काली गण्डकी नदीको सभ्यता संरक्षण र प्रचार—प्रसारको लागि आयोजना गरिएको पदयात्रा अभियान असार १६ गते २५ औँ दिनमा कालीगण्डकीको मूल दामोदरकुण्डमा पुग्न सफल भएको छ । देवघाटधाम बेनी सङ्गमबाट गत जेठ महिनाको २२ गते सुरुभएको कृष्णा—गण्डकी किनारैकिनारदेखि दामोदरकुण्डसम्मको यात्रा २६ औँ दिनको प्रातःकालमा कुण्डस्नानसहित दामोदर भगवान्को चणकमलमा पूजा, अर्चना, प्रार्थना र वन्दनामा गरी सुसम्पन्न भएको हो ।

महेश संस्कृत सन्न्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकुलका प्रधानाध्यामक पदयात्रा कार्यक्रममा संयोजक फणीन्द्र पौडेलका अनुसार पदयात्रामा सहभागी ६० भन्दा अधिक पदयात्री दामोदरकुण्डसम्म पुग्न सफल हुनुभएको छ । यात्राको नेतृत्व महेश सन्न्यास आश्रमका मठाधीश स्वामी रमणानन्द गिरिले गर्नुभएको छ, जहाँ यात्रुहरु केवल यात्राका लागि मात्रै यात्रामा सहभागी नभएर गण्डकीका तटवर्ती तीर्थस्थल, धाम, मठमन्दिर र धार्मिक स्थलहरुको पनि अध्ययन, अवलोकन र दर्शन गर्ने कार्यमा समेत संलग्न भएका थिए ।

काली गण्डकी नदीको सभ्यता संरक्षण र प्रचार—प्रसारको लागि आयोजना गरिएको पदयात्रा अभियान असार १६ गते २५ औँ दिनमा कालीगण्डकीको मूल दामोदरकुण्डमा पुग्न सफल भएको छ । देवघाटधाम बेनी सङ्गमबाट गत जेठ महिनाको २२ गते सुरुभएको कृष्णा—गण्डकी किनारैकिनारदेखि दामोदरकुण्डसम्मको यात्रा २६ औँ दिनको प्रातःकालमा कुण्डस्नानसहित दामोदर भगवान्को चणकमलमा पूजा, अर्चना, प्रार्थना र वन्दनामा गरी सम्पन्न भएको हो ।

गण्डकी नदीको प्रवाहलाई पथान्तरण गरी यहाँको पौराणिक तथा प्राकृतिक वैभवलाई आँच पु¥याउने प्रयास हुन थालेको स्थितिमा विश्वको दुर्लभ काली गण्डकी र शालीग्राम सभ्यता खतरामा पर्ने भयो भन्ने मूल चिन्ताका कारण जनजनमा जागरण पैदा गर्ने, यसको संरक्षण गर्ने, गण्डकीको पदयात्रागत पर्यटनलाई पनि टेवा पु¥याउने मूल उद्देश्य पदयात्राका रहेको थियो ।

पदयात्रीहरू दामोदरकुण्ड पुगी २६ दिनको प्रातः कालमा कुण्डको दर्शन, पूजन आदि गरी सोही दिन फर्कने क्रम सुरु भएको छ । दामोदरकुण्डको अर्को नाम चक्रकुण्ड पनि हो, जुन मूल कुण्ड हो । नजिकै हरि र हरको वास भएको मानिने रुद्रकुण्ड रहेको छ भने अर्को सूर्यकुण्ड, जसलाई ब्रह्मकुण्ड पनि भनेर भनिन्छ, सो कुण्ड गरी काली गण्डकीको शिरमा तीन मुख्य कुण्डको दर्शन गर्ने गरिन्छ ।
पदयात्रामा सन्त, महन्त, विद्यार्थी, अध्यापक, भक्तजन र श्रद्धालहरूको विशेष उपस्थिति रहेको छ ।