खेल अर्जेन्टिनाले जित्यो, तर मन केप भर्डले
विश्वकप फुटबलका विभिन्न खेलहरू सइम्पन्न भइरहँदा यतिबेला विभिन्न देश, तिनका खेलाडी र खेलहरूको विशेष चर्चा पनि भइरहेको छ । यस्तै चर्चा यतिबेला केब भर्ड भन्ने देशको टिम र खेलाडीहरूको भइरहेको छ । शनिबार बिहान अर्जेन्टिना र केप भर्डबीचको अत्यन्त रोमाञ्चक खेलपछि केप भर्डका खेलाडीहरूको चर्चा भएको हो । केप भर्डका खेलाडीको खेल अत्यन्त ऊर्जापूर्ण, खेलअवधिभरि उत्तिकै सक्रियता र अनुशासनका साथ खेलमा सहभागीभएको सन्दर्भले विश्वभरिका खेलप्रेमीहरूको मन जितेको छ ।
केप भर्डका प्रशिक्षक बुबिस्टाले आफ्ना खेलाडीहरूको आफ्नातर्फबाट सकेको खेलेको र देशको पहिचान स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार आफ्ना खेलाडीहरूले अत्यन्त मर्यादित र अनुशासित खेल कौशल प्रदर्शन गरेको र देशको प्रतिष्ठा वृद्धिमा सक्दो योगदान गरेको बताए ।

अर्जेन्टिना केप भर्डबीचको खेल अतिरिक्त समयमा पुगेर केप भर्डका खेलाडीको आत्मघाती गोलका कारण अर्जेन्टिना ३ १ को अन्तरमा विजयी भए पनि संसारभरिका फुटबलप्रेमीहरूको मन भने केप भर्डले जितेको प्रतिक्रिया आइरहेको छ ।
जितपछि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै अर्जेन्टिनाका खेलाडी तथा क्याप्टेन मेसीले केप भर्डले हामीलाई लगातार दबाबमा राखेको र आफ्नो टिमको तालमेल बिग्रनुमा भूमिका खेलेको प्रतिक्रिया दिएका छन् । खेलअवधिभरि अधिकांश समय बल उनीहरूले नियन्त्रमा राखेर हामीलाई कुदाइरहे । हामीले आफ्नो तालमेल पनि गुमायौँ भन्ने उनको भनाइ छ ।
अर्जेन्टिनाको जितसँगै उत्कृष्ट १६ टोलीको टुंगो लागेको छ । अब प्रि क्वाटर फाइनलका खेलहरू सुरु हुने छन् ।

जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।








