तुलसीको बिरुवा प्रत्येक सभ्य र संस्कार सम्पन्न हिन्दु धर्मका अनुयायीका घरमा देख्न सकिन्छ । जहाँ तुलसी छ, त्यस वरपरको वातावरण पनि अत्यन्त निर्मल र पवित्र रहन्छ । विषालु किरा, फट्याङ्ग्रा र जीवाणुहरु देखा पर्दैनन् । तुलसीको प्रयोग आयुर्वेदका विभिन्न उपचारहरुमा हुने गरेको छ । ज्वरो, कफ, खोकी, रुघा, निमोनिया लगायतका रोगका लागि तुलसीको जरादेखि पातसम्म सबैको उपयोग गर्न सकिन्छ ।
पुराणमा उल्लेख भएअनुसार तुलसीलाई भगवान् विष्णुकी पत्नीका रुपमा पनि लिइन्छ । ईश्र्यावश लक्ष्मीले यिनलाई बिरुवामा बदलिदिनुभएको थियो, तर पनि यसको महत्त्व कत्ति कम भएको छैन । तुलसीको पूजा गर्नेहरुको सङ्ख्या अत्यन्त ठुलो छ । तुलसीको प्रदक्षिणा र सेवापूजा गर्ने महिलाहरु स्वस्थ, दीर्घायु र सौभाग्यवती हुन्छन् । विवाह, मृत्यु र जीवनका प्रत्येक क्षणमा तुलसीको जुन सुगन्ध छ, त्यसलाई कहिल्यै छुटाउनुहुँदैन । यसलाई पञ्चगव्य चरणामृत एउटा महत्त्वपूर्ण अङ्ग मानिन्छ । मृत्युको अन्तिम समयमा मरणासन्न व्यक्तिलाई पानीमा तुलसीपत्र राखी खुवाउने गरिन्छ, जसका कारण मानिसको प्राण सजिलै जान सकोस् । तुलसीका अनेक फाइदा छन् यसले ठुलो पौराणिक सम्मान र चिकित्सकीय प्रयोगको गौरव पनि बोकेको छ । यसैले, मानिसहरु यसको पूजा, प्रार्थना र वन्दना गर्ने गर्दछन् ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।