धनसम्पत्ति, जग्गाजमिनको कुनै हिसाब थिएन । इज्जत र प्रतिष्ठा पनि धनी छिमेकीले प्रशस्त आर्जन गरेको थियो ।
युवकले आफ्नो धनी छिमेकीलाई हेरेर आपूm पनि धनी बन्ने योजना बुन्यो । धनी बन्नका लागि उसले अनेक सूत्रहरूको प्रयोग गर्न थाल्यो । अत्यन्त मिहिनेत र परिश्रमका साथ युवकले काम गर्न थाल्यो । उसको लगनशीलता अति गहिरो थियो । गहिरो लगन र समर्पणका साथ गरिएको हरेक कामको फल मिठो हुन्छ । बिस्तारै युवकले धन आर्जन गर्न थाल्यो । थोरै समयमा पनि उसले प्रशस्त उन्नति ग¥यो ।
अचानक उसको भेट एक दिन अपरिचित व्यक्तिसँग भयो । ती अपरिचित व्यक्ति सहरका प्रतिष्ठि विद्वान् थिए । उनको विद्वताको प्रभाव धेरै टाढासम्म पुगेको थियो । उनीप्रति मानिसहरूमा अत्यन्त ठूलो निष्ठा देखेर त्यो युवक दङ्ग प¥यो । उसले ती विद्वान्लाई आफ्नो घर नजिकैको धनी व्यक्तिसँग राखेर विचार गरे । धनी व्यक्तिभन्दा ती विद्वान्को चर्चा धेरै ठूलो थियो । उनको प्रसिद्धिको सीमा पनि व्यापक थियो । एकाएक युवकको मनभित्र ती विद्वान्जस्तै बन्न पाए हुन्थ्यो भन्ने भावना पैदा भयो ।
‘विद्वान् सर्वत्र पूज्यते’ अर्थात् विद्वान् सर्वत्र पूजिन्छ भन्ने संस्कतको श्लोकको अर्थ सम्झियो युवकले । समाजमा धनी मानिसका तुलनामा विद्वान्हरू थोरै छन् । धन कमाएका मान्छे सबै खुसी छन् भन्ने पनि छैन । धन कमाएका मान्छेलाई सबैले चिनेका पनि हुँदैनन् । धनी मान्छेलाई भन्दा धेरै विद्वान्लाई मानिसले पनि सम्मान गर्छन् भन्ने युवकलाई लाग्यो । धनी मान्छे बन्ने अभियानमा जुटेको युवकको मन परिवर्तन भयो । ऊ अब विद्वान् बन्नेतिर लाग्ने भयो । ‘धनी होइन, विद्वान् बनेर सबैको सम्मानित हुनु नै ठूलो कुरा हो । अब म विद्वान् बन्ने अभियानमा लाग्छु ।’—युवकले निर्णय ग¥यो ।
प्रसिद्ध विद्वान्का ठूलाठूला पुस्तक किनेर ल्यायो युवकले । समाजशास्त्र, धर्मशास्त्र, मनोविज्ञान, भौतिक शास्त्र, साहित्य, दर्शन, विभिन्न क्षेत्र र विधाका पुस्तकहरूको अध्ययनमा एक चित्त भएर युवक जुट्यो । युवा थियो त्यसैले उसमा जोस, जाँगर र उत्साहको कुनै कमी थिएन । धन कमाउने भनेर सुरु गरेको उसको काम छुटिसकेको थियो । दुइ, चार वर्षको अध्ययनमा पनि उसले निकै धेरै पुस्तक पढिसकेको थियो । दुइ वर्ष बित्न नपाउँदै उसले प्रकाशित गरेको जीवनदर्शन सम्बन्धी पुस्तकले निकै चर्चा पनि पायो । यहाँबाट पनि उसले अलिअलि कमाइ ग¥यो । एक दिन सहरमा विद्वान्हरूबीच सत्सङ्गको कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चिन्तन मननसँगै सङ्गीत श्रवणको व्यवस्था गरिएको थियो ।
एक जना नाम चलेका बाँसुरी बादक आएका थिए । उनले सत्सङ्को बीचमा उनले सबैलाई बाँसुरी बजाएर सुनाए । बाँसुरीबाट निस्किएको धूनले सबैको मन छोयो । युवकको त झन् के कुरा गर्नू । बाँसुरी बजेसँगै उसका दुबै आँखा बन्द भएका थिए । बाँसुरीबाट निस्किएको धुनले युवकको हृदय प्रदेशलाई गहिरोसँग स्पर्श ग¥यो । बाँसुरीको धुन बजेसँगै बन्द भएका उसका दुबै आँखा बाँसुरीको धुन सकिएपछि मात्र खुले । युवकलाई यति गहिरोसँग कुनै पनि कुराले छोएको थिएन आजसम्म । ऊ ती बाँसुरी वादकको कलाबाट निकै प्रभावित भयो । उसले पुस्तकमा नपाएको आनन्द बाँसुरीको धुनमा पाएको थियो ।
बाँसुरी बादकलाई उसले धेरै कुरा सोध्यो । ती सङ्गीतकारले पनि सबै बताइदिए । अब युवकले सङ्गीत सिर्जनामा समय लगानी गर्ने योजना बनायो । सङ्गीतको आकर्षण अरुभन्दा शक्तिशाली हुँदोरहेछ भन्ने उसलाई लाग्यो । अब पढ्नलेख्नतिर लाग्न छोडेर बाँसुरी बजाउनतिर लाग्ने उसको निष्कर्ष रह्यो । उसले पढ्न निकालेका ठूलाठूला पुस्तकका ठेली सबै बन्द गरिदियो । बाँसुरी, तबला, हारमोनियमजस्ता वाद्यवादनका यन्त्रहरूको अभ्यासमा ऊ एक चित्त भएर जुट्यो ।
केही समयको अभ्यासपछि उसले सबै वाद्यन्त्रहरू समान्यतया बजाउन सक्ने कला सिक्यो । विभिन्न ठाउँमा गएर उसले आफ्नो साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्न थाल्यो । मानिसहरू सबै उसले जस्तै सङ्गीतलाई माया गर्दारहेनछन् भन्ने लाग्यो उसलाई । सङ्गीतप्रति सबैको अनुराग त हुन्छ तर सबै मानिस सङ्गीतका प्रबल उपासक हुँदैनन् । दुई चार वर्षको साङ्गीतक प्रस्तुतिका क्रममा उसले गुजारा गर्ने भन्दा अतिरिक्त कुनै पनि उल्लेख्य प्रगति गर्न सकेन ।
एक दिन उसलाई एउटा कार्यक्रममा बोलाइयो । यद्यपि ऊ पहिलेको बाँसुरी वादकजस्तो गहिरो अभ्यासबाट आएको विशेषज्ञ सङ्गीतकार थिएन, तर पनि समान्य मानिसका लागि आवश्यक प्रस्तुतिका लागि ऊ योग्य थियो । कार्यक्रममा एक जना राजनेता पनि निम्त्याइएका थिए । जब युवकको पं्रस्तुति सकियो, त्यसलगत्तै प्रमुख अतिथिको आसबाट बोल्दै ती राजनेताले आफ्नो धाराप्रवाह वक्तृत्वकलाको प्रदर्शन गरे । उनको भाषण यति ओजस्वी थियो कि मानिसहरूले ताली बजाउने समेत फुर्सद पाएनन् । अत्यन्त तार्किक, धाराप्रवाह र गहकिलो मन्तव्य सुनेर त्यो युवक पनि दङ्ङ प¥यो ।
युवकले आदिदेखि अन्तसम्म ती राजनेताको सबै भाषण सुन्यो । उनका पछि मानिसको ठूलो भीड देखेर युवकलाई अचम्म लाग्यो । आजसम्म युवकले मानिसहरूले कुनै एक जना व्यक्तिलाई यति धेरै सम्मान दिएको कतै देखेको थिएन । लगभग एक घण्टा ती राजनीतिज्ञले मानिसहरूको ताली पाइरहे । जब भाषण सकियो उनको नजिक हुन, उनीसँग गफ गर्न मानिसहरू ठेलमठेल गरेर नजिक गएको पनि युवकले एक टकले हेरिरह्यो ।
युवकलाई लाग्यो, ‘यो बाँसुरी बजाएर मात्रै केही हुनेवाला छैन । ओहो, यो नेताका पछाडि कति मान्छे दिवाना भएका छन् । खै, मलाई कसले सम्झन्छ ? अहँ, अब भएन । अब केही गर्ने हो भने राजनीति गर्नुपर्दछ ।’ एकाएक उसको मन बदलियो । अब उसले बाँसुरी पनि बजाउन छोडेर राजनीति गर्न थाल्यो । उसले एउटा विशेष कार्यक्रममा जुन नेताको भाषण सुनेको थियो, त्यही नेताको हातबाट पार्टीको सदस्यता ग्रहण ग¥यो । एकाएक उसको दिनचर्यामा पनि व्यापक फेरबदल आयो ।
विभिन्न कार्यक्रममा जानु, कार्यकर्तालाई सङ्गठित गर्नु, पार्टीको पक्षमा उनीहरूलाई सहमत गराउने काममा ऊ केही समय सक्रियतासाथ लाग्यो । एक पटक एउटा कार्यक्रममा उसले भाषण गर्ने प्रयास ग¥यो । तर मानिसहरूले त्यति महत्त्वका साथ त्यसलाई ग्रहण गरेनन् । उसको भाषणमा एक दुई जनाले भन्दा धेरै कसैले पनि ताली बजाएनन् ।
उसको वरपरका साथीहरूमा नैतिकताको कुनै थोपोछिटो बाँकी थिएन । ‘आपैmँ धामी, आपैmँ बोक्सी’ भैmँ उच्च नेतादेखि लिएर सामान्य कार्यकर्ता सम्म सबैले ’जे बोले पनि हुने तर कहिल्यै पुरा गर्न नपर्ने’ दर्शनबाट दीक्षित भएका उसले देख्यो । जनताका नाममा ठगी गर्ने ठगहरूको आधिपत्य देखेर बिस्तारै उसमा राजनीतिप्रति पनि वितृष्णा पैदा भयो । अरु काम गर्दा त बरु अलिअलि पैसा पनि आउँथ्यो तर राजनीतिमा त व्यर्थ समय बिताइरहेजस्तो उसलाई लाग्यो ।
ऊ इमानदार कार्यकर्ता थियो । पैसा कमाउनका लागि जे पनि गर्न ऊ तयार थिएन । त्यसैले पनि उसले धेरै दुःख पायो । धनी बन्न सुरु गरेदेखि लिएर राजनीतिमा प्रवेश गर्दाको अवस्थासम्ममा उसले धेरै समय बिताइसकेको थियो । उसका कुनै पनि काम राम्ररी सम्पन्न हुन सकेनन् । ऊ केही पनि बन्न सकेन । न धनी, न विद्वान्, न सङ्गीतकार, न त सफल राजनेता नै । कारण उसले कुनै पनि कामलाई गहिराइका साथ सम्पन्न गरेन । एउटा पूरा नहुँदै अर्को आकर्षणका पछि लागेर उसले समय व्यर्थ गर्नुबाहेक केही पनि गर्न सकेन ।
मनभरि दुःख र पीडा लिएर एक जना महन्तकहाँ पुग्यो युवक एक दिन । मानिसहरू दुःख नपरी सन्त महन्तकहाँ जाँदैनन् भन्दा पनि हुन्छ किनकि सन्तहरू नै दुःख, पीडा र अप्ठ्याराहरूका डाक्टर हुन् । सत्सङ्ग नै समस्याको समाधान हो । डाक्टरहरूले शरीरको रोग त निको पार्लान् केही समय, तर मनको रोग केवल अध्यात्मले निको पार्छ । मनको रोग निको पार्ने साधुसन्तभन्दा ठूला चिकित्सक कोही छैनन् संसारमा ।
पराजित मान्छेले जस्तै मुखभरि निराशा र टाउकोभरि बोझ लिएर आफ्ना शरणमा आएको त्यस युवकलाई सन्तले सम्पूर्ण दृष्टि लगाए । शिरदेखि पाउसम्म सबै एकएक गरी हेरे । युवकले आपूmले अहिलेसम्म गरेका सबै कुरा उसले बिस्तारमा वर्णन गरेर साधुलाई सुनायो ।
उसलाई राम्ररी हेरेपछि र उसका कुरा सुनिसकेपछि साधु मुस्कुराए । प्रेमपूर्ण दृष्टिका साथ युवकलाई उनले सम्झाए,‘हेर बाबु, संसार भन्नु नै आकर्षणको दोस्रो नाम हो । तिमी जहाँ जाऊ, ती सबै विषयले तिमीलाई तान्दछन् । एकभन्दा एकको सङ्ख्यामा तिमीलाई तान्ने विषयहरू छन्, संसारमा । तर तिमी आकर्षित हुनुहुँदैन । सबैले सबै काम गर्नुपर्दछ भन्ने छैन । एक जनाले एउटा काम गहिराईका साथ सम्पन्न ग¥यो भने उसले चाहेका सबै कुरा त्यहीँ फेला पार्न सक्दछ । तिमी सबैतिर भौँतारियौ । विभिन्न विषयको आकर्षणका पछि नभागेका भए तिमी यति दुःखी हुनुपर्ने थिएन ।’
युवक एक लयका साथ सन्तलाई सुनिरहेको थियो । सन्तको परामर्श जारी थियो, ‘संसार विविधताको भण्डार हो । यहाँ अनेक मानिस छन् । मानिसका रुचि पनि एक छैनन् । फरकफरक रुचि भएका सबैले फरक फरक काम गरून् भन्नका लागि हामीलाई प्रकृतिले अनेक विकल्पहरूको व्यवस्था गरेको छ । हामीभित्र धेरै सम्भावना छन् । सम्भावनाको जुन क्षेत्रबाट गए पनि हामी सफल हुन्छौँ, तर लामो समय, तपस्या, श्रम र अभ्यासबाट मात्र हामीले चाहेको सफलता प्राप्त हुन सक्दछ ।’
केही समय साधुका कुरा सुनेपछि युवकले प्रश्न ग¥यो । ‘गुरुदेव, हामीले एकै पटक धेरै काम किन गर्नसक्दैनौँ ?’ साधुले जवाफमा यसो भने,‘किनकि हामी एक पटकमा एउटा मात्र काम गर्न सक्छौँ । विभिन्न समयमा विभिन्न काम गर्न अवश्य सकौँला, तर एक पटकमा एउटै काम गर्नुपर्दछ । हामीसँग सीमित ऊर्जा छ, निश्चित स्रोत छ । निश्चित स्रोतले अनिश्चित काम सम्पन्न हुन कहिल्यै सक्दैन । हामीसँग दुइटा खुट्टा छन्, त्यसैले पाँच ओटा डुँगामा एकै पटक राख्न सकिँदैन ।’
‘त्यसो भए, मैले फरक फरक काम एकै पटक नगरेर फरक फरक समयमा गरेको थिएँ । तापनि किन दुःख पाउनुप¥यो त गुरुदेव ?’—युवकको प्रश्नको उत्तरमा योगीले अगाडि भनेका थिए,‘बाबु, तिमी दुःखी भएको केही नपाएर हो । फलको अभाव नै सारमा तिम्रो दुःखको कारण हो । तिमीले भनेजस्तौ हुनका लागि त्यसैबमोजिमको समय, स्रोत, र श्रम चाहिन्छ । तिमीले हरेक काम अलगअलग समयमा त ग¥यौ, तर केही समयका लागि मात्र । पानी जमिनको पिँधमा मात्र हुन्छ, सतहमा होइन । तिमीले सतहमा मात्र खन्यौ । एउटा काममा तिमी जति सुरुमा आकर्षित भएर लागेका थियौ, त्यही गतिमा पछिसम्म आकर्षित भएर लागेका भए तिमीले पनि सबैलाई धेरै लामो समयसम्म आकर्षित गर्न सक्ने थियौ । तिमीले पानी भेट्न सकेनौ, त्यसैले तृप्त हुन सकेनौ । यही तृप्तिको अभावमा तिमी विचलित भएका छौ, दुःखी भएका छौ ।’
सन्तको परामर्श जारी थियो, ‘तिमीले आफ्नो मूल रुचि निश्चित नगरी हुँदैन । तिम्रा शाखा रुचिहरू हुन सक्छन् तर ती केही समयका लागि । तिमी धनी मान्छे, सङ्गीतकार, प्रवक्ता, विद्वान् वा नेता के बन्ने हो कुनै एउटा छनोट गर्नु अनिवार्य थियो । तर तिमी सबैका पछि बग्यौ । सबैका पछि बग्दा अलिअलि त तिमीले पायौ, तर धेरै पाउन सकेनौ । तिम्रो आंशिक तृप्ति भएको छ, तर पूर्ण तृप्ति हुन सकेन । मान्छे त्यतिबेला मात्र शान्त हुन्छ, जति बेला उसले आपूmमा पूर्ण तृप्तिको अनुभूति गर्दछ । त्यसैले, जाऊ । अभैm पनि केही बिग्रिएको छैन । तिमीले आफ्नो क्षेत्र पहिचान गर । सबैतिर भौँतारिन छोडेर एउटै रुचिमा स्थिर बन । तिमीले अभैm धेरै गर्न सक्दछौ । तिम्रो पूर्ण तृप्ति सम्भव छ तर त्यसका लागि संसारका अनेक आकर्षणका पछि पागल भएर कुद्नु हुँदैन र लगनशील भएर एउटै रुचिलाई फलाउन फुलाउन गहिराइका साथ लाग्नुपर्दछ ।’
सन्त सम्पर्कमा युवको तेस्रो नेत्र खुल्यो । त्यसदिनदेखि उसले आफ्ना रुचिहरूमा कटौती ग¥यो । घर पुगेर पद्मासनमा बस्यो, आफ्ना दुबै आँखा बन्द ग¥यो उसले आफ्नो मूल क्षेत्र पहिचान ग¥यो । ऊ सबै गर्न सक्थ्यो तर सबैभन्दा राम्रो अध्ययन र चिन्तनको क्षेत्रमा गर्न सक्थ्यो । त्यसैले उसले चिन्तनमननको क्षेत्र चयन ग¥यो । पूर्ववत् ऊ विद्व्त्ताको क्षेत्रमा सक्रिय भयो । त्यसबीचमा पनि अनेक आकर्षणहरूले उसलाई विचलित पार्न खोजेका थिए, तर ऊ विचलित भएन । उसले धेरै पुस्तकहरू प्रकाशित ग¥यो र मानिसलाई जीवन र जगत्का लागि प्रेरित ग¥यो । मानिसहरूले टाढाटाढादेखि उसका पुस्तक पढेर जीवन रूपान्तरण गरेको खबर पठाउन थाले । यो सुनेर ऊ अत्यन्त गद्गद् भयो । उसलाई अपार तृप्तिको अनुभूति भयो ।
अध्ययन चिन्तनको कामबाट अलिकति फुर्सद निकालेर कहिलेकाहीँ ऊ बाँसुरी बजाउँथ्यो, कहिलेकाहीँ मानिसहरूको बीचमा प्रवचनका लागि जान्थ्यो । कहिलेकाहीँ फुर्सदमा बसेर मिठामिठा गीतहरू पनि गुनगुनाउँथ्यो । त्यहाँ पनि उसले आनन्द नै प्राप्त ग¥यो । यी उसका अतिरिक्त आनन्दका क्षेत्रहरू थिए । तर निरन्तर आनन्दको क्षेत्र भने उसको अध्ययनको क्षेत्र थियो, चिन्ततन मनन र साधनाको क्षेत्र थियो ।
संसारमा सौन्दर्यको अभाव छैन । यहाँ आनन्द र तृप्तिका अनेक स्रोत पनि छन् तर ती स्रोतमध्ये हामीले कुनै एउटालाई चयन गर्नु अनिवार्य छ । आफ्नो बलियो रुचि, सम्भावना, समय र शारीरिक तथा मानसिक शक्तिका आधारमा हामीले चयन गर्ने हाम्रो कर्म क्षेत्रले नै हामीलाई स्थापित बनाउने हो । हामी सहायक विषयमा पनि कहिलेकाहीँ रमाउन सक्दछौँ, तर हाम्रो मूल कर्म क्षेत्र भने एउटै हुनुपर्दछ । हाम्रो रुचि क्षेत्र एउटै भयो भने सम्पूर्ण ऊर्जा, समय, स्रोत र शक्ति सबै त्यहीँ लगानी गर्न पाइन्छ । त्यही लगानीले नै हामीले खोजेको तृप्ति सम्भव पारिदिन्छ । हामीले हाम्रा रुचिलाई व्यवस्थित गर्नुछ । जे देख्यो त्यसैका पछि दौडिन छोडेर, जे छ, त्यसकै पछि लगनशील भएर लाग्यौँ भने साँच्चै नै हामीले नसोचेका प्रतिफल प्राप्त गर्न सक्दछौँ । यही नै पूर्ण तृप्तिको अन्तिम रहस्य हो ।
acharyalb@gmail.com
सत्सङ्ग प्रतिष्ठानका अध्यक्ष आचार्य लक्ष्मण भण्डारी सुपरिचित लेखक तथा उत्प्रेरक वक्ता हुनुहुन्छ । उहाँको लेखन धर्मदर्शन, अध्यात्म, संस्कार—संस्कृति, सकारात्मक सोच विकास तथा मानवीय मूल्य निर्माणमा केन्द्रित हुने गर्दछ ।