मेरालागि भगवान् राम सधैँ अप्ठ्याराहरूको डटेर सामना गर्ने, मानवताले शासन गर्ने र निस्वार्थ काम गर्ने उत्प्रेरणा हुनुहुन्छ । आदरणीय बापु, तपाईँको आशीर्वादमा मैले पनि उसै गरी शासन गर्न चाहन्छु, जसरी हाम्रा ग्रन्थले नेताहरुलाई नेतृत्व गर्न सुझाएका छन् ।
जय सिया राम ! !
भारतीय स्वतन्त्रता दिवसको अवसरमा क्याम्ब्रिज विश्वविद्यालयमा आयोजित मोरारी बापुको रामकथामा सहभागी हुनु मेरोलागि सम्मान र खुसीको विषय हो । बापु ! आज म यहाँ प्रधानमन्त्रीका रुपमा होइन, एक हिन्दुका रुपमा उपस्थित भएको छु । मेरालागि आस्था नितान्त व्यक्तिगत विषय हो । यसले मेरो जीवनको हरेक पक्षमा दिशादर्शन गर्ने गर्दछ ।
मलाई हिन्दु हनुमा गर्व छ
प्रधानमन्त्री बन्नु एउटा ठूलो सम्मान हो । तर, यो कुनै सजिलो काम होइन । हामीले अत्यन्त जटिल निर्णय लिनुपर्ने हुन्छ । जटिल विकल्पहरूको छनोट गर्नुपर्ने हुन्छ । हाम्रो विश्वासले मलाई मेरो देशको लागि सर्वश्रेष्ठ कर्म गर्ने साहस, शक्ति र लचकता प्रदान गर्दछ । मेरालागि जतिबेला म चान्सलर थिएँ, त्यतिबेला ११ डाउनिङ स्ट्रिट बाहिर दीपावलीका बेलामा दीप प्रज्वलन गर्ने काम एउटा अद्भुत र विशेष क्षण थियो । र, जसरी मोरारी बापुको पछाडि जुन स्वणिम हुनमानको मूर्ति छ, मलाई गौरव छ कि १० डाउनिङ स्ट्रिटमा मेरो मेचमा पनि एउटा स्वर्णिम गणेश प्रसन्नतासाथ बस्दछ, यो मूर्ति मेरालागि एउटा स्मरण दिलाउने विषय बनेको छ, काम गर्नुभन्दा पहिला मुद्दाहरुलाई सुन्ने र त्यसमाथि विचार गर्ने सन्दर्भमा ।
मलाई ब्रिटिस हुनुमा गर्व छ, मलाई हिन्दु हनुमा गर्व छ । बापु ! मेरो घर साउथ हेम्पटनको नजिकै बनेको मन्दिरलाई लिएर मेरो परिवारसितका कति यादहरू रहेका छन् । त्यहाँ पूजा गर्नु, त्यहाँ हवन गर्नु, आरती गर्नु र त्यसपछि भाइबहिनी र काकाहरुका साथमा प्रसाद ग्रहण गर्ने र भोजन गर्ने गर्दथेँ ।
सेवा सबैभन्दा ठूलो मूल्य
हाम्रा मूल्यहरु, जुन मैले देख्ने गर्दछु, हरेक दिन विनास्वार्थ सेवा गर्ने, भक्ति गर्ने र विश्वास गर्ने काम बापुले गर्नुभएको छ । तर सबैभन्दा ठूलो मूल्य भनेको सेवा गर्नु हो, जुन ब्रिटिस र हिन्दुहरुको उस्तै छ ।
मेरा मातापिता र पूर्वजहरुजस्तै कति मानिस यस देशमा आए । धेरैजसो भारत, पूर्वी अफ्रिका, केन्या, तान्जानियाबाट मेरा मातापिताकै जसरी र युगान्डाबाट समेत आएका थिए । तपाईँहरु सबैको कथा हाम्रालागि उदाहरण हो । तपार्ईँहरुजस्तैको मिहिनेतका कारण हाम्रो पिँढीलाई यस्तो अवसर प्राप्त भएको छ । यसकमा लागि आज म धन्यवाद व्यक्त गर्न चाहन्छु ! त्यस पिँढीलाई धन्यवाद, जसले रातदिन काम ग¥यो, जसका कारण हाम्रो शिक्षा र हाम्रो वर्तमान सुध्रन सकोस् । तपाईँहरु नभएको भए म र हामी आज यहाँ हुन सक्दैनथ्यौँ ।
अब हाम्रो पालो भनेको जसरी सकिन्छ, त्यसरी हामी र हाम्रो पिँढीले यो फिर्ता गर्नुपर्दछ । आज म यहाँबाट निस्कँदै गर्दा बापुले जे भन्नुहुन्छ, त्यसको अनुशरण गर्दै र श्रीमगद्भगवत् गीता र हनुमान चालिसाको स्मरण गर्दै निस्कने छु ।
भगवान् राम मेरो प्रेरणाका स्रोत
मेरालागि भगवान् राम सधैँ अप्ठ्याराहरूको डटेर सामना गर्ने, मानवताले शासन गर्ने र निस्वार्थ काम गर्ने उत्प्रेरणा हुनुहुन्छ । आदरणीय बापु, तपाईँको आशीर्वादमा मैले पनि उसै गरी शासन गर्न चाहन्छु, जसरी हाम्रा ग्रन्थले नेताहरुलाई नेतृत्व गर्न सुझाएका छन् । आदरणीय बापु, यहाँले गर्नुभएका हरेक सत्कर्मका लागि धेरैधेरै धन्यवाद !!
(भारतीय स्वतन्त्रता दिवसका अवसरमा क्याम्ब्रिज विश्वविद्यालयमा आयोजित प्रसिद्ध रामकथा वाचक भारतीय सन्त मोरारी बाबुको कथा प्रवचन कार्यक्रममा कथा श्रवणार्थ उपस्थित बेलायती प्रधानमन्त्ती ऋषि सुनकले सो अवसरमा व्यक्त गरेको विचार)
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।