गीताको मर्ममाथि विशेष सम्बोधन गर्दै गीताले कर्म, ज्ञान, योग र ध्यानका विविध आयामबारे गहन दिशानिर्देश गरेको हुनाले हामी सबैका लागि प्रेरक
भगवत् गीता सत्सङ्ग परिवारको आयोजनामा भव्य गीता सत्सङ्ग, प्रवचन तथा साधक सम्मान कार्यक्रम सम्पन्न भएको छ । मङ्सिर २८ गते शनिबारका दिनमा देवघाट, चितवनमा सो कार्यक्रमको अयोजना भएको थियो ।
भरतपुर महानगर पालिका वडा नं १ देवघाटस्थित गार्गी कन्या गुरुकुलको सभाकक्षमा आयोजना गरिएको कार्यक्रम भगवत् गीता सत्सङ्ग परिवारका अध्यक्ष तथा साधक हरिहर दवाडी‘भक्तियोगी’को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमु्ख अतिथिका रुपमा वेद—वेदाङ्ग विद्यालयका प्राचार्य स्वामी डा.अमृतानन्द गिरिजी उपस्थित हुनुहुन्थ्यो । डा. गिरिले गीताको मर्ममाथि विशेष सम्बोधन गर्दै गीताले कर्म, ज्ञान, योग र ध्यानका विविध आयामबारे गहन दिशानिर्देश गरेको हुनाले हामी सबैका लागि प्रेरक रहेको बताउनुभयो । उहाँले गीताको विशेष गरी दार्शनिक पाटो समेतको चर्चा गर्नूभयो भने हामीभित्रको दुर्योधन र अर्जुनको विम्बलाई पनि स्पष्ट गर्नुभयो ।
कार्यक्रमका अर्का वक्ता आचार्य लक्ष्मण भण्डारीले गीतालाई जीवनको निर्देशक ग्रन्थका रूपमा उल्लेख गर्दै कर्मक्षेत्रका अर्जुनका रूपमा प्रत्येक मनुष्यले आफूलाई स्वीकार्दै गीतालाई भगवान् श्रीकृष्णको सन्देश मान्दै निडर र भयरहित भएर अघि बढ्नुपर्ने विषयबारे चर्चा गर्नुभयो ।
त्यस्तै विशिष्ट साधक तथा नेपाल सरकारका सहसचिव वासुदेव काफ्ले, उपसचिव महेशराज पौडेल तथा पूर्व शिक्षिका शारादा पण्डितले शुभकामना मन्तव्यका साथमा गीताको सार बताउनुभएको थियो ।
कार्यक्रमका सभापति तथा अध्यक्ष हरिहर भक्तियोगीले कार्यक्रमको औचित्यबारे विशेष चर्चा गर्दै आगन्तुक सम्पूर्णलाई विशेष धन्यवाद ज्ञापन गर्नूभएको थियो । गीताका सन्देशलाई चर्चा गर्दै संस्थाले गरेका महत्त्वपूर्ण कामहरूबारे पनि उहाँले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा काठमाडौँ, झापा, पोखरा, बुटवल, नवलपरासी तथा चितवनका गीतानुरागी एवम् साधक—ुसाधिकाको उपस्थ्तिि रहेको थियो । कार्यक्रममा गीता प्रश्नोत्तरीमा उत्कृष्ट स्थान हासिल गर्ने व्यक्तित्वलाई सम्मानित पनि गरिएको थियो भने संस्थाका लागि विशेष योगदान गरेबापत साधक हरिहर भक्तियोगी तथा उहाँकी धर्मपत्नी प्रतिभा दवाडीलाई विशेष सम्मान पनि गरिएको थियो ।
गार्गी कन्या गुरुकुलका छात्राहरूले सो अवसरमा आफ्ना सुमधुर भजनकीर्तन प्रस्तुत गरेका थिए भने अदिती पौडेल र कस्मी अधिकारीद्वारा सुन्दर नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कमला सापकोटा गौतम र नन्दा कोइराला पौडेलको गीता वाचन पनि अर्को आकर्षण बनेको थियो । यति सुन्दर र भव्य कार्यक्रमको सञ्चालन संस्थाका सचिव गीता जमरकट्टेलले गर्नूभएको थियो ।

जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।



















