म्यानिफेस्टेसनको वास्तविक जरा ’द सेक्रेट’ ले सन् २००६ मा जे कुरा ’रहस्य’ भन्दै पश्चिमा बजारमा पस्कियो, त्यो पूर्वीय वैदिक वाङ्मयमा हजारौँ वर्ष पहिले नै स्थापित सत्य थियो। फरक यति मात्र थियो कि वैदिक दर्शनले यसलाई कुनै सस्तो जादु वा लोभको साधन नमानी आत्म–विकास र सृष्टिको नियमका रूपमा व्याख्या गरेको पाईन्छ ।
वैदिक दर्शन र आधुनिक विज्ञानको त्रिवेणी
सन् २००६ मा अस्ट्रेलियन टेलिभिजन निर्माता रोन्डा बर्न (Rhonda Byrne) ले एउटा पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिन्—’द सेक्रेट’ (The Secre)। यस पुस्तकले संसारभर हलचल ल्यायो। ३० मिलियनभन्दा बढी प्रति बिक्री भएको र ५० भन्दा बढी भाषामा अनुवाद भएको यस कृतिले विश्वबजारमा एउटा पुरानो तर आकर्षक अवधारणालाई पुनःस्थापित गर्यो, जसलाई आजको डिजिटल पुस्ता ‘म्यानिफेस्टेसन’ ’ (Manifestation’) र ’आकर्षणको नियम’ (Law of Attraction) का नामले चिन्दछ।
इन्टरनेट, युट्युब, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालमा आज ’म्यानिफेस्ट’ शब्द यति लोकप्रिय भएको छ कि मानिसहरू आफ्ना सपना, धनसम्पत्ति, करियर र सम्बन्धहरूलाई ’विचारको शक्ति’ ले आकर्षित गर्न सकिन्छ भन्नेमा विश्वास गर्छन्। तर प्रश्न उठ्छ—के यो केवल सन् २००६ मा जन्मिएको एउटा आधुनिक पश्चिमी ’सेल्प–हेल्प’ व्यापार मात्र हो। वा यसको जरा हजारौँ वर्ष पुरानो पूर्वीय वैदिक दर्शन र अत्याधुनिक न्युरोसाइन्ससँग पनि जोडिएको छ?
वास्तवमा म्यानिफेस्टेसनको रहस्यलाई बुझ्न हामीले तीनवटा मुख्य पाटाको अध्ययन गर्नुपर्छः पहिलो द सेक्रेट’ ले प्रस्तुत गरेको आकर्षणको नियम, दोस्रो वैदिक तथा उपनिषद्कालीन दर्शनको प्रज्ञा, तेस्रो आधुनिक स्नायुविज्ञान (Neuroscience) र मनोविज्ञान
’द सेक्रेट’ (२००६) र आकर्षणको नियमः आधुनिक पुनर्जागरण
’द सेक्रेट’ पुस्तकको मूल सन्देश सरल छः “समानले समानलाई आकर्षित गर्छ“ (Like attracts like)। रोन्डा बर्नका अनुसार हाम्रा विचारहरूमा चुम्बकीय शक्ति हुन्छ र हरेक विचारको एउटा निश्चित फ्रिक्वेन्सी (तरंग) हुन्छ। जब हामी कुनै कुराको बारेमा लगातार सोच्दछौँ, हामीले ब्रह्माण्डमा त्यो तरंग पठाइरहेका हुन्छौँ, र ब्रह्माण्डले त्यस्तै परिस्थिति, मानिस र अवसरहरू हाम्रो जीवनमा फिर्ता पठाइदिन्छ।
यस पुस्तकले म्यानिफेस्टेसनका लागि तीन चरणको सूत्र प्रस्ताव गर्यो: माग्नुहोस् ( (Ask)): आफूलाई के चाहिएको हो, ब्रह्माण्डसँग स्पष्ट रूपमा माग राख्नुहोस्। विश्वास गर्नुहोस् (Believe): त्यो वस्तु वा उपलब्धि तपाईंले प्राप्त गरिसक्नुभयो भनी पूर्ण विश्वासका साथ अनुभव गर्नुहोस्। ग्रहण गर्नुहोस् ((Receive): त्यो प्राप्त हुँदा कस्तो महसुस हुन्छ, त्यही सकारात्मक भावमा रहेर ग्रहण गर्न तयार हुनुहोस्।
यस पुस्तकलाई विश्वप्रसिद्ध कार्यक्रम सञ्चालिका ओप्रा विन्फ्रेले आफ्नो कार्यक्रममा व्यापक प्रचार गरेपछि यो पश्चिमा जगत्मा जीवनशैलीकै रूपमा स्थापित भयो। यद्यपि, ’द सेक्रेट’ ले प्रस्तुत गरेको कतिपय व्याख्यालाई विज्ञानले “स्यूडोसाइन्स“ (छद्म विज्ञान) भनेर आलोचना पनि गर्यो, किनकि पुस्तकले कुनै कर्मबिना केवल सोचेकै भरमा भौतिक वस्तु प्राप्त हुन्छ भन्ने अतिरञ्जित दाबी गरेको पाईन्छ । तर वैदिक दर्शनको गहिराइः म्यानिफेस्टेसनको वास्तविक जरा ’द सेक्रेट’ ले सन् २००६ मा जे कुरा ’रहस्य’ भन्दै पश्चिमा बजारमा पस्कियो, त्यो पूर्वीय वैदिक वाङ्मयमा हजारौँ वर्ष पहिले नै स्थापित सत्य थियो। फरक यति मात्र थियो कि वैदिक दर्शनले यसलाई कुनै सस्तो जादु वा लोभको साधन नमानी आत्म–विकास र सृष्टिको नियमका रूपमा व्याख्या गरेको पाईन्छ । “यद् भावं तद् भवति“ संस्कृतको यो अमर सूक्तिले भन्छ—“जस्तो भाव हुन्छ, त्यस्तै सृष्टि हुन्छ“ वा “तिमी जे सोच्छौ, त्यही बन्छौ।“ हाम्रो आन्तरिक चेतना र दृष्टिकोणले नै बाहिरी जगतको अनुभूति निर्धारण गर्छ।
बृहदारण्यक उपनिषद्को अमर दर्शन
बृहदारण्यक उपनिषद् (४.४.५) मा मानव जीवन र संकल्पको प्रक्रियालाई अद्भुत वैज्ञानिक ढंगले बताइएको छः“काममय एवायं पुरुष इति। स यथाकामो भवति तत्क्रतुर्भवति, यत्क्रतुर्भवति तत्कर्म कुरुते, यत्कर्म कुरुते तदभिसम्पद्यते।। यसको अर्थ हुन्छः मानिस आफ्नो गहिरो इच्छा (Desire/Kaama) बाट निर्मित छ। जस्तो उसको इच्छा हुन्छ, त्यस्तै उसको संकल्प (Intention/Will) बन्दछ। जस्तो उसको संकल्प हुन्छ, त्यस्तै उसले कर्म (Action) गर्दछ र जस्तो उसले कर्म गर्दछ, त्यस्तै उसको भाग्य वा फल (Destiny/Outcome) निर्माण हुन्छ।
यहाँ वैदिक दर्शनले स्पष्ट पारेको छ कि केवल इच्छा गरेर मात्र पुग्दैन; त्यो इच्छा दृढ संकल्पमा बदलिन्छ, संकल्पले कर्मलाई जन्म दिन्छ, र कर्मले मात्र परिणाम दिन्छ। ’द सेक्रेट’ ले कर्मको पाटोलाई छायामा पारेको पाईन्छ । तर वेदले कर्मलाई केन्द्रमा राख्दछ।
अहं ब्रह्मास्मि र चेतनाको ऐक्य
उपनिषद्को महावाक्य “अहं ब्रह्मास्मि“ (म नै ब्रह्म हुँ) र “तत्त्वमसि“ (त्यो तिमी नै हौ) ले व्यक्ति र समष्टि ब्रह्माण्डबीच कुनै विभाजन देख्दैनन्। जब व्यक्तिको चेतना शुद्ध, एकाग्र र संकल्पवान् हुन्छ, तब उसको आन्तरिक ऊर्जा र बाह्य प्रकृतिको प्रवाह एकाकार हुन्छ।
आधुनिक विज्ञान र न्युरोसाइन्सः म्यानिफेस्टेसनको तार्किक आधार हो । आधुनिक विज्ञानले ’ब्रह्माण्डीय चुम्बक’ को रहस्यमय दाबीलाई अस्वीकार गरे पनि म्यानिफेस्टेसन पछाडिको जैविक र मनोवैज्ञानिक सत्यलाई पुष्टि गरेको छ। यो पुस्तक को कारण मात्रैले यो लेख लेख्ने मन भयको होईन यसबारे ज्ञानी व्यक्तित्व डा सिताराम खनाल ज्युको सान्निध्यमा रहेर केही अनुभुति केही अध्ययन गर्ने अवसरले यो लेख लेख्ने कोसिस गरेको छु । साथै यस लेखको दोस्रो भाग मा थप विषय पस्कनेछु ।
(भाग १)
नेपालमा प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान सुमार्गी समूहका एक सदस्य अरुणराज सुमार्गी उ्रद्यम, व्यवसायका अतिरिक्त शिक्षा, राजनीति, पर्यटनलगायत समाजका विविध क्षेत्र र समावेसी विकासलगायत विषयमा कलम चलाउने लेखकका रुपमा परिचित हुनुहुन्छ । त्यसबाहेक धर्म, दर्शन र समाजको समसामयिक विषयमा सूक्ष्म विश्लषेण गर्न मन पराउने सुमार्गी मानवीय मूल्य, अध्यात्म र उत्प्रेरणाका क्षेत्रमा पनि आफ्ना लेखनीलाई केन्द्रित गर्न मन पराउनुहुन्छ । जीवनदर्शनका गहन चिन्तक एवम् पूर्वीय अध्यात्मका सक्रिय साधक सुमार्गी मनुष्यका समस्त प्रयत्न ‘सर्वजन हिताय, सर्वजन सुखाय’का लागि हुनुपर्दछ भन्ने ठान्नुहुन्छ ।



















