यदि तपाईँले सफलता चाहनुहुन्छ भने यसलाई लक्ष्य बनाउनुहोस् । त्यस्तो काम गर्नुहोस्, जुन तपाईँलाई गर्न मन लाग्दछ, र जसमाथि तपाईँलाई विश्वास होस् । सफलता तपाईँलाई आफैँ मिल्दछ ।—डेबिड फ्रस्ट
जसले तपाईँको अति प्रशंसा गर्दछ, त्यस्तो व्यक्तिको विश्वास कहिल्यै पनि नगर्नुहोस् । —खलिल जिब्रान
मानिसले क्रोधलाई प्रेमले, पापलाई सदाचारले, प्राप्तिलाई दानले र मिथ्या भाषणलाई सत्यले जित्न सक्दछ । —गौतम बुद्ध
यदि तपाईँले सफलता चाहनुहुन्छ भने यसलाई लक्ष्य बनाउनुहोस् । त्यस्तो काम गर्नुहोस्, जुन तपाईँलाई गर्न मन लाग्दछ, र जसमाथि तपाईँलाई
विश्वास होस् । सफलता तपाईँलाई आफैँ मिल्दछ ।—डेबिड फ्रस्ट
आजभोलि मान्छेको व्यवहार र मित्रहरु एक हजारका नोटजस्ता भएका छन् । डर लारिहन्छ कि कतै नक्कली नहोऊन् ।
जङ्गली जनावरसँग भन्दा कपटी र दुष्ट मित्रसँग डराउनुपर्दछ । जनावरले त तपाईँको शरीरलाई मात्र नोक्सान पु¥याउन सक्दछन्,तर एउटा
खराब मित्रले बुद्धिलाई नै नोक्सान गर्न सक्दछ । — गौतम बुद्ध
जसले चुनौतीहरुको सामना गर्न सक्दैन, ऊ असफल हुने कुरा निश्चित छ । — विवेकानन्द
यदी तिमीले संसारको कल्याण गर्न चाहन्छौ भने अरुमाथि दोषारोपण गर्न छोड । —विवेकानन्द
यदि तपाईँले कुनै महान् काम गर्न सक्नुभएन भने पनि सानो कामलाई पनि महान् तरिकाले गर्नुहोस् । —नेपोलिन हिल
जङ्गली जनावरसँग भन्दा कपटी र दुष्ट मित्रसँग डराउनुपर्दछ । जनावरले त तपाईँको शरीरलाई मात्र नोक्सान पु¥याउन सक्दछन्,तर एउटा खराब मित्रले बुद्धिलाई नै नोक्सान गर्न सक्दछ । — गौतम बुद्ध
(नोटः फेसबुकगीता नामक यस स्तम्भमा हामीले सामाजिक सञ्जाल फेसबुकमा प्राप्त गरेका गीताका सन्देश समान उपयोगी सामग्रीलाई साभार गरेर प्रकाशित गर्ने गर्दछौँ । तसर्थ, यस स्तम्भको नाम ‘फेसबुकगीता’ राखिएको छ ।)
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।