सत्सङ्ग प्रतिष्ठान नेपालका सत्सङ्ग कार्यक्रमहरु सम्पन्न भएका छन् । विभिन्न विद्यालय, सङ्घ संस्था र प्रतिष्ठानहरुको सहयोगमा आयोजना हुने सत्सङ्ग कार्यक्रमहरु विभिन्न समयमा सम्पन्न भएका छन् । हालै बुद्ध ज्योति इङ्लिसु बोर्डिङ स्कुल, रत्ननगर, चितवनका आदरणीय अभिभावक र शिक्षकहरुका साथ उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन् ।

असल अभिभावक कसरी बन्न सकिन्छ भने प्रश्न वरपर रहेर उक्त विद्यालयका करिब १०० जना अभिभावकका लागि उत्प्रेरणा तथा अभिमुखीकरण गरिएको थियो ।

अभिभावकको अभिमुखीकरणपछि विद्यालयका शिक्षकहरुका साथमा सम्पन्न कार्यक्रममा शिक्षकीय मूल्य, गरिमा आदर्श र विधिबारे चर्चा गरिएको थियो ।

विद्यालयका प्राचार्य वैकुण्ठ मरहट्ठाको विशेष उपस्थितिमा अभिप्रेरणाको सहजीकरण सत्सङ्ग प्रतिष्ठान नेपालका अध्यक्ष आचार्य लक्ष्मण भण्डारीले गर्नुभएको थियो ।

त्यसअघि जनप्रिय पब्लिक स्कुलका कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत बाबुनानीका लागि पनि विशेष उत्प्रेरणाको कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्राचार्य भानुप्रसाद अर्यालको विशेष सक्रियतामा आयोजित उत्प्रेरणा कार्यक्रम अभिभावक र शिक्षकहरुका लागि पनि आयोजना गरिएको थियो । शिक्षक, विद्यार्थी र अभिभावकका विभिन्न शैक्षिक सत्सङ्गका कार्यक्रमको संयोजन सोही विद्यालयका प्रशासनिक व्यक्तित्व विश्वराज अर्यालले गर्नुभएको थियो ।