शरीर अनित्य छ, धन पनि सधैँ रहँदैन, मृत्यु जहिले पनि नजिकै हुन्छ । त्यसैले, धर्मको सङ्ग्रह गर्नुपर्दछ ।

‘अनित्यानि शरीराणि विभवो नैव शाश्वत: ।
नित्यं सन्निहितो मृत्युः कर्तव्यो धर्मसङ्ग्रह ।।’
(शरीर अनित्य छ, धन पनि सधैँ रहँदैन, मृत्यु जहिले पनि नजिकै हुन्छ । त्यसैले, धर्मको सङ्ग्रह गर्नुपर्दछ ।) चाणक्यनीति

‘मित्रं स्वच्छतया रिपुं नयबलैर्लुब्धं धनैरीश्वरं
कार्येण द्विजमादरेण युवतिं प्रेम्णा समैर्बान्धवान् ।
अत्युग्रं स्तुतिभिर्गुरुं प्रणतिभिर्मूर्खं कथाभिर्बुधं
विद्याभी रसिकं रसेन सकलं शीलेन कुर्याद्वशम् ।।’
(मित्रलाई स्वच्छता एवम् निष्कपट हृदयले जितियोस्, शत्रुलाई नीतिबलले, लोभीलाई धनले, मालिकलाई सेवाले, ब्राह्मणलाई आदरले, युवतीलाई प्रेमले, दाजुभाइलाई समभावले, अत्यन्त क्रोधीलाई स्तुतिले, गुरुलाई विनयले, मूर्खलाई कुराले, बुद्धिमान्लाई बुद्धिले, रसिकलाई रसिकताले जितियोस् भने सबैलाई सुशीलताले जितियोस् ।)—नवरत्नसङ्ग्रह

‘उदारस्य तृणं वित्तं शूरस्य मरणं तृणम् ।
विरक्तस्य तृणं भार्या निःस्पृहस्य तृणं जगत् ।।’
(उदार मन भएका मानिसलाई धन, शूर र वीर पुरुषका लागि मृत्यु, वैरागी मानिसका लागि स्त्री र निःस्पृह मानिसका लागि यो संसार झारपात बराबर हुन्छन् ।)—हितोपदेश