हरेक बिहान कम्तिमा पाँच मिनेट ध्यान गरौं। आफ्ना अभिभावकप्रति सम्मान व्यक्त गरौं। शिक्षकलाई आदर गरौं। दैनिक एउटा राम्रो पुस्तक पढौं। कसैलाई दुःख दिने होइन, सहयोग गर्ने प्रयास गरौं। गल्ती भयो भने स्वीकार गरौं। सफलता आयो भने विनम्र बनौं। यिनै साना अभ्यासहरूले ठूलो परिवर्तन ल्याउँछन्।
मानव जीवन ब्रह्माण्डको अनुपम उपहार हो। हामी यो संसारमा केही समयका लागि आएका यात्री मात्र हौं। जन्म र मृत्यु हाम्रो नियन्त्रणमा छैन, तर जन्म र मृत्युबीचको यात्रा कस्तो बनाउने भन्ने निर्णय भने हाम्रो आफ्नै हातमा हुन्छ। यही निर्णयले जीवनलाई सफल, सार्थक र आनन्दमय बनाउँछ।
जीवन मा कहिल्यै उकालो मात्र हुँदैन, न त सधैं ओरालो नै। कहिले सफलता आउँछ, कहिले असफलतास कहिले प्रशंसा पाइन्छ, कहिले आलोचना। ऋतु परिवर्तन भएझैं जीवनका अवस्था पनि परिवर्तन भइरहन्छन्। जसले परिवर्तनलाई सहज रूपमा स्वीकार्न सिक्छ, उसले नै जीवनको वास्तविक आनन्द अनुभव गर्न सक्छ।
आजको संसार अभूतपूर्व रूपमा विकसित भएको छ। विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ताले संसारलाई सानो बनाइदिएको छ, तर विडम्बना के छ भने मानिसको मन भने दिनप्रतिदिन अशान्त बन्दै गएको छ। तनाव, चिन्ता, ईर्ष्या, घृणा, असहिष्णुता र नकारात्मक सोचले समाजलाई गाँजिरहेको छ। सामाजिक सञ्जालले सूचना त दिएको छ, तर धेरै मानिसको मनबाट शान्ति खोसिदिएको पनि देखिन्छ।
यही कारणले आज केवल आर्थिक समृद्धि पर्याप्त छैनस मानसिक समृद्धि र आध्यात्मिक चेतना पनि उत्तिकै आवश्यक छन्। जसरी नियमित योग, व्यायाम र अनुशासित जीवनशैलीले शरीरलाई स्वस्थ, चुस्त र रोगमुक्त राख्छ, त्यसरी नै ध्यान, आध्यात्मिक चिन्तन, सकारात्मक सोच, क्षमा, करुणा र कृतज्ञताले मन र मस्तिष्कलाई स्वच्छ, सन्तुलित र शक्तिशाली बनाउँछन्।
संसारका धेरै महान व्यक्तिहरूले यही सत्यलाई आफ्नो जीवनबाट प्रमाणित गरेका छन्। गौतम बुद्ध भन्नुहुन्थ्यो, “हामी आज जे छौं, त्यो हाम्रो सोचको परिणाम हो।” त्यसैले, विचार बदलियो भने जीवन बदलिन्छ। महात्मा गान्धी ले भन्नुभएको थियो, “तपाईं संसारमा देख्न चाहनुभएको परिवर्तन आफैं बन्नुहोस्।” समाज परिवर्तनको सुरुआत आफ्नै चरित्रबाट हुन्छ । स्वामी विवेकानन्दले युवालाई सन्देश दिनुभएको थियो, “उठ, जाग, र लक्ष्य प्राप्त नभएसम्म नरोकिनु।” आत्मविश्वास नै सफलताको पहिलो आधार हो। नेल्सन मण्डेलाले कठिन संघर्षपछि पनि क्षमा र मेलमिलापको बाटो रोजे। उहाँले देखाउनुभयो कि घृणाले होइन, प्रेम र धैर्यले समाज बदलिन्छ। यदि तपाईं अरूलाई खुसी बनाउन चाहनुहुन्छ भने करुणा अपनाउनुहोस्। यदि आफू खुसी हुन चाहनुहुन्छ भने पनि करुणा नै अपनाउनुहोस् ।” यी सबै सन्देशको सार एउटै छ—मानिस बाहिर होइन, भित्रबाट बलियो हुनुपर्छ।
आजका युवाले प्रतिस्पर्धा गर्नुपर्छ, तर तुलना होइन। सपना देख्नुपर्छ, तर अहंकार होइन, आधुनिक बन्नुपर्छ, तर संस्कार बिर्सनु हुँदैन। प्रविधि प्रयोग गर्नुपर्छ, तर मानवता गुमाउनु हुँदैन।
नेपाल संसारका लागि विशेष भूमि हो। यो भगवान गौतम बुद्धको जन्मभूमि हो। यही भूमिले जनकनन्दिनी सीताको धैर्य, त्याग, मर्यादा र सहनशीलताको उदाहरण संसारलाई दिएको छ। भगवान पशुपतिनाथको आशीर्वादले आध्यात्मिक चेतनाको केन्द्र बनेको यो देशले हामीलाई शान्ति, सहिष्णुता र मानवताको मार्ग सिकाएको छ।
यति ठूलो आध्यात्मिक सम्पदा भएको देशका नागरिक भएर पनि यदि हामी क्रोध, घृणा, लोभ र विभाजनमा अल्झिरह्यौं भने त्यो हाम्रो कमजोरी हुनेछ। बुद्धको करुणा र सीताको धैर्यलाई जीवनमा उतार्न सके मात्र नेपालले विश्वलाई फेरि नैतिक नेतृत्व दिन सक्छ। विशेष गरी नयाँ पुस्तालाई एउटा कुरा सम्झन आवश्यक छ । सफलता केवल ठूलो घर, महँगो गाडी, उच्च पद वा धेरै सम्पत्तिले मापन हुँदैन। वास्तविक सफलता भनेको स्वस्थ शरीर, शान्त मन, असल चरित्र, इमानदार व्यवहार र समाजप्रतिको जिम्मेवारी हो।
आजका युवाले प्रतिस्पर्धा गर्नुपर्छ, तर तुलना होइन। सपना देख्नुपर्छ, तर अहंकार होइन, आधुनिक बन्नुपर्छ, तर संस्कार बिर्सनु हुँदैन। प्रविधि प्रयोग गर्नुपर्छ, तर मानवता गुमाउनु हुँदैन।
हरेक बिहान कम्तिमा पाँच मिनेट ध्यान गरौं। आफ्ना अभिभावकप्रति सम्मान व्यक्त गरौं। शिक्षकलाई आदर गरौं। दैनिक एउटा राम्रो पुस्तक पढौं। कसैलाई दुःख दिने होइन, सहयोग गर्ने प्रयास गरौं। गल्ती भयो भने स्वीकार गरौं। सफलता आयो भने विनम्र बनौं। यिनै साना अभ्यासहरूले ठूलो परिवर्तन ल्याउँछन्।
सफलता केवल ठूलो घर, महँगो गाडी, उच्च पद वा धेरै सम्पत्तिले मापन हुँदैन। वास्तविक सफलता भनेको स्वस्थ शरीर, शान्त मन, असल चरित्र, इमानदार व्यवहार र समाजप्रतिको जिम्मेवारी हो।
याद राखौं जीवन कुनै दौड होइन, यो एउटा यात्रा हो। यात्रामा उकालो पनि आउँछ, ओरालो पनि आउँछ। फूल पनि भेटिन्छ, काँडा पनि भेटिन्छ। तर मुस्कुराउँदै अघि बढ्न सक्ने व्यक्ति नै अन्ततः विजेता बन्छ।
आफ्नो मनलाई सकारात्मक विचारले भरौं। आत्मालाई आध्यात्मिक ऊर्जाले उज्यालो बनाऔं। समाजलाई प्रेम, सेवा र मानवताले सजाऔं। जब प्रत्येक व्यक्तिले आफ्नो भित्रको उज्यालो जगाउँछ, तब परिवार उज्यालो हुन्छस परिवार उज्यालो हुँदा समाज उज्यालो हुन्छस समाज उज्यालो हुँदा राष्ट्र उज्यालो हुन्छ।
अन्त्यमा, बुद्धको करुणा, सीताको सहनशीलता, विवेकानन्दको आत्मविश्वास, गान्धीको सत्य, मण्डेलाको क्षमा र आधुनिक युगका प्रेरणादायी व्यक्तिहरूको सकारात्मक सोचलाई जीवनको मार्गदर्शक बनाऔं। किनकि बाहिरी संसार परिवर्तन गर्नुभन्दा पहिले आफ्नै मन परिवर्तन गर्नु नै सबैभन्दा ठूलो विजय हो।
सकारात्मक सोचौँ। आध्यात्मिक बनौँ। मानवताको सेवा गरौँ। यही नै सुखी, सफल र सार्थक जीवनको वास्तविक दर्शन हो।



















