मानवताका लागि बेलायत निवासी नेपालीहरूलाई जोड्न र मानवसेवा आश्रमको निर्माणाधीन भवनहरूलाई पूर्णता दिन, भोजन तथा स्वास्थ्य सेवालाई स्तरीकरण गर्नका लागि यस यात्राबाट हुने सेवा योगदानको उपयोग गर्ने संस्थाको उद्देश्य रहेको आश्रमका प्रवक्ता सुमन बर्तौलाले बताउनु भयो ।

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य राखेको मानवसेवा आश्रम आफ्नो मानवताको सेवा तथा प्रवर्धनका कार्यक्रमहरु लिएर यतिखेर बेलायत पुगेको छ । नेपालमा चलिरहेको मानवसेवाको महान् अभियानको सहयोगार्थ आयोजित विभिन्न कार्यक्रमका लागि यतिबेला मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, महासचिव सुशीला केसी र प्रवक्ता सुमन बर्तौला यतिबेला बेलायत पुग्नुभएको छ ।

विसं २०८२ साल भित्र राष्ट्रलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त देश निर्माणको लक्ष्य राखेर सेव शुभारम्भ भएको ११ वर्ष पूरा भएको सन्दर्भ पारेर यतिखेर मानवसेवा आश्रमको टोली बेलायत गएको हो । मानवसेवा आश्रमले उद्धार, उपचार, संरक्षण, पारिवारिक पुनःमिलन र प्रवर्धनात्मक कार्यक्रमहरू देश तथा विदेशमा सञ्चालन गरिरहेको छ । हाल ७ प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्रबाट १ हजार ६ सय जनाको सेवा भइरहेको छ ।

विभिन्न कारणले सडकमा आउनुभएका व्यक्तिहरूका लागि सेवा तथा सडकमा आउन नपर्ने स्थिति निर्माणका लागि प्रवर्धनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका रहेका हुन् ।

आमा तथा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणमा प्रवासी नेपालीहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रमहरू बेतायतमा हुने छन् । यही सेप्टेम्बर ६ देखि २८ सम्म २२ दिन बेलायतका विभिन्न स्थानमा मानवता प्रवर्धनका लागि ४ ओटा कार्यक्रमहरूको तयारी सम्पन्न भएको छ भने अन्य कार्यक्रमका लागि प्रयास भइरहेको मानवसेवा आश्रम बेलायत च्याप्टरका संयोजक सुनीलबाबु खड्काले बताउनुभयो ।

सेप्टेम्बर ११ तारिखमा रेल्बे क्लब मुलेट रोडमा, १७ तारिखमा साउथ इस्ट लन्डनमा, २४ तारिखमा एमपायर बेङ्केटिङ, हाईस्ट्रिट हलमा बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यज्यूको प्रमुख आतिथ्यमा सम्पन्न हुने छ भने २५ तारिखमा पार्क स्ट्रिट ब्ल्याक हेथमा कार्यक्रमको आयोजना गरिने छ । अन्य कार्यक्रमका लागि मानवसेवा आश्रम, यसका सदस्य तथा अथवा बेलायत च्याप्टर संयोजक सुनीलबाबु खड्काज्यूसँग सम्पर्क गर्न सकिने छ ।