गुडिया जलाउँदा इन्दिरालाई सारै दुःख लाग्यो किनभने उनको साथी नै एक मात्र त्यही गुडिया थियो तर सन्तोष यस कारण मानेकी थिइन् कि आखिर उनी यसो गरेर देश—प्रेमको बाटोमा अघि बढ्दै थिइन् ।
प्रसिद्ध भारतीय नेतृ इन्दिरा गान्धीको जीवनमा बाल्यकालको एउटा घटनाले निकै अर्थ राख्ने गरेको छ । त्यतिखेर भारतमा विदेशी कपडा वहिष्कारको लहर चलेको थियो । विभिन्न ठाउँमा विदेशी कपडाहरू जम्मा गरेर जलाउने गरिन्थ्यो ।
घरका ठूला मान्छेले गरेको देखेर बालिका इन्दिराले पनि विदेशमा बनेका कपडा लगाउन छाडेकी थिइन् । इन्दिराको घरमा उनीसँग खेल्ने र सारै मिल्ने त्यस्तो अर्को कोही साथी थिएन । त्यसैले, उनले एउटा गुडियालाई नै आफ्नो साथी बनाएकी थिइन् । गुडियालाई इन्दिराले एकछिन पनि छाड्दिनथिन् र सधैँ आफैँसँग राख्थिन् ।
यसैबीच, एकदिन उनका एकजना आफन्त घरमा आएर इन्दिराको खेलौना देखेपछि भने, “इन्दिरा ! यदि तिमीले विदेशीले बनाएको फ्रकसम्म लगाउन छाडिसक्यौ भने बिदेशमा बनेको यो गुडिया किन खेलाउँछ्यौ ? यसलाई पनि आफूसँग नराख ।”
इन्दिरालाई ती आफन्तले यो कुरा हँसाउन र जिस्क्याउनका लागि भनेका थिए, तर बालिका इन्दिरालाई यसले छोयो । उनले आफ्नो प्यारो गुडियालाई छतमा लिएर गइन् र जलाएर नष्ट गरिन् । यसरी, गुडिया जलाउँदा इन्दिरालाई सारै दुःख लाग्यो किनभने उनको साथी नै एक मात्र त्यही गुडिया थियो तर सन्तोष यस कारण मानेकी थिइन् कि आखिर उनी यसो गरेर देश—प्रेमको बाटोमा अघि बढ्दै थिइन् ।
देशप्रति यस्तै भावको विकास सानै उमेरदेखि गर्दै आएकै कारणले हुन सक्छ, इन्दिरा गान्धी भारतीय राजनीतिको शिखर महिला व्यक्तित्व बन्न सफल भइन् । देशले इन्दिराबाट धेरै प्राप्त गर्न सक्यो । आखिर देशप्रेमको भावना पनि सानै उमेरदेखि विकसित हुँदै जानुपर्ने रहेछ ।इन्दिरालाई ती आफन्तले यो कुरा हँसाउन र जिस्क्याउनका लागि भनेका थिए, तर बालिका इन्दिरालाई यसले छोयो । उनले आप्mनो प्यारो गुडियालाई छतमा लिएर गइन् र जलाएर नष्ट गरिन् । यसरी, गुडिया जलाउँदा इन्दिरालाई सारै दुःख लाग्यो किनभने उनको साथी नै एक मात्र त्यही गुडिया थियो तर सन्तोष यस कारण मानेकी थिइन् कि आखिर उनी यसो गरेर देश—प्रेमको बाटोमा अघि बढ्दै थिइन् ।
देशप्रति यस्तै भावको विकास सानै उमेरदेखि गर्दै आएकै कारणले हुन सक्छ, इन्दिरा गान्धी भारतीय राजनीतिको शिखर महिला व्यक्तित्व बन्न सफल भइन् । देशले इन्दिराबाट धेरै प्राप्त गर्न सक्यो । आखिर देशप्रेमको भावना पनि सानै उमेरदेखि विकसित हुँदै जानुपर्ने रहेछ ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।