पाकिस्तानसितको खेल अनुभवपछि भने नेपाली खेलाडीहरूले धेरै सिके । भारतसितको खेलमा भने हारेर पनि नेपाली खेलाडीहरूले जिते । टस जितेर पहिला बलिङ रोजेको भारतविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ गरेर पाकिस्तानसितको हारबाट साँच्चै सिकेको प्रमाणित ग¥यो । खास गरी कुशल भुर्तेल, आरिफ शेख र सोमपाल कामीको खेलले सबैको मन जित्यो । भारतसित त्यति लामो टिकेर नेपालले खेल्छ भन्ने कल्पना कसैले गरेको थिएन, तर अन्तिम ४८.२ ओभरसम्म पनि डटेर खेली नेपाली टोलीले भारतलाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपाल पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी भएको छ । भदौ १२ गतेदेखि पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा नेपाल र पाकिस्तानबीचको पहिलो खेल एसिया कप क्रिकेट प्रतियोगिताको आरम्भ भएको थियो ।
पहिलो खेलमा नेपालले पाकिस्तानसित २३८ रनको फराकिलो हार व्यहोरेको छ । पहिलो पटक टेस्ट म्याच खेलिरहेको विश्व क्रिकेटको बादशाह र नम्बर एक टिमसित नेपालले प्रतिस्पर्धा गरेको थियो । पाकिस्तान र भारतसित खेल्न पाउनु नेपालका लागि ऐतिहासिक अवसर पनि थियो । पाकिस्तानसितको नेपालको हार त्यस्तो अनपेक्षित नै त थिएन, तर नेपाली खेलाडीहरूले अझैँ राम्रो खेल प्रस्तुत गर्न सक्ने भन्ने तथ्यचाहिँ सबैले महसुस गरे ।
पाकिस्तानसितको खेलमा नेपालको सुरुआती प्रदर्शन अत्यन्त उत्कृष्ट थियो । पाकिस्तानले २५ रन जोड्दा दुई खेलाडी आउट भइसकेका थिए । बलिङमा डेथ ओभर नआउँदासम्म नेपाली बलरहरूको प्रदर्शन राम्रो थियो, त्यसपछि भने सम्हाल्न सकेनन् ।
पाकिस्तानसितको नेपालको ब्याटिङ भने निराशाजनक नै रह्यो । अनुभवको कमी, पाकिस्तानी फास्ट बलरहरूको प्रदर्शन र त्याहाँको पिच अनि मौसम आदिका कारण पनि नेपाली ब्याट्सम्यानहरूले राम्रो रन बनाउन सकेनन् ।
पाकिस्तानसितको खेल अनुभवपछि भने नेपाली खेलाडीहरूले धेरै सिके । भारतसितको खेलमा भने हारेर पनि नेपाली खेलाडीहरूले जिते । टस जितेर पहिला बलिङ रोजेको भारतविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ गरेर पाकिस्तानसितको हारबाट साँच्चै सिकेको प्रमाणित ग¥यो ।
खास गरी कुशल भुर्तेल, आरिफ शेख र सोमपाल कामीको खेलले सबैको मन जित्यो । भारतसित त्यति लामो टिकेर नेपालले खेल्छ भन्ने कल्पना कसैले गरेको थिएन, तर अन्तिम ४८.२ ओभरसम्म पनि डटेर खेली नेपाली टोलीले भारतलाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
दोस्रो इनिङमा खराब मौसमका कारण खेल धेरै पटक प्रभावित भइरह्यो । अन्तिममा वर्षात्का कारण खेल २३ ओभरमा झारियो । नेपालको रनलाई १४५ मा झारेर त्यसैलाई लक्ष्य बनाइयो । भारतले त्यो लक्ष्य २०.१ ओभरमा विनाबिकेटको क्षतिमा पूरा ग¥यो ।
भारतीय बलरहरू नेपाली ब्याट्म्यानको प्रदर्शन देखेर हतोत्साही हुने अवस्था पनि कतिपय समयमा देखियो । खेल भारतले जित्यो, मन नेपालले जित्यो ।
खेल सकिएपछि भारतीय खेलाडी खासगरी विश्वचर्चित ब्याट्सम्यान विराट कोहलीले नेपाली खेलाडीहरुलाई सम्मान पनि गर्न भ्याए । नेपाली खेलाडीप्रति सम्पूर्ण भारतीय क्रिकेट पत्रकार, पूर्व खेलाडी तथा दर्शक सबैले अत्यन्त प्रशंसापूर्ण अभिव्यक्ति प्रकट गरे । ए लेभलको भारतीय टिम नेपालमा खेल्न जानुपर्छ र नेपालको उदाउँदो क्रिकेट भविष्यलाई सघाउनुपर्दछ भन्ने टिप्पणी पनि गरियो ।
यहाँसम्म कि भारतीय क्रिकेट कप्तान रोहित शर्माले नेपाल र भारतबीचको म्याचमा पाएको म्यान अफ दि म्याचको रकम नेपाली क्रिकेट खेलाडीलाई उपहारस्वरुप प्रदान गरेको भन्ने समाचारले पनि भारतीय सञ्चारमाध्यममा चर्चा पाएको थियो ।
पाकिस्तान र भारतसित हार व्यहोरेको नेपाली टोली नेपाल फर्कँदा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो । आफ्नो प्रतिक्रिया व्यक्त गर्दै नेपाली क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलले अब भौतिक पूर्वाधारमा नेपालले लगानी गर्न र खेलाडीलाई आर्थिकरूपले सक्षम बनाई खेल्ने वातावरण बनाउन ढिला गर्न नहुने विचार व्यक्त गरे ।
भारतीय बलरहरू नेपाली ब्याट्म्यानको प्रदर्शन देखेर हतोत्साही हुने अवस्था पनि कतिपय समयमा देखियो । खेल भारतले जित्यो, मन नेपालले जित्यो ।
विभिन्न राजनैतिक अस्थिरता, सत्तासङ्घर्ष, अभाव र अनेक असुविधाका बाबजुद पनि नेपाली क्रिकेट टोलीले जुन किसिमको प्रदर्शन ग¥यो, त्यो निकै नै प्रशंसनीय छ । आउँदा दिनमा सबैले नेपाली क्रिकेटको विकासमा योगदान गरेर विश्वस्तरीय क्रिकेट खेल्न सक्ने टिम बनाउन नेपाल सरकार सफल होस् । शुभकामना !
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।