शरीरका विकार, मलमूत्र आदि सहजररूपमा त्याग भएर जान्छन् भने शरीरको समग्र सफाइमा टेवा पुग्छ
वर्णं कीर्तिं मतिं लक्ष्मीं, स्वास्थ्यमायुश्च विदति
ब्राह्मो मुहूुर्ते संजाग्रछियं वा पङ्कजं यथा ।।
(ब्रह्ममुहूर्तमा निद्रात्याग गर्नाले सौन्दर्य, धनसम्पत्ति, बुद्धि, स्वास्थ्य र दीर्घायु प्राप्त हुन्छ । साथै, व्यक्तिको शरीर पनि कमल फुलजस्तै कोमल, प्रसन्न र सुन्दर भएर जान्छ ।)
ब्रह्ममुहूर्तमा प्राणवायु आर्थात् अक्सिजनको मात्रा सर्वाधिक हुने गर्दछ । हाम्रो जीवन अर्थात् प्राण भनेकै यही अक्सिजन हो । यही अक्सिजन श्वासप्रश्वासका माध्यमले शरीरभित्र प्रवेश गरेर हाम्रा प्रत्येक अङ्गावयवलाई पोषण प्रदान गर्ने काम गर्दछ ।
बुँदागतरूपमा बिहान सबेरै अर्थात् ४ देखि ५ बजेभित्रमा ओछ्यान छोड्नु वा उठ्नुका फाइदा यस्ता छन्:
— आलस्य र ढिलासुस्ती हटेर जान्छ
— दिनभर शरीरमा गतिशीलता पैदा हुन्छ र निरन्तर श्रम गर्दा पनि थकाइ लाग्दैन
— पवित्र, स्वच्छ र प्राणदायी अक्सिजन शरीरमा प्रवेश गरी रगतलाई शुद्ध बनाउने काम गर्दछ
— दिनभर मन प्रसन्न र आनन्दित रहन्छ
— आसन, प्राणायाम, योग, ध्यान र पूजाप्रार्थनामा मन रमाउने अवसर प्राप्त हुन्छ
— शरीरका सम्पूर्ण क्रियाप्रक्रियाहरू सहजरूपले सुचारु हुने अवसर प्राप्त हुन्छ
— स्मर शक्ति तीव्र हुन्छ भने बुद्धि पनि कुशाग्र भएर जान्छ
— शरीरका विकार, मलमूत्र आदि सहजररूपमा त्याग भएर जान्छन् भने शरीरको समग्र सफाइमा टेवा पुग्छ
— बुढ्यौलीलाई रोक्दछ
— शारीरिक क्षमतामा अभिवृद्धि हुन्छ
— एकाग्रतामा वृद्धि हुन्छ
— ज्ञान र प्रज्ञा दुवै प्राप्त हुँदै जान्छन्
— मानसिक स्वास्थ्य सुदृढ भएर जान्छ
— कार्यक्षमतामा बढोत्तरी भएर जान्छ
पवित्र, स्वच्छ र प्राणदायी अक्सिजन शरीरमा प्रवेश गरी रगतलाई शुद्ध बनाउने काम गर्दछ
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।