‘जुन वस्तुले आनन्द प्रदान गर्न सक्दैन, त्यो सुन्दर हुन सक्दैन । जुन सुन्दर हुन सक्दैन, त्यो सत्य पनि हुन सक्दैन । जहाँ आनन्द हुन्छ, त्यही सत्य हो ।’ —प्रेमचन्द
‘मानिसले आफूलाई चिन्दा जति आनन्द आउँछ, त्यस्तो आनन्द अरु कुनै पनि कुराबाट पाउन सकिँदैन ।’ —स्वेटमार्डन
‘जुन वस्तुले आनन्द प्रदान गर्न सक्दैन, त्यो सुन्दर हुन सक्दैन । जुन सुन्दर हुन सक्दैन, त्यो सत्य पनि हुन सक्दैन । जहाँ आनन्द हुन्छ, त्यही सत्य हो ।’ —प्रेमचन्द
‘साँचो आनन्द तब मिल्छ, जब मानिसले आफूलाई सेवामा लगाउँछ ।’ —लियो टल्सटाय
‘आनन्दलाई बाहिरबाट आउने नसम्झ, त्यो त तिमीभित्रबाट निस्किएर बाहिर गइरहेको छ भन्ने सोच ।’ —अरस्तु
‘आनन्दको मूल स्रोत सन्तोष हो ।’ —मनुस्मृति
‘संयम र त्यागको बाटोबाट मात्रै आनन्द र शान्तिसम्म पुग्न सकिन्छ ।’ —इमर्सन
‘आनन्द सर्वोत्तम मदिरा हो ।’ —रस्किन
‘आनन्दको अर्थ मनका चिन्ता र यन्त्रणाहरुदेखि मुक्त हुनु हो ।’ —रिलटसन
‘आनन्द त्यो खुसी हो, जसलाई भोग्दा ग्लानि एवम् पश्चात्ताप हुँदैन ।’ — सुकरात
‘मानिसको आनन्दमा त्यतिखेर पूर्णता आउँछ, जतिखेर उसले आफ्नो समस्त शक्तिलाई त्याग र विवेकपूर्ण कार्यमा लगाउँछ ।’ —थोमस हब्स
‘त्यस्तो आनन्दको खोजी गर, जसमा कम मूल्य लागोस्, तर आनन्द धेरै होस् ।’ —थोमस फुलर
‘मेरालागि सबैभन्दा ठुलो आनन्द चुपचाप कुनै महान् काम गर्नु र अकस्मात त्यसलाई प्रकाशित गर्नु हो ।’ —मनुस्मृति
‘आनन्दको अर्थ मनका चिन्ता र यन्त्रणाहरुदेखि मुक्त हुनु हो ।’ —रिलटसन
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।