असत् पदार्थमा जुन रुचि छ, भोग र सङ्ग्रहमा जुन राम्रोपन देखिन्छ, सुख देखिन्छ र त्यसलाई प्राप्त गर्ने जुन इच्छा हुन्छ, त्यही सम्पूर्ण दोषहरुको चुरो हो । संयोगजन्य सुखको इच्छा उसैमा पैदा हुन्छ, जो दुःखी छ । दुःखी मानिसले नै सुखको इच्छा गर्दछ र सुख पनि त्यसैलाई प्राप्त हुन्छ, जो दुःखी हुन्छ । जस्तै, भोजनको सुख उसैलाई प्राप्त हुन्छ, जो भोको छ ।
– स्वामी रामसुखदास
भगवान्को साक्षात् अंश हुनाले जीवको भगवान्सित साधम्र्यता छ । अतः भगवान्जस्तै जीव पनि स्वरुपले सर्वथा निर्दोष छ । यो निर्दोषता आफ्नो प्रयासले ल्याइएको होइन, स्वतःसिद्ध र सहज हो—
ईस्वर अंस जीव अबिनासी । चेतन अमल सहज सुखरासी ।।
(मानस ७।११७।१)
मनुष्यभित्र हामीले दोष हटाउँछौँ, निर्दोष बन्छौँ, अनि भगवान्को प्राप्ति हुन्छ भन्ने कुरा बसेको छ । तर, सांसारिक वस्तुलाई प्राप्त गर्ने जुन विधि छ, त्यो विधि परमात्मतत्त्व प्राप्तिको होइन । सांसारिक वस्तुहरुको प्राप्ति त अप्राप्तको प्राप्ति हो, तर परमात्मतत्त्वको प्राप्ति नित्यप्राप्तको प्राप्ति हो । स्वरुप स्वतः स्वाभाविक निर्दोष तथा नित्यप्राप्त छ । अतः यस निर्दोषताको स्वीकार गर्नु छ, यसलाई बनाउने होइन र दोषहरुदेखि मुक्त हुनु छ, तिनलाई मेटाउने होइन । अर्थात्, आफूमा निर्दोषता त वास्तवमै छ भने सदोषता मानिएको मात्र हो, छैन । अतः यस मान्यतालाई त्याग्नु छ । यदि दोषहरुलाई आफूमा स्वीकार गरी फेरि तिनलाई हटाउने प्रयास गर्दछौँ भने ती टाढा हुँदैनौँ, बरू अझ दृढ हुन्छन्, किनकि दोषहरुलाई आफूमा मानेर तिनलाई ठाउँ दिन्छौँ, त्यसैले त तिनलाई मेटाउने प्रयास गर्दछौँ ।
प्रत्येक साधकको के अनुभव छ भने साधना गर्नुपूर्व दोष जति वेगले आउँथ्यो, त्यति वेगले अब आउँदैन, जतिसमय रहन्थ्यो, त्यतिन्जेल अब रहँदैन र जति छिटो आउँथ्यो, त्यति छिटो अब आउँदैन । यस्तो फरक आपूmमा देखेर साधकको उत्साह बढ्नुपर्दछ कि वास्तवमा दोष आपूmमा छैनन् । यदि यी आफूमा हुन्थे भने यस्तो फरक देखिँदैनथ्यो, अर्थात् दोषहरुमा त फरक प¥यो, तर आफूमा कुनै फरक परेन, अतः दोष आफूदेखि फरक हुन्छ ।
काम,क्रोध, लोभ, मोह, मद, मत्सर आदि जति पनि दोष छन्, सबै असत् हुन् र असत्को सम्बन्धबाट पैदा भएका हुन् । जस्तै निद्राको सम्बन्धले जागृतिको विस्मृति हुन्छ र सपना देखिन्छ, त्यस्तै असत्को सम्बन्धले स्वतःसिद्ध निर्दोषताको विस्मृति हुन्छ र दोष देखिन थाल्छन् । दोष सपनाको सृष्टिसमान त देखिन्छन्, तर वास्तवमा यिनको स्वतन्त्र सत्ता हुँदैन ।
दोष आगन्तुक हुन्छन्, तर निर्दोष स्वरुप आगन्तुक आगन्तुक होइन । सबैको के अनुभव छ भने दोषहरु आउँदा पनि हामी रहन्छौँ र दोषहरु जाँदा पनि हामी रहन्छौँ । दोष आउँछन्, जान्छन्, तर हामी आउने जाने गर्दैनौँ, जस्ताको त्यस्तै रहन्छौँ । हामीलाई दोषहरु आउने—जाने भान हुन्छ भने यसबाट आफूभित्र स्थायीरुपले निर्दोषिता सिद्ध हुन्छ, किनकि निर्दोष भएको कुरा बिनादोष भान हुँदैन । हामी निर्दोष छौँ, त्यसैले दोषहरुको भान हुन्छ र जसको भान हुन्छ, त्यो आफूदेखि टाढा हुन्छ । जस्तोसुकै दोष किन नहोस्, त्यो मन—बुद्धिमै आउँछ, आफूमा कहिल्यै आउँदैन । तर, मनबुद्धिका साथमा तादात्म्य हुनाले दोष आफूमा देखिन थाल्छ । प्रकृतिको काम हुनाले मनबुद्धि पनि दोषी र अनित्य छन् । हाम्रो सम्बन्ध न मनबुद्धिका साथ छ, न तिनमा आउने दोषहरुका साथमा नै ।
जुन आदि र अन्तमा हुँदैन, त्यो बीचमा पनि हुँदैन भन्ने सिद्धान्त छ—‘आदावन्तेच यन्नास्ति वर्तमानेऽपि तत्तथा’(माण्डूक्यकारिका ४। ३१) जसरी ऐनामा मुख पहिले पनि थिएन, पछि पनि रहँदैन र वर्तमानमा प्रत्यक्ष देखिए पनि त्यो वास्तवमा छैन, त्यसैगरी, आफूमा दोष पहिले पनि थिएन, पछि पनि रहँदैन र वर्तमानमा देखिए पनि त्यो आफूमा छैन । जसरी ऐनामा अुनुहारको प्रतीति हुन्छ, त्यसैगरी आफूमा दोषको प्रतीति छ, वास्तवमा दोष छँदै छैनन् ।
जसरी आफूमा दोष छैनन, त्यसैगरी अरुमा पनि दोष छैनन् । सबैको स्वरुप स्वतः निर्दोष छ । अतः कहिल्यै कसैलाई दोषी मान्नुहुँदैन, अर्थात् निर्दोष स्वरुपतिर नै स्वतः दृष्टि रहनुपर्दछ । यस्तो ठान्नुपर्दछ कि अर्काले आगन्तुक दोषको वशीभूत भएर क्रिया गरिदियो, तर न त त्यो क्रिया स्थायी रहन्छ, न त त्यसको फल स्थायी रहन्छ । क्रिया र फल त रहँदैनन्, तर स्वरुप रहन्छ । यदि हामीले अर्कामा दोष मान्दछौँ भने उसमा ती दोष आउँछन्, किनकि उसमा दोष देख्नाले हाम्रो त्याग, तप, बल आदि पनि त्यस दोषलाई जन्माउनुमा स्वाभाविक सहायक बन्दछन्, जसले गर्दा त्यो व्यक्ति दोषी हुन्छ । अतः (सैद्धान्तिक दृष्टिले) पुत्र, शिष्य आदिलाई स्वरुपले निर्दोष मानेर र उनीहरुमा देखिने दोषलाई आगन्तुक मानेर नै उनीहरुलाई(व्यावहारिकरुपले) शिक्षा दिनुपर्दछ । उनीहरुमा निर्दोषता मानेर नै उनीहरुका आगन्तुक दोषलाई दूर गर्ने प्रयत्न गर्नुपर्दछ ।
यदि मनबुद्धिमा कुनै दोष जन्मियो भने त्यसको वशमा हुनुहुँदैन—‘तयोर्न वशमागच्छेत्’ (गीता ३। ३४) अर्थात् त्यसका साथमा कुनै पनि क्रिया गर्नुहुँदैन । त्यसको वशीभूत भएर क्रिया गर्नाले त्यो दोष दृढ हुन्छ । तर, त्यसको वशीभूत भएर क्रिया नगर्नाले एउटा उत्साह पैदा हुन्छ । जस्तै, कसैले हामीलाई नमीठो कुरा भन्यो, तर हामीलाई क्रोध आएन भने हामीभित्र म बचेँ भन्ने एउटा उत्साह, प्रसन्नता हुन्छ । तर, यसमा आफ्नो प्रयत्न नठानेर भगवान्कै कृपाले म बचेँ, नत्र यसको वशीभूत हुन्थेँ भन्ने ठान्नुपर्दछ । यसरी, साधकले कहिल्यै कुनै दोष देख्यो भने त्यसको वशीभूत हुनुहुँदैन र त्यसलाई आफूमा भएको पनि मान्नुहुँदैन ।
साधकले प्राप्त भएको स्वतन्त्रताको दुरूपयोग गर्नुहुँदैन । दुरूपयोग नगर्दा निर्दोषता सुरक्षित रहन्छ ।जब मानिसले प्राप्त स्वतन्त्रताको दुरूपयोग गरेर असत्को सङ्ग गर्दछ, तब ऊ असत्को संसर्गले हुने संयोगजन्य सुखमा आसक्त हुन्छ । संयोगजन्य सुखको आसक्तिले नै सम्पूर्ण दोष पैदा हुन्छन् ।
मूल दोष भनेको प्राप्त भएको स्वतन्त्रताको दुरूपयोग हो । हामीले असत्को सत्ता मान्न पनि सक्छौँ, नमान्न पनि सक्छौँ; छल, कपट, हिंसा आदि गर्न पनि सक्छौँ र नगर्न पनि सक्छौँ—यो प्राप्त भएको स्वतन्त्रता हो । जहिलेदेखि हामीले यस स्वतन्त्रताको दुरूपयोग ग¥यौँ, त्यसपछि नै यो जन्ममरण आरम्भ भयो । अब यसको दुरूपयोग नगर्नाले नै जन्ममरणबाट छुटकारा मिल्छ । यसर्थ, साधकले प्राप्त भएको स्वतन्त्रताको दुरूपयोग गर्नुहुँदैन । दुरूपयोग नगर्दा निर्दोषता सुरक्षित रहन्छ ।जब मानिसले प्राप्त स्वतन्त्रताको दुरूपयोग गरेर असत्को सङ्ग गर्दछ, तब ऊ असत्को संसर्गले हुने संयोगजन्य सुखमा आसक्त हुन्छ । संयोगजन्य सुखको आसक्तिले नै सम्पूर्ण दोष पैदा हुन्छन् ।
असत् पदार्थमा जुन रुचि छ, भोग र सङ्ग्रहमा जुन राम्रोपन देखिन्छ, सुख देखिन्छ र त्यसलाई प्राप्त गर्ने जुन इच्छा हुन्छ, त्यही सम्पूर्ण दोषहरुको चुरो हो । संयोगजन्य सुखको इच्छा उसैमा पैदा हुन्छ, जो दुःखी छ । दुःखी मानिसले नै सुखको इच्छा गर्दछ र सुख पनि त्यसैलाई प्राप्त हुन्छ, जो दुःखी हुन्छ । जस्तै, भोजनको सुख उसैलाई प्राप्त हुन्छ, जो भोको छ । सुखपछि दुःख आउँछ, यो नियम हो—‘ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते’(गीता ५।२२) । यसप्रकार, सुखभन्दा पहिला पनि दुःख थियो र सुखपछि पनि दुःख छ—यस्तो ठान्दा सुखको इच्छाको त्याग हुन्छ, किनकि दुःखलाई कसैले पनि चाहँदैन । सुखको इच्छा त्यागेपछि स्वतःसिद्ध निर्दोषताको अनुभव हुन्छ ।
निर्दोषता कृतिसाध्य छैन । निर्दोषतालाई कृतिसाध्य मान्दा अभिमान आउँछ, जुन सम्पूर्ण दोषहरुको आश्रय हो । वास्तवमा निर्दोषता स्वतःसिद्ध, स्वाभाविक र सहज छ । यस निर्दोषताको रक्षा गर्नु साधकको काम हो । निर्दोषताको रक्षा गर्नुको अर्थ आफूमा निर्दोषतालाई निरन्तर स्थायीरुपले स्वीकार गर्नु र आफूमा दोषहरुलाई स्वीकार नगर्नु हो । मभित्र दोष छैनन् भन्ने मानेपछि पनि कहिल्यै दोष आएको देखियो भने ‘हे नाथ ! हे नाथ !’ भनेर भगवान्लाई पुकार्नुपर्दछ । भगवान्ले आफ्ना शरणागत भक्तका योग र क्षेमलाई वहन गर्नुहुन्छ—‘योगक्षेमं वहाम्यहम्’ (गीता ९।२२), अर्थात् निर्दोषताको रक्षा गर्नुहुन्छ र आगन्तुक दोषलाई दूर गर्नुहुन्छ भने हामीले चिन्ता किन गर्ने ? जसको कृपाले हामीलाई आफूमा निर्दोषताको ज्ञान भएको छ, उसैले त्यो निर्दोषताको रक्षा पनि गर्दछ भन्नते तरिकाले भगवान्को कृपालाई स्वीकार गर्नाले दोषहरु आउन जान पनि रोकिन्छन् । निर्दोषताको अनुभव गर्नका लागि जसरी भगवान्लाई पुकार्नु एउटा उपाय हो, त्यसैगरी आफूमा निर्दोषताको दृढ स्वीकृति पनि एउटा उपाय हो । ‘छ’ भन्ने रुपको आफ्नो जुन सत्ता छ, त्यो सर्वथा निर्दोष छ । सत्तामात्रमा कुनै दोष, विकार सम्भव नै छैन । त्यस निर्दोषतामा सबैको स्थिति स्वतः छ, स्वाभाविक छ, सहज छ, नित्य छ र स्वयम्सिद्ध छ । आफ्नो यस निर्दोषतालाई दृढताले स्वीकार्दै भित्रबाहिर चुप होओस् । चुप लाग्नाले अर्थात् निर्दोषसत्तालाई नै महत्त्व दिनाले दोषहरुको सर्वथा अभाव अनुभव स्वतः हुन्छ । यो अनुभव एक पटक भएपछि सदाका लागि त्यस्तै रहन्छ, किनकि यो अभ्यास होइन, वास्तविकताको अनुभव हो ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।