‘यतिबेलाको मुख्य चिन्ता र चासो भनेकै राष्ट्रको सुशासन र समृद्धिको छ । देशलाई भ्रष्ट्राचारबाट कसरी मुृक्ति दिने, रोजगारीको सिर्जना गरी दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट कसरी रोक्ने र मुलुकको गरिबी निवारण गरी समृद्धितिर कसरी लिएर जाने भन्ने प्रश्नहरू नै ज्वलन्तरूपमा हाम्रासामु देखिएका छन् । राष्ट्रिय सेमिनारमा हामीले यो मुलुकका अति विशिष्ट र विज्ञ व्यक्तित्वबाट यिनै प्रश्नका उत्तर खोज्ने छौँ र सुशासन र समृद्धिका लागि प्राप्त समाधानका सूत्रहरू सरकारलाई सिफारिस गर्ने छौँ ।— सिइओ जोशीले स्पष्ट पार्नुभयो ।’

चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टले देशको ‘सुशासन र समृद्धि’ विषयक दुई दिने राष्ट्रिय सम्मेलन आयोजनाको तयारी गरिरहेको छ । दुई दिवशीय सेमिनारबाट प्राप्त वैचारिक निष्कर्षको प्रति नेपाल सरकारलाई उपलब्ध गराउने गरी आयोजना गर्न लागिएको सो सेमिनारको औपचारिक उद्घाटन असोज १ गते काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुरेशराज शर्माले गर्नुहुने छ ।

असोज १ र दुई गते सञ्चालन गरिने सेमिनारमा नेपाल सरकारका विभिन्न निकाय तथा विभागमा कार्यरत कर्मचारी एवम् नीतिनिर्माण र राष्ट्रिय समृद्धिका क्षेत्रमा सक्रिय विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ ।

चैतन्य एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीका अनुसार कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे, पूर्वाधारविद् सूर्यराज आचार्य, लोकसेवा आयोजका पूर्व अध्यक्ष, उमेश मैनाली, पूर्व अख्तियार अनुसन्धान आयोग प्रमुख सूर्यनाथ उपाध्याय, पूर्व मुख्यसचिव विमल कोइरालासहित देशका अत्यन्त प्रतिष्ठित व्यक्तिहरूको प्रस्तुति तथा सहभागिता रहने छ ।

चैतन्य इन्स्टिच्युटले लोकसेवा आयोगका विभिन्न तहका तयारी कक्षाका लागि विभिन्न सत्रमा कक्षा सञ्चालन गर्ने गर्दछ भने त्यहाँ तयारी गरेका अधिकांश परीक्षार्थी सफल हुने गरेका छन् । चैतन्यले सिए कलेज पनि सञ्चालन गरेको छ भने संस्कार र सीप सिकाउने मूल उद्देश्यसहित विद्यालयहरू समेत सञ्चालनमा ल्याएको छ ।

चैतन्यले आफ्नो दायित्व सम्झिएर हरेक वर्ष यसरी राष्ट्रको समृद्धि, सुशासन, विधिनियम, सम्भावना र भविष्यका सम्बन्धमा हरेक वर्ष सेमिनार गर्दै आएको छ । आफ्नो व्यावसायिक जीवनको हुटहुटीलाई दुई दिनका लागि बिर्सिएर राष्ट्रको विभिन्न क्षेत्रका विज्ञहरूका साथमा राष्ट्र चिन्तन गर्ने चैतन्यको यो चैतन्य अभियान हरेक वर्ष आयोजित हुँदै आएको छ ।

‘यतिबेलाको मुख्य चिन्ता र चासो भनेकै राष्ट्रको सुशासन र समृद्धिको छ । देशलाई भ्रष्ट्राचारबाट कसरी मुृक्ति दिने, रोजगारीको सिर्जना गरी दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट कसरी रोक्ने र मुलुकको गरिबी निवारण गरी समृद्धितिर कसरी लिएर जाने भन्ने प्रश्नहरू नै ज्वलन्तरूपमा हाम्रासामु देखिएका छन् । राष्ट्रिय सेमिनारमा हामीले यो मुलुकका अति विशिष्ट र विज्ञ व्यक्तित्वबाट यिनै प्रश्नका उत्तर खोज्ने छौँ र सुशासन र समृद्धिका लागि प्राप्त समाधानका सूत्रहरू सरकारलाई सिफारिस गर्ने छौँ ।’— सिइओ जोशीले स्पष्ट पार्नुभयो ।

चैतन्यले आफ्नो दायित्व सम्झिएर हरेक वर्ष यसरी राष्ट्रको समृद्धि, सुशासन, विधिनियम, सम्भावना र भविष्यका सम्बन्धमा  सेमिनार गर्दै आएको छ । आफ्नो व्यावसायिक जीवनको हुटहुटीलाई दुई दिनका लागि बिर्सिएर राष्ट्रको विभिन्न क्षेत्रका विज्ञहरूका साथमा राष्ट्र चिन्तन गर्ने चैतन्यको यो चैतन्य अभियान हरेक वर्ष आयोजित हुँदै आएको छ ।

चैतन्य इन्स्टिच्युटको यस पटक आयोजना गर्न लागेको राष्ट्रिय सेमिनार दशौँ शृङ्खला हो । कार्यक्रमको औपचारिक उद्घाटन र सञ्चालन काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा हुने छ । दुई दिन सञ्चालन गरिने विशेष कार्यक्रमहरूको सहजीकरण विभिन्न सत्रमा चर्चित पत्रकार टीकाराम यात्रीदेखि भर्खरै मदन पुरस्कार प्राप्त साहित्यकार डा.नवराज लम्सालसम्मले गर्नुहुने छ । कार्यक्रमको औपचारिक समापन सत्रमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको विशेष उपस्थिति रहने जनाइएको छ ।