तुलसी सर्वगुणसम्पन्न औषधीय तत्त्वले युक्त वनस्पति हो । आजको दिनमा तुलसीलाई यसरी केन्द्रमा राखेर महत्त्व दिनुको अर्थ औषधीय महत्त्वको बोटवनस्पतिको रक्षा गर्नुपर्दछ भन्ने विशिष्ट दर्शनलाई लोकसम्म स्थापित गर्ने हाम्रा पूर्वजहरूको मनशाय देखिन्छ । घरगाउँमा आजकै दिनदेखि यस वर्ष उत्पादन गरिएको नयाँ धानको चामललाई भिजाएर न्वागी खाने चलन पनि रहेको छ ।

आज कार्तिक २७ गते तुलसीपूजन एवम् महत्त्वबोधको विशेष पर्व नारायणी नदीको किनार चितवन र तनहुँको सङ्गममा भव्यतासाथ मनाइयो । चितवन, तनहुँ,, नवलपुर र आसपासका क्षेत्रबाट आएका श्रद्धालुहरूले नदीमा स्नान गरी तुलसीको दिव्य पूजाआजाका साथमा आआफ्नो श्रद्धाभाव प्रकट गर्नुभएको छ ।

फोटोः जीवनदर्शन

फोटोः जीवनदर्शन

विभिन्न ठाउँबाट तुलसीको विवाह गरी ल्याइएका फूल, तोरण, मालासहितका डोलीहरू प्रशस्त देखिन्थे । नारायणी र कृृष्णा गण्डकीको वारीदेखि पारीसम्म तोरण टाँगेर श्रद्धालुहरूले आआफ्नो श्रद्धाभाव प्रकट गर्नुभएको छ ।

फोटोः जीवनदर्शन

फोटोः जीवनदर्शन

प्रतिवर्ष कार्तिक शुक्ल पक्षको एकादशी तिथिका दिनमा मनाइने हरिबोधिनी एकादशीको आफ्नै महत्त्व रहेको छ । भगवान् श्री हरि अर्थात् विष्णु यसअघि आषाढ शुक्ल पक्षको एकादशी तिथिमा शयन गरेर आज कार्तिक शुल्क पक्षको एकादशी तिथिका दिनमा ब्यँझनुभएको हुनाले यस पर्वलाई हरिबोधिनी एकादशीका नामले चिन्ने गरिन्छ । यस दिन भगवान् विष्णुलाई प्रिय लाग्ने तुलसीको पूजाआजा गरिन्छ र भगवान् दामोदरका साथमा विवाह समेत गरिदिने चलन रहेको छ ।

फोटोः जीवनदर्शन

फोटोः जीवनदर्शन

तुलसी सर्वगुणसम्पन्न औषधीय तत्त्वले युक्त वनस्पति हो । आजको दिनमा तुलसीलाई यसरी केन्द्रमा राखेर महत्त्व दिनुको अर्थ औषधीय महत्त्वको बोटवनस्पतिको रक्षा गर्नुपर्दछ भन्ने विशिष्ट दर्शनलाई लोकसम्म स्थापित गर्ने हाम्रा पूर्वजहरूको मनशाय देखिन्छ । घरगाउँमा आजकै दिनदेखि यस वर्ष उत्पादन गरिएको नयाँ धानको चामलाई भिजाएर न्वागी खाने चलन पनि रहेको छ ।

फोटोः जीवनदर्शन

फोटोः जीवनदर्शन

विशिष्ट आध्यात्मिक, वैज्ञानिक र सांस्कृतिक महत्त्व बोकेको हरिबोधनी एकादशीलाई विशिष्ट रौनकका साथमा नेपालको केन्द्रमा रहेको देवघाटजस्ता तीर्थहरू र धार्मिक स्थल, मठमन्दिरमा मनाउने गरिन्छ ।