तमाम जटिल अवस्था, पर्याप्त सुविधाको अभाव, अकर्मण्य राजनैतिक अवस्था र प्रतिकूल आर्थिक स्थितिका बाबजुद क्रिकेटमा नेपाल प्राप्त गरेको यो उपलब्धि साँच्चै नै अभूतपूर्व रहेको छ । नेपालका क्रिकेट प्रशिक्षक मोन्टी देसाइको प्रशिक्षकत्वमा नेपाली क्रिकेट टिम यतिबेला अत्यन्त उत्साही र एकीकृत देखिँदा नजिता नेपालको पक्षमा परेको अनुमान गर्न सकिन्छ ।
काठमाडौँ ,१९ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको एकदिवसीय खेलको फाइनलमा युएइलाई हराउँदै नेपाल एसीसी कप क्रिकेट प्रतियोगितामा प्रवेश गरेको छ । नेपालका लागि यो ऐतिहासिक उपलब्धि हो । अब पाकिस्तानमा हुने एसीसी क्रिकेट प्रतियोगितामा विश्व प्रसिद्ध बलिया क्रिकेट राष्ट्र भारत र पाकिस्तानसहितको समूहमा रहेर उनीहरुसित एक दिवसीय म्याच खेल्ने छ ।
टियु क्रिकेट स्टेडियममा आज सम्पन्न नेपाल र युएइबीचको फाइनल म्याचमा नेपालले युएईमाथि ७ विकेटको जित हात पारेको हो । युएईले नेपाललाई दिएको ११७ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा ३०.३ ओभरमा पूरा गर्न नेपाल सफल भएको थियो ।
आजको खेलमा गुलसन झा र भीम सार्कीको साझेदारी उत्कृष्ट रह्यो । गुलसन झा र भीम सार्कीले क्रमशः ६७ र ३६ रन बनाएका थिए । खेलको सुरुआतमा ३ विकेट गुमाउँदा नेपालसित जम्मा २२ रन मात्र थियो ।
टियु क्रिकेट मैदानमा हजारौँको सङ्ख्यामा खेल हेर्न उपस्थित दर्शकको क्रिकेटप्रतिको चासो र उत्साह पनि हेर्न लायक देखिन्थ्यो । सेमिफाइलन खेल हेर्न आएका दर्शकले गरेको फोहोरले मैदान बिग्रिएको समाचार आएपछि हिजो दर्शक आफैँले आफ्नो फोहोरलाई व्यवस्थापन गरेको समाचार पनि प्रशंसनीय देखिन्थ्यो । नेपालको क्रिकेट सफलताका लागि सबै खेलाडीलाई बधाई ! अविस्मरणीय फाइनल खेलका लागि अग्रिम शुभकामना !
गुलसन र भीमले ब्याटिङ सम्हालेपछि खेल बिस्तारै नेपालको लयमा फर्किएको थियो । नेपाल युएईलाई पराजित गरी एसीसी कप क्रिकेट प्रतियोगितामा प्रवेश गरिरहँदा सोही फाइनल खेलमा गुलसन झाले अर्धशतक समेत बनाउन सफलता प्राप्त गरेका छन् ।
तमाम अप्ठ््यारा अवस्था, पर्याप्त सुविधाको अभाव, अकर्मण्य राजनैतिक अवस्था र प्रतिकूल आर्थिक स्थितिका बाबजुद क्रिकेटमा नेपाल प्राप्त गरेको यो उपलब्धि साँच्चै नै अभूतपूर्व रहेको छ । नेपालका क्रिकेट प्रशिक्षक मोन्टी देसाइको प्रशिक्षकत्वमा नेपाली क्रिकेट टिम यतिबेला अत्यन्त उत्साही र एकीकृत देखिँदा नजिता नेपालको पक्षमा परेको अनुमान गर्न सकिन्छ ।
टियु क्रिकेट मैदानमा हजारौँको सङ्ख्यामा खेल हेर्न उपस्थित दर्शकको क्रिकेटप्रतिको चासो र उत्साह पनि हेर्न लायक देखिन्थ्यो । सेमिफाइलन खेल हेर्न आएका दर्शकले गरेको फोहोरले मैदान बिग्रिएको समाचार आएपछि हिजो दर्शक आफैँले आफ्नो फोहोरलाई व्यवस्थापन गरेको समाचार पनि प्रशंसनीय देखिन्थ्यो । नेपालको क्रिकेट सफलताका लागि सबै खेलाडीलाई बधाई ! अविस्मरणीय फाइनल खेलका लागि अग्रिम शुभकामना !
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।